६ जेष्ठ २०८१, आईतवार

विविध

मोहर्रम शान्तिपुर्वक सम्पन्न गर्न सहयोग गर्ने वरिष्ठ व्यक्तित्वहरु सम्मानित

मोहर्रम शान्तिपुर्वक सम्पन्न गर्न सहयोग गर्ने वरिष्ठ व्यक्तित्वहरु सम्मानित

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, साउन २५ गते । ईस्लामिक नयाँ वर्ष हिजरी सम्वतको शुरुवातसंगै १० दिनसम्म मनाइने मोहर्रम बाँकेमा शान्तिपुर्ण रुपमा धामिर्क सदभाव र सामाजिक एकताका साथ सम्पन्न भएको छ । १० दिनसम्म बाँकेको नेपालगञ्ज लगायत विभिन्न ठाउँमा भव्य रुपमा दैनिक विभिन्न कार्यक्रम, जुलुस र सभा गरेर मोहर्रम सम्पन्न गरिएको हो । अन्तिम दिन दस तारिखमा भव्य जुलुससहित स्थानीय कर्बलामा पुगेर ताजिया विसर्जन गरिएको थियो । मोहर्रमलाई शान्तिपुर्ण, धामिर्क सदभाव, सामाजिक एकता र भाइचारका साथ सम्पन्न गर्न दस दिनसम्म अहोरात्र खटिने तथा सहयोग गर्ने विभिन्न धर्म समुदायका अगुवा, प्रहरी प्रशासनका प्रमुख, धार्मिक सदभाव समितिका पदाधिकारी, पत्रकारहरु र अन्य सामाजिक व्यक्तित्वलाई नेपाल मोहर्रम समिति धम्बोझी नेपालगन्जले सम्मान गरेको छ । नेपाल मोहर्रम समिति धम्बोझी नेपालगन्जका अध्यक्ष मेराज अहमद हिमालयका अनुसार ...
कोहलपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु

कोहलपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
नेपालगञ्ज, साउन २२ । बाँकेको कोहलपुर –२, बर्दहवाको लक्ष्मण टोलमा एक जना महिलाको करेन्ट लागेर मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार शनिबार राती आफ्नै घरमा करिब २५ वर्षिया प्रशंसा आचार्यको करेन्ट लागेर मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर मल्लले आचार्यको करेन्ट लागेर मृत्यु भएको बताउनुभयो । ‘घरभरी नै टुक्रा टुक्रा तारहरु जोडर करेन्ट सप्लाई भएको देखिन्छ, कुन ठाउँबाट करेन्ट लाग्योे पत्ता लागेको छैन । शरिरमा कुनै चोटपटक देखिदैन’ उहाँले भन्नुभयो । प्रहरीका अनुसार घटनापछि घटनास्थलमा पुगेका विद्युतका कर्मचारीले घरमा जोडिएका सबै तार निकालेको र विद्युतको लाइन पनि जाँच गरिएको उहाँले बताउनुभयो । आचार्यको शवलाई पोष्टमार्टमका लागि भेरी अस्पतालमा पठाइएको डीएसपी मल्लले जानकारी दिनुभयो । घटना बारेमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । ( गोरखापत्र अन...
कोहलपुरमा रहस्यमय तरिकाले मृत अवस्थामा भेटिए गडरिया दम्पत्ति

कोहलपुरमा रहस्यमय तरिकाले मृत अवस्थामा भेटिए गडरिया दम्पत्ति

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
नेपालगञ्ज, साउन १० । बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा मंगलबार बिहान रहस्यमय अवस्थामा दम्पतीको शव फेला परेको छ । स्थानीय २२ वर्षिय कृष्ण गडरिया र उहाँकी पत्नी २० वर्षिया मञ्जु गडरिया घरभित्रै मृत अवस्थामा भेटिएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ । कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी ऐन बहादुर मल्लले रगताम्य भएको कोठामा गडरिया पति पत्निको शवसंगै चुँडिएको डोरी फेला परेको बताउनुभयो । मन्जु गडरियाको घाँटीमा डोरीको दाग देखिएपनि डोरी चुँडिएको अवस्थामा फेला परेको जनाउँदै इप्रका कोहलपुरका प्रमुख डीएसपी मल्लले मृतक कृष्णको भने दाँया हातमा गहिरो चोट देखिएको बताउनुभयो । घटनास्थलको प्रकृति हेर्दा त्यहाँ संघर्ष र हातपात भएको देखिएको र ठोक्कीएको जस्तो देखिएको घाउबाटै रगत बगेर कोठा रगताम्य भएको पाईएको मल्लको भनाई छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा श्रीमतीको हत्या गरेर क...
रवि तुलाधरको नेतृत्वमा बाँके युनेस्को क्लबको नयाँ कार्यसमिति निर्वाचित

