२५ मंसिर २०८२, बुधबार

ताजा-अपडेट

नेकपा माओवादी केन्द्र नेपालगन्ज ५ द्धारा हजयात्रीहरुलाई सम्मान

नेकपा माओवादी केन्द्र नेपालगन्ज ५ द्धारा हजयात्रीहरुलाई सम्मान

ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, २३ बैशाख । यस वर्ष नेपालगन्जबाट साउदी अरबको मक्का मदिनामा हज गर्न जान लाग्नु भएका हजयात्रीहरुकालागि नेकपा माओवादी केन्द्रको वडा नम्बर ५ को वडा कमिटिले सम्मान तथा शुभकामना कार्यक्रम गरेको छ । नेकपा माओवादी केन्द्र बाँकेका जिल्ला सदस्य वरिष्ठ समाजसेवी कल्पना शर्माको संयोजकत्वमा मंगलवार आयोजना गरिएको हजयात्रीहरुको सम्मान तथा शुभकामना कार्यक्रममा हजयात्रीहरुलाई सम्मान गर्नुका साथै उनिहरुको हजयात्रा सफलताको शुभकामना व्यक्त गरियो । सो अवसरमा कार्यक्रम संयोजक शर्माले हजयात्रीहरुलाई माला लगाएर सम्मान गर्नुभयो भने अन्य अतिथिहरुले टोपी लगाएर शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरका अध्यक्ष प्रेम शाहले हजयात्रामा जाने नेपालगन्जवासीलाई सम्मान गर्न पाउँदा खुशी लागेको जनाउँदै हजयात्राको सफलताको कामना गर्नुभयो । कार्यक्र...
मधुवन नगरपालिकाको शैक्षिक योजना र शिक्षा नितिको मस्यौदामाथि छलफल सम्पन्न

मधुवन नगरपालिकाको शैक्षिक योजना र शिक्षा नितिको मस्यौदामाथि छलफल सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, बैशाख २३ । बर्दियाको मधुवन नगरपालिकाको शैक्षिक योजना २०८२–२०९१ र शिक्षा नीति २०८१ को प्रस्तावित मस्यौदामाथि छलफल कार्यक्रम सम्पन्न भएको छ । मधुवन नगरपालिकाका मेयर तथा शिक्षा समितिका संयोजक तेज बहादुर भाटको अध्यक्षतामा सम्पन्न भएको सो छलफल कार्यक्रममा उपमेयर अनिता चौधरी, सम्पूर्ण वडा अध्यक्षहरू, शिक्षा विज्ञहरू, प्याब्सन प्रतिनिधि, शिक्षक संघ संगठनका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापकहरू तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको उपस्थिति रहेको थियो । प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बी–ग्रुपको सहकार्य र मधुवन नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजना गरिएको सो छलफल कार्यक्रम मधुवन नगरपालिकामा गठित कार्यदलको लामो छलफलबाट तयार गरिएको प्रस्तावित मस्यौदालाई थप व्यापक बनाउन आवश्यक सुझाव र बहसद्वारा अन्तिम रूप दिने बिषयमा केन्द्रित रहेको थ...
ठाकुरबाबा र राजापुरका ५० युवतिलाई ३९० घण्टाको सिप विकास तालिम प्रदान

ठाकुरबाबा र राजापुरका ५० युवतिलाई ३९० घण्टाको सिप विकास तालिम प्रदान

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, बैशाख २३ । बाँके युनेस्को क्लबद्धारा बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकाका युवाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन सञ्चालन गरिएका विभिन्न सिप बिकास तालिमहरु सम्पन्न भएका छन् । क्बलले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरेको ग्रीन इकोनोमि परियोजना अन्तर्गत ठाकुरबाबामा सञ्चालन गरेको लोकल कुखुरा पालन तालिम र बिषादीरहित तरकारी खेती तालिम तथा राजापुरमा सञ्चालन गरेको बाँसको हस्तकलाको सामाग्री बनाउने तालिम र बिषादीरहित तरकारी खेती तालिम सम्पन्न भएको हो । दुबै पालिकामा ३९० घण्टासम्म सञ्चालन गरिएका ती चारवटै तालिममा ५० जना युवतिहरुको सहभागिता रहेको थियो । ठाकुरबाबा र राजापुर दुबै नगरपालिकामा बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरको अध्यक्षतामा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेर तालिमको समापन गरियो । ठाकुरबाबामा आयोजना गरिएको तालिमको समापन समारोहमा ठ...
मधुवन नगरपालिकाको वडा नम्बर आठ पनि वालविवाह मुक्त वडा घोषणा

