सोफिया स्कुलको २१औं बार्षिक दिवस विविध कार्यक्रमका साथ भव्य रुपमा सम्पन्न
सोफिया स्कुल दक्ष र अनुशासित जनशक्ति उत्पादन केन्द्र हो–पुर्व मन्त्री राई
समाचारदाता
नेपालगन्ज, पुस ८ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० मा रहेको सोफिया रेजिडेन्सियल इङलिस स्कुलको २१औँ वार्षिक दिवस तथा ख्रीष्टमस उत्सव कार्यक्रम भव्यरुपमा विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।
सो कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टीका महासचिव तथा पूर्व मन्त्री मोहम्मद इश्तियाक राईले सोफिया स्कुलले देशकालागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्दै आएको जनाउँदै यहाँ पढेका बिद्यार्थिहरुमा एक बिशेष प्रकारको अनुशासन, लगनशिलता र सेवाको भावना देखिएको बताउनुभयो ।
उहाँले विद्यालयले गुणस्तरीय शिक्षासँगै बालबालिकाको शारीरिक, मानसिक, भावनात्मक तथा सामाजिक विकासलाई समेत प्राथमिकतामा राखेर गुणस्तरीय शिक्षा प्रदान गरिरहेकोमा धन्यवाद दिनुभयो ।
पूर्वमन्त्री राईले विद्यालयको शान्त वातावरण, रचनात्मक त...









