२० जेष्ठ २०८३, बुधबार

मुख्य समाचार

स्थानीय परियोजना परामर्श बैठक तथा सामाजिक परिक्षण सम्पन्न

स्थानीय परियोजना परामर्श बैठक तथा सामाजिक परिक्षण सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, पुस १४ । नेपालगञ्जमा विहिबार ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ बाँकेको स्थानीय परियोजना परामर्श बैठक तथा सामाजिक परिक्षण सम्पन्न गरिएको छ । जिआइजेड एवम् एमडिएम फ्रान्सको सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) ले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र खजुरा गाउँपालिकामा सो परियोजना सञ्चालन गरिरहेको छ । सो परियोजनाले सरसफाईकर्मी र कृषकहरुको क्षमता विकास तथा सचेतना अभिबृद्धि गनुैका साथै फोहर व्यवस्थापन तथा विषादी प्रयोग गर्दा हुने हानीबाट उनिहरुको पेशागत तथा स्वास्थ्य सुरक्षालाई प्रमुख उद्देश्य बनाएको छ । बैठकमा सहभागि अधिकांश सम्बन्धितहरुले परियोजनाले गर्दा सरसफाईकर्मी, कबाड व्यवसायमा संलग्न र किसानको व्यक्तिगत सुरक्षामा विशेष ध्यान दिएकोमा आभार व्यक्त गरेका थिए । कबाड व्यवसायी संघ बाँकेका अध्यक्ष मोहम्मद उमर हलवाईले परियोजनाल...
नेपालगञ्ज इलेक्ट्रोनिक एशोसियसनले शनिवार निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम गर्ने

नेपालगञ्ज इलेक्ट्रोनिक एशोसियसनले शनिवार निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम गर्ने

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, पुस १४ । नेपालगञ्ज इलेक्ट्रोनिक एशोसियसनको आयोजनामा नेपालगञ्जमा यही पुस १६ गते शनिवारका दिन एक निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरिने भएको छ । सो जानकारी गराउँदै नेपालगञ्ज इलेक्टोनिक एशोसियसन बाँकेका उपाध्यक्ष तथा उक्त कार्यक्रमका संयोजक जहाँगिर सैयदले स्वास्थ्य परिक्षण कार्यक्रमबाट लाभ उठाउन सबैलाई आग्रह गर्नु भएको छ । कार्यक्रम संयोजक सैयदले दिनु भएको जानकारी अनुसार सो कार्यक्रम शनिवार दिउँसो २ बजेदेखि ४ बजेसम्म वडा नम्बर ८ तांगास्टेशन नजिकको किन्नुराम काशिराम कसौधन वैश्य पंचायती धर्मशालामा सञ्चलन गरिने छ । सो निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा जनरल फिजिशियन, हाडजोर्नी तथा नशा रोग, नाक कान घाँटी र छाला रोगका विशेषज्ञ चिकित्सकहरुले निशुल्क स्वास्थ्य परीक्षण गर्नु हुनेछ भने औषधी समेत निशुल्क वितरण हुनेछ । सो कार्यक्रममा हाडजोर्नी, नशा मेरुदण्ड तथ...
पुरानो सत्ता गठबन्धन तोड्न यसरी गरियोे सर्जिकल स्ट्राइक, अनि बने प्रचण्ड प्रधानमन्त्री

पुरानो सत्ता गठबन्धन तोड्न यसरी गरियोे सर्जिकल स्ट्राइक, अनि बने प्रचण्ड प्रधानमन्त्री

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
उद्धव थापा काठमाण्डौ, पुस १३ । आइतवार मध्याह्नसम्म सत्ताको पासा यसरी पल्टेला भन्ने आकलन कमैले गरेका थिए । कांग्रेस नेतृत्वको गठबन्धनमा तारन्तार छलफल जारी थियो । गठबन्धनको औचित्य बाँकी रहेको दाबी नेताहरूले गरिरहकै थिए । तर, मध्यान्नबाट दिन बिस्तारै ढल्किँदै गर्दा सत्ताको पासा यसरी पल्टियो कि धेरैले चित् खाए, के भयो हँ ? कांग्रेसको सिंगो पंक्ति स्तब्ध भयो । एमाले र माओवादी वृत्तमा उत्साह भरिँदै गयो । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा दिउँसो ४ नबज्दै एमालेको सहयोगमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने निर्णय भयो । शनिवार दिउँसोसम्म एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सार्वजनिक मञ्चबाट गाली गरिरहेका थिए । त्यसको २४ घण्टा पनि नबित्दै कसरी सहकार्य सम्भव भयो ? आश्चर्यसहित धेरैले गर्ने यही प्रश्न उत्तर यहाँ समेटिएको छ । एमालेको गुपचुप...
नेपालगञ्ज २० का ५० किसानलाई व्यक्तिगत सुरक्षा सामाग्री पीपीई सेट वितरण