मधुवन नगरपालिकाको वडा नम्बर आठ पनि वालविवाह मुक्त वडा घोषणा

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्रीद्धारा प्रमाणपत्र बितरण समाचारदाता नेपालगन्ज, बैशाख २१ । बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नम्बर आठलाई पनि वालविवाह मुक्त वडा घोषणा गरिएको छ । ‎लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमितिसनाले एक भव्य समारोहका विच मधुवन नगरपालिकाको वडा नम्बर आठ वडालाई वालविवाह मुक्त वडा घोषणा गर्नुभयो । सो अवसरमा मन्त्री तिमिल्सेनाले वडा नम्बर आठका वडा अध्यक्ष मेक बहादुर गुरुङलाई बाल विवाहमुक्त घोषणाको प्रमाणपत्र प्रदान गर्नुभयो । कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सेनाले बालविवाह रोक्न संघसंस्थाले गरेको सहयोग निकै सराहनीय रहेको उल्लेख गर्दै सरकारले बाल विवाहलाई कडा रुपमा रोक्न सम्बिन्धत निकायलाई निर्देशन दिएको बताउनुभयो । बालविवाह विरुद्धको राष्ट्रिय रणनीतिक योजना अनुसार वडामा बालविवाहको दर १५ प्रतिशतभन्दा कम रहेमा बालविवाह मुक्त घोषणा गर्न सकिन...
सिमा क्षेत्रका सुरक्षाकर्मी तथा सरोकारवालालाइ मानब बेचबिखन नियन्त्रण तालिम

सिमा क्षेत्रका सुरक्षाकर्मी तथा सरोकारवालालाइ मानब बेचबिखन नियन्त्रण तालिम

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, बैशाख १६ । बर्दिया जिल्लाको मधुबनमा सिमा क्षेत्रका सुरक्षाकर्मी तथा सरोकारवालाकालागि मानव बेचबिखन तथा ओसारपसार रोक्न दुई दिने तालिम सम्पन्न भएको छ । मानब बेचबिखन तथा ओसारपसारका घटना नियन्त्रणबारे सिमा क्षेत्रका सुरक्षाकर्मी तथा सरोकारवालाहरुको क्षमता विकास गर्ने उदेश्यले सो तालिम संचालन गरिएको हो । मधुबन नगरपालिकाको आयोजना, प्लान इन्टरनेसनल नेपाल र बाँके युनेस्को क्लबको आर्थिक तथा प्राबिधिक सहयोगमा सुरक्षा परियोजना अन्तर्गत संचालित सो तालिममा पालिकाका उपमेयर, वडा अध्यक्ष, बरिष्ठ प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख, महिला बालबालिका शाखा प्रमुख, शसस्त्र प्रहरी निरीक्षक, सहायक प्रहरी निरीक्षक लगायत २३ जनाको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमको समापन समारोहमा बोल्दै मधुवन नगरपालिकाका उपमेयर अनिता चौधरीले मानव बेचबिखन तथा ओसारपसारका घटना नियन्त्रण गर्न स्थ...
बर्दियाको मधुवनमा युवा दूतहरुसंग समिक्षा र योजना तर्जुमा बैठक सम्पन्न

बर्दियाको मधुवनमा युवा दूतहरुसंग समिक्षा र योजना तर्जुमा बैठक सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, बैशाख १५ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिकामा युवा दूतहरूसँग अभिभावक शिक्षा सत्र सहित समीक्षा र योजना तर्जुमा बैठक सम्पन्न गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत सो बैठक सम्पन्न गरेको हो । उक्त बैठकमा मधुबन नगरपालिकाका १६ जना युवा दूतहरूको सक्रिय सहभागिता रहेको थियो भने उनिहरुले मानव तथा बाल बेचबिखन विरुद्ध अभियान संचालन गर्न बिभिन्न कार्य योजना प्रस्तुत गरेका थिए । मधुवनका युवा दूतहरुले तयार गरेको योजनाहरुमा सामाजिक सञ्जालमार्फतको अभियान, ह्यासट्याग मानब बेचबिखन बिरुद्धको अभियान, सामाजिक ब्यबहार परिवर्तन संचार सम्बन्धि भिडियो र वृत्तचित्र प्रदर्शन गर्ने, साताको भेटमा बाल बेचबिखनका कुरा शीर्षकको छलफल, सडक नाटक र ¥यालीहरू मार्फत मानवबेचविखन रोक्ने बिषयलाई समावेश गरिएको बाँके युनेस्को क्लबले...
बी ग्रुपले खजुरामा गरेको निशुल्क स्वास्थ्य शिविरमा २०३ महिलाको स्वास्थ्य परीक्षण

