सिराज खान
नेपालगन्ज, फागुन १७ । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल विरुद्ध सामाजिक सञ्जाल मार्फत लगाईएको आरोपमा कुनै सत्यता नभएको र सो आरोप चरित्र हत्या गर्न लगाईएको शिक्षा विकास तथा समन्वय इकाइ बाँकेले प्रष्ट पारेको छ ।
कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले बाँकेका प्रमुख जिल्ला अधिकारी रिजालले कक्षा १० को एसइइको परिक्षा केन्द्र निर्धारण गर्दा केही संस्थागत विद्यालयसँग सौदावाजी गरेको आरोप लगाउँदै सामाजिक सञ्जाल फेसबुकमा लेखेपछि शिक्षा विकास तथा समन्वय इकाइ बाँकेले शनिवार एक प्रेस विज्ञप्ती निकालेर सो आरोपमा कुनै पनि सत्यता नभएको जनाएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ बाँकेले प्रकाशित गरेको बिज्ञप्तीमा बिना आधार प्रमाण केही व्यक्तिद्धारा प्रमुख जिल्ला अधिकारीको चरित्र हत्या गरिएको जनाउँदै त्यस्तो कार्यविरुद्ध खेद प्रकट गरेको छ ।
बिज्ञप्तीमा भनिएको छ–‘सामाजिक ...
समाचारदाता
नेपालगन्ज, फागुन १५ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिका स्वास्थ्य शाखासंगको संयुक्त आयोजनामा मधुवन नगरपालिकामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार र अपाङ्गता मैत्री स्वास्थ्य सेवा सम्बन्धी स्वास्थ्य सेवा प्रदायकहरूलाई तालिम प्रदान गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरिरहेको सशक्त बालिका परियोजना अन्तर्गत सो तालिम सम्पन्न गरेको हो । सो तालिममा मधुवनका स्वास्थ्य इकाइ, स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्रका गरी जम्मा १९ जना सहभागीहरूले सक्रिय सहभागिता जनाएका थिए ।
अपाङ्गता, किशोरीमैत्री सेवा, बालिकाको यौन तथा प्रजनन स्वास्थ्य अधिकार, यौन तथा प्रजनन स्वास्थ्य सेवामा पहुँचका साथै सेवा लिन आएका बिरामीले सुरक्षित, भयरहित वातावरणमा बालस्वास्थ्य सेवा लिन पाउने बारेमा जानकारी गराउने उदेश्यले सो तालिम सञ्चालन गरिएको बाँके युनेस्को क्लबका ...
समाचारदाता
नेपालगन्ज, फागुन १४ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिकामा किशोरीहरुकालागि मानसिक स्वास्थ्य र मनो–सामाजिक मनोपरामर्श तालिम सम्पन्न गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत सो तालिम सम्पन्न गरिएको हो ।
बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले किशोरीहरूलाई व्यक्तिगत, सामाजिक र मनोवैज्ञानिक चुनौतीहरू सामना गर्न आवश्यक सीप, ज्ञान र भावनात्मक सहनशीलता प्रदान गर्दै उनीहरूमा आत्म–विश्वास र आत्म–सम्मान निर्माण गर्ने उदेश्यले सो तालिम सञ्चालन गरिएको बताउनुभयो ।
तालिममा किशोरीहरुको आत्म–मूल्यलाई प्रोत्साहन दिने, सचेत निर्णय लिन सशक्त बनाउने, सामना गर्ने रणनीतिहरू, सञ्चार र अन्तरव्यक्तिगत सीपहरू विकास गर्ने, मानसिक स्वास्थ्यको चेतना फैलाउने, समस्या समाधान र निर्णय लिने क्षमता विकास गर्ने गरि ...
ब्लु हाउस बन्यो च्याम्पियन, अभिावकहरुले पनि खेल खेलेर रमाए
समाचारदाता
नेपालगन्ज, फागुन १३ । पचास भन्दा बढी खेलकुद प्रतियोगिताको आयोजना गरेर बिद्यालयका बालबालिकादेखि अभिभावक माता पिता समेतलाई खेलमा सहभागि गराई सोफिया रेजिडेन्सियल ईंगलिस स्कुलले मंगलवार १८ औँ खेलकुद दिवस भव्यताका साथ सम्पन्न गरेको छ ।
स्कुलको सुविधासम्पन्न खेल मैदानमा सम्पन्न गरिएको खेलकुद दिवसमा विभिन्न विधामा खेलाइएका ५० भन्दा बढी खेलकुद प्रतियोगिताका विजेतालाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरियो ।
विभिन्न प्रतियोगितामा सबैभन्दा बढी पदक र अंक प्राप्त गरेर ब्लु हाउसले खेलकुद दिवसको उपाधी जित्न सफल भई च्याम्पियन बन्न सफल भयो ।
विभिन्न खेलहरुमा पहिलो, दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका आन्तरिक मामिलामा तथा कानुन मन्त्री आदेश अग्रवाल, स्कुलका अध्यक्ष...
