समाचारदाता
नेपालगन्ज, फागुन ५ । विद्यालयको हरेक सुचनालाई व्यवस्थित तरिकाले राख्न सहयोग पुग्ने उदेश्यले बर्दिया जिल्लाका शिक्षकहरुलाई एकिकृत शैक्षिक सुचना तथा व्यवस्थापन प्रणाली व्यवस्थापन तालिम दिइएको छ ।
दुईदिनसम्म चलेको सो तालिम प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लव, राधाकृष्ण थारु जनसेवा केन्द्र र बिग्रुपको आर्थिक र प्राविधिक सहयोगमा संचालन गरिएको थियो ।
विद्यालयका हरेक भौतिक संरचना, विद्यार्थी संख्या, सवै सूचनाहरु एकीकृत रुपमा चुस्तदुरुस्त राख्ने हेतुले सरकारले एकिकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली लागु गरेको छ ।
शिक्षा विकास तथा समन्वय इकाई बर्दियाको आयोजना शिक्षा तथा मानव स्रोत विकास केन्द्र काठमाडौंको सहयोगमा सञ्चालित उक्त तालिममा बर्दिया जिल्लाका ८ वटै स्थानिय तहका शिक्षा युवा तथा खेलकुद शाखाका कर्मचारी, प्रत्येक पालिकाका ३–३ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।
स...
समाचारदाता
नेपालगन्ज, फागुन ४ । स्थानीय तहको योजना निर्माण प्रक्रियामा बालिकाहरुको सहभागिता र सवालको विषयमा बर्दियाको मधुवन नगरपालिका–१, पत्थरबोझीमा आयोजना गरिएको दुई दिने बालिका सम्मेलन २०८१ सम्पन्न भएको छ ।
बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत बालिकाको अधिकार, समस्या, चुनौती र स्थानीय तहको योजना प्रक्रियामा उनिहरुलाई सहभागि गर्ने लगायतका विषयमा केन्द्रित रहेर सो सम्मेलन आयोजना गरिएको थियो ।
सो सम्मेलनको मुख्य उद्देश्य बालिका सशक्तिकरण, बाल तथा किशोर अधिकार, किशोरकिशोरीका समस्या र स्थानीय तहको योजना प्रक्रियामा उनिहरुको सहभागिता बढाउने रहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
उहाँले सम्मेलनले ६ बुँदे संकल्प तयार गरेर सो संकल्पलाई पारित समेत गरेको बताउनुभ...
समाचारदाता
नेपालगन्ज, माघ २५ । केही दिन पहिलेसम्म ठाउँ ठाउँमा फोहोरको थुप्रो देखिने र जहाँ पायो त्यही फोहोर फालेको पाइने नेपालगन्जको मुटु मानिने त्रिभुवन चोक अहिले निकै सफा र व्यवस्थित देखिन्छ । नगर भवन अस्थायी प्रहरी पोष्टमा असई कुल बहादुर बिक आएपछि उहाँको पहल र अग्रसरतामा त्रिभुवन चोक सफा मात्र नभई चोकको ट्राफिक व्यवस्थापन समेत चुस्त दुरुस्त भएको स्थानीयले जनाएका छन् ।
असई बिकको पहल र अग्रसरतामा त्रिभुवन चोक र सो वरिपरिको क्षेत्रमा सरसफाईको निकै राम्रो व्यवस्था भएको जनाउँदै चोकमै पसल भएका राकेश कुमार गुप्ताले उहाँले आफै फोहोर हटाई अरुलाई पनि फोहोर जथाभावि नफाल्न र सफाई राख्न आग्रह गर्नु भएकोले नै अहिले चोक निकै सफा देखिएको बताउनुभयो । गुप्ताले असई बिक त्रिभुवन चोकमा आएयता सरसफाईको राम्रो व्यवस्था हुनुका साथै चोकको ट्राफिक व्यवस्थापन समेत राम्रो भएको र जहाँ पाए त्यहाँ पार्किंग गर्ने कार...
