७ चैत्र २०८२, शनिबार

ताजा-अपडेट

तलब माग्दै नेपालगञ्ज मेडिकल कलेजका चिकित्सकहरु आन्दोलनमा

तलब माग्दै नेपालगञ्ज मेडिकल कलेजका चिकित्सकहरु आन्दोलनमा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, जेठ १२ गते । चार महिनादेखि तलवभत्ता नपाएको गुनासो गर्दै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलनको पहिलो दिन विहीबार उनिहरुले अस्पताल प्रशासन अगाडि एक घण्टा धर्ना बसेका थिए । विहान ९ बजेदेखि १० बजेसम्म हातमा कालो पट्टी बाँधेर उनिहरु धर्ना बसेका थिए । नेपालगञ्ज मेडिकल कलेज प्राध्यापक परिषद्को अगुवाईमा आन्दोलन थालिएको परिषद्का अध्यक्ष डा विनोद महासेठले बताउनुभयो । शिक्षण अस्पतालका चिकित्सकहरुले मासिकरुपमा पाउनु पर्ने तलव माघ महिनादेखि नपाएको र प्रोत्साहन भत्ता रोकिएको पनि महिनौं वितिसकेकोले बाध्य भएर आन्दोलन गर्नुपरेको अध्यक्ष महासेठले बताउनुभयो । ‘अस्पताल जस्तो संवेदनशील थलोमा आन्दोलन गर्नु हाम्रो रहर हुँदै होइन परिषद्का अध्यक्ष महासेठले भन्नुभयो–‘अस्पताल प्रशासनले तलवभत्तानै नदिएपछि के गर्नु ?’ नेपालगञ्ज मेड...
क्षतिपुर्तिको माग गर्दै पिडितद्धारा कोहलपुरमा चक्काजाम, प्रहरीले बलप्रयोग गरेर जाम खोल्दै

क्षतिपुर्तिको माग गर्दै पिडितद्धारा कोहलपुरमा चक्काजाम, प्रहरीले बलप्रयोग गरेर जाम खोल्दै

ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, जेठ १२ । भारतीय नम्बरको ट्रकको ठक्करबाट मारिएका कोहलपुरका अटोचालकका परिवार र आफन्तले क्षतिपुर्ति र भारतबाट ट्रकका मालिकलाई झिकाउने माग गर्दै कोहलपुरमा चक्काजाम गरेका छन् । बुधबार दिउँसो कोहलपुरको पिपल चौतारा नजिकै पट्टा भाँचिएको भारतीय ट्रकले किच्दा मृत्यु भएका कोहलपुर १३ का राम सेवक थारुका आफन्तहरुले ईलाका प्रहरी कार्यालय कोहलपुर अगाडी विहिबार दिउँसोदेखि चक्काजाम गरेका छन् । दोषीलाई कारबाही, मृतकका परिवारलाई उचित क्षतीपूर्ती दिनुपर्ने लगायतका माग राखेर बुधवार दिनभरि पनि चक्काजाम गरेका उनिहरुले माग पुरा नभएपछि विहिबार पनि प्रहरी कार्यालय अगाडि चक्काजाम गरेका हुन्। कोहलपुर ईलाका प्रहरी कार्यालयले मृतकका आफन्तले शुरुमा एक करोड भारु क्षतिपुर्ति मागेको जनाउँदै तर अहिले २८ लाख रुपियाँमा झरेको तथा ट्रकको सञ्चालकले १० लाख रुपियाँ नेपाली भन्दा बढी दिननसक्ने ...
खजुरा गाउँपालिकाको पहिलो बैठकबाट वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण लगायतका जनमुखि निर्णय

खजुरा गाउँपालिकाको पहिलो बैठकबाट वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण लगायतका जनमुखि निर्णय

