कतार च्यारिटीका निर्देशकलाई बर्दिया युनेस्को संघद्धारा भव्य स्वागत र सम्मान
समाचारदाता
नेपालगञ्ज, साउन ३० । कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक इरशाद अली शेखलाई बर्दिया युनेस्को संघले भव्य स्वागत र सम्मान गरेको छ ।
बर्दियाको राजापुर नगरपालिकाको मानपुर टपरामा आयोजना गरिएको एक बृहत्त कार्यक्रमकाविच संघले कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक शेखलाई सो स्वागत सम्मान गरेको हो ।
बर्दियाको भ्रमणमा रहनुभएको बेला बाँके युनेस्को क्लबको टोलीसंगै राजापुरको मानपुर टपरा पुग्नु भएका कार्यवाहक निर्देशक शेषलाई फुलमालासहित भव्य स्वागत सम्मान गर्दै औपचारिक कार्यक्रम आयोजना गरेर मायाको चिनो समेत प्रदान गरिएको थियो ।
बर्दिया युनेस्को संघका अध्यक्ष भिमसेन चौधरीले शेषलाई स्वागत सम्मान गर्दै थारु समुदायको पहिचान झल्काउने आकर्षक र सुन्दर ढकरीलाई मायाको चिनोको रुपमा प्रदान गर्नुभयो ।
सो अवसरमा बोल्दै कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक शेषले संघले गरेको स्वागत र सम्म...









