समाचारदाता
नेपालगन्ज, जेठ २७ । अत्यधिक गर्मीका कारण ज्याला मजदुरी गर्न नपाएर पिडित बनेका कैलालीको धनगढी उपमहानगरका ५५ अति विपन्न, गरिब र दलित मजदुर परिवारलाई राहातस्वरुप बाँके युनेस्को क्लबले खाद्य सामाग्री बितरण गरेको छ ।
स्टार्ट फण्ड युके एडको सहयोग र कतार च्यारिटि नेपालको साझेदारीमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको तातो हावा परियोजना अन्तर्गत धनगढीस्थित सिद्धनाथ र भवानी माविमा अध्ययनरत अति विपन्न, गरिब, दलित र पिछिडिएका बालबालिकाका ५५ परिवारलाई खाद्य सामाग्री बितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
उहाँले ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने अति विपन्न र गरिब र दलितहरुलाई चर्को गर्मीको बेला हुने स्वास्थ्य जोखिमबाट जोगाउन र केही दिन घरमै बस्न सहज होस भन्ने उदेश्यले खाद्यान्न बितरण गरिएको बताउनुभयो ।
बिद्यालयमा आयोजित कार्यक्रममा धनगढी उपमहानगरका प्रमुख...
समाचारदाता
नेपालगन्ज, जेठ २४ । बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको तातो हावा परियोजना अन्तर्गत कैलालीको धनगढीस्थित दुईवटा बिद्यालयका बिद्यार्थिहरुलाई गर्मीबाट जोगाउने अत्यावश्यक सामग्री वितरण गरिएको छ ।
बिद्यालयका बालबालिकालाई अत्यधिक गर्मीबाट जोगाउन क्लबले युके एड स्टार्ट फण्डको सहयोग र कतार च्यारिटी नेपालसँगको सहकार्यमा सञ्चालन गरेको सो परियोजना अन्तर्गत धनगढीको भवानी माबि र सिद्धनाथ माबिका ८६५ बालबालिकालाई छाता, पानी पिउने बोतल, जीवन जल (ओआरएस) र ग्लुकोज पाउडर जस्ता अत्यावश्यक सामग्री वितरण गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षको अध्यक्षतामा वडा अध्यक्ष, प्रधानाध्यापक, शिक्षक तथा कतार च्यारिटी र बाँके युनेस्को क्लबका प्रतिनिधिहरुको उपस्थितिमा दुवै विद्यालयका विद्यार्थीहरुलाई अत्यावश्यक सामग्री वितरण गरिएको थियो ।
कतार च्यारिटीका परियोजना संयोजक केफस महर्जनले विद्यार्थीह...
समाचारदाता
नेपालगन्ज, जेठ २३ । बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको तातो हावा परियोजना अन्तर्गत बिद्यालयका बालबालिकालाई गर्मीबाट जोगाउने अत्यावश्यक सामग्री वितरण गरिएको छ ।
बिद्यालयका बालबालिकालाई अत्यधिक गर्मीबाट जोगाउन क्लबले युके एड स्टार्ट फण्डको सहयोग र कतार च्यारिटी नेपालसँगको सहकार्यमा सञ्चालन गरेको सो परियोजना अन्तर्गत बर्दियाको गुलरियास्थित श्री नेपाल राष्ट्रिय शम्भुशरण माबि र जानकी माबिका १२३० बालबालिकालाई छाता, पानी पिउने बोतल, जीवन जल (ओआरएस) र ग्लुकोज पाउडर जस्ता अत्यावश्यक सामग्री वितरण गरेको छ ।
वितरण कार्यक्रममा गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष, वडा अध्यक्ष, प्रधानाध्यापक र शिक्षकहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा बोल्दै गुलरिया नगरपालिकाका मेयर यादवले तराई क्षेत्रमा अत्याधिक गर्मीको समयमा जोखिममा परेका बालबालिकालाई राह...
