सिराज खान
खलंगा, जाजरकोट पुस ४ गते । पुस महिना लागिसकेपछि चिसो अत्यधिक बढेपनि जाजरकोटका अधिकांश भुकम्पपिडित अझैपनि त्रिपालमुनिनै बसिरहेका छन् ।
ती पिडितकालागि न्यानो लुगा आवश्यक रहेको जानकारी पाएपछि ज्ञान नेपाल (शुभ सन्देशसभा नेटवर्क नेपाल) बाँकेको एक टोलीले जाजरकोट पुगेर ३३६ पिडित परिवारलाई न्यानो लुगा वितरण गरेको छ ।
कात्तिक १७ गते राती गएको भुकम्पबाट अधिकांश घरहरु चर्किएपछि त्रिपालमुनि बसिरहेका जाजरकोटको भेरी नगरपालिका ४ का ३३६ परिवारलाई उनको गाउँमै पुगेर न्यानो लुगा वितरण गरिएको हो ।
चिसोले समस्यामा परेका भेरी नगरपलिका ४ बोहोरा गाउँ र मुलपानीका ३३६ परिवारलाई जिल्ला विपद व्यवस्थापन समितिको अनुरोधमा ३० लाख रुपियाँ भन्दा बढीको न्यानो लुगा वितरण गरिएको ज्ञान नेपाल बाँकेका उपाध्यक्ष डाक्टर डक्ट प्रसाद धितालले बताउनुभयो ।
उहाँले वडा नम्बर ४ मा केही घरहरु भत्किएको तथा अधिकांश कच्ची घरहरु...
समाचारदाता
नेपालगन्ज, पुस ४ । बाँके युनेस्को क्लबले हील नेपालसँगको सहकार्य र कतार च्यारिटी नेपालको सहयोगमा बाँकेका तीनवटा पालिकाका अपाङ्गता भएका ७ जनालाई ट्राइसाइकल वितरण गरेको छ ।
क्लबले बाँकेको कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र नरैनापुर गाउँपालिकाका अपाङ्गता भएका ७ जना स्थानीय बासिन्दालाई ट्राइसाइकल वितरण गरेको हो ।
अपाङ्गता भएकाहरुलाई सो ट्राइसाइकल वितरण खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सुशिला न्यौपाने, शिक्षा खेलकुद शाखा प्रमुख खगेन्द्र मल्ल लगायत स्थानीय पालिकाका प्रतिनिधिहरुले बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक बिनिता आरसी, सामाजिक संरक्षण अधिकृत गुलाम गौस, फिल्ड सुपर भाइजर अर्पित सिंह र डेक नेपालका रमेश शर्मा र टेकराज जैसीको उपस्थितिमा गर्नु भएको थियो ।
यसअघि ती अपाङ्गता भएका ७ जना स्थानीयहरुसँग ट...
समाचारदाता
नेपालगञ्ज, मंसिर २७ । बाँके जिल्लाका पाँच जना किशोरीले एक दिनका लागि विभिन्न कार्यालयका प्रमुखको जिम्मेवारी सम्हालेर ती कार्यालयका गतिविधि बारे जानकारी लिएका छन् ।
प्लान ईन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लवको आयोजनामा सञ्चालन गरिएको किशोरी सशक्तिकरण कार्यक्रम अन्तरगत नेतृत्व क्षमताको विकास गर्ने उदेश्यले गल्र्स टेकओभर कार्यक्रम गरेर किशोरीहरुले एकदिनका लागि विभिन्न कार्यालयको जिम्मेवारीमा पद वहाली गरि उनीहरुलाई सो कार्यालयले दिने सेवा र सुविधाको बारेमा जानकारी गराईएको हो ।
बाँके कोहलपुरकी १७ वर्षिया प्रतिष्ठा गौतमले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको जिम्मेवारी बहन गरी जिल्ला प्रशासन कार्यलय बाँकेबाट दिईने सेवाप्रवाहको बारेमा जानकारी लिनुको साथै किशोरी मैत्री प्रशासन बनाउने कुरामा जोड दिईन ।
गौतमले बाँकेको प्रमुख जिल्ला अधिकारीले दैनिक बहन गर्नुपर्ने जिम्मेव...