बी ग्रुपले खजुरामा गरेको निशुल्क स्वास्थ्य शिविरमा २०३ महिलाको स्वास्थ्य परीक्षण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
१३९ जनाको पाठेघरको क्यान्सर परीक्षण गर्दा १६ जनामा पोजेटिभ समाचारदाता नेपालगन्ज, बैशाख १५ । बाँकेको खजुरा गाउँपालिका २ सितापुर स्वास्थ्य चौकीमा सञ्चालन गरिएको महिला यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि निशुल्क शिविरमा २०३ जना महिलाको स्वास्थ्य परीक्षण गरेर औषधी बितरण समेत गरिएको छ । भेरी वातावरणीय विशिष्टता समूह बी–ग्रुपले एएफडी एवम् एमडिएम फ्रान्ससंगको साझेदारीमा सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ अन्तर्गत गाउँपालिकासंगको समन्वयमा सो निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । सो शिविरमा स्वास्थ्य परीक्षणकालागि आएका २०३ जना महिलामध्ये अधिकांशमा पाठेघर सम्बन्धि विभिन्न प्रकारका संक्रमण देखिनुका साथै १६ जनामा पाठेघरको मुखको क्यान्सरको शंकास्पद अवस्था देखिएको खजुरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसीले बताउनुभयो । उहाँले स्वास्थ्य परीक्षण गरिएक...
बर्दिया मधुवनमा मानवबेचविखन तथा ओसारपसार नियन्त्रण समितिको बैठक सम्पन्न

बर्दिया मधुवनमा मानवबेचविखन तथा ओसारपसार नियन्त्रण समितिको बैठक सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, बैशाख १३ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय मानवबेचविखन तथा ओसारपसार नियन्त्रण समितिको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा मधुवन नगरपालिकामा सञ्चालन गरिएको सुरक्षा परियोजना अन्तर्गत सो बैठकको आयोजना गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरले बताउनुभयो । उहाँले मानवबेचविखन तथा ओसार पसार रोक्न समितिले बिभिन्न कार्यक्रम तथा योजना बनाउनका लागि यो बैठकको आयोजना गरेको बताउनुभयो । सो बैठकको अध्यक्षता गर्दै मधुबन नगरपालिकाका उपमेयर तथा सो समितिका सदस्य अनिता चौधरीले यो समितिले स्थानीय सरकारको उदेश्य र कार्यक्रमलाई सुदृढ पार्ने दिशामा महत्वपूर्ण कार्य गर्ने जनाउँदै मानवबेचविखन तथा ओसारपसार रोक्न सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यो महत्वपूर्ण बैठकले मधुवनको स्थानीय ...
राजापुरमा सुरक्षा परियोजनाको समीक्षा र योजनातर्जुमा बैठक सम्पन्न

राजापुरमा सुरक्षा परियोजनाको समीक्षा र योजनातर्जुमा बैठक सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, बैशाख १२ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियाको राजापुर नगरपालिकामा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत नगरपालिकाभित्रका युवा राजदूतहरूसँग समीक्षा र योजनातर्जुमा बैठक सम्पन्न गरेको छ । क्लबका अनुसार सो बैठकमा २० जना युवा राजदूतहरूको सक्रिय रूपमा सहभागिता रहेको थियो भने उहाँहरुले बाल बेचबिखन विरुद्ध संघर्ष गर्नका लागि तयार पार्नु भएको आफ्नो कार्य योजनाहरु प्रस्तुत गर्नु भएको थियो । युवा राजदूतहरुले प्रस्तुत गर्नु भएको योजनाहरु सामाजिक सञ्जाल अभियान, ह्यासट्याग अभियान, बेचविखन विरुद्ध सचेतना फैलाउने भिडियो र वृत्तचित्र प्रदर्शन, साताको भेटमा बाल बेचबिखनका कुरा सम्बन्धि शीर्षकको छलफल, सडक नाटक र चेतनामूलक ¥यालीहरूमार्फत बेचविखनको मुद्दालाई सम्बोधन गर्ने बिषयमा केन्द्रित रहेका थिए । सो बैठकमा ती योजनाहरुका बारेमा बिस्तृत र...
बर्दियामा सञ्चालित विभिन्न परियोजनाको समिक्षा र योजनातर्जुमा बैठक सम्पन्न

बर्दियामा सञ्चालित विभिन्न परियोजनाको समिक्षा र योजनातर्जुमा बैठक सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
परियोजनाको प्रभावकारिता, पारदर्शिता र दिगोपनमा ध्यान दिउँ–कोषाध्यक्ष फिर्दौस जहाँ समाचारदाता नेपालगन्ज, बैशाख १० । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बर्दिया जिल्लामा सञ्चालित तीनवटा परियोजनाहरुको त्रैमासिक समिक्षा तथा योजना तर्जुमा बैठक गुलरियामा सम्पन्न भएको छ । बर्दियामा सञ्चालित शसक्त बालिका परियोजना, ग्रिन इकोनोमि परियोजना र सुरक्षा परियोजनाको तीन महिने समिक्षा तथा योजना तर्जुमा बैठक सम्पन्न गरिएको बाँके युनेस्को क्लबले जनाएको छ । सो बैठकको समापन गर्दै बाँके युनेस्को क्लबका कोषाध्यक्ष फिर्दौस जहाँले परियोजनाको योजना तर्जुमा गर्दा त्यसको प्रभावकारिता, पारदर्शिता र दिगोपन सुनिश्चित गर्न बिशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले परियोजनाको सफलताका लागि गरेको कामको समिक्षा सबैभन्दा अहम भएको जनाउँदै सही समिक्षा भएमा आगामी दिनमा सुधार गर्न र झन राम्...