नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत २८ । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले शान्ति सुरक्षा र अपराध नियन्त्रण नै कोहलपुर प्रहरीको प्रमुख प्राथमिकता हुने बताउनुभएको छ । डिएसपीमा बढुवा भएपछि कोहलपुर ईलाका प्रहरी कार्यालयको कमाण्ड सम्हाल्नु भएका मल्लले पत्रकारहरुसंगको पहिलो भेटघाटमा सो बताउनु भएको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरमा आयोजित पत्रकारसंगको भेटघाटका क्रममा डीएसपी मल्लले आफ्नो क्षेत्रको शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि विशेष योजना बनाएर जनता र पत्रकारको समेत सहयोगमा अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले सदभाव, शान्ति, सुरक्षा र अपराध नियन्त्रण गरेर भयमुक्त समाज निर्माणको जिम्मेवारी प्रहरीको भएको जनाउँदै यो जिम्म्ेवारी पुरा गर्न आफ्नो दक्षता, कुशलता र अनुभवका साथ विचलित नहुँदै अघि बढ्ने सो अवसरमा बताउनुभयो । आसन्न निर्वाचन केन्द्रित स...
सिराज खान
नेपालगञ्ज, चैत २८ गते । नेपालञ्जको धम्बोझी र बीपीचोकको विचमा आइतवार राती बाटो हिंडीरहेकालाई धम्बोझीको तर्फबाट तिव्र गतिमा आइरहेको कारले ठक्कर दिंदा दुई नाबालकसहित तीन जनाको मृत्यु भएको छ ।
आइतवार राती ११ः४५ बजे प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको अत्याधिक तिव्र गतिमा आएको कारको ठक्करबाट सुर्खेतरोड नेपाल एअरलाइन्स अगाडी घरबारीटोल जाने मोड नजिकै बाटोको छेउमा हिंडीरहेका वडा नम्बर ११ सुनारमण्डी निवासी ६५ वर्षीया समिमा इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ६ वर्षका अलि अन्सारीको मृत्यु भएको बाँके प्रहरीले जानकारी दिएको छ ।
सडकको छेउमा हिडिरहेका ६ जना मध्ये तीनजनालाई कारले ठक्कर दिएको थियो । प्रहरीका अनुसार ठक्करबाट अलि अन्सारी उछिट्टीएर निकै टाढा खसेकाले उनको खोजीमा केही समय समेत लागेको थियो ।
कारले ठक्कर दिएलगत्तै गम्भीर घाइते भएका उनीहरुलाई त्यही कारमा राखेर चालकले नजिकैको नेपालगञ्ज मेडिकल...
सिराज खान
नेपालगञ्ज, चैत २५ । सिख समुदायको ३२३ औं खालसा साजना दिवस तथा २०७९ सालको बैशाखी पर्वलाई नेपालगञ्जमा विविध कार्यक्रमको आयोजना गरेर भव्य रुपमा मनाइने भएको छ ।
नेपालगञ्ज सुर्खेतरोडस्थित गुरुद्धारामा शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरेर बैशाख १,२ र ३ गते भव्य रुपमा ३२३ औं खालसा साजना दिवस तथा २०७९ सालको बैशाखी पर्वलाई मनाइने जानकारी गराईएको हो ।
गुरुद्धारा श्री गुरुनानक सिंह सभा नेपालगञ्जका अध्यक्ष राजेन्द्रसिंह सरदारले गुरुनानक देव सेवा सोसाइटी इन्टरनेसनल युएसएको आयोजनामा तीन दिनसम्म विविध कार्यक्रमको आयोजना गरेर खालसा साजना दिवस र बैशाखी पर्वलाई भव्य रुपमा मनाइने तयारी भैरहेको बताउनुभयो ।
उहाँले खालसा साजना दिवस र बैशाखी पर्वको उपलक्ष्यमा आयोजना गरिने कार्यक्रम र समारोहलाई आ आफ्नो मिडियामार्फत संसारभरि फैलाउन सहयोग गरिदिन पत्रकारहरुसंग आग्रह गर्नुभयो ।