सिराज खान
नेपालगन्ज, मंसिर २२ । बाँके जिल्लामा धेरै निजि विद्यालयहरु छन् । तर, सयौं निजि विद्यालयहरुविच एउटा छुट्टै पहिचान बनाउन सफल भइ आफुलाई सबैभन्दा अव्वल सावित गर्न सफल भएको छ, सोफिया रेसिडेन्सियल इङलिस स्कुल । यो विद्यालय जिल्लामा शैक्षिक गतिविधिसहित अतिरिक्त क्रियाक्लापमा त अव्वल छदैछ, विद्यालयले बालबालिकाको हेरचाह र उनिहरुको पढाईका लागि सबैभन्दा राम्रो माहोल र वातावरण दिन पनि सबैभन्दा छुट्टै पहिचान बनाउन सफल भएको छ ।
नेपालगन्ज र सो वरिपरिका अधिकांश उच्च पदस्थ सरकारी कर्मचारी, ठुला ठुला उद्योगी व्यवसायी, चिकित्सक, कानुन व्यवसायी र विभिन्न संघसंस्थाका अगुवाहरुका बालबालिकाले अध्ययन गरिरहेको सो विद्यालयले भव्य रुपमा आफ्नो १७औं बार्षिकउत्सव सम्पन्न गरेको छ ।
राष्ट्रिय गानसँगै सुरु भएको सो कार्यक्रममा विद्यार्थीसहित अभिभावकको बाक्लो उपस्थिति रहेको थियो । सो अवसरमा विद्यार्थीहरुले विभिन...
समाचारदाता
नेपालगन्ज, मंसिर १७ । नेपालगन्जमा हाप्किडोका १४ जना खेलाडीको ग्रेडिंग गर्दै उनिहरुलाई विभिन्न बेल्ट प्रदान गरिएको प्रमाणपत्र वितरण गरिएको छ ।
नेपाल हाप्किडो एसोसियन बाँकेले यहाँ आयोजना गरेको ग्रेडिंग समारोहमा कार्यक्रमका प्रमुख अतिथि गोरखापत्र दैनिकका वरिष्ठ समाचारदाता एवं वरिष्ठ पत्रकार सिराज खान लगायतले खेलाडीहरुलाई ग्रेडिंगको प्रमाणपत्र वितरण गर्नु भयो ।
नेपाल हाप्किडो एसोसियन बाँकेले जिल्लाका १४ वटा खेलाडीको ग्रेडिंग गर्दै १२ जनालाई एलो र दुई जनालाई ओरेन्ज बेल्ट प्रदान गरेको छ । ती खेलाडीहरुलाई प्रमुख अतिथि खान लगायत नेपाल हाप्किन्डो एसोसियनका केन्द्रिय सदस्य मोहसिन रजा समिर, जिल्लाका पदाधिकारी र प्रशक्षिकले प्रमाणपत्र वितरण गर्नुभयो ।
सो अवसरमा बोल्दै वरिष्ठ पत्रकार खानले विगत केही समययता बाँकेमा हाप्किडो खेलप्रति खेलाडीहरुको आकर्षण बढ्दै गएको जनाउँदै खेलाडी उत्पादनमा ए...
समाचारदाता
नेपालगन्ज, मंसिर १४ । स्थानीय सरकारले पारित गरेर लागु गर्न सिफारिस गर्ने गरि तयार पारिएको ‘सार्वजनिक नीजि साझेदारी मन्च सन्चालन तथा ब्यवस्थापन निर्देशिका २०८०’ को मस्यौदामाथि नेपालगन्जमा सरोकारवालाहरुविच ब्यापक छलफल गरिएको छ ।
निर्देशकिाको मस्यौदामाथि छलफल गरेर सुझाव संकलन गर्ने उदेश्यले भेरी वातावरणीय विशिष्ठता समूह (बी–ग्रुप) ले आयोजना गरेको कार्यक्रममा सहभागि अधिकांशले सो निर्देशिका अति आवश्यक रहेको जनाउँदै स्थानीय सरकारले पास गर्नु पर्नेमा जोड दिएका थिए ।
बी–ग्रुपले बाँकेमा सञ्चालन गरिरहेको पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तरगत स्वास्थ्यजन्य फोहर व्यवस्थापनमा संलग्न सरसफाईकर्मीको हक अधिकार तथा पेशाप्रति आत्मसम्मानसंगै स्थानीय तहको सरसफाईका लागि सो निर्देशिका प्रभावकारी हुने सरोकारवाला विभिन्न निकायका प्रतिनिधिहरुले जनाएका थिए ।
सार्वजनिक नीजि साझेदारी मन्...
