२१ बैशाख २०८३, सोमबार

राजनीति

दिपेन्द्र विष्ट किसानको खेतमा पुगेर आलु र तरकारी व्यवस्थापनमा लागेपछि स्थानीय उत्साहित

दिपेन्द्र विष्ट किसानको खेतमा पुगेर आलु र तरकारी व्यवस्थापनमा लागेपछि स्थानीय उत्साहित

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, फागुन ७ । बाँके क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्ट नेपालगन्ज उपमहानगरपालिका–१४ अन्तर्गत बाले गाउँमा घरदैलो अभियानका क्रममा प्रचारप्रसार टोलीसहित गाउँ पुगेको बेला स्थानीय बासिन्दासँग संवाद गर्दै खेततर्फ लाग्नुभयो। त्यहाँ आलु र तरकारी व्यवस्थापन व्यस्त किसानसँग हातेमालो गर्दै उहाँले श्रमको सम्मान र किसानप्रतिको प्रतिबद्धता व्यवहारमै देखाउनुभयो। उम्मेदवार आफैं खेतको माटोमा उत्रिएपछि किसानहरू आश्चर्य र खुशी दुवै देखिन्थे। एक किसानले भावुक हुँदै भने, “हामीलाई चुनावमा धेरैले भेट्छन्, तर खेतमै आएर सघाउने नेता विरलै देखिन्छ। आज हामीले फरक अनुभव गर्‍यौँ।” किसानहरूको यही प्रतिक्रिया बिष्टको व्यवहारले उनीहरूलाई कति प्रभावित बनायो भन्ने स्पष्ट संकेत थियो। खेतमा सघाउँदै बिष्टले कृषि क्षेत्रलाई उत्पादनमुखी, व्यवस्थित र प्रविधिमैत्री बनाउन आवश्यक ...
रास्वपाका उम्मेदवार विवेक श्रेष्ठको बाचापत्रमा सडक, ढल, खानेपानी र स्वास्थ्यलाई प्राथमिकता

रास्वपाका उम्मेदवार विवेक श्रेष्ठको बाचापत्रमा सडक, ढल, खानेपानी र स्वास्थ्यलाई प्राथमिकता

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, फागुन ६ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार विवेक कुमार श्रेष्ठले आफ्नो बाचापत्र सार्वजनिक गरेका छन् । नेपालगन्जमा एक औपचारिक समारोहका बीच उम्मेदवार श्रेष्ठले बाचापत्र सार्वजनिक गरे । बाचापत्रमा उनले भ्रष्टाचार उन्मूलन र सुशासनलाई आफ्नो मुख्य एजेण्डा बनाएका छन् । उम्मेदवार श्रेष्ठले बाचा पत्रमा बाँके जिल्लाको समग्र विकासका लागि गरिने कार्यहरु, बाँके क्षेत्र नम्बर २ को विकासका लागि गरिने कार्यहरु, लुम्बिनी प्रदेश सरकारसँग समन्वयमा गरिने कार्यहरु, नेपालन्ज उपमहानगरपालिकासँग समन्वय गरेर गरिने कार्यहरु र डुडुवा गाउँपालिकासँग समन्वय गरेर गरिने कार्यहरुको बुँदागत रुपमा योजनाहरु समेटेका छन् । पुर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सडक, कृषि, पशुपालन, रोजगारी लगायतका एजेण्डालाई राखेका छन् । नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका...
कमरुद्दीन राईको काँधमा मधेश आन्दोलनका उपलब्धी जोगाउने जिम्मेवारी, मधेशी जनतामा जताततै उनकै चर्चा

