३१ असार २०८३, बुधबार

विविध

वरिष्ठ पत्रकार सिराज खानलाई पर्यटन प्रवर्धन पुरस्कार प्रदान

वरिष्ठ पत्रकार सिराज खानलाई पर्यटन प्रवर्धन पुरस्कार प्रदान

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, जेठ २७  । पर्यटनको प्रवर्धन र विकासका लागि निरन्तर कलम चलाएको भन्दै वरिष्ठ पत्रकार तथा गोरखापत्र दैनिकका नेपालगञ्ज समाचारदाता सिराज खानलाई पर्यटन पर्वधन पुरस्कार २०७७ बाट सम्मानित गरिएको छ । पाँच हजार रुपियाँ नगद राशी सहितको सो पुरस्कार होटल व्यवसायी संघको शुक्रवार नेपालगञ्जमा भएको १८ औं साधारणसभा र १० औं जिल्ला अधिवेसनको उदघाटन समारोहमा प्रदान गरिएको हो । होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय अध्यक्ष हिराध्वज शाह, लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्ले र होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिम कँडेलले संयुक्त रुपमा सो पुरस्कार र कदरपत्र पत्रकार खानलाई प्रदान गर्नुभयो । यसैगरि पर्यटन पर्वधन पुरस्कार २०७७ बाट सम्मानित हुने अन्य पत्रकारहरुमा कान्तिपुर दैनिकका नेपालगञ्ज संवाददाता रुपा गहतराज, जी नेपाल टीभिका प्रबन्ध निर्देशक आषिस गुप्ता र महिला पत्रकार ...
अडानको छैठौं राष्ट्रिय महाधिवेशनबाट बाँकेले केन्द्रिय द्वितीय उपाध्यक्ष र केन्द्रिय सचिवसहित पाँच पद पायो

अडानको छैठौं राष्ट्रिय महाधिवेशनबाट बाँकेले केन्द्रिय द्वितीय उपाध्यक्ष र केन्द्रिय सचिवसहित पाँच पद पायो

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, जेठ २३ । नेपाल अडिटर्स एसोसिएसन अडानको छैठौं राष्ट्रिय महाधिवेशनबाट बाँकेले केन्द्रिय द्वितीय उपाध्यक्ष र केन्द्रिय सचिवसहित विभिन्न महत्वपुर्ण पदहरु पाउन सफल भएको छ । बाँकेबाट अडानको अधिवेसनमा सहभागि हुनुभएका विभिन्न अडिटर नेताहरुको पहलकदमी र परिश्रमका कारण बाँकेले पाँच वटा महत्वपुर्ण पद पाउन सफल भएको हो । केदार नाथ पौडेलको अध्यक्षतामा निर्वाचित भएको ८१ सदस्यीय केन्द्रिय समितिमा बाँके जिल्लाबाट पाँच जना विभिन्न पदमा पुगेको नवनिर्वाचित अडानका खुल्ला केन्द्रिय सदस्य मोहम्मद जुबेर राईले बताउनुभयो । सर्वसम्मतीबाट गरिएको नेतृत्व चयनमा बाँकेबाट द्धितिय केन्द्रिय उपाध्यक्षमा अब्दुल करीम खान, केन्द्रिय सचिवमा गोकर्ण प्रसाद आचार्य, खुल्ला केन्द्रिय सदस्यमा मोहम्मद जुबेर राई, लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने गरि केन्द्रिय सदस्यमा दिपक प्रसाद रेग्मी र महिला के...
हज यात्राको शुल्क हामीले होइन, साउदी सरकारले बढाएको हो–अध्यक्ष शमसेर मियाँ