समाचारदाता
नेपालगन्ज, माघ २२ । केयर नेपाल र आइडी नेपालको सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह बी–ग्रुपले बाँकेको बैजनाथ गाउँपालिकामा सञ्चालन गरेको पोषण परियोजनाको अनुगमन तथा समिक्षा बैठक मंगलवार सम्पन्न भएको छ ।
बैजनाथ गाउँपालिका परियोजना सल्लाहकार समितिका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीको अध्यक्षतामा परियोजनाको अनुगमन भ्रमण तथा समिक्षा बैठक सम्पन्न भएको हो ।
पालिकाको परियोजना सल्लाहकार समिति लगायतको सहभागितामा बैजनाथ ८ को फत्तेपुर र टिटिहिरीयामा पोषण परियोजना अन्तर्गत सञ्चालन गरिएका कार्यक्रमको अवस्था बुझ्नुका साथै समिक्षा बैठक पनि सम्पन्न गरियोे ।
सो क्रममा अनुगमन टोलीले बैजनाथ ८ फत्तेपुरमा रहेको चेतनशिन स्वास्थ्य आमा समुहसंग कार्यक्रम बारे छलफल गर्नुका साथै उनिहरुले बनाएको पोषण बगैंचाको समेत अनसगमन गरेको थियो ।
सो अवसरमा पोषण सम्बन्धि गतिविधिहरुका बारेमा बिस्...
सिराज खान
नेपालगन्ज, माघ १८ गते । जाडोको समयमा रक्तदान गर्नेहरु घट्दै गएपछि रगतको अभाव हुन थालेकोले सो अभाव टार्न एक कल्याणकारी संस्था वी लभ यू फाउन्डेशनले आयोजना गरेको रक्तदानमा एकै दिन १८४ जनाले रक्तदान गरेका छन् ।
वी लभ यू फाउन्डेसन पश्चिम क्षेत्रका प्रतिनिधी अनिल मोक्तानले दिनु भएको जानकारी अनुसार ६८० औं विश्वव्यापी रक्तदान अभियान अन्तर्गत फाउन्डेशनले रक्तदान कार्यक्रम आयोजना गरेको जनाउँदै नेपालगन्जमा गरिएको कार्यक्रममा १८४ जनाले एकैदिन रगतदान गरेका हुन् ।
सो रक्तदान कार्यक्रमबाट रगत अभावको बेला १८४ पिन्ट अर्थात ६४ हजार ४०० मिलिलिटर रगत संकलन गरिएको प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले बताउनुभयो ।
उहाँले सो कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्रले प्राविधिक सहयोग गरेको जनाउँदै यस्ता बृहत्त रक्तदानले अन्य संघसंस्थालाई पनि रगत दान गर्न उत्प्रेरणा दिने...
समाचारदाता
नेपालगन्ज, माघ १८ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेले बाँके युनेस्को क्लबको सहकार्यमा पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप अभियानलाई सफल पार्न मुस्लिम समुदायका धर्मगुरुहरु र मुस्लिम शिक्षकहरूसंग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
माघ २२ गतेदेखि ६ फागुनसम्म बाँकेका सबै पालिकामा सञ्चालन गरिने खोप अभियानका बारेमा मुस्लिम धर्मगुरु र शिक्षकहरुलाई जानकारी गराई सबैको सहभागिता सुनिश्चित गराउन छुट्टा छुट्टै छलफल कार्यक्रम आयोजना गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
उहाँले छलफल मुख्यतया १० देखि १४ वर्षका र कक्षा ६ देखि १० सम्मका मुस्लिम बालिकाहरूलाई खोप अभियानमा शतप्रतिशत संलग्न गराउने रणनीतिहरूमा केन्द्रित रहेको बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीको अध्यक्षतामा भएका ती दुबै कार्यक्रममा सहभाग...
सिराज खान
नेपालगन्ज, माघ ५ । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल बीच पाल्पा जिल्लाको तिनाउँ गाउपालिका वडा नं ३ स्थित लुम्विनी केबलकार बुटवल हिलको सभाहलमा डिआईजी स्तरीय छैठौँ समन्वयात्मक बैठक शुक्रवार सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयले आयोजना गरेको उक्त समन्वयात्मक बैठकको नेतृत्व नेपालको तर्फबाट नं ५ बिन्ध्यावासिनी बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रदिप कुमार पालले गर्नुभएको थियो भने र भारततर्फबाट उक्त समकक्षी बैठकको नेतृत्व भारतीय सशस्त्र सीमा बलको सेक्टर हेडक्वाटर लखीमपुर खिरीका डिआईजी बी विक्रमन तथा सेक्टर हेडक्वाटर गोरखपुरका डिआईजी मुन्ना सिंहले गर्नुभएको थियो ।
बैठकमा नं ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीना लगायत बाहिनी मातहत गणपति र ...
