२१ जेष्ठ २०८३, बिहीबार

मुख्य समाचार

प्लान इन्टरनेशनल नेपाल र गुलरिया नगरपालिकाबिच अन्तरक्रिया र छलफल

प्लान इन्टरनेशनल नेपाल र गुलरिया नगरपालिकाबिच अन्तरक्रिया र छलफल

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, भदौ ७ । प्लान इन्टरनेशनल नेपालको एक उच्चस्तरीय टोलीले बर्दियाको भ्रमण गरेर गुलरिया नगरपालिकाका जनप्रतिनिधिहरुसंग विभिन्न परियोजनाका बारेमा अन्तरक्रिया र छलफल गरेको छ । प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर रामकिशनको नेतृत्वमा रहेको सो टोली र बाँके युनेस्को क्लबको टोलीले संयुक्त रुपमा गुलरिया नगरपालिकामा पुगेर मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत लगायतसंग बैठक गरेर विभिन्न बिषयमा छलफल गरेको हो । प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर रामकिशनसंगै प्लान इन्टरनेशनल नेपाल सुर्खेतका दुर्गा क्षेत्री र जनक गिरीको टोलीले गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, उपमेयर सावित्रा गौतम प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, महिला तथा बालबालिका प्रमुख शीला शाह, शिक्षा शाखा प्रमुख सतीश यादव र विपद फोकल पर्सन मुकुन्द अर्यालसँग अन्तरक्रिया तथा छलफल गरेको थियो । प्लान इन...
तानाशाही र मनपरी सहन नसकि नयाँ दल गठन गर्यौं–जसपा महासचिव ईश्तियाक राई

तानाशाही र मनपरी सहन नसकि नयाँ दल गठन गर्यौं–जसपा महासचिव ईश्तियाक राई

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
दुर्गा बर्माको अध्यक्षतामा जिल्ला सम्मेलन आयोजक समिति गठन सिराज खान नेपालगन्ज, भदौ ७ । जनता समाजवादी पार्टी (जसपा) का महासचिव तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले उपेन्द्र यादवको तानाशाही र मनपरी सहन नसकेर आफुहरुले बिद्रोह गरेर नयाँ पार्टी गठन गरेको बताउनु भएकोछ । नेपालगन्जमा आयोजना गरिएको कार्यकर्ता भेला तथा बाँके जिल्ला सम्मेलन आयोजक समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव राईले उपेन्द्र यादव मधेस आन्दोलन र मधेस बिद्रोहको मर्म बिपरित गएकोलेनै आफुहरु छुट्टिएको बताउनुभयो । उहाँले मधेसीको हक, अधिकारको रक्षा सहित अन्य पिडित र उत्पिडित समुदाय र वर्गको उत्थानका लागि जनता समाजवादी पार्टी गठन भएको जनाउँदै सबैतिर उत्साहपुर्ण समर्थन मिलिरहेको बताउनुभयो । पूर्वमन्त्री राईले थप्नुभयो–‘गत निर्वाचनमा यादवकै निर्देशनमा मलाई समेत हराउने काम गरियो, मलाई पराजित गराउन बाँकेमा गठबन्धन गर्न ...
प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टरद्धारा बर्दियामा सञ्चालित परियोजना अनुगमन

प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टरद्धारा बर्दियामा सञ्चालित परियोजना अनुगमन