रवि तुलाधरको नेतृत्वमा बाँके युनेस्को क्लबको नयाँ कार्यसमिति निर्वाचित

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, ७ साउन । बाँके युनेस्को क्लबको शनिवार सम्पन्न दशौं अधिवेशनले रवि तुलाधरको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । तुलाधरको अध्यक्षतामा निर्वाचित भएको कार्यसमितिको उपाध्यक्षमा ललिता चौधरी, महासचिवमा बुद्धेश जैसवाल, कोषाध्यक्षमा फिरदौस जहाँ खान, सचिवमा सोबिया सिद्दिकी शाह निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत साजिद अली सिद्दिकीले बताउनुभयो । उहाँका अनुसार कार्यसमितिको सदस्यहरुमा भाबुक जंग थापा, फरमान अली सिद्दिकी, मीना भुसाल, जावेद सिद्दिकी, मीना चौधरी र शाहिल अन्सारी निर्वाचित हुनु भएको छ । सोही अधिवेसनले नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरात र नफुकनका मानार्थ उपाध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य दिपक सरकारलाई आजिवन मानार्थ संरक्षकमा मनोनित गरेको छ भने निवर्तमान अध्...
बाँके युनेस्को क्लबको ३३ औं साधारणसभा र १० औं अधिवेसन सम्पन्न

बाँके युनेस्को क्लबको ३३ औं साधारणसभा र १० औं अधिवेसन सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
कोभिड रोक्न अहम भूमिका निभाउने चिकित्सक र स्वास्थ्यकर्मीको सम्मान नेपालगञ्जपाटी समाचार नेपालगन्ज, ७ साउन । बाँके युनेस्को क्लबले आफ्नो ३३ औँ बार्षिक साधारणसभा तथा १० औँ अधिवेसन विविध कार्यक्रमका साथ शनिवार नेपालगन्जमा सम्पन्न गरेको छ । सो साधारणसभा र अधिवेसनको उद्घाटन प्रमुख अतिथि नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरातले एक भव्य समारोहका विच गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले देशभरिकै सबैभन्दा राम्रो र उत्कृष्ट युनेस्को क्लबको कार्यक्रममा सहभागि हुन पाउँदा गर्व महसुस भैरहेको बताउनुभयो । उहाँले ३३ वर्षको अवधीमा क्लबले गरेका कामहरु अतिनै सराहनीय र उल्लेखनीय रहेको बताउनुभयो । सो अवसरमा नफुकनका मानार्थ उपाध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य दिपक सरकारले बाँके युनेस्को क्लबलाई आफुहरुले शुरु देखिनै सहयोग गर्दै आएकोमा य...
बाँके र बर्दियाका तीन पालिकालाई १५ लाखको उद्धार सामाग्री हस्तान्तरण

बाँके र बर्दियाका तीन पालिकालाई १५ लाखको उद्धार सामाग्री हस्तान्तरण

ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, असार १५ । बाढी र डुबानको उच्च जोखिममा रहेका बाँके र बर्दियाका तीनवटा पालिकालाई विपद व्यवस्थापनका लागि अति आवश्यक पर्ने उद्धार सामाग्रीहरु हस्तान्तरण गरिएको छ । बाँकेको खजुरा गाउँपालिका तथा बर्दियाको राजापुर र बारबर्दिया नगरपालिकालाई विपद व्यवस्थापनका लागि १५ लाख बराबरको उद्धार सामाग्रीहरु हस्तान्तरण गरिएको छ । दुबै जिल्लाका आपतकालीन कार्य सञ्चालन केन्द्रसंगको समन्वयमा कोभिड १९ रेस्पोन्स र रिकभरी परियोजना अन्तर्गत प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लबले ती पालिकाहरुलाई पाँच पाँच लाख बराबरको उद्धार सामाग्री हस्तान्तरण गरेको हो । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफान, उपाध्यक्ष मन्जु मल्ल र प्रमुख कार्यकारी अधिकृत बम बहादुर केसी, बारबर्दिया नगरपालिकाका मेयर छविलाल चौधरी, उपमयेर रत्न कुमारी पाण्डे र प्रमुख कार्यकारी अधिकृत महेन्द्रजंग शाही र राजापुर...
खजुरा ५ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न, १८२ ले स्वास्थ्य जाँच गराए

खजुरा ५ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न, १८२ ले स्वास्थ्य जाँच गराए

Uncategorized, ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार खजुरा, असार ११ । खजुरा गाउँपालिका वडा नं ५ को आयोजनामा, उढरापुर स्वास्थ्य चौकीको सहकार्य र नेपालगन्ज मेडिकल कलेज नेपालगन्जको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत डा प्रतीक घिमिरे, डा श्याम शाह, डा एम डी आजान, डा राजेश यादव, डा मेघा मण्डल, डा राजीव मण्डल, डा अर्चना देवकोटा, डा आशिष भट्टराई लगायतको टीमले बिरामीहरुको स्वास्थ्य चेकजाँच गर्नुभएको थियोे । खजुरा गाउँपालिकाको उढरापुर स्वास्थ्य चौकीमा भएको स्वास्थ्य चेकजाँच शिविरमा खजुरा गाउँपालिका प्रमुख डम्बरबहादुर बि क, उपाध्यक्ष मन्जु मल्ल, स्थानीय नेता शरद पोखरेल र नेपालगन्ज मेडिकल कलेज नेपालगन्जको प्रशासनिक तर्फबाट केपी घिमिरेको उपस्थिति रहेको थियो । उक्त स्वास्थ्य शिविरमा जनरल फिजिसियन, स्त्रीरोग, सर्जरी, डेण्टल सम्बन्धि समस्या रहेका बिराम...
मानव वेचविखन रोक्न नेपाल र भारतका सुरक्षा निकाय र संघसंस्थाको सामुहिक प्रतिवद्धता