कमरुद्दीन राईको काँधमा मधेश आन्दोलनका उपलब्धी जोगाउने जिम्मेवारी, मधेशी जनतामा जताततै उनकै चर्चा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, फागुन ५ । फागुन २१ गते नजिकिँदै जाँदा बाँके क्षेत्र नं २ को चुनावी माहोल तातेको छ । प्रतिनिधिसभा सदस्य पदका लागि प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारमध्ये उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल जसपाका कमरुद्दिन राईप्रति जनताको आकर्षण बढ्दै गएको जनाईएको छ । गाउँ–टोल, चोक–गल्ली र बजारका चिया पसलदेखि किसानका बारीसम्म कमरुद्दिन राईको चर्चा हुने गरेको सम्बन्धित ठाउँका वासिन्दाको कथन छ । नेपालगन्ज उपमहानगरपालिकाको नगर उपप्रमुखबाट राजिनामा दिएर मैदानमा उत्रिएकाले पनि कमरुद्दिनको चर्चा बढी छ । नेपालगन्ज उपमहानगर वडा नं १९ का स्थानीय नेता तथा समाजसेवीहरुका अनुसार यसपटकको निर्वाचनमा कमरुद्दिनप्रति आम मतदाताको उत्साह बढेको छ । “हामीले धेरै वर्षदेखि परिवर्तनको कुरा सुन्दै आएका छौं, तर अब त्यो व्यवहारमा देख्न चाहन्छौं,” स्थानीय अगुवाले बताए । उनका अनुसार कमरुद्दिन ...
सुशिल कोइरालाको विरासत फर्काउन क्रियाशिल सुधान्सु कोइरालालाई चौतर्फी समर्थन

सुशिल कोइरालाको विरासत फर्काउन क्रियाशिल सुधान्सु कोइरालालाई चौतर्फी समर्थन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, फागुन ५ । अब्बल राजनीतिक संस्कारमा हुर्किएका युवा नेता शुधान्सु कोइराला, नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार हुन्। उनि मृदुभाषी, सरल र सहज पनि छन् । कठोर, संघर्षपूर्ण र नेतृत्वदायी राजनीतिक विरासत बोकेको गौरबशाली कोइराला परिवारका सदस्य शुधान्सु २०३८ सालमा नेपालगञ्जमा जन्मिए । नेपालगञ्जमै हुर्के बढेका कोइराला त्यस्ता भाग्यमानी पात्र हुन्, जसले सहोदर ठूलो बुवा, बुवा र आमाबाट राजनीतिकरुपले दिक्षित हुने अवसर पाए । संविधान पिता, नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको सानिध्यतामा राजनीतिक संस्कार सिकेका शुधान्सु आँखामा सपना र मनमा अठोट बोकेर हिँडेका जोशिला युवा हुन् । बुवा स्वर्गीय डा अरुण कोइराला र आमा किरण कोइरालाका सुपुत्र शुधान्सु, २०७० मा सक्रिय राजनीतिमा होमिए । शुधान्सु त्यस्ता सुपुत्र हुन् जसल...
बाँके २ मा नेकपाले बिष्टका रुपमा एक सशक्त जनप्रिय नेता पायो, जताततै सकारात्मक सन्देश

बाँके २ मा नेकपाले बिष्टका रुपमा एक सशक्त जनप्रिय नेता पायो, जताततै सकारात्मक सन्देश

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, फागुन ५ । बाँके क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले मंगलबार नेपालगन्जका विभिन्न वडामा मत माग्र्दै घरदैलो अभियान सञ्चालन गर्नुभयो। ज्ञानपुर्वा, पोतेपुर्वा, माइगाउँ, थपुवा, नेपालगन्ज २० र ४ का बस्तीहरूमा पुगेर उहाँले प्रत्यक्ष रूपमा स्थानीय बासिन्दासँग मत माग्नुभयो। उहाँले आफ्नो चुनावी एजेन्डा स्पष्ट गर्दै भन्नुभयो, “भ्रष्टाचारविरुद्ध युवालाई साथ लिएर म सधैं जनताको पक्षमा आवाज उठाउने छु। गाउँ समाजसँग जोडिएका सबै समस्या समाधान गर्न मेरो प्रतिबद्धता अडिग छ।” यस क्रममा स्थानीय मतदाताले उम्मेदवार बिष्टको चुनाव चिन्ह तारामा मतदान गर्ने बाचा पनि व्यक्त गरेका छन्। भेटघाटका क्रममा बिष्टले घरघर पुगेर सर्वसाधारणका सुझाव सुन्नुका साथै सुकुम्बासी, पूर्वाधार, स्वास्थ्य, शिक्षा र बाढी व्यवस्थापन जस्ता क्षेत्रका मुद्दाहरूमा तत्काल सुधारका उपायहरू का...
पूर्वमन्त्री राईको प्रतिवद्धता पत्रमा जनताका बेसिक आवश्यकतासंगै विकास निर्माणका धेरै योजना समावेश