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, जेठ १० । खजुरा गाँउपालिकाको पहिलो बैठकले पालिकाले वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरण गर्ने निर्णय गरेको छ । सो बैठले पालिकाबाट बुझ्दै आएको सामाजिक सुरक्षा भत्ता बेंकहरुको समन्वयमा वडा कार्यालयबाटै वितरण गर्ने निर्णय गरेको खजुराका नवनिर्वाचित अध्यक्ष डम्बर विक तुफानले बताउनुभयो । बैठकले दिर्घरोगी र जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण निशुल्क र घरघरमै पुगेर गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो । अध्यक्ष तुफानका अनुसार बैठकले खजुरामा अभिभावक बिहिन बालबालिकाको पहिचान गर्ने र गाँउपालिकाले उनीहरुको अभिभावकत्व ग्रहण गर्ने पनि निर्णय गरेको छ । शहरिकण बढेसँगै गाँउपालिकामा फोहोर व्यवस्थापनको समस्या देखिन थालेको भन्दै बैठकले गाउँपालिकाका प्रवक्ता धनिराम ओलीको संयोजकत्वमा फोहर व्यवस्थापनका लागि ल्याण्डफिल साईडको जग्गा खोजि गर्न समित...
नरैनापुरमा अध्यक्षले पदभार ग्रहण गरेलगत्तै शिक्षालाई विशेष प्राथमिकतामा राखेर पहिलो दिन पाँच निर्णय गरे

नरैनापुरमा अध्यक्षले पदभार ग्रहण गरेलगत्तै शिक्षालाई विशेष प्राथमिकतामा राखेर पहिलो दिन पाँच निर्णय गरे

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, जेठ ९ । बाँकेको नरैनापुर गाउँपालिकामा पुनः विजयी हुनु भएका अध्यक्ष र उपाध्यक्ष लगायतका जनप्रतिनिधिले सोमवार पदभार ग्रहण गर्नुभएको छ । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, उपाध्यक्ष जयन्ती देवी श्रीवास्तव सहित ६ वटै वडाका अध्यक्षले सोमवार पदभार ग्रहण गर्नु भएको हो । गाउँपालिका अध्यक्ष शाहले पदभार ग्रहण गर्दै गर्दा ५ निर्णय गराउनु भएको छ। ती निर्णयहरुमा शिक्षालाई विशेष फोकस गरिएको छ । अन्य क्षेत्रमा केही विकास र प्रगति भएपनि शिक्षाको क्षेत्रमा भने अझै धेरै काम गर्न बाँकी रहेकोले शिक्षालाई बढी फोकस गरिएको पुनः निर्वाचित अध्यक्ष शाहले बताउनुभयो । आगामी आर्थिक वर्ष २०७९ । ०८० बाट कार्यान्वयन हुने गरी अध्यक्ष शाहले ५ निर्णयमा हस्ताक्षर गर्नुभएको छ । नरैनापुर गाउँपालिकाको बाँकी रहेका स्थानमा बिधुतिकरण कार्य सम्पन्न गरी प्रत्येक वडाको चौकमा हाइमाष्ट ...
नेपालगञ्जका मेयर उपमेयरले सपथ खाएलगत्तै पदभार ग्रहण गरे, पहिलो दिन ८ वटा निर्णय गरियो

नेपालगञ्जका मेयर उपमेयरले सपथ खाएलगत्तै पदभार ग्रहण गरे, पहिलो दिन ८ वटा निर्णय गरियो

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, जेठ ८ । नेपालगञ्ज उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राई लगायत जनप्रतिनिधीहरुले आइतवार सपथ लिएर कार्यभार समेत ग्रहण गरेका छन । बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट नगर प्रमुखमा निर्वाचित विष्टलाई मुख्य निर्वाचन अधिकृत एवम् बाँके जिल्ला अदालतका न्यायाधीश खडानन्द तिवारीले एक भव्य कार्यक्रमविच सपथ गराउनुभयो । सपथ लिएपछि विष्टले नवनिर्वाचित नगर उपप्रमुख कमरुद्दिन राई र २३ वटै वडाका अध्यक्ष र वडा सदस्यहरुलाई सपथ गराउनुभएको थियो । यसअघि सो सपथ ग्रहण कार्यक्रमको उदघाटन पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले गर्नु भएको थियो । सो अवसरमा बोल्दै उहाँले नेपालगञ्जको विकासका लागि आफुले निरन्तर सहयोग गरि राख्ने जनाउँदै संघ र प्रदेशबाट हुने सबै सहयोग दिलाउन प्रयत्नशिल रहने बताउनुभयो । ...
बाँकेमा निर्वाचनको सबै तयारी पुरा, शुक्रवार विहान ७ बजेबाट मतदान

