२३ मंसिर २०८२, सोमबार

राजनीति

भ्रष्ट्राचारको मुद्दा खेपिरहेका व्यक्तिसंग दान लिनु पनि भ्रष्ट्राचार हो–अध्यक्ष प्रचण्ड

भ्रष्ट्राचारको मुद्दा खेपिरहेका व्यक्तिसंग दान लिनु पनि भ्रष्ट्राचार हो–अध्यक्ष प्रचण्ड

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगन्ज, कात्तिक ५ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्ट्राचारको मुद्दा खेपिरहेका व्यक्तिसंग दान लिनु पनि एक प्रकारको भ्रष्ट्राचारनै भएको बताउनुभएकोछ । कर्णाली प्रदेशको जुम्लामा आयोजित कार्यक्रममा सहभागि हुन जाने क्रममा सोमवार विहान नेपालगन्ज विमानस्थलमा पुग्नु भएका अध्यक्ष प्रचण्डले पत्रकारहरुसंग संक्षिप्त कुरा गर्दै सो बताउनु भएको हो । उहाँले भन्नुभयो–‘ललिता निवास जग्गा प्रकरणको भ्रष्ट्राचारमा मुछिएर पक्राउ परि जमानतमा छुट्नु भएका मिन बहादुर गुरुंगको मुद्दा अझै अदालतमा बिचाराधिन रहेको अवस्थामा उहाँसंग दान लिनु अतिनै गलत कार्य हो, यो पनि एक प्रकारको भ्रष्ट्राचारनै हो ।’ यो सरकार भ्रष्ट्राचार बिरुद्धको अभियानबाट डराएर बनेको तथा यसले भ्रष्ट्राचारीलाई जोगाउने प्रयास गर्नेछ भनि आफुले सरकार छाडेको बेला संसदमा बोलेको कुरा अ...
मानवबेचविखन रोकथामका लागि नेपाल र भारतका अधिकारीबिच समन्वयात्मक बैठक

मानवबेचविखन रोकथामका लागि नेपाल र भारतका अधिकारीबिच समन्वयात्मक बैठक

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, भदौ ८ । खुला सीमानाका कारण सीमा नाकाबाट भइरहेको मानवेचविखन रोकथामका लागि नेपाल र भारतका सुरक्षा अधिकारी लगायत विभिन्न सरोकारवालाबिच नेपालगन्जमा समन्वयात्मक बैठक सम्पन्न भएको छ । बाँके युनेस्को क्लब र अपच्र्युनिटी भिलेज नेपालले संयुक्त रूपमा सो बैठकको आयोजना गरेको थियो । बैठकमा सहभागि दुबै देशका सुरक्षा अधिकारीहरू, स्थानीय सरकारी प्रतिनिधिहरू, नागरिक समाजका संगठन र सामाजिक कार्यकर्ताहरूले मावबेचविखन रोक्न दुबै देशविच समन्वय, सहकार्य र सहयोग आदान प्रदानको आवश्यकतामा जोड दिएका छन् । बैठकको अध्यक्षता गर्दै अपच्र्युनिटी भिलेज नेपालका कार्यकारी निर्देशक एन्टोनिया सुसाइले मानवबेचविखन गम्भीर अपराध भएकोले सो रोक्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । बाँके जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङले मानव बेचबिखनलाई निष्तेज गर्न समाजमा जनचेतना बढाउनुका साथै...
तानाशाही र मनपरी सहन नसकि नयाँ दल गठन गर्यौं–जसपा महासचिव ईश्तियाक राई

तानाशाही र मनपरी सहन नसकि नयाँ दल गठन गर्यौं–जसपा महासचिव ईश्तियाक राई

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
दुर्गा बर्माको अध्यक्षतामा जिल्ला सम्मेलन आयोजक समिति गठन सिराज खान नेपालगन्ज, भदौ ७ । जनता समाजवादी पार्टी (जसपा) का महासचिव तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले उपेन्द्र यादवको तानाशाही र मनपरी सहन नसकेर आफुहरुले बिद्रोह गरेर नयाँ पार्टी गठन गरेको बताउनु भएकोछ । नेपालगन्जमा आयोजना गरिएको कार्यकर्ता भेला तथा बाँके जिल्ला सम्मेलन आयोजक समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव राईले उपेन्द्र यादव मधेस आन्दोलन र मधेस बिद्रोहको मर्म बिपरित गएकोलेनै आफुहरु छुट्टिएको बताउनुभयो । उहाँले मधेसीको हक, अधिकारको रक्षा सहित अन्य पिडित र उत्पिडित समुदाय र वर्गको उत्थानका लागि जनता समाजवादी पार्टी गठन भएको जनाउँदै सबैतिर उत्साहपुर्ण समर्थन मिलिरहेको बताउनुभयो । पूर्वमन्त्री राईले थप्नुभयो–‘गत निर्वाचनमा यादवकै निर्देशनमा मलाई समेत हराउने काम गरियो, मलाई पराजित गराउन बाँकेमा गठबन्धन गर्न ...
प्रेस काउन्सिलद्धारा प्रकाशित पत्रपत्रिका वर्गीकरणको नतिजा पूर्वाग्रही र तथ्यहीन–प्रेस सेन्टर नेपाल

