सिराज खान
नेपालगञ्ज, चैत १३ । ग्रामीण भेगहरुमा स्वास्थ्य सेवाको सहज पहुँच बढाई प्रभावकारी स्वास्थ्य सेवा मार्फत मातृ तथा शिशु मृत्युदर कम गर्न टेवा पुर्याउने उद्देश्यले कतार च्यारिटी नेपालले लुम्बिनी प्रदेशका आठ ओटा स्वास्थ्य संस्थालाई अत्याधुनिक एम्बुलेन्स हस्तान्तरण गरेको छ।
कतार च्यारेटीको सहयोगमा लुम्बिनी एकिकृत विकास संस्थाले प्रदेशका ८ ओटा स्थानीय तहका स्वास्थ्य संस्थालाई दिनेगरि लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयलाई आइतवार बुटवलमा ती एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।
लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्र जित थारू र शिक्षा, बिज्ञान, युवा तथा खेलकुद मन्त्री वसिउद्दिन खानको उपस्थितिमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद के सीलाई ती आठ ओटा एम्बुलेन्सको साँचो र कागजपत्र हस्तान्तरण गरिएको कतार च्यारिटीका निर्द...
सिराज खान
नेपालगञ्ज, चैत १३ । यहाँस्थित रंगशालाको कभर्डहलमा सञ्चालन भैरहेको प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिता अन्तर्गत आइतवार खेलिएका सेमीफाइनल खेलमा विजयी भएर भारतको हरियाणा क्लब र नेपाल पुलिस क्लब फाइनलमा पुगेका छन् ।
भारतको हरियाणा र न्यु डायमण्ड क्लब विच खेलिएको पहिलो सेमीफाइनलमा हरियाणा क्लबले न्यु डायमण्ड क्लबलाई ३–१ ले पराजित गरेर फाइनलमा प्रबेश गरेको हो ।
शुरुको दुई सेट हरियाणाले २५–१७ र २५–१५ ले जितेपनि तेस्रो सेटमा वापसी गर्दै न्यु डायमण्डले २५–२३ ले जितेको थियो । तर चौथो सेट २५–१६ ले जित्दै हरियाणा फाइनलमा प्रबेश गरेको हो ।
यसैगरि दोस्रो सेमीफाइनल खेलमा पुलिस क्लबले नेपाली सेनाको त्रीभुवन आर्मी क्लबलाई ३–० ले सोझो सेटमा पराजित गरेर फाइनलमा प्रवेश गरेको हो ।
पहिलो सेट पुलिस क्लबले सहज रुपमा २५–१८ ले जितेपनि दोस्रो र तेस्रो सेटमा निकै कडा प्रतिष्पर्धा भएको...
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, चैत १२ । नेपाली सेनाको भैरवप्रसाद गण, इमामनगर ब्यारेक राँझाले बाँकेको डुडुवा गाउँपालिकाको वडा नं ५ बाबुकुवा सामुदायिक बनमा साइकल ट्रेल निर्माण गरिदिएको छ ।
नेपालगञ्ज साइक्लिङ ब्लब र बाँके जिल्ला साइक्लिङ संघको सहकार्यमा नेपाली सेनाले निर्माण गरेको साइकल ट्रेलको शनिवार भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले उदघाटन गर्नुभयो। गणपति कार्कीले माउन्टेन बाइकको प्रतियोगिता र अभ्यासका लागि साइकल ट्रेल बनाउन पाउँदा खुशी लागेको बताउनुभयो । नेपाली सेनाले यस्ता सामाजिक गतिविधिमा सधैं सहयोग गरिरहेको समेत उहाँले बताउनुभयो ।
नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले साइकल ट्रेल बनेसँगै छिट्टै राष्ट्रियस्तरको माउन्टेन बाइक प्रतियोगिता आयोजना गर्ने जानकारी गराउनु भएको छ । बाँकेमा माउन्टेन बाइक चलाउने र प्रतियोगितामा समेत भाग लिने धेरै खेलाडी रहेकाले उनीहरु...
