बर्दियाका नागरीक समाज संजाललाई प्रतिबेदन लेखन र अभिलेखिकरण तालिम
समाचारदाता
नेपालगन्ज, असोज ९ । बर्दियाको ठाकुरद्वारामा नागरिक समाज संजालको क्षमता बिकास, प्रतिबेदन तथा दस्तावेजिकरण सम्बन्धि तीन दिने तालीम सम्पन्न भएको छ ।
प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा बर्दिया जिल्लामा संचालन गरिएको बाल बिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना अन्तरगत संस्थागत बिकास र बाल बिबाह न्यूनीकरणका लागि संजालको क्षमता बिकास गर्ने उद्देश्यले सो तालिम सम्पन्न गरिएको हो ।
बाँके युनेस्को क्लबका महासचिव बुधेश जैसवालको अध्यक्षतामा असोज ६ देखि संचालन गरिएको सो तालिमको उदेश्य बारे क्लबका कार्यक्रम संयोजक महेश नेपालीले जानकारी गराउनु भएको थियो ।
संयोजक नेपालीका अनसार सो तालीममा नागरिक समाज संजाल बढैयाताल, दलित महिला संजाल गुलरिया, युवा महिला संजाल राजापुर र युवा संजाल बासगढीका २४ जना र आयोजक संस्थाका गरि ३३ जनाको सहभागिता रहेको थियो ...