कार्यक्रम अनुसार बैशाख ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत २२ । बाँकेको नरैनापुर गाउँपालिकाका आगलागि पीडित १६ परिवारलाई मंगलबार राहात वितरण गरिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको नेतृत्वमा रहेको जिल्ला विपद व्यवस्थापन समिति बाँकेले नरैनापुर–४ कृष्णनगरमा सोमबार भएको आगलागीमा प्रभावित १६ घरपरिवारलाई मंगलवार गाउँमै पुगेर नगद र राहत वितरण गरेको हो । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार जिल्ला विपद व्यवस्थापन समितिले प्रति परिवार नगद १५ हजार र नेपाल रेडक्रस सोसाइटीले गैह्रखाद्य सामग्री सेट, १ थान कम्मल वितरण गरिएको छ ।
राहत वितरणमा प्रदेश सभा सदस्य कृष्णा केसी नमूना, प्रमुख जिल्ला अधिकारी खत्री, बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीलगायत सुरक्षा निकायका प्रमुखहरु, भूमि आयोगका पूर्वसदस्य विक्रम यादव लगायत गाँउपालिकाका जनप्रतिधिहरुको समेत...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत २१ । गर्मीयाम शुरुभएसंगै आगलागिका घट्ना हुने बाँकेको नरैनापुर गाउँपालिकामा सोमवारबाट आगलागि शुरु भएको छ । हावाहुरीको मौसमममा प्रायजसो आगलागि हुने सो गाउँपालिकामा वर्षेनी धेरै आगलागिका घट्ना हुने गरेका छन् । सोही क्रममा सोमवार नरैनापुर वडा नम्बर ४ को कृष्णनगरमा दिउँसो भीषण आगलागी भएको थियो । सो आगलागीमा परेर करिब १६ घरगोठ र ४ वटा बाख्रा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय नरैनापुरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय नरैनापुरका इन्चार्ज प्रहरी निरीक्षक वसन्त गौतमले दिएको जानकारी अनुसार वडा नम्बर ४ को घोडदौरिया नजिकैको कृष्णनगरमा सोमबार दिउँसो साढे ३ बजे आगलागी भएको थियो ।
करिब डेढ घण्टापछि प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसकर्मी, स्थानीय र नरैनापुर गाउँपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरी निरीक्षक गौतमले जानकारी दिनुभयो। आगलागीबाट कुन...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत ३ । भाषा, सांकृती र कलालाई जर्गेना गर्न अछामी सेवा समाज बाँकेले होली देउडा खेलको आयोजना गरेकोछ ।
नेपालगन्ज बसपार्क पिपल चौतारामा चैत ३ र ४ गते विहिबार र शुक्रवार विहान ११ बजे देखि अछामी सेवा समाज बाँकेद्धारा विभिन्न स्थानिय कलाकारको उपस्थितीमा होली देउडा खेलको आयोजना गरिएको शेर बहादुर बोहराले बताउनुभयो ।
सो आयोजित होली देउडा खेलमा सम्पुर्ण बाँकेमा बस्दै आउनु भएका सबै जातजाती धर्म संस्कृती र देउडा प्रेमीहरुलाई उपस्थितीका लागि हार्दिक अनुरोध समेत बोहराले गर्नुभयो ।
होली पर्वमा मनोरन्जन तथा मौलिक, भाषा,संस्कृती र कलालाई जर्गेना गर्न अछामी सेवा समाजले प्रत्येक वर्ष विविध कार्यक्रम गरेर होली मनाउदै आएको छ ।...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन १८ । अटोमेटिक अमेरिकन पेस्तोल र त्यसमा लाग्ने ९ वटा गोलीसहित बाँके प्रहरीले मंगलवार राती डुडुवा राप्तीपुलनजिकबाट पक्राउ परेका तीन जनालाई बुधवार दिउँसो सार्वजनिक गरेको छ । मंगलवार राती डुडुवास्थित वडा नम्बर ४ सिधनियाघाटमा रहेको राप्ती पुल नजिकबाट एक कारमा सवार उनिहरुलाई अमेरिकन पेस्तोल, ९ थान गोली र एक खुँडासहित पक्राउ गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलन मार्फत उनिहरुलाई सार्वजनिक गर्दै राप्तीपुल नजिकै गोली चलेको सुचनाको आधारमा पुगेको प्रहरी टोलीले नेपालगञ्ज उप–महानगरपालिका वडा नं. १८ बस्ने बर्ष २९ का सुसान्त के.सी.ले चलाएको बाग्मती प्रदेश ०१–०२५ च ३०९७ नं.को गाडी रोकी चेकजाँच गर्दा पेस्तोल गोली र खुँडा बरामद भएको बाँकको जनाएको छ ।