पूर्वमन्त्री राईको प्रतिवद्धता पत्रमा जनताका बेसिक आवश्यकतासंगै विकास निर्माणका धेरै योजना समावेश

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, फागुन ४ । बाँके क्षेत्र नम्बर २ बाट एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले सोमवार आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । नेपालगन्जमा आयोजित एक बृहत्त कार्यक्रममा पूर्वमन्त्री राईले “समृद्ध नेपालगन्ज–डुडुवा हाम्रो प्रतिबद्धता” भन्ने मुख्य नाराकासाथ प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेका प्रतिवद्धताहरुमा नेपालगन्जमा क्रिकेट स्टेडियमको निर्माण, नेपालगन्ज–नयाँ दिल्ली हवाई उडान, आकाशे पुल र रिंगरोड निर्माण, डुडुवामा बाढी र डुबान नियन्त्रण, सिक्टा सिंचाईलाई ५ वर्षमा सम्पन्न गर्ने, बेतहनी–होलिया–चौफेरी–नरैनापुर जोड्ने सडक र पुलहरु निर्माण तथा राप्ती नदीको पानी नेपालगन्ज पुरयाएर खानेपानी सहज गरिने लगायतका प्रतिवद्धताहरु प्रमुख रहेका छन् । यसका साथसाथै प्रतिवद्धता पत्रमा जनताका अतिआवश्यक बेसिक आवश्यकताहरु स...
मतदाताको आशिर्वाद र शुभकामना बटुल्दै जसपा नेपालका उम्मेदवार कमरुद्दीन राई

मतदाताको आशिर्वाद र शुभकामना बटुल्दै जसपा नेपालका उम्मेदवार कमरुद्दीन राई

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, फागुन ३ । बाँके क्षेत्र नम्बर २ का जनता समाजवादी पार्टी नेपालका उम्मेदवार कमरुद्दिन राईलाई यतिबेला मतदातासंग भेटघाट र उनिहरुको आशिर्वाद लिन भ्याइनभ्याइ छ। घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमका क्रममा नेपालगञ्ज र डुडुवा गाउँपालिकाका विभिन्न वडामा पुग्दा युवा, महिला तथा ज्येष्ठ नागरिकले राइलाई जितको शुभकामना दिँदै आशिर्वाद प्रदान गरिरहेका छन्। सोही क्रममा नेपालगञ्ज–२० राँझा गाउँ पुगेका कमरुद्दिनलाई १०५ वर्षीया जलवर्षा वर्माले विशेष रूपमा आशिर्वाद दिइन्। उनले मधेस र मधेसीको मुद्दा उठाउने पार्टी जसपा नेपाल नै भएको उल्लेख गर्दै कमरुद्दिनलाई मत दिने प्रतिबद्धता व्यक्त गरिन्। त्यसैगरी डुडुवा गाउँपालिका–५ का ८० वर्षीय राजकुमार यादवले पनि कमरुद्दिनलाई जितको कामना गर्दै आशिर्वाद दिए। “मधेस आन्दोलनको मर्म धेरैले बिर्सिए। यसपालिको निर्वाचनमा मधेसको मुद्दा उठाउने उम्मेदवारलाई...
दिपेन्द्र विष्टको प्रतिवद्धता पत्र ः क्रिकेट मैदानदेखि नेपालगन्ज दिल्ली उडान हुँदै डुडुवाको डुबान समाधानमा केन्द्रित

दिपेन्द्र विष्टको प्रतिवद्धता पत्र ः क्रिकेट मैदानदेखि नेपालगन्ज दिल्ली उडान हुँदै डुडुवाको डुबान समाधानमा केन्द्रित