हज यात्राको शुल्क हामीले होइन, साउदी सरकारले बढाएको हो–अध्यक्ष शमसेर मियाँ

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध, समाज
सिराज खान नेपालगञ्ज, जेठ २१ । साउदी अरब सरकारले नेपाली हज यात्रीहरुका लागि निर्धारण गरेको शुल्क अनुसार नै हज शुल्क तोकिएको जनाउँदै नेपाल हज समितिले त्यसमा समितिले कुनैपनि प्रकारको अनियमितता र अनावश्यक शुल्क बृद्धि नगरेको प्रष्ट पारेको छ । नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले नेपालगञ्जपाटी डटकमसंग कुरा गर्दै यस वर्ष हज शुल्क बृद्धि भएको विषयलाई लिएर विभिन्न प्रकारका अनर्गल प्रचार र अनावश्यक कुराहरु गरिएको जनाउँदे साउदी अरब सरकारको निर्णय अनुसार नै यस वर्षको हज यात्राका लागि शुल्क वृद्धि गर्नु परेको बताउनु भएको छ । उहाँले हज समितिले रहरले नभई बाध्य भएर साउदी अरब सरकारले निर्धारण गरे अनुसार नै हजयात्राका लागि शुल्क निर्धारण गर्नु परेको र सो गर्दा नेपालमा यस वर्ष विगतका वर्षहरु भन्दा हज यात्रा महंगो परेको जनाउनुभयो । समितिले शुल्क वृद्धि गरेर अनियमितता गरेको भन्दै आलोचना गर्नु भन्दा साउदी ...
रगत अभाव टार्न रक्तदान गर्न गराउन सबैसंग उपमेयर राईको आग्रह

रगत अभाव टार्न रक्तदान गर्न गराउन सबैसंग उपमेयर राईको आग्रह

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
माता बागेश्वरी बचत तथा ऋण सहकारीको रक्तदानमा ३३ जनाले गरे रक्तदान नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, जेठ १३ । माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवसको अवसरमा शुक्रबार नेपालगन्जमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । संस्थाका अध्यक्ष रसिद अहमद कुरैसीको अध्यक्षतामा भएको रक्तदानको नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै राईले रक्तदान जिवन दान भएकोले जिवन बचाउने अभियानमा सहयोगी बन्न सबैलाई आव्हान गर्नुभयो । उहाँले अहिले रगतको अभाव भएको जानकारी प्राप्त भएकोले बढी भन्दा बढीले रक्तदानमा सहभागि हुनुपर्ने बताउनुभयो । उपप्रमुख राईले उपमहानगरमा रहेका विभिन्न संघसंस्था र रक्तदाताहरुलाई रक्तदान कार्यक्रम आयोजना गर्न आह्वान समेत गर्नुभयो । नेपालगञ्जस्थित रक्त सञ्चार केन्द्रमा केह िसमययता रगत अभाव भैरहेको थाहा भएको ...
क्षतिपुर्तिको माग गर्दै पिडितद्धारा कोहलपुरमा चक्काजाम, प्रहरीले बलप्रयोग गरेर जाम खोल्दै

क्षतिपुर्तिको माग गर्दै पिडितद्धारा कोहलपुरमा चक्काजाम, प्रहरीले बलप्रयोग गरेर जाम खोल्दै

ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, जेठ १२ । भारतीय नम्बरको ट्रकको ठक्करबाट मारिएका कोहलपुरका अटोचालकका परिवार र आफन्तले क्षतिपुर्ति र भारतबाट ट्रकका मालिकलाई झिकाउने माग गर्दै कोहलपुरमा चक्काजाम गरेका छन् । बुधबार दिउँसो कोहलपुरको पिपल चौतारा नजिकै पट्टा भाँचिएको भारतीय ट्रकले किच्दा मृत्यु भएका कोहलपुर १३ का राम सेवक थारुका आफन्तहरुले ईलाका प्रहरी कार्यालय कोहलपुर अगाडी विहिबार दिउँसोदेखि चक्काजाम गरेका छन् । दोषीलाई कारबाही, मृतकका परिवारलाई उचित क्षतीपूर्ती दिनुपर्ने लगायतका माग राखेर बुधवार दिनभरि पनि चक्काजाम गरेका उनिहरुले माग पुरा नभएपछि विहिबार पनि प्रहरी कार्यालय अगाडि चक्काजाम गरेका हुन्। कोहलपुर ईलाका प्रहरी कार्यालयले मृतकका आफन्तले शुरुमा एक करोड भारु क्षतिपुर्ति मागेको जनाउँदै तर अहिले २८ लाख रुपियाँमा झरेको तथा ट्रकको सञ्चालकले १० लाख रुपियाँ नेपाली भन्दा बढी दिननसक्ने ...
कारले ठक्कर दिएर तीनजनालाई मार्ने चालक थापा जेल चलान

