विद्यालयमा सुरक्षित, समावेशी र बालमैत्री वातावरण सिर्जना गर्न शिक्षकलाई तालिम
समाचारदाता
नेपालगन्ज, चैत ९ । बाँके युनेस्को क्लबले बर्दियाका दुई वटा पालिकाका शिक्षकहरुका लागि विद्यालयमा सुरक्षित, समावेशी र बालमैत्री वातावरण सिर्जना गर्न लैङ्गिक रूपान्तरणकारी समावेशी शिक्षाशास्त्र र कक्षाकोठा व्यवस्थापन सम्बन्धी तीन दिने तालिम सुरु गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियामा सञ्चालन गरिरहेको सुरक्षा परियोजना अन्तर्गत सो तीन दिने तालिम सुरु गरिएको हो ।
सो तालिममा शिक्षकको पेशागत विकासको लागि सहयोग र शिक्षकहरूलाई लैङ्गिक रूपान्तरणकारी समावेशी शिक्षाशास्त्र लागू गर्ने भन्ने विषयमा प्रशिक्षण दिने कार्य भइरहेको बाँके युनेस्को क्लबले जनाएको छ ।
तीन दिनसम्म चल्ने सो तालिममा बर्दियाको मधुवन र राजापुर नगरपालिकाका १० वटा विद्यालयका शिक्षकहरू सहभागी हुनुहुन्छ । सो तालिममा सेवानिवृत्त शिक्षा प्रमुख नीलकण्ठ रेग्मीले सहजीकरण गरिरहनु भएको छ ।
सो ता...