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, चैत १२ । आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको सेमीफाइनल खेल निकै भिडन्त हुने भएको छ । भारतको हरियाणा स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लबले आआफ्नो समुहबाट विजेता बन्दै सेमीफाइनल यात्रा तय गरेका छन् ।
नेपालगन्ज रंगशालास्थित कभर्डहलमा शनिवार हरियाणा स्पोर्ट्स क्लबले लुम्बिनी युनाइटेडलाई २५–१५, २५–७ र १५–१३ को सोझो सेटमा पराजित गरेको छ । उक्त खेलमा हरियाणाकी ११ नं. जर्सीकी निर्मल प्लेयर अफ द म्याच घोषित भइन् । निर्मल नेपालमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग)मा भारतीय राष्ट्रिय भलिबल टिमकी कप्तान थिइन् ।
उनलाई नेपालगन्ज म्याराथनकी संरक्षक सदस्य शशी स्वाँर, बागेश्वरी क्युएफएक्स सिनेमाका म्यानेजर सञ्जीव शाक्य, सुपरभिजन केवल टिभीका संचालक विनोद अग्रहरी र ह्याण्डबलका राष्ट्रिय खेलाडी रोशन श्रेष्ठले पुरस...
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, चैत १२ । बाँके चेम्बर अफ कर्मसले सडक क्षेत्रभित्र परेका संरचना हटाउन दुई महिनाको समय माग गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई शनिबार ध्यानाकर्षण पत्र बुझाउँदै चेम्बर अफ कमर्सले यस्तो माग गरिएको हो ।
नेपालगन्ज कोहलपुर सडक विस्तार गर्ने क्रममा सडक डिभिजन कार्यालयले पुर्ववत तयारी र आवश्यक प्रक्रिया नअपनाई विषम परिस्थिती सिर्जना गरिरहेको गुनासो गर्दै दुई महिनाको समय माग गरिएको छ ।
कोभिडले बजार, ब्यवसाय धरासायी भएको अवस्थामा सडक डिभिजन कार्यालयले मापदण्डभित्र परेका संरचनाहरुमा मार्किङ गर्नुपर्ने, सरोकारवाला घरधनीलाई उचित समयावधि सहितको सूचना दिनुपर्ने लगायतको सर्वमान्य सिद्धान्त विपरित गरिएको बल प्रयोगको विरोध गर्दै कम्तिमा पनि दुई महिनाको समयसीमा दिनुपर्ने माग सो संगठनले गरेको छ ।
सडक डिभिजन कार्यालय अगाडीकै एक संरचना भत्काएपछि उत...
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, चैत १२ । प्रेस सेन्टर नेपालले बाँकेको पाँचौ पालिकामा पालिकास्तरीय संगठन निर्माण गरेको छ । यसअघि जिल्लाका चारवटा पालिकाहरु नेपालगञ्ज उपमहानगर, कोहलपुर नगरपालिका, डुडुवा र राप्तीसोनारी गाउँपालिकामा संगठन निर्माण गरिसकेकोमा शनिवार खजुरा गाउँपालिकामा पनि पालिकास्तरीय संगठन निर्माण गरेको छ ।
खजुरा गाउँपालिकामा शनिवार सम्पन्न भएको प्रेस सेन्टर नेपालको पहिलो पालिकास्तरीय सम्मेलनले रेखा थापाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । खजुरा गाउपालिकाको वडा नं ३ मा सम्पन्न पहिलो सम्मेलनद्धारा निर्वाचित २१ सदस्यीय कार्यसमितिको अध्यक्षमा थापा चयन निर्वाचित हुनु भएको हो ।
प्रेस सेन्टर सेन्टर खजुराको उपाध्यक्षमा अमृता अवास, सचिवमा अक्तार खाँन, सहसचिवमा अफ्ताव खान, कोषाध्यक्षमा बिना चौधरी र सदस्यहरुमा सुनिल परियार, सुरज नगाल, रबिना बिक, सन्तोष रम्तेल लगायत ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत ७ । नेकपा माओवादी केन्द्र नेपालगञ्जले संगठन सुदृढीकरण अभियान अन्तर्गत नेपालगन्जका विभिन्न वडामा पार्टी प्रवेश कार्यक्रम गर्ने क्रममा सोमबार नेपालगन्ज ५ मा विभिन्न दल परित्याग गरि ८० जना नेता कार्यकर्ता नेकपा माओवादीमा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य तथा नेपालगन्जका इन्चार्ज अकल बहादुर बमले स्वागत गर्नु भएको थियो।
