३ माघ २०८२, शुक्रबार

विविध

नुहाउन गएका दुई जना बालबालिकाको मानखोलामा डुबेर मृत्यु

नुहाउन गएका दुई जना बालबालिकाको मानखोलामा डुबेर मृत्यु

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, जेठ २९ गते । बाँकेको खजुरा खजुरा गाउँपालिकास्थित पुरैना नजिकै मानखोलामा पौडी खेल्न गएका दुई जना बालबालिकाको खोलामा डुबेर मृत्यु भएको छ । प्रहरीका अनुसार अत्यधिक गर्मीका कारण खजुरा ६ दसविगाहाका चारजना बालबालिका नजिकैको मानखोलामा सोमवार दिउँसो १२ बजेतिर नुहाउन गएकोमा दुई जना खोलामा डुबेका थिए । ईलाका प्रहरी कार्यालय धनौली खजुराका प्रमुख प्रहरी निरिक्षक सन्दिप बेलवासेले दिनु भएको जानकारी अनुसार खोलामा नुहाउन गएका १८ वर्षकी लक्ष्मी डाँगी र ९ वर्षका किरण नेपाली डुबेर बेपत्ता भएको खबर आएलगत्तै पुगेको प्रहरीले खोज तलाश गर्दा बालिका डाँगीको शव भेटिएको थियो भने नेपालीको शव अपरान्ह तीन बजे मात्र भटिएको हो । उद्धार तथा खोजी कार्यका लागि बज्रदल गण राँझाबाट मेजरको नेतृत्वमा १० जनाको उद्धार टोली र शसस्त्र प्रहरीको जानकी गाउँपालिका बढैयामा रहेको बिओपीबाट उद्धार टोलीले घटनास्थलमा ...
गर्मीबाट बेहाल भएकालाई स्थानीय समाजसेवी मलिकद्धारा खानेपानी वितरण

गर्मीबाट बेहाल भएकालाई स्थानीय समाजसेवी मलिकद्धारा खानेपानी वितरण

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, जेठ २७ गते । तातो हावा लु चलेर तापक्रम बढ्दै जाँदा अत्यधिक गर्मी भएपछि काम विशेषले बजार आउने सर्वसाधारणको सहजताकालागि नेपालगञ्जका युवाले नगरका विभिन्न चोकमा खानेपानी वितरण गरेका छन् । अत्यधिक गर्मीको बेला काम विशेषले बजार आउनेहरु खानेपानीको खोजीमा भौतारिने गरेको देखेपछि उनिहरुको सहजताका लागि ‘हिन्दु मुस्लिम भाईभाई’को नाराका साथ पानी वितरण गरिएको जनाईएको छ । नेपालगञ्जका युवा समाजसेवी तथा अगुवा अजिज मलिकले बाहिर निस्कने वित्तिकै घाँटी सुकाउने गर्मीको बेला बजार निस्केका सर्वसाधारण र रिक्सा तथा ठेला चलाउने मजदुरलाई लक्षित गरेर शनिवार दुई चोकमा खानेपानी वितरण गरिएको बताउनुभयो । उहाँले स्थानीय त्रिभुवन चोक र विपि चोकमा खानेपानी वितरण कार्य दिनभरि चल्ने जनाउँदै यसबाट प्रभावित भएर अन्य दिनमा अरुले पनि सोही कार्य गर्ने आशा लिएको बताउनुभयो । समाजसेवी मलिकले यस्ता प्रचण्...
बर्दियाका युवा महिलाकालागि सञ्चालित सीप विकास तालिम सम्पन्न