नेपालगञ्ज २० का ५० किसानलाई व्यक्तिगत सुरक्षा सामाग्री पीपीई सेट वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, पुस १२ । भेरी वातावरणीय विशिष्टता समुह बि ग्रुपले नेपालगञ्ज २० मनिकापुरका ५० जना कृषकहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री पीपीई सेट वितरण गरेको छ । यसअघि डुडुवाका ५२ जना किसानलाई पिपिई सेट वितरण गरेको सो संस्थाले मंगलवार नेपालगञ्ज उपमहानगरको वडा नम्बर २० मा ५० जना किसानलाई व्यक्तिगत सुरक्षा सामाग्री पीपीई सेट वितरण गरेको हो । जीआइजेड नेपाल र एमडीएम फ्रान्सको साझेदारीमा बि ग्रुपद्धारा सञ्चालित पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत नेपालगञ्ज २० मा रहको साथी स्वावलम्बन बहुउदेश्यीय कृषि सहकारी संस्थामा आवद्ध कृषकहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री पीपीई सेट वितरण गरिएको बि ग्रुपका अध्यक्ष टेक बहादुर पुनले बताउनुभयो । वडा नम्बर २० का वडा सदस्य चन्द्र बहादुर बुढाले कृषकहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री पीपीई सेट वितरण गर्दै यसले किसानको पेशागत तथा वातावरण...
स्थायी राजधानीको निर्णय कार्यान्वयन गर्नु लुम्बिनी प्रदेश सरकारको मुख्य उपलब्धी

स्थायी राजधानीको निर्णय कार्यान्वयन गर्नु लुम्बिनी प्रदेश सरकारको मुख्य उपलब्धी

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार भालुवांग, पुस १२ । लुम्बिनी प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी बनाउने निर्णयको कार्यान्वयनको विषयलाई मुख्य उपलब्धीको रुपमा लिएको छ । प्रदेश सरकारका गौरवका आयोजनाको बारेमा जानकारी दिन मंगलवारआयोजना गरिएको कार्यक्रममा यस विषयलाई मुख्य उपलव्धीका रुपमा लिईएको जानकारी दिईयो । गौरवका आयोजनाका रुपमा रहेको लुम्बिनी प्राविधिक विश्व विद्यालय बाँकेको खजुरामा स्थापना गरी काम तिव्रताका साथ अघि बढाइएको, लुम्बिनी प्रदेशको प्रादेशिक अस्पताललाई विशेषज्ञ देशकै नमूना अस्पताल निर्माण बजेट नीति अनुसार काम अघि बढाइएको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम लागु गरी प्रदेशका एकसय नौ वटै स्थानीय तहमा कार्यान्वयन गर्दा यस्ले सकरात्मक परिणाम दिएको निष्कर्ष प्रदेश सरकारको छ । लुम्बिनी प्रदेश सरकारको तर्फबाट कार्यवाहक मुख्यमन्त्री तथा आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्म...
बि ग्रुपद्धारा डुडुवाका ५२ कृषक समुहलाई पीपीई सेट वितरण

बि ग्रुपद्धारा डुडुवाका ५२ कृषक समुहलाई पीपीई सेट वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, पुस ९ । भेरी वातावरणीय विशिष्टता समुह बि ग्रुपले बाँकेको डुडुवा गाउँपालिकाको ५२ कृषक समहुहरुलाई व्यक्तिगत सुरक्षाका लागि पीपीई सेट वितरण गरेको छ । जीआइजेड नेपाल र एमडीएम फ्रान्सको साझेदारीमा सञ्चालित पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत डुडुवा गाउँपालिकाको वडा नम्बर ६ हिरमिनियामा रहको जनएकता बहुउदेश्यीय सहकारी संस्थामा आवद्ध कृषक समुहहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री पीपीई सेट वितरण गरिएको हो । कार्यक्रमको अध्यक्षता गर्नु भएका बि ग्रुपका अध्यक्ष टेक बहादुर पुनले कृषकको सुरक्षालाई ध्यानमा राखेर व्यक्तिगत सुरक्षा सामाग्री वितरण गरिएकोले यसबाट राम्रो परिणाम आउने बताउनुभयो । वडा नम्बर ६ का वडा अध्यक्ष मोहनराज मिश्र र जनएकता बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष रफिक खाँले किसानको व्यक्तिगत सुरक्षाका लागि वितरण गरिएको पीपीई सेटले सुरक्षामा महत्वपुर्ण भू...
बि ग्रुपद्धारा बाँकेका स्वास्थ्यकर्मीलाई पेशागत स्वास्थ्य र सुरक्षा तालिम प्रदान