समाचारदाता
नेपालगन्ज, फागुन १३ । बाँके युनेस्को क्लबले बर्दिया मधुवन नगरपालिकाका युवालाई लक्षित गरेर ठाकुरद्धारामा तीन दिने बाल बेचबिखन विरुद्धको सचेतनामूलक र घट्ना रिपोर्टिङ तालिम सुरु गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत मधुवन नगरपालिकाका युवा स्वयंसेवक र युवा दूतहरुकालागि बाल बेचबिखन विरुद्धको सो तालिम सुरु गरेको हो । उक्त तालिम तीन दिनसम्म चल्नेछ ।
तालिमको मुख्य उद्देश्य युवा दूतहरूलाई बाल बेचबिखन लगायत बाल संरक्षणको ज्ञान दिनुका साथै सशक्त बनाउनु र उनीहरूलाई उपयुक्त प्रतिवेदन संरचना र संयन्त्रहरू मार्फत बाल बेचबिखन लगायत सुरक्षा उलंघनका घटनाहरू विश्वस्त रूपमा रिपोर्ट गर्न सक्षम पार्नु रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
उहाँले सो तालिममा ५ जना पुरुष र १५ जना महिला गरी जम्मा २० जना युवा दूतहरुको...
समाचारदाता
नेपालगन्ज, फागुन १२ । बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकामा बाँके युनेस्को क्लबले सीप विकास तालिम सञ्चालन गरेको छ ।
प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा सञ्चालित ग्रिन इकोनोमि परियोजना अन्तर्गत दुबै नगरपालिकामा एकै पटक सीप विकास तालिम शुरु गरिएको क्लबका अध्यक्ष रवि कुमार तुलाधरले बताउनुभयो ।
ठाकुरबाबा नगरपालिकामा तालिमको उदघाटन ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्साल र उपमेयर बिना कुमारी भट्टराईले गर्नुभयो ।
तालिमको शुभारम्भ गर्दै ठाकुरबाबा नगरपालिकाका मेयर लम्साल र उपमेयर भट्टराइले तरकारी र अन्य उत्पादनमा अत्याधिक रासायनिक विषादीको प्रयोगले हुने हानिकारक असरलाई ध्यानमा दिएर विषादीरहित उत्पादन गर्नुपर्ने बताउनुभयो ।
उहाँहरुले हरित व्यापार प्रवद्र्धनका लागि स्थानीय सरकारबाट हरेक प्रकारको सहयोग गर्ने प्रतिबद्धता पनि सो अवसरमा व्यक्त गर्नुभयो...
समाचारदाता
नेपालगन्ज, फागुन ९ । बर्दियाको बढैयाताल गाउँपालिका अन्तर्गत नौ वटै वडाका स्वास्थ्य चौकी प्रमुख, प्रतिनीधी तथा स्वास्थ्य सेवा प्रदायककालागि दुई दिने प्रशिक्षण सम्पन्न भएको छ ।
स्वास्थ्य सेवालाई सरल र व्यवस्थ्यित बनाउनकालागी प्लान इन्टरनेसनल नेपाल र बाँके यूनेस्को क्लबको साझेदारीमा शसक्त बालिका परियोजना अन्तर्गत सो प्रशिक्षण सञ्चालन गरिएको हो ।
स्वास्थ्य सेवा प्रदान गर्दा अपाङ्गमैत्री, किशोरकिशोरी मैत्री सेवा, किशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका साथै यौन तथा प्रजनन स्वास्थ्य सेवामा पहुच, नीती निर्देशिका बारे जानकारी गराउने उद्देश्यले संचालित सो तालिममा स्वास्थ्य शाखा, स्वास्थ्य चौकि तथा आधारभूत स्वास्थ केन्द्रका २० जनाको सहभागिता रहेको थियो ।
प्रशिक्षण कार्यक्रममा कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस, सेवा लिन आएका विरामीहरुले सुरक्षीत र भयरहीत बाता...
