एक घर पाँच बिरुवा कार्यक्रम अन्तर्गत माओवादीद्धारा कोहलपुरमा २०० बिरुवा रोपियो
समाचारदाता
नेपालगन्ज, असार २५ । पर्यावरणको रक्षा गर्ने उदेश्यका साथ एक घर ५ बिरुवा वृक्षारोपण कार्यक्रम अन्तरगत मंगलवार सहिद स्मृती भवन कोहलपुर परिसरमा वृक्षारोपण गरिएको छ ।
नेकपा माओवादी केन्द्रको निर्णय अनुसार एक घर ५ बिरुवा वृक्षारोपण गर्ने भन्ने नितीका साथ कोहलपुरमा २०० भन्दा बढि बिरुवा रोपिएको हो । अखिल नेपाल बिद्यार्थी संघ र वाईसीएल नेपालको सहजिकरणमा निम, वेलपत्ता, लगाएतका विभिन्न प्रजातीका विरुवा रोपिएको माओवादी केन्द्र बाँकेले जनाएको छ ।
सो बृक्षारोपण कार्यक्रममा नेकपा माओवादी केन्द्र बाँकेका अध्यक्ष नरेन्द्र पाण्डे जेम्स, अखिल नेपाल बिद्यार्थी संघ जिल्ला अध्यक्ष महेश बस्नेत, वाईसीएल जिला सह संयोजक लाल बहादुर खड्का, पार्टी, वाईसिएल एवं बिधार्थि नेता असोक पोखरेल, चन्द्र जिसि, युबराज भण्डारी, बिज्ञान केसि, दान बहादुर वलि, बिधान केसि, मनोज क्षेत्री केन्द्रिय सदस्य लक्ष्मन मानब,...









