८ माघ २०८२, बुधबार

मुख्य समाचार

भूकम्प पीडितहरुकालागि भारत सरकारले पठाएको औषधि नेपालगन्जमा हस्तान्तरण

भूकम्प पीडितहरुकालागि भारत सरकारले पठाएको औषधि नेपालगन्जमा हस्तान्तरण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगन्ज, मङ्सिर ५ गते । जाजरकोट र रुकुम पश्चिमलगायत पश्चिम नेपालका भूकम्प प्रभावित जिल्लाहरुका लागि भारत सरकारले चौथो खेपमा एक ट्रक अति आवश्यक औषधि सहयोग पठाएको छ । भारतबाट स्थलमार्ग हुँदै नेपालगन्जसम्म ल्याइएको सो औषधि मङ्गलवार भारतीय राजदूतावासका द्वितीय सचिव आशिष सिन्हाले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई हस्तान्तरण गर्नुभयो । औषधि हस्तान्तरण गर्दै भारतीय राजदूतावासका द्वितीय सचिव सिन्हाले भारतले यसअघि पनि भारतीय वायुसेनाको विमानमार्फत तीन खेप अति आवश्यक राहात सामाग्री नेपालगन्ज पुर्‍याइसकेको जनाउँदै अहिले औषधिको आवश्यकता महसुस गरेर एक ट्रक औषधि प्रदान गरिएको बताउनुभयो । उहाँले भारत सरकारले भविष्यमा पनि थप सहयोग जारी राख्ने जनाउँदै प्रभावित जिल्लाको आवश्यकता अनुसार सहयोग आउने बताउनुभयो । बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले भारत सरकारले ४० प्रकारको ...
नेपालगन्जका मुस्लिम समुदायले जाजरकोटका भुकम्पपिडितलाई राहात पुरयाए

नेपालगन्जका मुस्लिम समुदायले जाजरकोटका भुकम्पपिडितलाई राहात पुरयाए

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, कात्तिक २२ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प पीडितहरुलाई नेपालगन्जका मुस्लिम समुदायले जाजरकोटनै पुगेर राहत सामाग्री बुझाएका छन् । नेपाल मुस्लिम समाजको अगुवाईमा नेपालगन्जमक मुस्लिम समुदायले प्रदान गरेको सो राहात सामाग्री जाजरकोट पुगेर भूकम्प पीडितहरुका लागि राहत बुझाईएको नेपाल मुस्लिम समाजका सचिव मेराज अहमद हिमालयले बताउनुभयो । सचिव हिमालयका अनुसार मुस्लिम समुदायले संकलन गरेको सो राहत सामाग्री मुस्लिम समाजका अध्यक्ष अब्दुल हकिम हल्वाईको नेतृत्वमा लिएर जाजरकोट पुगेर सरकारी अधिकारीहरुलाई हस्तान्तरण गरिएको छ । मुस्लिम समाजले दिएको राहात सामाग्रीमा चामल, आलु, प्याज, बिस्कुट, चिउरा, आवश्यक भाँडाकुँडा, सहित कम्बल, म्याट, त्रिपाल र न्यानो कपडा रहेको नेपाल मुस्लिम समाजका अध्यक्ष अब्दुल हकिम हल्वाईले बताउनुभयो । एक नेपालीलाई दुखपर्दा अर्को नेपालीले सहयोग गर्नु पर्छ...
बाँके युनेस्को र समाजसेवी देवकोटाद्धारा भुकम्पपिडित घाइते र कुरुवालाई निशुल्क खानाको व्यवस्था

बाँके युनेस्को र समाजसेवी देवकोटाद्धारा भुकम्पपिडित घाइते र कुरुवालाई निशुल्क खानाको व्यवस्था