बर्दियाका युवा महिलाकालागि सञ्चालित सीप विकास तालिम सम्पन्न

अर्थ, ताजा-अपडेट, ब्यापार, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, जेठ २३ । बाँके युनेस्को क्लबले बर्दिया गुलरियाका युवा महिलालाई स्वरोजगार बनाउने उदेश्यले सञ्चालन गरेको जिवन सीप विकास तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको पर्ल परियोजना अन्तर्गत बर्दियाको गुलरियाका युवा महिलाका लागि ३९० घण्टाको सो सीप विकास तालिम सञ्चालन गरिएको थियो । प्लान इन्टरनेशनल नेपालका क्षेत्रीय प्रबन्धक मीना पराजुलीले सो जीवन सीप तालिम पूरा गरेका ६६ जना युवा महिला प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले विपन्न तथा पछाडी परेका युवा महिलालाई समाजमा सम्मानजनक जीवन बिताउन आत्मनिर्भर र आर्थिक रूपमा सक्षम बन्नका लागि रोजगारी सृजना गराउन यो तालिम प्रदान गरिएको बताउनुभयो । क्षेत्रीय प्रबन्धक पराजुलीले अब तालिम अनुसार स्वरोजगार बनेर सबैलाई अवसर पाएरमा हामीले जे पनि गर्न सक्छौ भ...
डा. भण्डारीको कथासंग्रह ‘मयँगाँठो’ को बिमोचन

डा. भण्डारीको कथासंग्रह ‘मयँगाँठो’ को बिमोचन

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगञ्ज, जेठ २१ गते । बाँकेका कथाकार डा इन्द्रबहादुर भण्डारीद्वारा लिखित कथासङ्ग्रह ‘मयँगाँठो’ नेपालगञ्जमा विमोचन गरिएको छ। खजुरा प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित कथासङ्ग्रहको विमोचन साहित्यकार सनत रेग्मी, प्रतिष्ठानका प्राज्ञ सदस्य महानन्द ढकाल र शशिराम कार्की, लेखक तथा साहित्यकार नरेन्द्रजंग पिटर र आख्यानकार नयनराज पाण्डेले गर्नुभएको हो। कथासङ्ग्रहको समालोचना गर्दै समालोचक ईश्वरी रिजालले यो कथासङ्ग्रहमा १८ वटा निकै समय सान्दर्भिक कथा समेटिएको जानकारी दिनुभयो। कोभिड महामारी र जनयुद्धको प्रभावसँग सम्बन्धित कथा लगायत केही इतिहास झल्काउने कथा पढ्नुपर्ने खालको रहेको बताउनुभयो। पाठकको हैसियतले कृतिको समीक्षा गर्दै साहित्यकार सुमित्रा न्यौपानेले डा भण्डारीद्वारा लिखित कथा निकै रोमाञ्चक र शिक्षाप्रद रहेको बताउनुभयो। कार्यक्रममा बोल्दै साहित्यकार सनत रेग्मीले खजुरा प्रज्ञा ...
मानवबेचविखन रोक्न नेपाल र भारतविच अझै बढी सहकार्य र समन्वयमा जोड

मानवबेचविखन रोक्न नेपाल र भारतविच अझै बढी सहकार्य र समन्वयमा जोड

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
समाचारदाता नेपालगञ्ज, जेठ १९ । यहाँस्थित नेपाल भारत जमुनाहा नाका मानव बेचविखनका लागि निकै संवेदनशिल नाका रहेकोले मानवबेचविखन नियन्त्रण गर्न दुबै देशविच अझै बढी सहकार्य र समन्वयमा जोड दिईएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित प्रोटेक्ट परियोजना अन्तर्गत बाँके युनेस्को क्लबले नेपालगञ्जमा आयोजना गरेको नेपाल–भारतका सम्बन्धित अधिकारी र अन्य सरोकारवालाबीचको अन्तरक्रियामा सो कुरामा जोड दिईएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले मानवबेचविखन रोक्न नेपाल र भारतका सम्बन्धित निकाय लगायत संघसंस्थाले अझै गम्भीर भएर लाग्नु पर्ने आवश्यकता औल्याउनुभयो । उहाँले रोजगारी लगायतको लोभमा पारेर दलालले सो कार्य गर्दै आएकोमा चेतनामुलक कार्यक्रममा पनि ध्यान दिनु पर्ने बताउनुभयो । राष्टिय मानवअधिकार आयोग नेपालगञ्जका प्रमुख द्धारिका अधिकारीले अहिले पनि मानवबेचविखन हुनु निकै दुखद भएको ब...
गौ हत्या नियन्त्रणका लागि नरैनापुर गाउँपालिका कस्सियो, संलग्नलाई एक वर्षसम्म सेवा उपलब्ध नगराउने निर्णय

