२६ जेष्ठ २०८३, मंगलवार

ताजा-अपडेट

बाँकेका ८१ वटै वडामा नेपाली काँग्रेस बाँकेको निर्वाचन प्रक्रिया शुरु

बाँकेका ८१ वटै वडामा नेपाली काँग्रेस बाँकेको निर्वाचन प्रक्रिया शुरु

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २७ कात्तिक । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका ८१ वटै वडामा शनिबारबाट औपचारिक रुपमा निर्वाचन कार्यक्रम सुरु भएका छन । जिल्लाका सबै ८१ वडाका मतदान केन्द्रमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतले निर्वाचन कार्यक्रम सुरु गरेका हुन । बाँकेका सबै वडामा एकैसाथ निर्वाचन कार्यक्रम सुरु भएको जिल्लाका प्रमुख निर्वाचन अधिकृत रेवती रमण भट्टराइले बताउनुभयो । उहाँले निर्वाचन स्थलमा खटिनु भएका मतदान अधिकृत र सहायक मतदान अधिकृतले औपचारिक रुपमा निर्वाचन कार्यक्रम सुरु गरिसक्नु भएको जनाउनुभयो । भट्टराईका अनुसार बाँकेका ८ वटै स्थानीय तहका ८१ वटा वडामा १ जना मतदान अधिकृत र २ जना सम्म सहायक मतदान अधिकृत परिचालित भएका छन । शनिवार बिहान १० बजे ८१ वटै वडाका मतदान केन्द्रमा प्रथम मतदाता नामावली प्रकाशन गरिएको थियो । सोही प्रकारले बिहान ११ः१५ बजे संशोधनपछि म...
बाँकेमा माओवादीको टोल भेलाहरु सम्पन्न हुँदै, शनिवार जिल्लामा दुई सय टोलमा टोल भेला गरिदै

बाँकेमा माओवादीको टोल भेलाहरु सम्पन्न हुँदै, शनिवार जिल्लामा दुई सय टोलमा टोल भेला गरिदै

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र लाई पुनर्गठन अभियान अन्र्तगत शनिवार देखि देशव्यापी टोल भेलाहरु सुरु भएका छन । सोहि क्रममा बाँके जिल्लाका ८ वटै पालिकामा पनि आज टोल भेलाहर धमाधम सम्पन्न भैरहेका छन् । शनिवार जिल्लामा करिब २०० वटा टोलमा टोल भेला सम्पन्न हुने नेकपा माओवादी केन्द्र बाँकेका अधयक्ष आइपी खरेलले बताउनुभयो । उहाँले हरेक पालिकामा कम्तीमा ३० देखि ८० सम्म टोल भेलाहर सम्पन्न हुने बताउनु भयो । जिल्लाका सबै पालिकाबाट टोल भेलाहरु सम्पन्न भैरहेको सुचना आफुलाई प्राप्त भैरहेको पनि उहाँले बताउनुभयो । यसैविच कोहलपुर नगरपालिकाका १५ वटै वडामा पनि टोल भेलाहरु सम्पन्न भैरहेका छन् । शनिवार कोहलपुरमा ६० ओटा टोलमा भेला गरि सक्ने कार्यक्रम रहेको माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले जानकारी दिनुभयो । पार्टी सुटृढीकरण अभियान अन्र्तगत आर्क...
समाजबादी प्रेस संगठन बाँकेको अध्यक्षमा शर्मा र सचिवमा ओली

समाजबादी प्रेस संगठन बाँकेको अध्यक्षमा शर्मा र सचिवमा ओली

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २७ कात्तिक । नेकपा एकीकृत समाजबादी निकट समाजबादी प्रेस संगठन बाँकेको अध्यक्षमा लोकनाथ शर्मा चयन भएका छन् । शनिबार नेपालगन्जमा नेकपा एकीकृत समाजबादी बाँकेका प्रचार प्रसार बिभाग प्रमुख किशोर थापाको अध्यक्षता बसेको भेलाले लोकनाथ शर्माको नेतृत्वमा ९ सदस्यीय समाजबादी प्रेस संगठन बाँकेको गठन गरेको हो । संगठनको उपाध्यक्षमा सुरज मेघनाथ , सचिवमा रामु ओली, सहसचिवमा ज्ञानु संगम खड्का र हरि देवकोटा र कोषाध्यक्षमा रमेश क्षेत्री चयन भएका छन् । त्यस्तै नवगठित सदस्यहरूमा तुलबिर बिश्वकर्मा, सागर देवकोटा र प्रकाश धामी चयन भएका छन् । भेलामा नेकपा एकीकृत समाजबादि खेलकुद महासङको केन्द्रिय उपाध्यक्ष सम्सुद्दिन सिद्दिकी, नेकपा एकीकृत समाजबादी प्रदेश कमिटी सदस्य इन्द्र बहादुर थापा तथा एकीकृत समाजबादी जानकी गाउँपालिका अध्यक्ष रामवरण बर्मा लगायतको सहभागीता रहेको थियो ।  ...
सरकारले धान खरिदमा ढिलाई गर्दा बाँकेका किसान निकै सस्तोमा बेच्न बाध्य

