बाँके युनेस्कोद्धारा अपाङ्गता भएका ७ जनालाई ट्राइसाइकल वितरण
समाचारदाता
नेपालगन्ज, पुस ४ । बाँके युनेस्को क्लबले हील नेपालसँगको सहकार्य र कतार च्यारिटी नेपालको सहयोगमा बाँकेका तीनवटा पालिकाका अपाङ्गता भएका ७ जनालाई ट्राइसाइकल वितरण गरेको छ ।
क्लबले बाँकेको कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र नरैनापुर गाउँपालिकाका अपाङ्गता भएका ७ जना स्थानीय बासिन्दालाई ट्राइसाइकल वितरण गरेको हो ।
अपाङ्गता भएकाहरुलाई सो ट्राइसाइकल वितरण खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सुशिला न्यौपाने, शिक्षा खेलकुद शाखा प्रमुख खगेन्द्र मल्ल लगायत स्थानीय पालिकाका प्रतिनिधिहरुले बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक बिनिता आरसी, सामाजिक संरक्षण अधिकृत गुलाम गौस, फिल्ड सुपर भाइजर अर्पित सिंह र डेक नेपालका रमेश शर्मा र टेकराज जैसीको उपस्थितिमा गर्नु भएको थियो ।
यसअघि ती अपाङ्गता भएका ७ जना स्थानीयहरुसँग ट...









