समाचारदाता
नेपालगन्ज, असोज १ । गत साउन २७ देखि २९ गतेसम्म परेको अविरल वर्षाले गर्दा बर्दिया जिल्लामा आएको बाढीबाट प्रभावित भएका जिल्लाका चारवटा पालिकाका पिडित परिवारलाई विभिन्न प्रकारको राहात उपलब्ध गराउने कार्य जारी छ ।
युके एड स्टारफन्डको सहयोग र प्लान नेपाल तथा बाँके युनेस्को क्लबको साझेदारीमा सञ्चालन गरिएको सानो अवधीको आपतकालिन बाढी प्रतिकार्य परियोजना अन्तर्गत विभिन्न राहात सामाग्री उपलब्ध गराउने कार्य तिव्र गतिमा भइरहेको छ ।
बर्दियाको गुलरिया, ठाकुरबाबा, बाँसगढी र बारबर्दिया नगरपालिकाका बाढी प्रभावितलाई राहात वितरण गर्ने कार्य हाल अन्तिम चरणमा पुगेको बाँके युनेस्को क्लबले जनाएको छ ।
सो क्रममा हाल कामका लागि नगद कार्यक्रम अन्तर्गत चारवटै पालिकामा रहेका बाढी प्रभावितलाई बाढी र डुबानबाट जोगाउने विभिन्न काममा लगाएर रकम सहयोग गर्ने कार्य भइरहेको परियोजनाका संयोजक मनोज पौडेलले बताउनुभय...
समाचारदाता
नेपालगन्ज, भदौ २७ । नेकपा माओवादी केन्द्र निकटको कलाकारहरुको संगठन जनसाँस्कृतिक महासंघ बाँकेले नेपालगन्जमा विकृति, कुरीति एवम् कुसंस्कार विरुद्ध सचेतना जगाउँदै तीज विशेष कार्यक्रम गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दामा शर्माले तीजलाई भड्किलो खर्चिलो तथा रुढीबादी र परम्परागत ढंगले नभई सुशासनका पक्षमा रहेर प्रगतिशील, चेतनामूलक, भ्रष्टाचारविरुद्ध, महिला हिंसाविरुद्ध तथा समाजमा रहेका तमाम विकृति, कुरीति एवम् कुसंस्कारका विरुद्ध समाजलाई सुसूचित गराउदै चेतनामूलक गीत र नृत्यबाट समाजलाई परिवर्तन गर्नुपर्ने बताउनुभयो ।
उहाँले तीजलाई धार्मिक हिसाबले नभएर साँस्कृतिक चाडपर्वका रुपमा मनाउनु पर्नेमा जोड दिनुभयो ।
नेकपा माओवादी केन्द्रका बाँके संयोजक नरेन्द्र पाण्डे जेम्सले तीजलाई अरुको देखासिकी गरेर आधुनिकताका नाममा पाश्चात्य संस्कृति समाजमा फै...
सिराज खान
नेपालगन्ज, भदौ १८ गते । नेपालगन्जको त्रिभुवन चोकमा रहेको नेपाल कलेक्शन नामक कपडा पसलमा सोमवार विहान आगलागी भएको छ । सो आगलागीबाट करिब एक करोडको क्षति भएको प्रहरीेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले सोमवार विहान करिब २ बजेतिर नेपालगन्जको त्रिभुवन चोकमै रहेको अख्तरअलि अन्सारीको नेपाल कलेक्शन नामक फेन्सी कपडा पसलमा आगलागी भएको बताउनुभयो ।
उहाँले आगलागीको सुचना प्राप्त हुनसाथ प्रहरीले घटनास्थलमा पुगेर वारुणयन्त्रको सहयोगमा करिब २ घण्टापछि आगोमा नियन्त्रण पाएको बताउनुभयो । सो आगलागी विद्युत शर्ट भएर भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।
आगलागीबाट एक करोडको क्षति भएको नेपाल कलेक्शनका सञ्चालक अन्सारीले बताउनुभयो । उहाँले पसलमा लेडिज फैन्सी कपडासहित अन्य रेडिमेड कपडा ठुलो परिमाणमा रहेकोमा सबै जलेर नष्ट भएको बताउनुभयो ।
विद्युतको भो...
