मानव वेचविखन रोक्न नेपाल र भारतका सुरक्षा निकाय र संघसंस्थाको सामुहिक प्रतिवद्धता
सिराज खान
बहराईच (भारत), ९ असार । नेपाल भारतको खुला सीमानाका कारण मानव वेचविखन बढ्दै गएको ठहर गरेर आपसी समन्वयमा सो रोक्न दुबै देशका सम्बद्ध निकायहरु सहमत भएका छन् ।
मानव वेचविखन नियन्त्रणका लागि छलफल गरेर निष्कर्ष निकाल्न भारतको बहराईचमा बिहिबार आयोजना गरिएको बैठकमा दुवै देशका सम्बद्ध निकायहरु बिच सो सहमति बनेको हो ।
प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्वारा भारतको देहात संस्थाको समन्वयमा आयोजित सो बैठकमा सहभागी दुबै देशका सुरक्षा अधिकारी, मानव वेचविखन विरुद्ध कार्यरत संघ संस्था र पत्रकारले मानव वेचविखन नियन्त्रणका लागि संयुक्त कार्यक्रम बनाएर एकताबद्ध भै काम गर्नु पर्नेमा विशेष जोड दिएका छन् ।
सो बैठकमा नेपाली टोलीको नेतृत्व गर्दै सहभागि हुनुभएका जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत हरिशचन्द्र शर्माले मानव वेचविखन नियन्त्रणका लागि दुबै देशका उच्च सुरक्षा अधिकारी बिच...