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, भदौ ६ । प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर रामकिशनको नेतृत्वमा आएको एक उच्चस्तरीय टोलीले बर्दियामा सञ्चालन गरिएको बाढी सम्बन्धि परियोजनाको स्थलगत अनुगमन गरेको छ । युके एड र स्टार्ट फण्ड नेपालको सहयोगमा प्लान इन्टरनेशनल नेपाल तथा बाँके युनेस्को क्लबको साझेदारीमा बर्दियाको गुलरियामा सञ्चालन गरिएको ‘एन २३ एन्टिसिपेसन हैभी रैन फल एण्ड लोकल इनुन्डेसन परियोजना’ को सो टोलीले अनुगमन गरेको हो । गुलरिया नगरपालिकाको वडा नम्बर १२ को तडुवा र वडा नम्बर ५ को बालापुर पुगेर सो उच्चस्तरीय टोलीले अनुगमन गर्नुका साथै स्थानीय समुदायसंग छलफल र अन्तरक्रिया समेत गरेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । उक्त टोलीले वडा नम्बर १२ र ५ मा रहेका सुरक्षित आश्रयस्थलको मर्मत सम्भारको निरिक्षण गर्नुका साथै व्यवस्थापन समितिसंग पनि छलफल र अन्तरक्रिया गरेको उहाँले बताउ...
भेरी अस्पतालको स्वास्थ्य सेवामा सुधार शुरु – अस्पताल बिकास समिति

भेरी अस्पतालको स्वास्थ्य सेवामा सुधार शुरु – अस्पताल बिकास समिति

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
महमूद आलम खान बाँके, साउन २९ । बाँकेको नेपालगन्जमा रहेको भेरी अस्पतालले सेवा सुधारको सुरुवात गरेको छ । सेवा सुविधा प्रभावकारी बनाउन र अस्पतालमा हुने भिडभाडलाई कम गर्न सेवामा सुधारको सुरुवात गरेको भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले बताउनु भयो । अस्पतालको भिड व्यवस्थापन गर्न तथा सेवाग्राहीलाई सहज र सुलभ सेवा प्रवाहका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले ९ बुँदे निर्णय गरी कार्यान्वयनका लागि पत्राचार गर्नुभएको थियो । उक्त निर्णय अनुसार भेरी अस्पतालमा ७ बुँदे निर्देशन लागु भएको मेडिकल सुपरिटेन्डेन्ट डा।प्रकाश थापाले बताउनु भयो । उहाँले अन्य दुई बुँदाका विषयमा अस्पतालमा छलफल भइरहेकोले कहिले कार्यान्वयन हुने अझै भन्न सक्ने अवस्था नरहेको जिकिर गर्नु भयो । भेरी अस्पतालमा भिड नियन्त्रणका लागि अपनाएका उपायहरूमा विस्तारित स्वास्थ्य सेवाको सुरुवात र व्यवस्थापन,...
वरिष्ठ पत्रकार खानसहित बिभिन्न व्यक्तित्व ‘अवधी गौरव रजत सम्मान २०८१’ बाट सम्मानित

वरिष्ठ पत्रकार खानसहित बिभिन्न व्यक्तित्व ‘अवधी गौरव रजत सम्मान २०८१’ बाट सम्मानित

ताजा-अपडेट, मुख्य समाचार, विविध
सिराज खान नेपालगन्ज, साउन २७ गते । गोरखापत्र दैनिकका नेपालगन्ज समाचारदाता वरिष्ठ सिराज खानसहित विभिन्न व्यक्तित्वहरुलाई अवधी सांस्कृतिक प्रतिष्ठान केन्द्रीय समितिले आइतवार नेपालगन्जमा सम्मान गरेको छ । नेपालगन्जमा आयोजना गरिएको चौथो अन्तरदेशीय अवधी महोत्सव तथा २५ औं अवधी दिवस समारोहमा अवधी सांस्कृतिक प्रतिष्ठान केन्द्रीय समितिले वरिष्ठ पत्रकारा खानसहितलाई ‘अवधी गौरव रजत सम्मान २०८१’ प्रदान गरेर सम्मानित गरिएको हो । अवध क्षेत्रमा शिक्षा, स्वास्थ, कला, साहित्य र संस्कृति लगायत समाजसेवा मार्फत बिशेष योगदान पुरयाएको जनाउँदै उहाँहरलाई अवधी गौरव रजत सम्मान २०८१ बाट सम्मानित गरिएको अवधी सांस्कृतिक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश चन्द्र कुमालले बताउनुभयो । यसरी सम्मानित हुनेहरुमा अन्नपुर्ण पोष्टका नेपालगन्ज व्युरो प्रमुख शंकर प्रसाद खनाल, वरिष्ठ स्त्रीरोग बिशेषज्ञ डा. फरहत बानो, वरिष्ठ य...
बंगलादेशको घट्नाप्रति नेपालगन्जका नागरिक अगुवाद्धारा निन्दा र भत्र्सना, कारवाहीको माग