समाचारदाता
नेपालगन्ज, जेठ २२ । बाँके, बर्दिया र कैलालीका पाँच वटा पालिकामा सञ्चालन गरिएको ‘तातो हावा परियोजना’ अन्तर्गत विपन्नलाई गर्मी र लु बाट जोगाउन बिभिन्न कार्यहरु भइरहेका छन् ।
स्टार्ट फण्ड नेटवर्क युके एडको सहयोग र कतार च्यारिटिको साझेदारीमा बाँके युनेस्को क्लबले संचालन गरेको सो परियोजना अन्तर्गत कक्षाकोठामा गर्मी कम गर्न र आरामसँग शिक्षा प्राप्त गर्न तीन जिल्लाका दशवटा विद्यालयमा ३५० वटा सिलिङ्ग फ्यान जडान गरि विद्यालयका बालबालिकालाई गर्मीबाट बच्न छाता, खानेपानीको बोतल, ओआरएस र ग्लुकोज पाउडर वितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
उहाँले विद्यालय परिसरमा पानीको सहज पहुँचका लागि दसवटा विद्यालय परिसरमा १० वटा पानी कुलिङ वाटर सिस्टम जडान गरिएको र पाँच वटा सार्वजनिक स्थानमा पनि कुलिङ वाटर सिस्टम जडान गरिएको बताउनुभयो ।
सोही प्रकारले खाद्यान्नमा पहुचको ला...
समाचारदाता
नेपालगन्ज, जेठ १९ । नेपालगन्जका चर्चित समाजसेवी राजा खानले नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा रहेको मदरसा लिलबनात बालिका विद्यालयका विपन्न बालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गर्नु भएको छ । बालबालिकाहरुको शैक्षिक गुणस्तरीय अभिवृद्धिकालागि शैक्षिक समाग्री बितरण गरीएको जनाईएको छ।
बालिकाहरुको समग्र शिक्षामा सुधार तथा शिक्षा क्षेत्रलाई मजबुत पार्ने उद्देश्यका साथ हाल अमेरिकामा रहनु भएका नेपालगन्जका समाजसेवी खानले शैक्षिक सामग्री समाजसेवि जावेद अलि मार्फत बिद्यार्थीहरुलाई बितरण गराउनु भएको हो । बितरण गरिएको सामाग्रीमा ब्याग, बेन्च १० थान, वाइट बोर्ड ३ थान, कुर्सि १ थान, पानी डिस्पेन्शर मेशिन १ थान लगायतका शैक्षिक सामग्रीहरु रहेको थियो । ती सामाग्री मदरसालाई हस्तान्त्रण गरिएको छ ।
२०० जना बालिकाहरु अध्ययनरत रहेको सो विद्यालयमा ६ जना शिक्षकले उक्त मदरसामा अध्यापन गराई रहनु भएको इर...
समाचारदाता
नेपालगन्ज, जेठ १९ । बाँके युनेस्को क्लब र मधुवन नगरपालिका शिक्षा इकाईको आयोजनामा बर्दियाको मधुवन नगरपालिकामा स्थानीय एकीकृत पाठ्यक्रमबारे तीन दिने कार्यशाला आयोजना गरिएको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा सञ्चालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत सो कार्यशाला सञ्चालन गरिएको हो ।
एकीकृत पाठ्यक्रम र गुणस्तरीय शिक्षाको महत्व बारे आवश्यक सीप र ज्ञान प्रदान गर्ने उद्देश्यले संचालित सो कार्यशालामा बोल्दै मधुवन नगरपालिकाका उपमेयर अनिता चौधरीले विद्यालयमा गुणस्तरीय शिक्षा सुधार र एकीकृत पाठ्यक्रम लागू गर्न सबै शिक्षकलाई अनुरोध गर्नु भयो ।
कार्यक्रममा मधुवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले वर्तमान परिस्थितिमा शिक्षाको महत्वबारे प्रकाश पार्दै एकीकृत पाठ्यक्रम, शिक्षक निर्देशिका र पाठ्यक्रमलाई राम्रोसँग कार्यान्वयन गर्न शिक्षकलाई उत्प्रेरित गर्नु ...
समाचारदाता
नेपालगन्ज, जेठ १८ । बाँके युनेस्को क्लबद्धारा बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकामा सञ्चालन गरिएका हस्तकलाको सामाग्री बनाउने व्यवसायीक सीप विकास तालिम, गड्यौला मल बनाउने तालिम र अर्गानिक तरकारी खेती तालिम सम्पन्न भएका छन् ।
क्बलले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरेको ग्रीन इकोनोमि परियोजना अन्तर्गत ती तालिमहरु सञ्चालन गरिएका थिए ।
ठाकुरबाबा र राजापुर दुबै नगरपालिकामा क्लबका वरिष्ठ उपाध्यक्ष पंचम गुरुङको अध्यक्षतामा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेर तालिमका सहभागिहरुलाई प्रमाणपत्र बितरण गरियो ।
ठाकुरबाबामा प्रमाणपत्र बितरण गर्दै ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले व्यवसायिक तालिमको आयोजना गरेकोमा प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबलाई धन्यवाद दिँदै युवाले आफुले सिकेको सीप र ज्ञानलाई निरन्तरता दिदै आफ्नो व्यवसायलाई सुदृढ पार्नुपर्नेमा दिनु...