बाँकेमा निर्वाचनको सबै तयारी पुरा, शुक्रवार विहान ७ बजेबाट मतदान

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, बैशाख २९ । बैशाख ३० गते शुक्रवार सम्पन्न हुने स्थानीय तह निर्वाचनको लागि बाँकेमा सम्पुर्ण तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाका विभिन्न पालिकामा निर्वाचन गराउन खटिएका मतदान आधिकृत, सहायक मतदान अधिकृत र सुरक्षाकर्मीहरु मतपत्रसहित आवश्यक निर्वाचन सामग्रीहरुका साथ मतदान केन्द्रमा पुगेर मतदानको तयारी पुरा गरिसकेको बाँकेका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले बताउनुभयो । उहाँले बाँकेका ८ वटै स्थानीय तहका १३६ मतदान केन्द्र र ३७९ मतदान स्थलमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मीहरुले मतदानको लागि आवश्यक पर्ने सबै तयारी पुरा गरिसकेको बताउनुभयो । मतदानको सबै तयारी पुरा भैसकेकोले शुक्रवार विहान ७ बजेबाट मतदान शुरु गराइने तिवारीले बताउनुभयो । समयमा मतदान गराउन सबै कार्य पुरा भैसकेको जानकारी मतदान केन्द्रहरुब...
फरक भिजनका साथ वडा अध्यक्षमा उत्रिएका अजिजको लोकप्रियता बढ्दैछ

फरक भिजनका साथ वडा अध्यक्षमा उत्रिएका अजिजको लोकप्रियता बढ्दैछ

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, बैशाख २३ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ को अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका अब्दुल अजिज हल्वाई सो वडाका अन्य सबै उम्मेदवार भन्दा फरक भिजन र फरक एजेण्डाका साथ मैदानमा उत्रिएका छन् । उच्च शिक्षा हासिल गरेर अजिजको प्रतिवद्धता देखि प्रचार शैली र वडालाई कस्तो बनाउने भन्ने भिजननै अरुभन्दा निकै फरक तर गज्जबको छ । युवा उमेरमै अत्यन्तै मनकारी, सहयोगी र समाजसेवीको छवि बनाउन सफल उनले वडावासी लगायत सहरभरिकै दुखी मानिसको दुखको समयमा केही मद्दत गर्न सके आफुलाई भाग्यमानि ठान्दछन् । समाजमा बिरामी हुँदा उपचार गर्ने पैसा नभएका, खाने खर्च नभएर एक छाकको भरमा ज्यालामजदुरी गर्ने गरेका, सीप र क्षमता हुँदाहुँदै पनि लगानीको अभावमा खुम्चिएर झण्डै झण्डै कुलतमा फसेका युवालाई देखेपछि उनको मनमा सहयोगको भावना उत्पन्न हुने गरेको छ । जसले उनलाई सहयोग र सेवा गर्न उत्प्रेरित ग...
मेयरमा जिते भने तलव भत्ता केही पनि लिनेछैन–नन्दलाल वैश्य