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, कात्तिक २२ । शुक्रवार गएको भूकम्पबाट घाइते भएकाहरु र उनका कुरुवाहरुलाई नेपालगन्जमा विभिन्न संघसंस्था र व्यक्तिहरुको सहयोगमा लगातार निशुल्क खानाको ब्यवस्थापन गरिएको छ । भेरी अस्पतालमा उपचाररत भूकम्पमा परि घाइते भएका बिरामीहरु र उनिहरुका कुरुवाहरु सहित उपचारमा सेवारत स्वास्थ्यकर्मीहरुलाई अन्जनी माता रसोइ मार्फत निशुल्क खानाको ब्यवस्था गरिएको हो । सो निशुल्क खानाको व्यवस्थापनमा विशेष सहयोग बाँके युनेस्को क्लब र समाजसेवी ध्रुव देवकोटाले गर्नु भएको जिल्ला आपतकालीन कार्यसन्चालन केन्द्र, बाँकेले जनाएको छ । आपतकालीन कार्यसन्चालन केन्द्र, बाँकेका फोकल पर्सन नरेस श्रेष्ठका अनुसार शुरुमा नै बाँके युनेस्को क्लवको तर्फबाट ५२८ छाक खाना र समाजसेवी ध्रुव देवकोटाबाट ५०२ छाक खानाको लागि रसोइघरलाई सहयोग प्रदान भएपछि निशुल्क खानाको व्यवस्थापन गर्न सकिएको हो । सोही सहयोगका कारण भुक...
सुमित मेडिको फार्म र जेभि फाउन्डेसनले भुकम्पपिडितका लागि एकलाख ६७ हजारको औषधी पठायो

सुमित मेडिको फार्म र जेभि फाउन्डेसनले भुकम्पपिडितका लागि एकलाख ६७ हजारको औषधी पठायो

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, कात्तिक २१ । जारकोट र रुकुम पश्चिमका भुकम्पपिडित र घाइतेका लागि विभिन्न राहात र सहयोग जुट्ने क्रम तिव्र भएको छ । अहिले देशभित्र र देश बाहिरबाट सहयोग गर्नेहरु सक्रिय देखिएका छन् । सोही क्रममा नेपालगन्जस्थित सुमित मेडिको फार्म र जेभि फाउन्डेसन बाँकेले १ लाख ६७ हजार रुपियाँ भन्दा बढीको औषधी प्रभावित जिल्लामा पठाएको छ । सुमित मेडिको फार्मका सञ्चालक तथा जेभि फाउन्डेसनका केन्द्रिय सदस्य प्रेम कुमार यादवले सो औषधी सहयोग गरेर भुकम्पबाट घाइते भएकाहरुको उपचारका लागि पठाउनु भएको हो । जेभि फाउन्डेसनका केन्द्रिय सदस्य यादवले सो औषधीबाट घाइतेको उपचारमा सहयोग पुग्ने र उपचार सहज हुने बताउनुभयो । उहाँले सो औषधी सहयोगमा जेभि फाउन्डेसनका केन्द्रिय सदस्य दिनेश्वर प्रसाद यादव, लुम्बिनी प्रदेश सदस्य नरेन्द्र हरिजन, बाँकेका जिल्ला सचिव राम रावत चौधरी र कोहलपुर सभापति जयराम थारुले पनि...
दुर्घटना न्युनिकरणका लागि बाँकेमा ट्राफिक सचेतना अभियान

दुर्घटना न्युनिकरणका लागि बाँकेमा ट्राफिक सचेतना अभियान

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
सिराज खान नेपालगन्ज, कात्तिक ११ । दसैं सकिएलगत्तै सहर बजारमा फेरी चहलपहल बढ्न थालेको र सवारी साधनको संख्या पनि सडकमा बढ्दै गएकोले ट्राफिक प्रहरीले दुर्घटना न्युनिकरणका लागि बाँकेमा सचेतना अभियान शुरु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक गोपिकृष्ण सुवेदीले पछिल्लो समयमा बाँकेमा फेरी सवारी दुर्घटना बढेको पाईएकोले सो न्युनिकरणका लागि जिल्लाका विभिन्न स्थानमा एकै पटक ट्राफिक सचेतना अभियान शुरु गरिएको बताउनुभयो । उहाँले सो अभियान अन्तर्गत शनिवार एकै दिन नेपालगन्ज, फुलटेक्रा, कोहलपुरको हाईस्कल, सम्झना, मदनचोक, बसपार्क, कुसुम, राप्तीपारी भगवानपुरमा ट्राफिक सचेतना अभियान गरिएको बताउनुभयो । जिल्ला ट्राफिक कार्यालय र मातहतका ट्राफिक पोष्टहरुबाट सवारी साधन आवागमन बढी हुने विभिन्न ठाउँमा खटिएका ट्राफिक प्रहरीले बाटो प्रयोग कर्ता, चालक तथा सह–चालक, बिद्यार्थि र सर...
पर्ल परियोजनाले बालविवाह रोक्न सहयोग गरेको निष्कर्श