बि ग्रुपद्धारा बाँकेका स्वास्थ्यकर्मीलाई पेशागत स्वास्थ्य र सुरक्षा तालिम प्रदान

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, पुस ८ । भेरी वातावरणीय विशिष्टता समूह वि–ग्रुप बाँकेले जिल्लाका स्वास्थ्यकर्मीहरुलाई पेशागत स्वास्थ्य र सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । एमडीएम फ्रान्ससँगको साझेदारीमा बि ग्रुपद्धारा बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका र डुडुवा गाउँपालिकामा सञ्चालित “पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना” अन्तर्गत स्वास्थ्यकर्मीलाई सो तालिम दिइएको हो । उक्त तालिममा नेपालगञ्ज उपमहानगर स्वास्थ्य महाशाखाबाट १ जना, मनिकापुर स्वास्थ्यचौकीबाट २ जना, शहरी स्वास्थ्य केन्द्र वडा नं २ बाट २ जना, खजुरा गाउँपालिकाको स्वास्थ्य शाखाबाट १ जना, सितापुर स्वास्थ्यचौकीबाट २ जना, डुडुवा गा।पा। स्वास्थ्य शाखाबाट १ जना र हिर्मिनिया स्वास्थ्यचौकीबाट २ जना गरी ११ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । पुस ५ गते द...
बि ग्रुपद्धारा दुई संस्थालाई शुसासन र क्षमता विकास तालिम प्रदान

बि ग्रुपद्धारा दुई संस्थालाई शुसासन र क्षमता विकास तालिम प्रदान

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, पुस ७ । बि ग्रुपले बाँकेका दुई वटा संस्थाको क्षमता विकासका लागि नेपालगञ्जमा तीन दिने सुशासन तथा क्षमता विकास तालिम सम्पन्न गरेको छ । जीआइजेड नेपाल र एमडीएम फ्रान्सको साझेदारीमा बि ग्रुपद्धारा सञ्चालित पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत बाल्मिकी समाज नेपाल र बाँके कवाडी मालसमान व्यवसायी संघका पदाधिकारी र कार्यसमितिका सदस्यहरुलाई तीन दिने क्षमता विकास तालिम प्रदान गरिएको हो । सो तालिमको उदेश्य संस्थागत विकास, सुशासनको क्षेत्रमा सबलिकरण गर्दै संस्थागत व्यवस्थापन र कार्यसमितिको निर्णय गर्ने प्रक्रिया, पदीय जिम्मेवारी वहन गर्ने क्षमता अभिबृद्धि, साधारणसभा गर्ने प्रक्रिया, पब्लिक अडिट र आर्थिक अडिट कहिले र कसरी गर्ने बारेमा प्रशिक्षण दिएर सक्षम बनाउने रहेको परियोजनाका व्यवसाय विकास अधिकृत समद सिद्दिकीले बताउनुभयो । तालिममा संस्थाको अनुगमन र मुल्यांकन...
विद्युतीय आगलागी न्यूनीकरणका लागि बाँकेका इलेक्ट्रिसियनलाई तालिम

विद्युतीय आगलागी न्यूनीकरणका लागि बाँकेका इलेक्ट्रिसियनलाई तालिम

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस ५ । बाँके जिल्लाका इलेक्ट्रिसियनहरुलाई विद्युतीय आगलागी न्यूनीकरण र सुरक्षा सम्बन्धि तालिम दिइएको छ । सो तीन दिने तालिममा विद्युतीय आगलागीको बढ्दो जोखिमलाई कम गर्न अपनाउनुपर्ने पूर्व सावधानीका बिषयमा सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिइएको हो । विद्युतीय जोखिम न्यूनीकरणका लागि इलेक्ट्रिसियन र विद्युतीय सामग्री विक्रेताहरुलाई तालिम दिइएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा संचालित शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना अन्तर्गत स्थानीय विद्युतकर्मी तथा विक्रेताकालागि विद्युतजन्य विपद सुरक्षा तालिम आयोजना गरिएको अधिकृत ज्ञवालीले बताउनुभाये । ...
बाँकेको प्रहरी प्रमुखमा एसपी सन्तोष राठोरको सरुवा

बाँकेको प्रहरी प्रमुखमा एसपी सन्तोष राठोरको सरुवा

ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, पुस ४ । जिल्ला प्रहरी कार्यालय, बाँकेको प्रहरी प्रमुखमा एसपी सन्तोषसिंह राठौर सरुवा भएर आउने भएका छन् । हालका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीको सरुवा भएपछि राठोरलाई बाँकेको प्रहरी प्रमुख बनाईएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । एसपी अधिकारीको लुम्विनी प्रदेस ट्राफिक प्रहरी कार्यालय बुटवलको प्रमुखमा सरुवा गरिएको छ । देसभरका २३ एसपी को काज सरुवा गरिंदा एसपी अधिकारीलाई बुटवल पठाएर राठोरलाई बाँकेमा काज सरुवा गरिएके छ। सरुवामा ८ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । सरुवा सूचीअनुसार झापामा एसपी दुर्गाराज रेग्मी, पर्सामा कोमल शाह, धनुषामा विश्वराज खड्का, सर्लाहीमा नरेशराज सुवेदी, सिन्धुलीमा राजकुमार सिलवाल, सुर्खेतमा योगेन्द्रसिंह थापा र कैलालीमा देवेन्द्रबहादुर पाललाई पठाइएको छ । निर्वाचन सकिएपछि पहिलो पटक प्रहरीका एसपीहरुको काज सरुवा गरेर प्रहरी प्रध...