२४ मंसिर २०८२, मंगलवार

स्वस्थ्य

बर्दिया मधुवनको वडा नम्बर ६ पनि बालविवाहमुक्त वडा घोषणा

बर्दिया मधुवनको वडा नम्बर ६ पनि बालविवाहमुक्त वडा घोषणा

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, बैशाख २८ । बर्दियाको मधुवन नगरपालिकालाई बालविवाहमुक्त पालिका घोषणा गर्ने अभियान अन्तर्गत सो पालिकाका वडाहरुलाई एकपछि अर्को गरि बालविवाहमुक्त वडा घोषणा गर्ने कार्यलाई तिव्र पारिएको छ । सो क्रममा पछिल्लो पटक मधुवनको वडा नं. ६ लाई एक भव्य कार्यक्रमकाबिच मधुवन नगरपालिकाका मेयर तेजबहादुर भाटले बालविवाहमुक्त वडा घोषणा गर्नुभयो । सो अवसरमा बोल्दै मेयर भाटले तीन वर्षभित्र मधुवनमा बालविवाह दर शून्यमा झार्ने र वि.सं. २०८५ सालभित्र सम्पूर्ण वडालाई बालविवाहमुक्त घोषणा गर्ने गरि पालिकाका काम भइरहेको बताउनुभयो । उहाँले सोही अवसरमा हस्ताक्षर अभियानको उदघाटन गर्दै उपस्थित सरोकारवालाहरूबाट १० बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर समेत गराउनु भयो । वडा नं. ६ का वडा अध्यक्ष चन्द्रसिंह गुरुङको अध्यक्षतामा सम्पन्न भएको बालविवाहमुक्त घोषणा कार्यक्रममा जनप्रतिनिधि, नागरिक समाज, अभिभावक...
कर्णालीको आत्मिय यात्रा, एक आत्म कथा

कर्णालीको आत्मिय यात्रा, एक आत्म कथा

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
अधिवक्ता मीना पराजुली प्रारम्भ कर्णालीको मेरो पहिलो साक्षात्कार जन्मले होइन, अनुभूति र अपनत्वले कर्णालीसँग मेरो सम्बन्ध गहिरिएको हो । म कर्णालीमा जन्मिएकी होइन । सन् २००९ को एउटा उज्यालो बिहान, जब म नेपालगञ्जबाट कर्णालीतर्फको यात्रा सुरु गरे, म केबल नयाँ ठाउँ जानलागेकी थिइन, आफ्नो सोच, दृष्टिकोण र जीवनको दिशा बदल्ने यात्रामा लागेकी रहेछु । राकमको एक सानो होटेलको छतबाट जब मैले पहिलो चोटि यहाँको कठोर यथार्थ नियालेँ विद्यालय नपुगेका बालबालिका, किशोरीहरूको चुपचाप गरिएको विवाह र महिलाहरूको अदृश्य संघर्ष, म अवाक् भएँ । हरियाली पहाडको अँगालोमा लुकेको त्यो मौन पीडा मेरो मनमा एउटा गहिरो प्रश्न बनेर उब्जियो यी हरियाली पहाड र नदीहरूको पछाडि किन यति पीडा । सुरुवातको साहस सानो कदम, गहिरो प्रभाव मेरो पहिलो पहल अत्यन्त सामान्य थियो । एक गाउँमा बाल संरक्षणबारे संवाद गर्नु । तर जब एउटी आमाले भावुक...
मधुवन नगरपालिकाको वडा नम्बर आठ पनि वालविवाह मुक्त वडा घोषणा