पर्ल परियोजनाले बालविवाह रोक्न सहयोग गरेको निष्कर्श

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, असोज २७ । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेसनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालन गरिएको पर्ल परियोजनाको ठाकुरद्धारामा समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ । सो समिक्षा कार्यक्रममा परियोजनाको प्रभाव स्तरको प्रगति, सिकाइ आदानप्रदान, असल अभ्यासबारे छलफल, दिगोपन रणनीति बारे विस्तृत रुपमा छलफल गरिएको थियो । कार्यक्रममा परियोजनाका संयोजक गोविन्द लामिछानेले परियोजनाले आफ्नो उदेश्य प्राप्तीका लागि गरेका प्रयाससंगै त्यसको प्रभाव र चुनौतीहरुका बारेमा विस्तृत रुपमा जानकारी गराउनु भएको थियो । परियोजना संयोजकले साझा गर्नु भएको जानकारी र परियोजनाका विविध पक्षहरुमा प्लान नेपाल इन्टरनेसनलका क्षेत्रीय प्रबन्धक मीना पराजुली, प्राविधिक सल्लाहकार प्रतिमा कुवर, सञ्चार प्रबन्धक निशा अधिकारी, मर्ल विशेषज्ञ दीपा सिंह, बित्तिय शाखाका रोसनी नेपाली र रमेश क्षेत्री, कार्यक्रम संयोजक ग...
माओवादी बाँकेका नेताहरु जनताको खेतमा पुगेर धान काट्नमा व्यस्त

माओवादी बाँकेका नेताहरु जनताको खेतमा पुगेर धान काट्नमा व्यस्त

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, असोज २५ । माओवादी केन्द्र बाँकेका नेता–कार्यकर्ताहरुले जनतासँग प्रत्यक्ष जोडिएर श्रमदान लगायतका सामाजिक कामहरु गरेर विषेश रुपान्तरण अभियानलाई अगाडी बढाएका छन् । गत भदौ १६ गते देशैभर एकसाथ सुरु भएको तीन महिने ‘जनतासँग माओवादीः विषेश रुपमान्तरण अभियान’ अन्तर्गत बाँकेका माओवादीले स्थानीय जनताका धान काटेर जनश्रमदान गरेका हुन् । अभियान अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका वडा नं १९ फारामटोलका स्थानीय जनताका खेतको धान काटेर जनश्रमदान गरिएको माओवादी १९ नं वडा अध्यक्ष शम्भुनाथ योगीले जानकारी दिनुभयो । उहाँले फारामटोलका स्थानीय गंगा योगी र कृष्ण पुनको खेतको धान जनश्रमदान गरी काटिदिएको बताउनुभयो । माओवादीहरु खेतैमा पुगेर धान काटिदिँदा स्थानीय खुशीले दङ्ग परेका थिए । स्थानीय कृष्ण पुनले विहानै माओवादी आएर खेतमा पाकेको धान काटिदिँदा आफू अत्यन्तै खुशी भएको बताउनु भएको थियो । “चाडव...
प्लान इन्टरनेसनल नेपालको पाँच बर्षे राष्ट्रिय रणनीति सार्वजनिक