मेयरमा जिते भने तलव भत्ता केही पनि लिनेछैन–नन्दलाल वैश्य

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, बैशाख २३ । नेपालगन्ज उपमहानगरपालिकाका राप्रपा पार्टीका तर्फबाट उम्मेदवारी दिएका नन्दलाल वैश्याले तलव भत्ता नलिने प्रतिबद्धता गरेका छन् । उनले यो प्रतिबद्धतालाई आफ्नो प्रतिबद्धताको पहिलो नम्बरमा राखेका छन् । उनले उपमहानगरपालिकाको मेयर पदमा जितेपछि मेयरले पाउने सबै तलब भत्ता नलिने प्रतिबद्धता गरेका हुन । उनले आफुलाई कुनै किसिमको पैसाको मोह समेत नरहेको बताए । वैश्यले दिनभरी वडाको टोल टोलमा गएर कोण सभा गर्दै जनतासँग भेट गरिरहेका छन् । कोण सभाकै क्रममा नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर– १५ मा कोण सभा गर्दै जनताहरुलाई भेटघाट गर्दै र नेपालगन्ज बजार क्षेत्रमा करिब सबैतिर बाटोघाटोको विकास भैसकेको तर गाँउमा विकास नभएको कारणले अबको विकास गाँउ तिर गर्नेमा जोड दिने बताए । उनले गाउँको विकास आफ्नो प्रमुख लक्ष्य हुने समेत बताए । वडा नंं १५ मा ईदगाह र सम्सानघाट सम...
नेपालगञ्जवासीको पहिलो रोजाई म नै हो–पशुपति दयाल मिश्र

नेपालगञ्जवासीको पहिलो रोजाई म नै हो–पशुपति दयाल मिश्र

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, बैशाख २३ । नेकपा एमालेबाट नेपालगञ्ज उपमहानगरको मेयरका उम्मेदवार पशुपति दयाल मिश्रले जनताको काम गरेको अनुभव र राजनितिक अनुभव दुबै हिसाबले आफुनै नेपालगञ्जवासीको पहिलो रोजाईमा पर्ने दावी गर्नुभएको छ । उहाँले आफ्नो बारेमा विपक्षीहरुले केही अनावश्यक भ्रम फैलाउने काम गरेपनि जनताले उनिहरुको मनसाय बुझीसकेकोले आफुलाई केही फरक नपर्ने बताउनुभयो । मेयरका अन्य उम्मेदवार झै उहाँलाई पनि अहिले घरदैलो र मतदाता भेटघाट गर्न भ्याइनभ्याई छ । विहानैदेखि आफ्नो टोल र गाउँमा आउन जनताको फोन आउन थाल्ने र सो क्रम रातीसम्म पनि जारी रहने मिश्रले बताउनुभयो । उहाँले कतिपय ठाउँमा त पुग्न नै नसकिएको जनाउँदे अन्तिमसम्म सबै ठाउमा पुग्ने लक्ष्यका साथ प्रचार प्रसार गरिरहेको बताउनुभयो । केही समयअघि मात्रै धेरै जना नेता कार्यकर्ताका साथ एमाले प्रवेश गर्नुभएका मेयरका उम्मेदवार मिश्रसँग राजनीतिको...
कारले ठक्कर दिएर तीनजनालाई मार्ने चालक थापा जेल चलान

कारले ठक्कर दिएर तीनजनालाई मार्ने चालक थापा जेल चलान

ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, बैशाख २२ । नेपालगञ्ज ११ का तीन जनालाई कारबाट ठक्कर दिएर ज्यान लिने गरि गराईएको दुर्घटनामा संलग्न कार चालकलाई जेल चलान गरिएको छ । बाँके जिल्ला अदालतले सडक छेउमा पैदल हिडिरहेका तीन जनालाई ठक्कर दिएर मार्ने ती चालकलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेपछि उनलाई जेल पठाईएको छ । २०७८ चैत २७ गते धम्बोझी चोक नजिकै थापाले चलाएको कारले ठक्कर दिएर किच्दा सडकमा हिडीरहेका पैदल यात्री नेपालगन्जका ६५ वर्षीय समिमा इदिसी, ५ वर्षीय बालक मो कासिम इद्रिसी र ६ वर्षीय मोहम्मद अली अन्सारीको मृत्यु भएको थियो । सो घटनामा कानुनी कारबाहीमा रहेका कार चालक नेपालगन्ज–१० का इन्द्र बहादुर थापालाई अदालतले विहिबार पुर्पक्षका लागि कारागार चलान गरेको हो । यसअघि मृतकका आफन्त र सर्वसाधारणले समेत उनलाई हत्या आरोपमा कडा भन्दा कडा सजाय दिनुपर्ने माग गर्दै आएका थिए । बाँके जिल्ला अदालतमा वि...