मधुवन नगरपालिकाको वडा नम्बर आठ पनि वालविवाह मुक्त वडा घोषणा

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्रीद्धारा प्रमाणपत्र बितरण समाचारदाता नेपालगन्ज, बैशाख २१ । बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नम्बर आठलाई पनि वालविवाह मुक्त वडा घोषणा गरिएको छ । ‎लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमितिसनाले एक भव्य समारोहका विच मधुवन नगरपालिकाको वडा नम्बर आठ वडालाई वालविवाह मुक्त वडा घोषणा गर्नुभयो । सो अवसरमा मन्त्री तिमिल्सेनाले वडा नम्बर आठका वडा अध्यक्ष मेक बहादुर गुरुङलाई बाल विवाहमुक्त घोषणाको प्रमाणपत्र प्रदान गर्नुभयो । कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सेनाले बालविवाह रोक्न संघसंस्थाले गरेको सहयोग निकै सराहनीय रहेको उल्लेख गर्दै सरकारले बाल विवाहलाई कडा रुपमा रोक्न सम्बिन्धत निकायलाई निर्देशन दिएको बताउनुभयो । बालविवाह विरुद्धको राष्ट्रिय रणनीतिक योजना अनुसार वडामा बालविवाहको दर १५ प्रतिशतभन्दा कम रहेमा बालविवाह मुक्त घोषणा गर्न सकिन...
बी ग्रुपले खजुरामा गरेको निशुल्क स्वास्थ्य शिविरमा २०३ महिलाको स्वास्थ्य परीक्षण

बी ग्रुपले खजुरामा गरेको निशुल्क स्वास्थ्य शिविरमा २०३ महिलाको स्वास्थ्य परीक्षण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
१३९ जनाको पाठेघरको क्यान्सर परीक्षण गर्दा १६ जनामा पोजेटिभ समाचारदाता नेपालगन्ज, बैशाख १५ । बाँकेको खजुरा गाउँपालिका २ सितापुर स्वास्थ्य चौकीमा सञ्चालन गरिएको महिला यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि निशुल्क शिविरमा २०३ जना महिलाको स्वास्थ्य परीक्षण गरेर औषधी बितरण समेत गरिएको छ । भेरी वातावरणीय विशिष्टता समूह बी–ग्रुपले एएफडी एवम् एमडिएम फ्रान्ससंगको साझेदारीमा सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ अन्तर्गत गाउँपालिकासंगको समन्वयमा सो निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । सो शिविरमा स्वास्थ्य परीक्षणकालागि आएका २०३ जना महिलामध्ये अधिकांशमा पाठेघर सम्बन्धि विभिन्न प्रकारका संक्रमण देखिनुका साथै १६ जनामा पाठेघरको मुखको क्यान्सरको शंकास्पद अवस्था देखिएको खजुरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसीले बताउनुभयो । उहाँले स्वास्थ्य परीक्षण गरिएक...
राजापुरमा सुरक्षा परियोजनाको समीक्षा र योजनातर्जुमा बैठक सम्पन्न

राजापुरमा सुरक्षा परियोजनाको समीक्षा र योजनातर्जुमा बैठक सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, बैशाख १२ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियाको राजापुर नगरपालिकामा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत नगरपालिकाभित्रका युवा राजदूतहरूसँग समीक्षा र योजनातर्जुमा बैठक सम्पन्न गरेको छ । क्लबका अनुसार सो बैठकमा २० जना युवा राजदूतहरूको सक्रिय रूपमा सहभागिता रहेको थियो भने उहाँहरुले बाल बेचबिखन विरुद्ध संघर्ष गर्नका लागि तयार पार्नु भएको आफ्नो कार्य योजनाहरु प्रस्तुत गर्नु भएको थियो । युवा राजदूतहरुले प्रस्तुत गर्नु भएको योजनाहरु सामाजिक सञ्जाल अभियान, ह्यासट्याग अभियान, बेचविखन विरुद्ध सचेतना फैलाउने भिडियो र वृत्तचित्र प्रदर्शन, साताको भेटमा बाल बेचबिखनका कुरा सम्बन्धि शीर्षकको छलफल, सडक नाटक र चेतनामूलक ¥यालीहरूमार्फत बेचविखनको मुद्दालाई सम्बोधन गर्ने बिषयमा केन्द्रित रहेका थिए । सो बैठकमा ती योजनाहरुका बारेमा बिस्तृत र...
बर्दियामा सञ्चालित विभिन्न परियोजनाको समिक्षा र योजनातर्जुमा बैठक सम्पन्न