समाचारदाता
नेपालगन्ज, भदौ १३ । वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख तथा प्रहरी निरिक्षक हरि बहादुर बिसीले नेपालगन्जवासीले प्रहरीको उपस्थिति महसुस गर्नेगरि शान्ति सुरक्षा लगायत अपराध नियन्त्रणमा विशेष काम गर्ने बताउनु भएको छ ।
नेपालगन्जस्थित वडा प्रहरी कार्यालयमा सरुवा भएर आउनुभएका प्रहरी निरिक्षक बिसीले पत्रकारहरुसंगको पहिलो भेटमा सो प्रतिवद्धता व्यक्त गर्दै यो उपमहामनगरपालिकामा लागु औषध लगायत अन्य केही विशेष चुनौती देखिएपनि ती सबैलाई समाधान गर्नेतर्फ अहोरात्र खटिने बताउनुभयो ।
उहाँले विगत लामो समय प्रहरी फोर्समा विताएको अनुभवलाई नेपालगन्जवासीको लागि शान्ति सुरक्षा महसुस गराउने गरि भुमिका निभाउने जनाउँदै नेपालगन्जमा लागु औषधको ठुलो मात्रामा ओसारपसार तथा सेवन हुने भएको हुनाले यसलाई निस्तेज पार्न आफु सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उपमहानगरका हरेक वडामा सुरक्षाको अनुभुत ग...
समाचारदाता
नेपालगन्ज, भदौ १० । बाँकेका ६ वटा पालिकाका अपाङ्गता तथा फरक क्षमता भएका ३० जनालाई बाँके युनेस्को क्लबले नेपालगन्जमा ट्राईसाईकल ( तीन पांग्रे हाते साईकल ) वितरण गरेको छ ।
कतार च्यारिटीको सहयोगमा बाँके युनेस्को क्लबले नेपाल एकीकृत बिकास परियोजना अन्तरगत आइतवार एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई ट्राईसाईकल बितरण गरेको हो ।
सो परियोजना अन्तरगत जिल्लाका ३० जना अपाङ्गता तथा फरक क्षमता भएका महिला र पुरुषलाई ट्राईसाईकल बितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रबि तुलाधरले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी पुर्बमन्त्री मोहम्मद इश्तियाक राई, क्लबका प्रमुख संरक्षक प्रबेजअलि सिद्दिकी र अध्यक्ष तुलाधरले संयुक्त रुपमा अपाङ्गता तथा फरक क्षमता भएकाहरुलाई सो हाते साईकल हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा बोल्दै पुर्बमन्त्री राईले यो सहयोग अतिनै महत्वपुर्ण रहेको उल्लेख गर्दै यस्...
समाचारदाता
नेपालगन्ज, भदौ ४ । गएको साउन २७ देखि २९ गतेसम्म परेको अविरल वर्षाले गर्दा आएको बाढीबाट प्रभावित भएका बर्दिया जिल्लाका विभिन्न पालिकाका पिडित परिवारलाई हाइजिन किट लगायत विभिन्न सामाग्री वितरण शुरु गरिएको छ ।
युके एड स्टारफन्डको सहयोगमा प्लान नेपाल तथा बाँके युनेस्को क्लबको साझेदारीमा सञ्चालन गरिएको आपतकालिन प्रतिकार्य परियोजना अन्तर्गत सो राहात सामाग्री वितरण शुरु गरिएको हो ।
बासगढी नगरपालिका ८ लक्ष्मणाका बाढीपिडित १३ घर परिवारलाई हाइजिन किट वितरण गरेर वितरण कार्य शुरु गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
बासगढी नगरपालिका ८ ककौरास्थित वडा कार्यालयमा आयोजित एक कार्यक्रममा नगरपालिकाका उपमेयर इन्दिरा चौधरी, प्लान नेपालका क्षेत्रिय प्रबन्धक मिना पराजुली र बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बाढीपिडित परिवारलाई हाइजिन किट वितरण गर्नु...
समाचारदाता
नेपालगञ्ज, असार १ । नेपालगञ्जलाई स्वच्छ, हरियो र सफा सहर बनाउनुपर्नेमा सबै सरोकारवाला एकमत देखिएका छन् । त्यसका लागि उनिहरुले आ आफ्नो ठाउँबाट आवश्यक काम र सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।
भेरी वातावरणीय विशिष्टता समूह बी–ग्रुप ले जिआइजेड एवम् एमडिएम फ्रान्सको सहयोगमा सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ अन्तर्गत आयोजना गरिएको स्थानीय सार्वजनिक निजि साझेदारी प्लेटफर्मको बैठकमा सो प्रतिवद्धता जनाईएको हो ।
बी ग्रुपका अध्यक्ष टेक बहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा सहभागि अधिकांश वातावरण संरक्षणमा सक्रिय अगुवा लगायत अन्य अधिकांश सरोकारवालाले नेपालगञ्जमा बढी भन्दा बढी बृक्षारोपणसंगै त्यसको संरक्षण र सरसफाईमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।
बैठकमा बोल्दै नेपालगञ्ज उपमहानगर वातावरण महाशाखाका प्रमुख प्रकाश डिसीले नेपालगञ्जलाई हरियो र सफा...
