युवा नेतृत्व र चेतना अभिवृद्धिकालागि मधुवनमा युथ मिटअप कार्यक्रम सम्पन्न
समाचारदाता
नेपालगन्ज, मंसिर १ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियाको मधुवन १ मा दुई–दिने युवा भेटघाट÷परामर्श कार्यक्रम सम्पन्न गरेको छ ।
बालिका शसक्त परियोजनाअन्तर्गत सम्पन्न गरिएको सो कार्यक्रमको उद्देश्य युवाको विकासमा प्रभाव पार्ने प्रमुख मुद्दाहरू पहिचान गर्ने, समाधानमुखी संवाद प्रोत्साहन गर्ने तथा समुदायमा आधारित सामूहिक कार्यनीति निर्माण गर्ने रहेको थियो बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
उहाँले साथै, कार्यक्रममा युवाहरूलाई उनका अधिकार, जिम्मेवारी, स्थानीय सरकारका सेवा तथा पहुँच बारे जानकारी गराउँदै, समुदायमा प्रचलित हानिकारक सामाजिक प्रथाहरू तथा लागुऔषध दुरुपयोग घटाउनेतर्फ सक्रिय सहभागिता बढाउने रहेको पनि बताउनुभयो ।
कार्यक्रममा मधुवन नगरपालिकाका मेयर तेज बहादुर भाटले युवाहरू तथा किशोरी क्लबका सदस्यहरूबीच सहयोग, समन्वय र ...