गौ हत्या नियन्त्रणका लागि नरैनापुर गाउँपालिका कस्सियो, संलग्नलाई एक वर्षसम्म सेवा उपलब्ध नगराउने निर्णय

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध, स्वस्थ्य
समाचारदाता नरैनापुर १२ जेठ । बाँकेको नरैनापुर गाँउपालिकामा गौ हत्याको घट्ना बढ्न थाले पछि गाँउपालिकाको गम्भीर ध्यानाकर्षण भएको पालिकाले जनाएको छ । नरैनापुर गााउपालिकाको शुक्रबार बसेको गाँउकार्यपालिकाको बैठकले गौ हत्यामा संलग्नहरुको पहिचान गरी कडा भन्दा कडा कारवाहि गर्न र आगामी दिनमा यस्ता घट्ना दोहोरीन नपाओस भनेर गौ हत्यामा संलग्न भएको प्रमाणित भए १ वर्ष सम्म गाँउपालिकाबाट प्रदान गर्ने कुनै पनि सेवा उपलब्ध नगराउने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले जानकारी दिनु भयो । पालिकाको बैठकले गौ हत्या गर्ने व्यक्तिको सम्बन्धमा सूचना दिने सूचकलाई हत्यारा प्रमाणित भए १५ हजार रुपियाँ उपलब्ध गराउने निर्णय गर्नुका साथै गौ हत्या नियन्त्रण गर्न सम्बन्धी सूरक्षाकर्मीहरुलाई गाँउपालिकाले अनुरोध गरेको प्रमुख प्रशासकिय अधिकृत खरालले बताउनु भयो । नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद ...
प्रेस सेन्टर बाँकेद्धारा पत्रकार महासंघ बाँकेसंग शुद्धिकरण अभियानसँगै नयाँ सदस्यता वितरणको माग

प्रेस सेन्टर बाँकेद्धारा पत्रकार महासंघ बाँकेसंग शुद्धिकरण अभियानसँगै नयाँ सदस्यता वितरणको माग

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
समाचारदाता नेपालगञ्ज, जेठ ४ । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले सबै प्रदेश र जिल्ला शाखाहरुलाई जारी गरेको सदस्यता शुद्धिकरण अभियानलाई लागू नगरेको भन्दै प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाँकेले बिहीवार नेपाल पत्रकार महासंघ बाँके शाखालाई एक ज्ञापनपत्र बुझाएको छ । ‘नेपाल पत्रकार महासंघले स्वेच्छिक रुपमा सदस्यता परित्याग गर्ने, नवीकरणका क्रममा क्रियाशीलताको आधार खोज्ने लगायतको अभियानको कार्यतालिका सार्वजनिक गरेको अवस्थामा नेपाल पत्रकार महासंघ बाँके शाखाले हालसम्म कुनैपनि प्रक्रिया सुरु नगरेको प्रति हाम्रो संगठनको घोर आपत्ति छ । अविलम्ब शुद्धिकरण अभियानसँगै नयाँ सदस्यता वितरणको प्रक्रिया सुरु गर्न जोडदार माग गर्दछ ।’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ । प्रेस सेन्टर बाँकेका अध्यक्ष राजेस आचार्यद्वारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा अगाडी भनिएको छ, ‘केन्द्रले सुरु गरेको शुद्धिकरण अभ...
मुस्लिम जर्नलिस्ट क्लबद्धारा बाँकेका सात जना व्यक्तित्वलाई अन्तर्राष्ट्रिय सम्मान प्रदान

मुस्लिम जर्नलिस्ट क्लबद्धारा बाँकेका सात जना व्यक्तित्वलाई अन्तर्राष्ट्रिय सम्मान प्रदान