बर्दियामा सञ्चालित विभिन्न परियोजनाको समिक्षा र योजनातर्जुमा बैठक सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
परियोजनाको प्रभावकारिता, पारदर्शिता र दिगोपनमा ध्यान दिउँ–कोषाध्यक्ष फिर्दौस जहाँ समाचारदाता नेपालगन्ज, बैशाख १० । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बर्दिया जिल्लामा सञ्चालित तीनवटा परियोजनाहरुको त्रैमासिक समिक्षा तथा योजना तर्जुमा बैठक गुलरियामा सम्पन्न भएको छ । बर्दियामा सञ्चालित शसक्त बालिका परियोजना, ग्रिन इकोनोमि परियोजना र सुरक्षा परियोजनाको तीन महिने समिक्षा तथा योजना तर्जुमा बैठक सम्पन्न गरिएको बाँके युनेस्को क्लबले जनाएको छ । सो बैठकको समापन गर्दै बाँके युनेस्को क्लबका कोषाध्यक्ष फिर्दौस जहाँले परियोजनाको योजना तर्जुमा गर्दा त्यसको प्रभावकारिता, पारदर्शिता र दिगोपन सुनिश्चित गर्न बिशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले परियोजनाको सफलताका लागि गरेको कामको समिक्षा सबैभन्दा अहम भएको जनाउँदै सही समिक्षा भएमा आगामी दिनमा सुधार गर्न र झन राम्...
बर्दिया बढैयातालका माछापालक कृषक र दाना उत्पादक कम्पनीवीच छलफल र अन्तरक्रिया

बर्दिया बढैयातालका माछापालक कृषक र दाना उत्पादक कम्पनीवीच छलफल र अन्तरक्रिया

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता बढैयाताल, (बर्दिया) ६ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ५ मा माछा पालक कृषक र दाना उत्पादक भारतीय कम्पनीवीच अन्तरक्रिया सम्पन्न भएको छ । बाँकेको कोहलपुर ९ हवलदारपुरमा रहेको अर्श सप्लायर्सको आयोजनामा आईबी ग्रुप अन्तगर्त फिश फिड एबिस एक्सपोर्टस ईन्डिया प्राईभेट लिमिटेड र बढैयातालका माछापालक कृषकहरु विच माछापालनलाई कसरी राम्रो र उत्कृष्ट बनाउने भन्ने बिषयमा अन्तरक्रिया गरिएको वडा नम्बर ५ को कार्यालयले जनाएको छ । सो अन्तरक्रियामा भारतका वरिष्ठ मत्स्य विशेषज्ञ सन्जय कुमार श्रीवास्तवले माछाको सर्बोत्तम विकास र उच्चतम लाभका लागि उनिहरुलाई दिने भोजननै अहम हुने जनाउँदै त्यसका लागि एबिस फिश फिड अत्यधिक लाभदायक रहेको बताउनुभयो । उहाँले उक्त फिश फिड लगाएत कम्पनीले भारतमा माछापालनका क्षेत्रमा गरिएका सफल र उत्कृष्ट प्रयासका वारेमा प्रस्तुतीकरण प्रस्तुत गर्नु भएको थिय...
बालविवाह न्युनिकरणकालागि थारु आयोगद्धारा ६ बुँदे बर्दिया प्रतिबद्धता घोषणा