सरकारले धान खरिदमा ढिलाई गर्दा बाँकेका किसान निकै सस्तोमा बेच्न बाध्य

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, २७ कात्तिक । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिदमा ढिलाइ गरेपछि बाँकेका किसानले बाध्य भएर निकै सस्तोमा धान विक्री गरिरहेका छन् । सरकारले समयमै धानको समर्थन मूल्य निर्धारण गरे पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित कार्यालयले हालसम्म धान खरिद शुरु नगर्दा बाध्य भएर व्यापारीलाई सस्तोमा धान विक्री गर्नुपरेको किसानको गुनासो छ । कम्पनीले खरिद शुरु नगर्दा व्यापारीलाई सरकारले तोकेको भन्दा प्रति क्विन्टल ६ सयदेखि ८ सयसम्म कम मूल्यमा धान विक्री गर्नुपरेको बाँके नौबस्ताका किसान राजेन्द्र चौधरीले दुःखेसो गर्नुभयो । उहाँले मोटा धान प्रतिक्विन्टल दुई हजार ७५१ रुपियाँ र मध्यम धान प्रतिक्विन्टल दुई हजार ९०२ रुपियाँमा खरिद गर्न मूल्य निर्धारण गरिए पनि व्यवसायीले मोटा धान प्रतिक्विन्टल एक हजार ५०० देखि दुई हजारसम्म र मध्यम धान प्रतिक्विन्टल दु...
देश विकासमा युवाको भूमिका महत्वपुर्ण छ–पुर्वमन्त्री राई

देश विकासमा युवाको भूमिका महत्वपुर्ण छ–पुर्वमन्त्री राई

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २७ कात्तिक । जुनियर जेसिज लिडर्स एकेडेमीको दशौ राष्टिय सम्मेलन नेपालगञ्जमा सञ्चालन भैरहेको छ । देशभरिबाट आएका जुनियर जेसिजका लिडरहरुको सहभागिता रहेको सो सम्मेलनले वर्तमान अवस्थामा युवाको भूमिका बारे महत्वपुर्ण निर्णयहरु गर्ने आयोजकले जनाएका छन् । सो सम्मेलनको शुक्रवार एक भव्य समारोहका विच युवा पुर्व मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले उदघाटन गर्नु भएको थियो । सो अवसरमा बोल्दै उहाँले आजको २१ औ शताब्दीमा देश बिकासमा युवाको भुमिका नै सबैभन्दा महत्वपुर्ण रहेकोले युवाले पनि सो कुरालाई राम्ररी बुझ्न आवश्यक रहेको बताउनुभयो । सरकारले पनि युवाको लागि हरेक क्षेत्रमा लगानी गरेर उनिहरुलाई सक्षम र सबल बनाउन विभिन्न प्रकारका कार्यक्रम ल्याउनु पर्ने माग पुर्वमन्त्री राईले सो अवसरमा गर्नुभयो । देशभरका युवालाई नेपालगञ्जमा जम्मा गरे...
रियल जुसको बट्टामा भरेर भारतबाट नेपालतर्फ कोरेक्स तस्करी

रियल जुसको बट्टामा भरेर भारतबाट नेपालतर्फ कोरेक्स तस्करी

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २६ कात्तिक । लागु औषधका दुव्र्यसनीले ठुलो मात्रामा प्रयोग गर्न थालेपछि नेपालमा प्रतिबन्ध लगाईएको कोरेक्स भारतबाट भित्रयाउन लागु औषधका कारोबारीले नयाँ नयाँ तरिका अपनाइरहेको पाईएको छ । भारतबाट कोरेक्स ल्याउन प्रहरीले रोक लगाएपछि लागु औषधका कारोबारीहरुले रियल जुसको बट्टामा खन्याएर कोरेक्स ल्याउने गरेको फेला परेको छ । रियल जुसको बट्टामा २ लिटर कोरेक्स लिएर नेपाल आउँदै गरेका एकजनालाई नेपाल भारत नाकास्थित जमुनाहा प्रहरीले पक्राउ परेपछि लागु औषध कारोबारको नयाँ शैली पत्ता लागेको हो । सुर्खेतका बबिन शाहीललाई भारतको रुपैडियाबाट नेपालगञ्ज ल्याउँदै गरेको रियल जुसमा भरिएको २ लिटर कोरेक्स र १५ टेबलेट नाइट्रोभेट सहित नाकाको प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जुसको बट्टामा कोरेक्स लिएर भारतको रुपैडियाबाट नेपालगञ्ज आउँदै गर्दा उनलाई नेपालगञ्...
अम्बे फर्निसिङ बन्यो नेपालगञ्जका लागि भि–वन कुर्सीको आधिकारिक विक्रेता