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, जेठ ४ गते । मुस्लिम जर्नलिस्ट क्लबले विहिबार नेपालगञ्जमा आयोजना गरेको एक बृहत्त कार्यक्रमकाविच बाँकेका सातजना वरिष्ठ व्यक्तित्वलाई अन्तर्राष्ट्रिय सेवा सम्मानबाट सम्मानित गरिएको छ । ‘मुस्लिम समुदायको सवाल विषयक अन्तरक्रिया र सम्मान कार्यक्रम’ मा सो सम्मान प्रदान गर्नुका साथै बाँकेमा विजयी हुनुभएका मुस्लिम जनप्रतिनिधिहरुलाई मायाको चिनो प्रदान गरेर सम्मानित गरिएको मुस्लिम जर्नलिस्ट क्लब नेपालका अध्यक्ष आलम खानले बताउनुभयो । मुस्लिम जर्नलिस्ट क्लबको संयोजनमा एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसियसन क्यालिफोर्निया अमेरिकाद्वारा वरिष्ठ पत्रकार सिराज खान र डा. डक्ट प्रसाद धिताललाई ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा सम्मान २०२३’, वरिष्ठ समाजसेवी तथा राजनितिज्ञ मोहम्मद हारुनलाई ‘अन्तर्राष्ट्रिय समाज सेवा सम्मान २०२३’, वरिष्ठ वालरोग विशेषज्ञ डा. सकिल अहमदलाई ‘अन्तर्राष्ट्रिय स्वास्थ्...
युनेस्को क्लबद्धारा कोहलपुर चौराहामा शौचालय निर्माण गरि हस्तान्तरण गरियो

युनेस्को क्लबद्धारा कोहलपुर चौराहामा शौचालय निर्माण गरि हस्तान्तरण गरियो

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, जेठ १ । बाँके युनेस्को क्लबले कतार च्यारिटी नेपालसँगको साझेदारीमा कोहलपुर चौराहामा निर्माण गरेको खानेपानी व्यवस्थासहितको शौचालय र हात धुने स्टेशन कोहलपुर नगरपालिकालाई हस्तान्तरण गरेको छ । सोमवार कोहलपुरमा आयोजित एक कार्यक्रममा सो शौचालय र हात धुने स्टेशनलाई बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले कोहलपुर नगरपालिकाका मेयर पुर्ण प्रसाद आचार्यलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका मेयर आचार्यले कोहलपुर चौराहामा सार्वजनिक शौचालयको आवश्यकता लामो समयदेखि खड्किएकोमा क्लबले निर्माण गरेकोमा क्लब र कतार च्यारिटीप्रति आभार प्रकट गर्नुभयो । उहाँले कोहलपुर नगरपालिकाभित्र रहेका सबै सार्वजनिक शौचालयलाई जनताका लागि निशुल्क प्रयोग गर्न पाउने गरि सञ्चालन गर्ने निर्णय गरिएको जनाउँदै यस क्षेत्रकै केन्द्रविन्दु रहेको यो नगरमा शौचालयको अभाव हुन नदिने प्रतिवद्...
रणनैतिक योजना बनाएर कोहलपुर र बैजनाथमा मानवबेचविखन रोक्ने सहमति

रणनैतिक योजना बनाएर कोहलपुर र बैजनाथमा मानवबेचविखन रोक्ने सहमति

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगञ्ज, बैशाख १४ । कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा मानवबेचविखन विरुद्ध काम गर्दै आएका विभिन्न संघसंस्था, स्थानीय सरकार लगायतका सरोकारवाला निकाय सहभागि बैठक सम्पन्न भएको छ । सो बैठकले मानवबेचविखन रोक्न हालसम्म गरिएका कार्यहरुको समिक्षा गर्दै अभियानलाई थप प्रभावकारी बनाउन रणनैतिक योजना र कार्यक्रम बनाएर अघि बढ्ने निर्णय गरेको बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले बताउनुभयो । बैठकमा सहभागिहरुले बेचविखन नियन्त्रणका लागि क्रियाशिल सबै सरकारी र गैर सरकारी निकायले एकजुट भएर समन्वय तथा सहकार्य गरेर काम गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको थियो । सो अवसरमा कोहलपुर नगरपालिकाका सामाजिक शाखा प्रमुख इन्द्रमणि ढकालले बेचविखन नियन्त्रणका लागि सुक्ष्मतरिकाले अध्ययन गरेर रणनैतिक योजना र कार्यक्रम बनाई काम गर्नु पर्नेमा जोड दिनुभयो । कोहलपुर नगरपालिकाका ...