बंगलादेशको घट्नाप्रति नेपालगन्जका नागरिक अगुवाद्धारा निन्दा र भत्र्सना, कारवाहीको माग

ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, साउन २५ । नेपालगन्जका विभिन्न धर्म समुदायका अगुवाहरुले बंगलादेशमा भएको सत्ता बिरोधी आन्दोलनको क्रममा अल्पसंख्यक समुदायको धार्मिक आस्थाका केन्द्रहरुमाथि गरिएको तोडफोड र आक्रमणको कडा शब्दमा निन्दा गर्दै त्यस्तो कार्यमा संलग्नहरुलाई कडा कारवाहीको माग गरेका छन् । शुक्रवार उनिहरुले बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई एक ज्ञापन पत्र बुझाउँदै बंगलादेशका हिन्दु समुदायका धार्मिक आस्थाका केन्द्रहरुमा गरिएको तोडफोड र आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता निन्दनीय कार्य तत्काल रोक्न माग गर्दै नेपाल सरकारमार्फत त्यस्ता कार्यमा संलग्नहरुलाई कडा कारवाही गर्न माग गरेका छन् । कुनै पनि बहाना र कुनै पनि आडमा कसैको पनि धार्मिक आस्थासंग कसैले पनि खेलवाड गर्न नहुने प्रष्ट पार्दै ज्ञापन पत्रमा त्यस्तो कार्य गर्नेहरुलाई बंगलादेशको सरकारले कडा कारवाही ग...
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा चार चिनिया पर्यटक र एक नेपाली पाइलटको मृत्यु

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा चार चिनिया पर्यटक र एक नेपाली पाइलटको मृत्यु

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचार एजेन्सी नेपालगन्ज, साउन २३ । बुधबार दिउँसो दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको छ । बुधबार १ बजेर १४ मिनेटमा त्रिभुवन विमानस्थलबाट ४ चिनियाँ यात्रु लिएर उडेको उक्त हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका ७ सूर्यचौर डाँडामा दुर्घटना हुँदा हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको हो । गुर्जेभन्ज्याङको अस्थायी प्रहरी पोस्टका हवल्दार राजन खत्रीका अनुसार ४ पुरुष १ महिलाको शव फेला परेको छ । उनले भने, हेलिकप्टर खोल्सामा परेको छ । शव निकाल्न गाह्रो भइरहेको छ । उक्त हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए भने ४ चिनियाँ पर्यटक स्याफ्रुबेंसी लगिँदै थियो । एयर डाइनेस्टीको ४ चिनियाँ पर्यटक छाडेर फेरि विदेशी नागरिक ल्याउने तालिका बनाएको थियो । प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टर रुखमा ठोक्किएर आगो लाग्दै झरेको थियो । दुर्घटनाको कारणबारे पत्ता लागेको छैन । उक्त ...
एसइई ग्रेड बृद्धि परीक्षा शुरु, बाँकेबाट पाँच हजारभन्दा बढी विद्यार्थी सहभागी