प्लान इन्टरनेसनल नेपालको पाँच बर्षे राष्ट्रिय रणनीति सार्वजनिक

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, असोज १७ । प्लान इन्टरनेशनल नेपालको ४५ औँ बार्षिक उत्सवको अवसरमा ५ बर्षे राष्ट्रिय रणनीति सार्वजनिक गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सुर्खेतमा आयोजना गरिएको कार्यक्रममा ५ बर्षे राष्ट्रिय रणनीति सार्बजनिक गर्दै कर्णाली प्रदेशमा गुणस्तरिय शिक्षा र सामाजिक न्याय सहितको समाज निर्माण गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले दिगो विकासका लक्ष्य र मानव विकास सुचकाङमा कर्णाली धेरै पछाडी रहेको जनाउँदै त्यसलाई सुधार गरेर कर्णालीमा गुणस्तरिय शिक्षा, गाँउमै भरपर्दो आधारभुत स्वास्थ्य सेवा, गाँउमै रोजगारीका अवसर सहित सामाजिक न्याययुक्त समाज निर्माण गर्ने अठोट लिएको बताउनुभयो । सरकारका नीति तथा कार्यक्रमलाई पुर्ण रुपमा कार्यन्वयन गरेर काम गर्ने दातृ निकायहरुको खाँचो रहेको जनाउँदै मुख्यमन्त्री शर्माले कर्णालीमा बालबालिकाहरुको उज्वल भबिश्य निर्माणका...
बाँके युनेस्कोको क्षमता बिकासकालागि तीन दिने रणनितिक योजना तर्जुमा गोष्ठि

बाँके युनेस्कोको क्षमता बिकासकालागि तीन दिने रणनितिक योजना तर्जुमा गोष्ठि

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, असोज १५ । बाँके युनेस्को क्लबको क्षमता सबलीकरणका लागि तीन दिने समिक्षा तथा रणनितिक योजना तर्जुमा कार्यशाला गोष्ठि सम्पन्न गरिएको छ । संस्थाको परिकल्पना, ध्येय, उदेश्य, रणनितिक योजना र अन्य निति बारे समिक्षा गर्दै संस्थाको सबलीकरण र संस्थागत विकासका लागि सो कार्यशाला गोष्ठिको आयोजना गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँकेको गाभरमा आयोजना गरिएको सो कार्यशाला गोष्ठिमा संस्थाका पदाधिकारी, कार्यसमितिका सदस्यहरु, विभिन्न परियोजनामा कार्यरत कर्मचारीको सहभागिता रहेको थियो । सो महत्वपुर्ण कार्यशालाको सहजकर्ता मधु दवाडी रहनु भएको थियो भने कार्यशालाबाट संस्थाको रणनैतिक योजना निर्माणमा सहजता भएको क्लबले जनाएको छ । क्लबका अध्यक्ष तुलाधरको सभापतित्वमा सम्पन्न भएको कार्यशालाको समापन कार्यक्रममा क्लबका प्रमुख संरक्...
ठाकुरबाबामा परियोजनाको लेखाजोखा तथा समिक्षा कार्यक्रम सम्पन्न, युनेस्को क्लब र प्लान इन्टरनेसनल  सम्मानित

ठाकुरबाबामा परियोजनाको लेखाजोखा तथा समिक्षा कार्यक्रम सम्पन्न, युनेस्को क्लब र प्लान इन्टरनेसनल सम्मानित

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, असोज १२ । बाँके युनेस्को क्लबद्धारा बर्दियाको ठाकुरबाबा नगरपालिकामा सञ्चालित परियोजनाको पालिकास्तरीय सामाजिक लेखाजोखा तथा समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ । क्लब र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित युवा महिलाहरुको आर्थिक शसक्तिकरण तथा रोजगार प्रवद्र्धन परियोजनाले १८ वर्षदेखि २४ वर्ष समुहका १२० जना युवा महिलालाई शिपमुलक तालिम दिएर उनिहरुको व्यवसाय विकास तथा रोजगार प्रवद्र्धनमा सहयोग पुरयाएको छ । सो परियोजना १ जनवरी २०२२ देखि सञ्चालनमा आएको बाँके युनेस्को क्लबले जनाएको छ । सो परियोजनाको पालिकास्तरीय समिक्षा र सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरिएको हो । ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सुर्य बहादुर विष्ट प्रमुख अतिथि रहनु भएको थियो भने नगरपालिकाका उपप्रमुख बि...