वाडा नं ५ कि प्रतिष्ठित मुस्लिम महिला नेतृ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित वडा सदस्य अन्जुमन बानो अन्सारी लगायत ८० जनाले प्रवेश गरेका हुन् । ८० जनालाई नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर समितिले खादा ओडाएर स्वागत गरेको उपमहानगर पार्टी अध्यक्ष रतन शाहीले बताउनु भयो । स्वागत कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य अकल बहादुर बम, डिल्ली बराल, नवीन शर्मा, आदेश अग्रवाल लगायत उपमहानगर पार्टी समितिका पद...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत ७ । पुर्व सहरी विकास मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले सोमवार एक समारोहका विच नेपालगञ्ज ३ मा इमरान एण्ड मुस्तफा ज्वेलर्सको उदघाटन गर्नु भएको छ ।
नेपालगञ्ज ३ नेपाली मस्जिदको छेउमा गुलाम मुस्तफा जरगरद्धारा सञ्चालनमा ल्याईएको इमरान एण्ड मुस्तफा ज्वेलर्सको सोमवार साँझ पुर्व मन्त्री राईले उदघाटन गर्नुभयो । उहाँले नेपालगञ्जमा सुनचाँदी व्यवसाय फस्टाउँदो क्रममा रहेको जनाउँदै यसले यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो । सञ्चालनमा आएको पसलले गर्ने व्यवसायमा सफलताका लागि उहाँले शुभकामना समेत सो अवसरमा दिनुभयो ।
सो अवसरमा जनता समाजवादी पार्टीका प्रदेश सदस्य रमारानी वैश्य, जिल्ला सचिव राजेन्द्र विश्वकर्मा, नेताहरु सफिक सिद्दीकी गुड्डु, अजय बर्मा र संगम पोखरेल लगायतको पनि उपस्थिति रहेको थियो ।
उक्त पसलमा सुनचाँदी व...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत ७ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दिपक बर्माले नगरपालिकाका सरसफाई शाखामा काम गर्ने कर्मचारीमाथि हातपात गरेका छन् ।
वडाको फोहोर उठाउने विषयमा सरसफाई शाखाका तीन कर्मचारीसंग विवाद भएपछि अध्यक्ष बर्माले कर्मचारीमाथि हातपात गरेको कर्मचारीको आरोप थियो ।
सरसफाई कर्मचारीमाथि अनावश्यक रुपमा हातपात गरेको भन्दै कर्मचारीहरुले उपमहानगरपालिकामा गएर नाराजुलुस गरेका थिए । उनिहरुले अध्यक्ष बर्मामाथि कारवाहीको माग गर्दै धेरैबेरसम्म नाराबाजी गरेका थिए ।
तर, पछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, अन्य कर्मचारी र सरसफाई शाखाका कर्मचारीले बैठक गरेर सो विवादलाई मिलाएको बताईएको छ ।
सफाइको काम गराउने विषयमा सरसफाई कर्मचारीसंग अध्यक्षको विवाद भएको जनाउँदै दुबै पक्षले आआफ्नो गल्ती तथा कमीकमजोरी मानेपछि मेलमिलाप गराईएको अधिकृत बस्नेतले बताउन...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत ५ गते । बाँकेका वरिष्ठ व्यवसायी तथा माओवादी केन्द्रका नेता दामोदर आचार्यको शनिवार विहान नेपालगञ्जमा निधन भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ पुर्व केन्द्रिय सदस्य र नेपालगञ्ज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष रहनु भएका नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य आचार्यको शनिवार विहान ९ बजे भेरी अस्पतालमा निधन भएको हो ।
लामो समयदेखि क्यान्सर रोगसंग लड्दै आउनु भएका ५९ बर्षीय आचार्यको उपचारका क्रममा निधन भएको नेकपा माओवादी केन्द्र बाँकेका अध्यक्ष आइपी खरेलले बताउनुभयो ।
नेपालगञ्जका प्रतिष्ठित व्यवसायीका रुपमा चिनिने आचार्य २०७४ को स्थानीय निर्वाचनमा माओवादीको तर्फबाट नेपालगञ्ज उपमहानगरपालिकामा मेयरको उम्मेदवार पनि बन्नु भएको थियो ।
लामो समय देखि क्यान्सर रोगले पिडित उहाँले लामो समय भारतको दिल्लीमा उपचार गराएर नेपाल फर्किनु भएको थियो ।
प्युठानको खैरामा जन्म...