गाडी चेकजाँच गर्दा चालक सिटको वाँया तर्फको सिटको सिटकभर भित्र रहेको मेड इन अमेरिका लेखेको अ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन १२ । लागु औषधको ओसारपसार विरुद्ध सक्रियता बढाउँदै गएको बाँके प्रहरीलाई एकपछि अर्को गरेर सफलता प्राप्त हुँदै गएको छ । सोही क्रममा विहिबार दिउँसो जमुनाह प्रहरीले भारत जान लागेका दुई महिलासहितका तीनजनाको खान तलाशी गर्दा तीन किलो चरेस लुकाएर लैजान लागेको देखिएपछि चरेससहित तीनै जनालाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख सई मिन बहादुर विष्टले दिनुभएको जानकारी अनुसार विहिबार दिउँसो करिब २ बजे जमुनाह नाकामा भारत जान लागेका जिल्ला सुर्खेत सिम्ता ४ का विरेन्द्र हमाल, सोही ठाउँकी दिपा बुढा र जाजरकोट शिवालय गापा २ की खिमा खत्रीमाथि शंका लागि चेकजाँच गर्दा ती दुई जना महिलाले बोकेको झोलामा प्लाष्टिकले बेरेर लुकाएर राखिएको तीन किलो चरेस बरामद गरिएको छ ।
बरामद गरिएको चरेस र पक्राउ परेकालाई थप अनुसन्धानका लागि इलाका प्रहरी जमुनाहको हिरास...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन १० । ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरण गर्न सक्रिय रहेको जिल्ला ट्राफिक कार्यालय बाँकेले नेपालगञ्जको पुष्पलाल चोक नजिक सडकमा दुर्घटनाको जोखिम बढेपछि मंगलवार माटो छर्केर दुर्घटनाको जोखिम टार्ने कार्य गरेको छ ।
यात्रु वाहक सवारी साधन ठुलो संख्यामा आवागमन गर्ने र रोक्ने मुख्य ठाउँ बनेको पुष्पलाल चोक नजिकको सडकमा मोबिल पोखिएर सडक अत्याधिक मात्रामा चिल्लो हुन गई सवारी दुर्घटना हुने संभावना भएका कारण सो सडकमा माटो हालेर दुर्घटना हुनबाट जोगाउने कार्य गरिएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले बताउनुभयो ।
उहाँले नेपालगंज उप–महानगरपालिका वडा नं.१८ स्थित सडकमा मोबिल पोखिएर सडक अत्याधिक मात्रामा चिल्लो हुन गई सवारी साधन चिप्लिने र दुर्घटना हुने संभावना देखेर ट्रयाक्टरमा माटो बोकेर ल्याइ छर्किएको बताउनुुभयो ।
पछिल्लो स...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ८ । नेपालगञ्जमा आइतवार विहान एक विद्यार्थिको मोबाइल लुटिएको छ । बाँके प्रहरी तस्कर विरुद्ध सक्रिय रहेको मौका छोपेर लुटपाट गर्नेहरु पनि सक्रिय भएको सो घट्नाले पुष्टि गरेको छ ।
नेपालगञ्जको आदर्श सेकेन्डेरी स्कुल कक्षा ११ मा अध्ययनरत एक विद्यार्थी बिद्यालय जाने क्रममा आइतबार बिहानै सडकमै लुटिएका हुन । मोटरसाइकलमा आएका दुईजना लुटेराले उनको मोबाइल लुटेर लगेका हुन ।
उक्त स्कुलमा पढ्ने नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ मुक्तिपुर बस्ने १७ बर्षिय प्रशान्त थापाको ‘रियल मि सी ३’ मोबाइल लुटिएको हो ।
भे ४ प ५४५८ नम्बरको कालो रंगको स्प्लेन्डर मोटरसाइकलमा आएका दुईजना लुटेराले आइतबार बिहान ६ बजेको समयमा न्यूरोडको भानुभक्त चोक नजिकबाट आफुलाई रोकेर हातपात गरी मोबाइल लुटेर भागेको विद्यार्थी थापाले बताउनुभयो ।
लुटेराहरुसङ्ग आफ्नो मोबाइल खोस्ने क्रममा थापा घाइते भ...