बाँके क्षेत्र नम्बर २ का सांसद ईश्तियाक राई तेस्रो पटक मन्त्रीमा सिफारिस, आजै सपथ ग्रहण
सिराज खान
नेपालगञ्ज, असार २० । बाँके क्षेत्र नम्बर २ का संघीय सांसद तथा विकासप्रेमी युवा नेता मोहम्मद ईश्तियाक राई एक पटक पुनः मन्त्रीका लागि सिफारिस हुनु भएको छ । जनता समाजवादी पार्टीले आफ्नो पार्टीका तीन जना मन्त्रीलाई फिर्ता बोलाएर राई लगायत तीन जनालाई मन्त्रीका लागि सिफारिस गरेको छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले आइतवार प्रधानमन्त्री शेर बहादुर देउवासंग भेट गरि मन्त्री हेरफेर गर्ने बारे छलफल गरेर फर्किए लगत्तै तीन जना मन्त्रीको नाम लिस्ट लिएर बाँकेका सांसद राईले नै प्रधानमन्त्रीलाई बुझाएर आउनु भएको थियो । यसअघि दुई पटक मन्त्री भैसक्नु भएका राईले श्रम तथा यातायात र सहरी विकास मन्त्रालय चलाई सक्नु भएको छ । यस पटक उहाँलाई अतिनै महत्वपुर्ण मानिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सिफारिस गरिएको छ ।
यसैगरि सांसदहरु प्रदिप यादव र मृगेन्द्रसिंह यादवलाई पनि मन्त्रीमा सिफरिस गरिएक...