बालविवाह न्युनिकरणकालागि थारु आयोगद्धारा ६ बुँदे बर्दिया प्रतिबद्धता घोषणा

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
बरघरहरुलाई जिम्मेवार बनाउन बृहत्त अन्तरक्रिया कार्यक्रम गरियो सिराज खान नेपालगन्ज, चैत २३ । बालविवाहलाई पूर्ण रुपमा बन्द गर्न थारु आयोगले ६ बुँदे बर्दिया प्रतिबद्धता घोषणा गर्दै बृहत्त अन्तरक्रिया र छलफल कार्यक्रम सम्पन्न गरेको छ । थारु आयोगले प्लान ईन्टरनेसनल नेपालसंगको सहकार्य र बाँके युनेस्को क्लब तथा अन्य संघ संस्थाहरुसँगको समन्वयमा बर्दियाको गुलरीयामा आयोजना गरेको बालबिवाह न्युनिकरणकालागि बरघरहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा ब्यापक छलफलपछि ६ बुँदे प्रतिबद्धता घोषणा गरिएको हो । कार्यक्रमको समापनमा आयोगले घोषणा गरेको प्रतिवद्धताहरुमा बालबिवाहलाई कुनै पनि हालतमा स्वीकार नगर्ने, बालबिवाह बिरुद्ध ब्यापक जनचेतना अभिबृद्धी गर्ने, बालबिवाह बिरुद्धका नीती, नियमहरुलाई कार्यन्वयन गर्न सम्बन्धित निकायमा पैरवी गर्ने र बालबिवाह न्युनिकरणको बिषय बरघर ऐनमा समाबेश गरी बरघरलाई अधिकार ...
नेपालगन्जको सरसफाइमा सुधार गर्न कडाई, जरिवानासंगै सेवासुविधा बन्द गर्नु पर्नेमा जोड

नेपालगन्जको सरसफाइमा सुधार गर्न कडाई, जरिवानासंगै सेवासुविधा बन्द गर्नु पर्नेमा जोड

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, चैत १४ । नेपालगन्ज उपमहानगरको सरसफाई र स्वच्छतामा अझैपनि सुधार आउन नसकेकोले त्यसका लागि कडाई, जरिवाना र सेवा सुविधा बन्द गर्ने सम्मका कदमहरु चाल्नु पर्नेमा बिशेष जोड दिईएको छ । एएफडी र एमडिएम फ्रान्सको साझेदारीमा बी–ग्रुपले सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ को सहयोगमा आयोजना गरिएको उपमहानगरपालिकास्तरीय खानेपानी तथा सरसफाई समन्वय समितिको बैठकमा सहभागि जनप्रतिनिधिहरुले सो कुरामा जोड दिएका हुन् । उपमहानगरपालिकाको वातावरण तथा सरसफाई समितिका संयोजक वडा नम्बर ६ का वडा अध्यक्ष समिर प्रतापसिंहको अध्यक्षतामा सम्पन्न भएको खानेपानी तथा सरसफाई समन्वय समितिको बैठकमा धारणा राख्ने अधिकांश जनप्रतिनिधिले सरसफाईमा कडाई नहुँदा स्थानीयले अटेरी गरेको र उपमहानगरभित्रै जनप्रतिनिधिमा समेत समन्वय नभएकोले समस्या भएको गुनासो गरेका थिए । खानेपानी तथा सरसफाई सम...
राजापुर र मधुवनका शिक्षकहरुलाई आत्मसुरक्षा सम्बन्धि प्रशिक्षक प्रशिक्षण शुरु

राजापुर र मधुवनका शिक्षकहरुलाई आत्मसुरक्षा सम्बन्धि प्रशिक्षक प्रशिक्षण शुरु

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, चैत ९ । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर र मधुवन नगरपालिकाका शिक्षकहरुका लागि आत्मसुरक्षा सम्बन्धि प्रशिक्षक प्रशिक्षण सञ्चालन गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियामा कार्यान्वयन गरिरहेको सुरक्षा परियोजना अन्तर्गत शिक्षकहरुका लागि सो पाँच दिने प्रशिक्षक प्रशिक्षणको आयोजना गरेको हो । बिशेषगरि विद्यालयका शिक्षकहरूलाई आत्मसुरक्षा प्याकेजमा पाँच दिने प्रशिक्षक तालिम दिनका लागि आयोजना गरिएको सो प्रशिक्षणमा बेचबिखन सम्बन्धी विषयहरू समावेश गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । उहाँले तालिमको मुख्य उदेश्य र लक्ष्य शिक्षकहरूको क्षमता, ज्ञान र सीपमा अभिवृद्धि गर्नु रहेको जनाउँदै तालिम लिएर प्रशिक्षक बनेका शिक्षकहरुले विद्यालयका विद्यार्थीहरूलाई आत्मसुरक्षा सम्बन्धि प्याकेज सहज रुपमा दिन सक्ने बताउनुभयो । बर्दियाक...