एसइई ग्रेड बृद्धि परीक्षा शुरु, बाँकेबाट पाँच हजारभन्दा बढी विद्यार्थी सहभागी

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
सिराज खान नेपालगन्ज, साउन २३ गते । बुधबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा ९एसइई ० को ग्रेड वृद्धि परीक्षामा बाँकेबाट पाँच हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका छन् । एसइई ग्रेड वृद्धि परीक्षाका लागि बाँके जिल्लाका १२ वटा परीक्षा केन्द्रमा पाँच हजार २२५ परीक्षार्थी परीक्षामा सहभागी भएको शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्रमुख रामसुरेश यादवले बताउनुभयो । उहाँले गत चैत महिनामा भएको एसइईको परीक्षामा बाँकेका पाँच हजार ९९९ विद्यार्थीको एनजी आए पनि ग्रेड वृद्धि परीक्षाका लागि पाँच हजार २२५ जनाले मात्रै फारम भरेर परीक्षामा सहभागी भएको बताउनुभयो । प्रमुख यादवका अनुसार सो परीक्षाका लागि जिल्लाका पाँच वटा पालिकाका १२ वटा विद्यालय परीक्षा केन्द्र तोकिएको छ भने परीक्षा सञ्चालनका लागि ५३५ भन्दा बढी शिक्षकलाई परिचालन गरिएको छ । उहाँले नेपालगन्ज उपमहानगरमा चार वटा, कोहलपुर नगरपालिकामा चार वटा...
प्रेस काउन्सिलद्धारा प्रकाशित पत्रपत्रिका वर्गीकरणको नतिजा पूर्वाग्रही र तथ्यहीन–प्रेस सेन्टर नेपाल

प्रेस काउन्सिलद्धारा प्रकाशित पत्रपत्रिका वर्गीकरणको नतिजा पूर्वाग्रही र तथ्यहीन–प्रेस सेन्टर नेपाल

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
समाचारदाता नेपालगन्ज, साउन २२ । श्रमजिवि पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालले एक बिज्ञप्ती प्रकाशित गरेर प्रेस काउन्सिल नेपालले गरेको आर्थिक वर्ष २०७८–७९ को पत्रपत्रिका वर्गीकरण र मूल्याङ्कनको प्रारम्भिक नतिजाप्रति गम्भीर आपत्ती जनाएको छ । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहत रहेको पत्रपत्रिकाको नियमनकारी एक मात्र निकाय प्रेस काउन्सिल नेपालले २०८१ साउन १८ गते सार्वजनिक गरेको वर्गीकरणको नतिजा अध्ययन गर्दा पूर्वाग्रही र तथ्यहीन देखिएको भन्दै सेन्टरले त्यसलाई तत्काल सच्चयाउन माग गरेको छ । प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले जारी गरेको विज्ञप्तीमा विगतमा क र ख लगायत माथिल्ला वर्गमा परेका र निरन्तर सोही मापदण्ड अनुसार प्रकाशित जन पक्षीय पत्रिकालाई छानी–छानी तल्लो वर्गमा झार्ने काम भएको तथ्य देशभरबाट आइरहेका जनाईएको छ । त्यसै गरी उस्तै मापदण्ड भएका अन्य पत्रिकालाई ...
साहित्यकार सागर गैरेको चर्चित उपन्यास ‘मोहोर’ को बिमोचन

साहित्यकार सागर गैरेको चर्चित उपन्यास ‘मोहोर’ को बिमोचन

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, साउन १९ गते । कोहलपुरका साहित्यकार सागर गैरेको तेस्रो कृति उपन्यास ‘मोहोर’ को शनिवार बाँकेको कोहलपुरमा बिमोचन गरिएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले आयोजना गरेको एक कार्यक्रममा प्राध्यापक डा. कृष्ण प्रसाद घिमिरे, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष कपिल अन्जान, लेखकका पिता तथा उपन्यासका मुख्य पात्र घनश्याम गैरे, लेखककी पत्नि यशोदा गैरे र लेखक सागर गैरेले संयुक्त रुपमा उपन्यास ‘मोहोर’ को बिमोचन गर्नुभयो । सो अवसरमा उपन्यासका बारेमा चर्चा गर्दै प्राध्यापक डा. जनार्दन आचार्यले उपन्यासमा चौरासी वर्ष पार गरिसक्नुभएका आफ्ना बाको जीवन र कर्मका अनेकौं चित्र उतारिएको बताउनुभयो । उहाँले सामाजिक संघर्ष, पारिवारिक संघर्षका क्रममा एउटा आम मान्छकोे भोगाइजस्तै बाले भोगेका पीडा, अभाव र त्यसबाट प्राप्त गरेका तीता–मीठा अनुभूति उपन्यासमा समेटिएकोले यो क...