समाचारदाता
नेपालगन्ज, जेठ १६ । १० औं महिनावारी स्वच्छता दिवसको अवसरमा महिनावारी मैत्री विश्वब्यापी हातेमालो भन्ने मुल नाराका साथ बर्दियामा किशोरीहरुकालागि महिनावारी स्वच्छता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
गुलरिया नगरपालिका भित्रका किशोरी क्लवका किशोरीहरुकालागि महिनावारी स्वच्छता सम्बन्धी एक दिने अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।
प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लवद्धारा सञ्चालित बालिका सशक्त परियोजना अन्तर्गत गुलरिया नगरपालिका र स्वास्थ्य कार्यालयको समन्वयमा किशोरीहरुलाई मर्यादित महिनावारीको अभियान संचालनकालागि सो कार्यक्रम संचालन गरिएको परियोजनाका संयोजक गोबिन्द प्रसाद लामिछानेले बताउनु भयो ।
उहाँले महिनावारीको विषयमा समुदायमा विद्यमान रहेको नकारात्मक धाराणाहरुलाई चिर्दै सकारात्मक सोचको विकास गर्न कार्यक्रम सञ्चालन गरिएको जन...
समाचारदाता
नेपालगन्ज, जेठ १० । थारु समुदायमा बाल विवाह न्यूनिकरण अभियानलाई प्रभावकारी बनाउन बरघरहरुसंग साझेदारी गरेर अगाडी बढ्नुपर्नेमा बिशेष जोड दिईएको छ ।
थारु आयोगले नेपालगन्जमा प्लान इन्टरनेशल नेपालसँगको सहकार्यमा आयोजना गरेको ‘बाल विवाह न्यूनीकरणमा बरघरको भूमिका विषयक’ प्रादेशिक गोष्ठीमा सहभागि बाँके, बर्दिया, सुर्खेत र दाङका बरघर थारु लगायतले समुदायमा व्याप्त रहेको बालविवाह, भागी विवाह, चाँडो विवाह अन्त्यका लागि बरघरको भुमिका महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो ।
उहाँहरूले बालविवाह न्यूनीकरण गर्नका लागि बनेका ऐन, कानुनहरू प्रभावकारी नहुँदा समाजका कुसंस्कार, कुरीतिको रूपमा रहेको बालविवाहको अन्त्य हुन नसकेको औल्याए ।
कार्यक्रममा आफ्ना धारणा राख्दै थारु आयोगका अध्यक्ष बिष्णु प्रसाद चौधरीले बाल विवाह न्यूनीकरण गर्न बरघर ऐन आवश्यक रहेको बताउनुभयो । थारु समुदायमा व्याप्त रहेको बालविव...
बिग्रुपद्धारा स्वास्थ्य बीमाको अवस्था बारे भेरी अस्पतालमा अनुगमन
सिराज खान
नेपालगन्ज, जेठ १० । स्वास्थ्य उपचारमा सहजता र सरलताकालागि स्वास्थ्य बीमा गराएर यहाँस्थित भेरी अस्पतालमा उपचार गराउन पुगेका यस क्षेत्रका अधिकांश बिरामीहरुले सेवा प्रवाह बारे गुनासै गुनासा गरेका छन् ।
भेरी अस्पतालको बीमा काउण्टर र औषधी वितरण काउण्टरमा भेटिएका अधिकांश बिरामीले कर्मचारीको व्यवहार रुखो भएको, अस्पताल भित्रै रहेका विभिन्न परिक्षणका लागि बाहिर पठाउने गरिएको, निशुल्क पाउने अधिकांश औषधी नदिने गरिएको, बीमा गराएका बिरामीको पालो पछि पार्ने गरिएको र जेष्ठनागरीक, अपाङ्गता भएका लगायतका लागि छुट्टै व्यवस्था नरहेको गुनासो गरेका छन् ।
एमडीएम फ्रान्सको आर्थिक सहयोगमा भेरी वातावरणीय विशिष्टता समुह बि ग्रुपद्धारा बाँकेका तीनवटा पालिकामा सञ्चालन गरिएको पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत अनुगमन गर्न...