मानव वेचविखन रोक्न नेपाल र भारतका सुरक्षा निकाय र संघसंस्थाको सामुहिक प्रतिवद्धता

ताजा-अपडेट, मुख्य समाचार, विविध
सिराज खान बहराईच (भारत), ९ असार । नेपाल भारतको खुला सीमानाका कारण मानव वेचविखन बढ्दै गएको ठहर गरेर आपसी समन्वयमा सो रोक्न दुबै देशका सम्बद्ध निकायहरु सहमत भएका छन् । मानव वेचविखन नियन्त्रणका लागि छलफल गरेर निष्कर्ष निकाल्न भारतको बहराईचमा बिहिबार आयोजना गरिएको बैठकमा दुवै देशका सम्बद्ध निकायहरु बिच सो सहमति बनेको हो । प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्वारा भारतको देहात संस्थाको समन्वयमा आयोजित सो बैठकमा सहभागी दुबै देशका सुरक्षा अधिकारी, मानव वेचविखन विरुद्ध कार्यरत संघ संस्था र पत्रकारले मानव वेचविखन नियन्त्रणका लागि संयुक्त कार्यक्रम बनाएर एकताबद्ध भै काम गर्नु पर्नेमा विशेष जोड दिएका छन् । सो बैठकमा नेपाली टोलीको नेतृत्व गर्दै सहभागि हुनुभएका जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत हरिशचन्द्र शर्माले मानव वेचविखन नियन्त्रणका लागि दुबै देशका उच्च सुरक्षा अधिकारी बिच...
अत्याधिक गर्मीमा विद्युतको चरम समस्या, बाँके काँग्रेसले प्रजिअलाई बुझायो ज्ञापन

अत्याधिक गर्मीमा विद्युतको चरम समस्या, बाँके काँग्रेसले प्रजिअलाई बुझायो ज्ञापन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
सिराज खान नेपालगञ्ज, असार १ । अत्याधिक गर्मी र लु त्यसमाथि अनियमित विद्युत । केही दिन यता बाँकेवासीको जिवन अतिनै कष्टकर छ । जिल्लाका अधिकांश वासिन्दाले विद्युत समस्या समाधान गर्न सम्बन्धित निकायमा हारगुहार गरिरहेका छन् । तर, उनिहरुको हारगुहार कसैले सुनेको देखिएको छैन । स्थानीय कर्मचारीलाई गुनासो गरेर थाकेपछि सर्वसाधारणले कुलमान घिसिंग समेतलाई गुहारेका छन् । घिसिंगले पनि आश्वासन बाहेक अहिलेसम्म यहाँका लागि केही गरेको देखिएको छैन । यसैविच सो समस्या समाधान नभएपछि राजनितिक दलहरु जनताको पक्षमा सक्रिय हुन थालेका छन् । सत्तारुढ दल नेपाली काँग्रेस बाँके सो का लागि अगाडी आएको छ । प्रचण्ड गर्मी र लु का विच विगत केही समयदेखी चर्किंदै गएको बिद्युत आपुर्तिको समस्या तत्काल समाधान गराउन माग गर्दै नेपाली काँग्रेस बाँकेले बुधबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । नेपाली काँग्रेसका केन्द्...
सिक्टा सिंचाई आयोजना – १८ वर्षमा ७० प्रतिशत काम सम्पन्न

सिक्टा सिंचाई आयोजना – १८ वर्षमा ७० प्रतिशत काम सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्ज, असार १ गते । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको सिफ्टा सिंचाई आयोजनाको निर्माण कार्य सुरु भएको १८ वर्ष बित्दा अझै ३० प्रतिशत काम बाँकी रहेको छ । सिफ्टा सिंचाई आयोजनाको काम कछुवा गतिमा रहेको छ । हाल सरकारले २४ वटा आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखेको छ । आवश्यकताका आधारमा भन्दा पनि लहडका कारण कतिपय आयोजना छनोट गरिँदा लामो समसम्म परियोजनाले गति लिन नसकेको पाइएको छ । आर्थिक वर्ष २०६०।६१ बाट सुरु भएको उक्त आयोजनाको हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको आयोजना निर्देशक डा सन्तोष कैनी बताउनुहुन्छ । लुम्बिनी प्रदेशको बाँके जिल्लामा अवस्थित सिफ्टा सिंचाइ आयोजना अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी ४२ हजार ७६६ हेक्टर भूमिमा भरपर्दो सिंचाइको लागि पानी उपलब्ध गराउन यो आयोजनाको निर्माण गरिएको हो । यस आयोजनाको पश्चिम मूल नहरले बाँके जिल्लाको राप्ती नदीको पश्चिम भेगको ३३ ह...