कारले ठक्कर दिएर तीनजनालाई मार्ने चालक थापा जेल चलान

ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, बैशाख २२ । नेपालगञ्ज ११ का तीन जनालाई कारबाट ठक्कर दिएर ज्यान लिने गरि गराईएको दुर्घटनामा संलग्न कार चालकलाई जेल चलान गरिएको छ । बाँके जिल्ला अदालतले सडक छेउमा पैदल हिडिरहेका तीन जनालाई ठक्कर दिएर मार्ने ती चालकलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेपछि उनलाई जेल पठाईएको छ । २०७८ चैत २७ गते धम्बोझी चोक नजिकै थापाले चलाएको कारले ठक्कर दिएर किच्दा सडकमा हिडीरहेका पैदल यात्री नेपालगन्जका ६५ वर्षीय समिमा इदिसी, ५ वर्षीय बालक मो कासिम इद्रिसी र ६ वर्षीय मोहम्मद अली अन्सारीको मृत्यु भएको थियो । सो घटनामा कानुनी कारबाहीमा रहेका कार चालक नेपालगन्ज–१० का इन्द्र बहादुर थापालाई अदालतले विहिबार पुर्पक्षका लागि कारागार चलान गरेको हो । यसअघि मृतकका आफन्त र सर्वसाधारणले समेत उनलाई हत्या आरोपमा कडा भन्दा कडा सजाय दिनुपर्ने माग गर्दै आएका थिए । बाँके जिल्ला अदालतमा वि...
लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी उपाध्यायद्धारा बाँके बर्दियाका प्रहरीलाई निर्देशन

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी उपाध्यायद्धारा बाँके बर्दियाका प्रहरीलाई निर्देशन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, बैशाख २२ । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डीआइजी नल प्रसाद उपाध्यायले नजिकिदै गरेको स्थानिय तहको निर्वाचनलाई शान्तिपुर्ण र त्रुटी रहित ढंगले सम्पन्न गराउन कुनैपनि कसर बाँकी नराख्न बाँके प्रहरीलाई निर्देशन दिनुभएको छ । उहाँले सबैले जिम्मेवारीपुर्वक आ आफ्नो कार्य क्षेत्रमा खटिएर निर्वाचनलाई सफल गराउन अहम भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । डीआइजी उपाध्यायले जिल्ला प्रहरी कार्यालय बाँके र बर्दिया तथा मातहतका प्रहरी ईकाईमा कार्यरत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित कार्यक्रममा विहिबार सम्बोधन गर्दै सो निर्देशन दिनुभएको हो । लुम्बिनी प्रदेशको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि पहिलो पटक निरिक्षणका लागि बाँकेमा पुग्नु भएका डीआइजी उपाध्यायले प्रहरीको पहिलो कर्तव्यनै शान्ति सुरक्षा कायम गर्नु र अपराध...
नेपालगञ्जमा मोटर साइकल चोरी बढ्यो, महिना वितेपनि पलसर भेटिएन