पालिकास्तरीय पोषण लेखाजोखा तथा समिक्षा गोष्ठि सम्पन्न
समाचारदाता
नेपालगन्ज, फागुन ८ । बाँकेको डुडुवा गाउँपालिकामा पालिकास्तरीय पोषण लेखाजोखा तथा समिक्षा गोष्ठि सम्पन्न भएको छ ।
केयर नेपाल, आइडि नेपालसंगको साझेदारीमा बी–ग्रुपद्धारा बाँकेमा संचालित पोषण परियोजनाको आर्थीक सहयोग र डुडुवागाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सो गोष्ठि विहिवार सम्पन्न भएको हो ।
डुडुवा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष पटेश्वर कुर्मीको अध्यक्षतामा सम्पन्न भएको सो गोष्ठिमा गाउँपालिकामा रहेका ६ देखि ५९ महिनाका बालबालिकाहरुको पोषण लेखाजोखा प्रस्तुत गनुृका साथै उनिहरुको व्यवस्थापनको बारेमा बिस्तृत छलफल भएको थियो ।
कार्यक्रममा बालबालिकाको पोषण लेखाजोखा प्रस्तुत गर्दै गाउँपालिकामा कडा सिघ्र कुपोषण भएका ३२ जना बालबालिका भेटिएको र २१४ जना मध्यम सिघ्र कुपोषण भएका बालालिका भेटिएको जानकारी गराईएको थियो ।
कडा सि...
समाचारदाता
नेपालगन्ज, फागुन ७ । किशोरीहरुको नेत्तृव विकास, क्षमता अभिबृद्धि तथा उत्प्रेरणाकालागि गुलरिया नगरपालिका वडा नम्बर ५ सफलता किशोरी क्लवकी अध्यक्ष निशा चौधरीले शिक्षा विकास तथा समन्वय इकाइ बर्दियाको नमुना प्रमुखको जिम्मेवारी एक दिनका लागि सम्हाल्नु भयो ।
प्लान ईन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लवद्धारा सञ्चालित शसक्त बालिका परियोजनाले शिक्षा विकास तथा समन्वय इकाइ बर्दियाको सहकार्यमा गल्र्स टेक ओभर अन्तर्गत समन्वय प्रमुख सुर्य बहादुर खत्रीको अध्यक्षतामा सो कार्यक्रम संचालन भएको थियो ।
उक्त गल्र्स टेकओभर कार्यक्रममा गुलरिया नगरपालिका भित्रका ६ वटा किशोरी क्लवका किशोरीहरुको उपस्थिती रहेको थियो । सो गल्र्स टेकओभर कार्यक्रममा किशोरीहरुले नमुना समन्वय प्रमुखलाई शिक्षा संग सम्बन्धित जिज्ञाशाहरु राखेका थिए ।
समन्वय ईकाइले अपागंता भएका बालबालिकाहरुको शिक्षण सिकाईमा कसरी...
समाचारदाता
नेपालगन्ज, फागुन ६ । पश्चिम नेपालकै प्रमुख सहर नेपालगन्जको फोहोर व्यवस्थापन राम्रोसंग हुन नसक्दा नगरको सरसफाई र स्वच्छतामा कमी कमजोरी देखिएकोले फोहोर व्यवस्थापनमा बिशेष ध्यान दिनुपर्नेमा एक कार्यक्रममा बिशेष जोड दिईएको छ ।
एएफडी र एमडिएम फ्रान्सको साझेदारीमा बी–ग्रुपले बाँकेमा सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ को सहयोगमा मंगलवार यहाँ आयोजना गरिएको सार्वजनिक निजि साझेदारी मञ्चको बैठकका सहभागिहरुले सो कुरामा जोड दिएका हुन् ।
नेपालगन्ज उपमहानगरपालिकाको वातावरण तथा विपद व्यवस्थापन समितिका संंयोजक वडा नम्बर ६ का वडा अध्यक्ष समिर प्रताप सिंहको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा सहभागि अधिकांशले पछिल्लो समयमा आएर नेपालगन्जको सरसफाई खस्किंदै गएकोले सो बारेमा सम्बन्धित निकायले तत्काल ध्यान दिनु पर्ने बताएका थिए ।
पेशागत स्वास्थ्य सुुरक्षा निर्देशिका का...