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, फागुन ३ । नेपाली कम्युनिष्ट पार्टीबाट बाँके क्षेत्रनं २ का उम्मेदवार दिपेन्द्र विष्टले आईतबार एक कार्यक्रमका बिच आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । भ्रष्टाचार मुक्त समाज, शुसासन, विकास र समृद्धिका लागि हाम्रो अभियान भन्ने मुल उदेश्य राखेर विष्टले विभन्न १४ बुदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा नेपालगन्जमा क्रिकेट रंगशाला निर्माण, डुडुवाको डुबान समस्या समाधान, मल र बिउ समयमा उपलब्ध गराउने, भेरी अस्पताललाई सपुरस्पेशियलिटि, बागेश्वरी मन्दिरलाई स्मार्ट बागेश्वरी बनाउने, हज हाउस निर्माण प्रक्रिया शुरु गर्ने, नेपालगन्ज दिल्ली हवाई उडान, कैलाश मानसरावरको यात्रा र ई रिक्सा व्यवस्थापन लगायतका थुप्रै प्रतिवद्धताहरु समावेश गरिएको छ । सो प्रतिबद्धता पत्रमा भष्टचार मुक्त क्षेत्र शुन्य सहनशिलता, नेपालगञ्ज आईटी प्रविधि ...
पश्चिम नेपालकै सर्वाधिक चर्चित उम्मेदवार पुर्वमन्त्री राईको जनसम्पर्क र जनसमर्थन तिव्र गतिमा बढ्दै

पश्चिम नेपालकै सर्वाधिक चर्चित उम्मेदवार पुर्वमन्त्री राईको जनसम्पर्क र जनसमर्थन तिव्र गतिमा बढ्दै

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, माघ २८ । बाँके निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पुर्वमन्त्री मोहम्मद इस्तियाक राई अहिले बाँके २ मात्र नभइ पश्चिम नेपालकै अत्यधिक चर्चित उम्मेदवार हुनुहन्छ । क्षेत्र नम्बर २ को सम्पूर्ण निर्वाचन उहाँकै वरिपरि घुमिरहेको छ । निर्वाचनमा सहभागि सबै प्रमुख दलहरुले पुर्वमन्त्री राईलाई नै मुख्य प्रतिष्पर्धी मानेर प्रचार प्रसारमा जुटेका छन् । राईले आफ्नो चुनावी अभियानलाई तिब्र पारेपछि जताततै उहाँकै चर्चा परिचर्चा हुन थालेको हो । उहाँ घरदैलोमा पुग्दा युवादेखि वृद्ध वृद्धासम्मको सक्रिय सहभागिताले चुनावी माहोल तातिएको छ । उम्मेदवार राई घरदैलोमा पुग्दा अधिकांश मतदाताले विकास र सदभावको नाममा उहाँलाई नै समर्थन तथा सहयोग गर्ने आश्वासन दिने गरेकोले उहाँ अत्यधिक उत्साहित हुनुहन्छ । सोही क्रममा राईले बुधवार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ र ४...
नेकपाका उम्मेदवार विष्टलाई नेपालगन्ज ७ मा जनताको घरदैलोमा भव्य स्वागत

नेकपाका उम्मेदवार विष्टलाई नेपालगन्ज ७ मा जनताको घरदैलोमा भव्य स्वागत

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, माघ २८ । बाँके निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दिपेन्द्र विष्टले जनताको घरदैलोमा पुगेर चुनावी अभियान शुरु गर्दा जताततै जनताले भव्य स्वागत र सम्मानसहित समर्थन जनाइरहेको नेकपा बाँकेले जनाएको छ । घरदैलो र मतदाता भेटघाटका क्रममा बुधवार नेपालगन्ज ७ मा घरदैलो गर्न जानु भएका विष्टलाई जनताले आफ्नो घर आँगनमा भव्य स्वागत सममान गरेको स्वयं बिष्टले बताउनुभयो । समानुपातिक उम्मेदवारहरु कस्मिरा खातुन र जामिया खातुनसंगै अन्य नेताहरुको समेत सहभागिता रहेको सो घरदैलोमा सर्वसाधारणका घरमा पुग्दा अधिकांश स्थानीयले उम्मेदवारहरु विष्ट र खातुनद्धयलाई हार्दिक स्वागत गरेका थिए । उनिहरुले आफ्नो वडामा देखिएका समस्याहरु सुनाउँदै समाधान गर्ने उम्मेदवार खोजीरहेको जनाउँदै निर्वाचनमा समर्थन र सहयोग गर्ने अनुरोध गरेका थिए । सो अवसरमा जनताका समस्या र चाहना सुन्दै वि...