समाचारदाता
नेपालगन्ज, मंसिर १३ । प्लान ईन्टरनेशनल नर्वेको एक उच्चस्तरीय टोलीले प्लान नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लब र भेरी बाताबरणीय बिशिष्ट समुहद्धारा बर्दिया जिल्लामा संचालन गरिएको परियोजनाको अनुगमन गरेको छ ।
प्लान नेपालसंगको साझेदारीमा बर्दियामा सञ्चालन गरिएको बाल बिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना र टेलिथोन परियोजनाका बिभिन्न गतिबिधीहरुको नर्वेको सो टोलीले अनुगमन गरेको हो ।
सो उच्चस्तरीय अनुगमन टोलीमा प्लान ईन्टरनेशनल नर्वेका बरिष्ठ कार्यक्रम सल्लाहकार केजेल सिगार्ड रोइसली, युवा कार्यक्रम तथा वकालत बिभागका सल्लाहकार क्रिस्टिन फलान्टनेस र खाद्य सुरक्षा, जीविका, जलबायु कार्यक्रम र वकालत बिभिागका बरिष्ठ सल्लाहकार जोहने वाल्लेको सहभागिता रहेको थियो ।
सोही प्रकारले उक्त अनुगमन टोलीमा प्लान ईन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालयका प्रबन्धक मिना पराजुली, कार...
सिराज खान
नेपालगन्ज, मङ्सिर ८ गते । भूकम्प प्रभावित जाजरकोटको जिल्ला अस्पताल र भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोट गाउँपालिकालाई एमडीएम फ्रान्सले ८८ प्रकारका अति आवश्यक औषधिलगायत त्रिपालहरू सहयोग गरेको छ ।
औषधि र त्रिपाल वितरण गरेर जाजरकोटबाट फर्किनुभएका एमडीएम फ्रान्सका कार्यक्रम अधिकृत गणेश कार्कीले दिनुभएको जानकारीअनुसार जाजरकोट अस्पताललगायत बारेकोट स्वास्थ्य चौकीको आधारभूत सेवालाई सुचारु राख्न औषधि तथा टेन्ट सहयोग गरिएको हो ।
उहाँले जाजरकोट अस्पताल र स्वास्थ्य संस्थाहरुको अवस्थालाई अध्ययन गरी अति आवश्यक औषधि र त्रिपाललगायतको सहयोग गरिएको बताउनुभयो ।
औषधि र त्रिपाल हस्तान्तरण गर्न गएका बेला भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोटमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर ३०० भन्दा बढीको उपचार गर्दै औषधि वितरण गरिएको कार्यक्रम अधिकृत कार्कीले बताउनुभयो ।
बारेकोटको लिम्सास्थित अस्पतालमा आ...
समाचारदाता
नेपालगन्ज, मंसिर ८ । १२ औं अन्तर्राष्टिय बालिका दिवस २०२३ को अवसरमा बर्दियाको बढैयाताल गाउँपालिकामा सञ्चालित शसक्त बालिका परियोजना अन्तर्गत गल्र्स टेक ओभर कार्यक्रम सम्पन्न गरिएको छ ।
प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा बढैयाताल गाउँपालिका, बि ग्रुप र आरकेजेएसको समन्वयमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको सो टेक ओभर कार्यक्रममा वडास्तरीय बाल क्लबकी अध्यक्ष दुर्गा लुईटेलले बढैयाताल गाउँपालिकाको उपाध्यक्षको भूमिका निर्वाह गर्नुभयो ।
बालिका तथा किशोरीको नेतृत्व विकास गर्नुका साथै शसक्तिकरण गर्ने उदेश्यले सञ्चालित सो कार्यक्रममा उपाध्यक्षको भूमिका निर्वाह गर्नु भएकी लुईटेललाई किशोरी क्लबकी सदस्य कञ्चन भण्डारीले किशोरी क्लबको तर्फबाट नौ बुँदे ज्ञापन बुझाउनु भयो ।
सो अवसरमा आयोजित छलफल कार्यक्रममा विभिन्न क्लबका बालिकाहरुले बालबालिका र किशोरीका सवालहरुका बारेमा जिज्ञासा राखेका...
समाचारदाता
नेपालगन्ज, मंसिर ८ । बर्दियाको बढैयाताल गाउँपालिकामा शसक्त बालिका परियोजनाको किक अफ मिटिंग सम्पन्न भएको छ ।
बाँके युनेस्को क्लबले प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा सञ्चालन गरेको शसक्त बालिका परियोजनाको बारेमा सरोकारवाला निकायलाई बिस्तृत रुपमा जानकारी गराउनका लागि किक अफ मिटिंगको आयोजना गरिएको क्लबले जनाएको छ ।
गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको अध्यक्षतामा आयोजना गरिएको सो बैठकमा पालिकाका अध्यक्ष हिमालय त्रिपाठी प्रमुख अतिथि रहनु भएको थियो भने सबै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शिक्षा शाखा, स्वास्थ्य शाखा र महिला तथा बालबालिका शाखाका प्रमुखहरु लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।
सो बैठकमा परियोजनाका संयोजक गोविन्द लामिछानेले परियोजनाको लक्ष्य, उदेश्य, नतिजा तथा क्रियाक्लापहरुका साथसाथै क्लबका गतिविधिहरुका बारे...