सीमा क्षेत्रमा शौचालय, खानेपानी ट्यांकी र प्रतीक्षालय निर्माण
सिराज खान
नेपालगन्ज, माघ ३ गते । ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सञ्चालन गरिरहेको सशस्त्र प्रहरीले बाँकेको पूर्वि सीमा क्षेत्रमा आवागमन गर्नेहरुको सुविधाका लागि शौचालय, खाने पानी ट्यांकी र प्रतीक्षालय निर्माण गरेकोे छ ।
सो कार्यक्रम अन्तर्गत सीमा क्षेत्रमा आवागमन गर्ने दुबै देशका नागरिकको सहुलियतका लागि नरैनापुर र डुडुवा गाउँपालिकासंगको संयुक्त सहकार्यमा नाकामा शौचालय, खानेपानी ट्यांकी र सार्वजनिक चौतारोको निर्माण गरिएको जानकारी सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरीका प्रमुख प्रहरी उपरिक्षक बिमल डाँगीले बताउनुभयो ।
भारतसँग सीमा जोडिएको बाँकेको नरैनापुर १ सुईया बगौडा नाकामा निर्माण गरिएको शौचालय र खानेपानी ट्यांकी तथा डुडुवा गाउँपालिका १ खडैचा नाकामा निर्माण गरिएको प्रतीक्षालय र खानेपानी ट्यांकीको छुट्टा छुट्टै...
समाचारदाता
नेपालगन्ज, पुस २५ । सशस्त्र प्रहरीले सीमावासीसंग सम्बन्ध बिस्तार गर्न सञ्चालन गरेको ‘सीमावासीसंग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत बाँकेको दुर्गम र कम विकसित क्षेत्र मानिने नरैनापुरको नाकामा रहेका विपन्न बालबालिकालाई शैक्षिक तथा खेलकुद सामाग्री बितरण गरिएको छ ।
नरैनापुर गाउँपालिकाको वडा नम्बर ४ स्थित नेपाल भारत नाकामा रहेको घोरदौडिया गाउँमा रहेको राष्टिय आधारभूत बिद्यालयमा अध्ययनरत २०० जना बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका प्रमुख एसपी बिमल डाँगीले बताउनुभयो ।
उहाँले ‘सीमावासीसंग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत नाका नजिकका नेपाली वासिन्दासंग छलफल, भेटघाट, अन्तरक्रिया र अन्य गतिविधी गरेर नागरिक र प्रहरीको सम्बन्ध सुदृढ पार्दै गएको जनाउँदै सोही अन्तर्गत शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको बताउन...
समाचारदाता
नेपालगन्ज, १६ पुस । बाँकेको नरैनापुर गाँउपालिकामा मंगलबार देखि अन्तर वडा स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८१ सुरु भएको छ । भेरी रकर्स स्पोर्ट क्लबको आयोजना र नरैनापुर गाँउपालिकाको सहयोगमा संचालित प्रतियोगिताको नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले उद्घाटन गर्नु भएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष शाहले नरैनापुर गाँउपालिकाले खेलकुदलाई हेर्ने र बुझ्ने दृष्टिकोण अझ फराकिलो बनाउँदै लैजाने बताउनु भएको छ । उहाँले भन्नुभयो,“हामी खेलकुद आम नागरिकको पहुँचमा हुनुपर्छ भन्ने ढंगले यसको बिकासमा लाग्छौ अबको खेलकुद ग्रामीण स्तरसम्म महसुस गर्ने खालको हुनेछ ।”
कार्यक्रमका नरैनापुर वडा नं ६ का अध्यक्ष प्रेम मौर्यले खेलकुद राष्ट्रको शान र पहिचान भएकाले यसको गरिमालाई सदैव उच्च राख्नु पर्ने बताउनु भएको छ । आपसी भाईचार, एकताको सन्देश, राष्ट्रको समृद्धि र राजनीतिको ...