सिराज खान
नेपालगञ्ज, जेठ २९ गते । बाँकेको खजुरा खजुरा गाउँपालिकास्थित पुरैना नजिकै मानखोलामा पौडी खेल्न गएका दुई जना बालबालिकाको खोलामा डुबेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार अत्यधिक गर्मीका कारण खजुरा ६ दसविगाहाका चारजना बालबालिका नजिकैको मानखोलामा सोमवार दिउँसो १२ बजेतिर नुहाउन गएकोमा दुई जना खोलामा डुबेका थिए ।
ईलाका प्रहरी कार्यालय धनौली खजुराका प्रमुख प्रहरी निरिक्षक सन्दिप बेलवासेले दिनु भएको जानकारी अनुसार खोलामा नुहाउन गएका १८ वर्षकी लक्ष्मी डाँगी र ९ वर्षका किरण नेपाली डुबेर बेपत्ता भएको खबर आएलगत्तै पुगेको प्रहरीले खोज तलाश गर्दा बालिका डाँगीको शव भेटिएको थियो भने नेपालीको शव अपरान्ह तीन बजे मात्र भटिएको हो ।
उद्धार तथा खोजी कार्यका लागि बज्रदल गण राँझाबाट मेजरको नेतृत्वमा १० जनाको उद्धार टोली र शसस्त्र प्रहरीको जानकी गाउँपालिका बढैयामा रहेको बिओपीबाट उद्धार टोलीले घटनास्थलमा ...
सिराज खान
नेपालगञ्ज, जेठ २७ गते । तातो हावा लु चलेर तापक्रम बढ्दै जाँदा अत्यधिक गर्मी भएपछि काम विशेषले बजार आउने सर्वसाधारणको सहजताकालागि नेपालगञ्जका युवाले नगरका विभिन्न चोकमा खानेपानी वितरण गरेका छन् ।
अत्यधिक गर्मीको बेला काम विशेषले बजार आउनेहरु खानेपानीको खोजीमा भौतारिने गरेको देखेपछि उनिहरुको सहजताका लागि ‘हिन्दु मुस्लिम भाईभाई’को नाराका साथ पानी वितरण गरिएको जनाईएको छ ।
नेपालगञ्जका युवा समाजसेवी तथा अगुवा अजिज मलिकले बाहिर निस्कने वित्तिकै घाँटी सुकाउने गर्मीको बेला बजार निस्केका सर्वसाधारण र रिक्सा तथा ठेला चलाउने मजदुरलाई लक्षित गरेर शनिवार दुई चोकमा खानेपानी वितरण गरिएको बताउनुभयो ।
उहाँले स्थानीय त्रिभुवन चोक र विपि चोकमा खानेपानी वितरण कार्य दिनभरि चल्ने जनाउँदै यसबाट प्रभावित भएर अन्य दिनमा अरुले पनि सोही कार्य गर्ने आशा लिएको बताउनुभयो ।
समाजसेवी मलिकले यस्ता प्रचण्...
समाचारदाता
नेपालगन्ज, जेठ २३ । बाँके युनेस्को क्लबले बर्दिया गुलरियाका युवा महिलालाई स्वरोजगार बनाउने उदेश्यले सञ्चालन गरेको जिवन सीप विकास तालिम सम्पन्न भएको छ ।
प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको पर्ल परियोजना अन्तर्गत बर्दियाको गुलरियाका युवा महिलाका लागि ३९० घण्टाको सो सीप विकास तालिम सञ्चालन गरिएको थियो ।
प्लान इन्टरनेशनल नेपालका क्षेत्रीय प्रबन्धक मीना पराजुलीले सो जीवन सीप तालिम पूरा गरेका ६६ जना युवा महिला प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्नुभयो ।
सो अवसरमा बोल्दै उहाँले विपन्न तथा पछाडी परेका युवा महिलालाई समाजमा सम्मानजनक जीवन बिताउन आत्मनिर्भर र आर्थिक रूपमा सक्षम बन्नका लागि रोजगारी सृजना गराउन यो तालिम प्रदान गरिएको बताउनुभयो ।
क्षेत्रीय प्रबन्धक पराजुलीले अब तालिम अनुसार स्वरोजगार बनेर सबैलाई अवसर पाएरमा हामीले जे पनि गर्न सक्छौ भ...