नेपालगञ्जमा मोटर साइकल चोरी बढ्यो, महिना वितेपनि पलसर भेटिएन

ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, बैशाख १० । गत केही समययता नेपालगञ्ज उपमहानगरका विभिन्न ठाउँबाट मोटरसाइकल चोरी हुने क्रम बढेको छ । नगरमा अहिले मोटरसाइकल चोरहरु सक्रिय रहेको गुनासो धेरैले गरेका छन् । सोही क्रममा गत चैत ५ गते नेपालगञ्जको जिल्ला प्रशासन कार्यालय नजिक रहेको फेमिली डेन्टल केयर अगाडीबाट हराएको मोटरसाइकल अझै फेला परेको छ्रन । चोरी भएलगत्तै प्रहरीमा जानकारी गराईएपनि आफ्नो हराएको भे ११ प ४०९७ नम्बरको कालो रातो पल्सर मोटरसाइकल अझैपनि नभेटिएको मोटरसाइकलका मालिक सुमित कुमार लखेरले बताउनुभयो । उहाँले भर्खरै केही दिन पहिले मात्र किनेको सो नयाँ मोटरसाइकल चैत ५ गते शनिवार अपरान्ह ४ बजेर १० मिनेटमा चोरी भएको बताउनुभयो । ...
प्रचण्ड गर्मीमा विद्युत अनियमित हुँदा सर्वसाधारणलाई सास्ती

प्रचण्ड गर्मीमा विद्युत अनियमित हुँदा सर्वसाधारणलाई सास्ती

ताजा-अपडेट, मुख्य समाचार, विविध
सिराज खान नेपालगञ्ज, वैशाख १० गते । सरकारले देशैलाई लोडसेडिङ मुक्त घोषणा गरिरहेका बेला नेपालगञ्जसहित बाँकेमा विद्युतको अघोषित लोडसेडिङ र समस्याबाट चर्को गर्मीको समयमा आमनागरिकले सास्ती खेप्न बाध्य छन् । केही समययता बढेको अत्याधिक गर्मीकाबीच अघोषित रुपमा भैरहेको घण्टौको लोडसेडिङ र विद्युत आपूर्ति असहज हुँदा आम नागरिकको जीवन कष्टकर बन्दै गएको छ । प्रचण्ड गर्मीको बेला पटक पटक विद्युत आपूर्ति बन्द हुने र घण्टौसम्म नआउने हुँदा अधिकांश जिल्लावासी अत्याधिक सास्ती खेप्न बाध्य भएको स्थानीय अगुवा कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँले विद्युतमा भैरहेको अघोषित लोडसेडिङका बारेमा पटक पटक प्राधिकरणको ध्यान आकर्षण गराउँदा समेत कुनै सुधार नभएको विद्युत अनियमितता जारी नै रहेको गुनासो गर्नुभयो । बढ्दो गर्मीले सास्ती खेप्दै आएका स्थानीय बासिन्दा विद्युत आपूर्ति असहज हुँदा झन आक्रोशित बनेको नेपालगञ्ज उ...
वडा प्रहरी कार्यालय नेपालगञ्ज मिडियामैत्री हुनेछ– प्रहरी निरिक्षक सिंह

वडा प्रहरी कार्यालय नेपालगञ्ज मिडियामैत्री हुनेछ– प्रहरी निरिक्षक सिंह

ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, बैशाख ८ । वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरिक्षक रिपेन्द्रकुमार सिंहले नेपालगञ्जको शान्ति सुरक्षासंगै अपराध नियन्त्रण र लागु औषधको कारोबार र सेवन नियन्त्रणमा आफ्नो विशेष फोकस हुने बताउनु भएको छ । उहाँले जनताको सहयोगले नगरलाई अपराधमुक्त र गैर कानुनी क्रियाक्लाप न्युनिकरण गर्न हरसंभव प्रयास गरिने बताउनुभयो । हालै मात्र वडा प्रहरी कार्यालय नेपालगन्जमा सरुवा भएर आउनु भएका प्रहरी निरिक्षक सिंहले पत्रकारहरुसँग परिचयात्मक कार्यक्रम गरेर सो बताउनु भएको हो। सो अवसरमा उहाँले पत्रकारहरुसंग यहाँको अवस्थाका बारेमा सुझाव माग्नुका साथै अन्तरक्रिया समेत गर्नु भएको थियो । वडा प्रहरी कार्यालय नेपालगञ्ज मिडियामैत्री रहने विश्वास दिलाउँदै उहाँले आफु आपराधिक गतिविधि नियन्त्रणमा कडाईका साथ लाग्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । लागुऔषध नियन्त्रण, ट्राफिक व्यव...