अम्बे फर्निसिङ बन्यो नेपालगञ्जका लागि भि–वन कुर्सीको आधिकारिक विक्रेता

ताजा-अपडेट, ब्यापार, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २६ कात्तिक । अन्तर्राष्ट्रियस्तरमै लोकप्रिय भि–वन अर्गानोमिक्स कुर्सी विक्रि वितरणका लागि नेपालगञ्जमा आधिकारिक विक्रेता तोकिएको छ । सो का लागि नेपालगञजस्थित अम्बे फर्निसिङलाई आधिकारिक विक्रेता तोकिएको हो । कम्पनीले शुक्रबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अम्बे राजधानी बाहिर बिक्रिको हिसावले पहिलो स्थानमा रहेको भन्दै आधिकारिक विक्रेताको रुपमा मान्यता प्राप्त गरेपछि कारोबार थप बढ्ने बिश्वास ब्यक्त गरेको छ । अम्बे फर्निसिङका सञ्चालक पंकज श्रेष्ठले २० बर्षदेखि पश्चिम नेपालमा आफुहरुले सेवा दिदै आएको भन्दै भि–वन बिश्वसनीय रहेको बताउनुभयो । भि–वनका कन्ट्री प्रबन्धक प्रविण श्रीवास्तवले अम्वे आफैमा विश्वसनीय ब्राण्ड भएको बताउनुभयो । यो कुर्सी आरामदायी, स्वास्थ्यपद्र्धक र बलियो तथा टिकाउपूर्ण रहेको उहाँको भनाई छ । सात हजार ८०० रुपियाँ देखि एकलाख २९ हजार ...
कर्णाली प्रदेशका नवनियुक्त प्रमुख परियारको नेपालगञ्जमा स्वागत

कर्णाली प्रदेशका नवनियुक्त प्रमुख परियारको नेपालगञ्जमा स्वागत

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २६ कात्तिक । कर्णाली प्रदेशका प्रमुख तिलक परियारलाई नेपालगन्जस्थित राझाँ विमानस्थलमा भब्य स्वागत गरीएको छ । काठमाण्डौंबाट सुर्खेत जाने क्रममा शुक्रबार बिहान नेपालगन्ज बिमानस्थल आईपुगेको परियारलाई नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका हुन । मन्त्रिपरिषद्को निर्णयअनुसार गत मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशमा परियारसहित प्रदेश १ मा परशुराम खापुङ र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिईन । राष्ट्रपति भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८ साल कात्तिक २२ गतेको बैठकको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा ९२० बमोजिम तिन प्रदेशको प्रदेश प्रमुख नियुक्त गरेकी थिईन । नव नियुक्त प्रदेश प्रमुख परियारले आजै सुर्खेत पुगेर पदभारग्रहण गर्ने कार्यक्रम रहेको बताईएको छ ।...
पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसको मूल्यबृद्धि विरुद्ध कात्तिक ३० गते नेपाल बन्द

पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसको मूल्यबृद्धि विरुद्ध कात्तिक ३० गते नेपाल बन्द

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २६ कात्तिक । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपीजी ग्याँसमा गरिएको चरम मूल्यवृद्धि विरुद्ध आन्दोलन शुरु गरेको छ । सोही क्रममा उक्त पार्टीको बाँके जिल्ला संगठनले नेपालगञ्जमा विरोध प्रदर्शन गरेको छ । पार्टीको बाँके जिल्ला सङ्गठन समितिले सरकारले पेट्रोलियम पदार्थमा गरेको चरम मूल्यवृद्धि विरुद्ध जुलुससहित विरोध प्रदर्शन गरेको हो । “पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धी फिर्ता गर, जनता लुट्न पाइँदैन, वैज्ञानिक समाजवादी व्यवस्था लागू गरौं, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं”, लगायतका नारा सहितको विरोध जुलुसले नेपालगञ्जको विपिचोकमा गएर सभामा परिणत भएको थियो । उक्त सभालाई युवा सङ्गठन नेपालका केन्द्रीय सचिवालय सदस्य विष्णु जिसी, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज डिबी शाही, युवा सङ्गठन नेपालका क...