प्रेस काउन्सिलद्धारा प्रकाशित पत्रपत्रिका वर्गीकरणको नतिजा पूर्वाग्रही र तथ्यहीन–प्रेस सेन्टर नेपाल

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
समाचारदाता नेपालगन्ज, साउन २२ । श्रमजिवि पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालले एक बिज्ञप्ती प्रकाशित गरेर प्रेस काउन्सिल नेपालले गरेको आर्थिक वर्ष २०७८–७९ को पत्रपत्रिका वर्गीकरण र मूल्याङ्कनको प्रारम्भिक नतिजाप्रति गम्भीर आपत्ती जनाएको छ । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहत रहेको पत्रपत्रिकाको नियमनकारी एक मात्र निकाय प्रेस काउन्सिल नेपालले २०८१ साउन १८ गते सार्वजनिक गरेको वर्गीकरणको नतिजा अध्ययन गर्दा पूर्वाग्रही र तथ्यहीन देखिएको भन्दै सेन्टरले त्यसलाई तत्काल सच्चयाउन माग गरेको छ । प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले जारी गरेको विज्ञप्तीमा विगतमा क र ख लगायत माथिल्ला वर्गमा परेका र निरन्तर सोही मापदण्ड अनुसार प्रकाशित जन पक्षीय पत्रिकालाई छानी–छानी तल्लो वर्गमा झार्ने काम भएको तथ्य देशभरबाट आइरहेका जनाईएको छ । त्यसै गरी उस्तै मापदण्ड भएका अन्य पत्रिकालाई ...
बाँकेमा गरिने मिडिया सम्मेलनकालागि प्रेस सेन्टरद्धारा सुझाव संकलन

बाँकेमा गरिने मिडिया सम्मेलनकालागि प्रेस सेन्टरद्धारा सुझाव संकलन

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, राजनीति, विविध
समाचारदाता नेपालगन्ज, फागुन २२ । प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशले बाँकेको कोहलपुरमा फागुन २४ र २५ गते ‘लुम्बिनी प्रदेश स्तरीय मिडिया सम्मेलन २०८०’ आयोजना गरिने जनाएको छ । ‘शान्ति, समृद्धि, स्थायित्व र अग्रगमनका लागि जनपक्षीय पत्रकारिता श्रम अधिकार, समृद्धि र सुशासन जनपक्षीय पत्रकारिताको लागि हाम्रो अभियान’ भन्ने मुल नाराका साथ उक्त सम्मेलन हुन लागेको हो । सम्मेलनका बारेमा सुझाव संकलन गर्न मंगलवार नेपालगन्जमा आयोजना गरिएको कार्यक्रममा कोहलपुरस्थित शहिद स्मृति भवनमा सो सम्मेलन आयोजना गरिने प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष एवम् सम्मेलन तयारी समितिका संयोजक मानसिंह विश्वकर्माले जानकारी दिनुभयो । उक्त सम्मेलनको उदघाटन प्रमुख अतिथी एवम नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रचार विभाग इन्चार्ज अग्निप्रसाद सापकोटाले गर्ने कार्यक्रम तय भएको उहाँले बताउनुभयो । सम्मेलनको उद्घ...
पुर्वप्रधानमन्त्री नेपाल र नेपाली काँग्रेस प्रचार विभागका केन्द्रिय सदस्य शर्माविच राजनीतिक भेटघाट

पुर्वप्रधानमन्त्री नेपाल र नेपाली काँग्रेस प्रचार विभागका केन्द्रिय सदस्य शर्माविच राजनीतिक भेटघाट

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, माघ २३ । पुर्व प्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधबकुमार नेपालसँग नेपाली काँग्रेसको प्रचार विभागका केन्द्रिय सदस्य गिता शर्माविच राजनीतिक भेटघाट र विभिन्न विषयमा छलफल भएको छ । सो भेटघाटमा नेपालमा कसरी राजनीतिक स्थिरता कायम राख्न सकिन्छ र अहिले लाखौं विदेसिएका युवा वर्गलाई कसरी रोक्न सकिन्छ भन्ने विषयमा गम्भीर छलफल तथा विचार विमर्श भएको नेपाली काँग्रेस प्रचार विभागका केन्द्रिय सदस्य शर्माले बताउनुभयो । उहाँले भेटघाटका क्रममा पुर्व प्रधानमन्त्री नेपालले देशको आर्थिक र राजनितिक अवस्थाको बारेमा निकै गहिरो चिन्ता व्यक्त गर्दै राजनितिक स्थिरताकालागि सबैले मिलेर काम गर्नु पर्नेमा जोड दिनुभएको बताउनुभयो । पुर्व प्रधानमन्त्री नेपाल र काँग्रेस नेता शर्माविच भएको सानो भेटघाट र छलफल निकै फलदायी र राम्रो रहेको पनि जनाईएको छ ।...
माओवादी रुपान्तरण अभियानले जिल्लाका जनताको समस्या र गुनासा समाधान गर्ने

माओवादी रुपान्तरण अभियानले जिल्लाका जनताको समस्या र गुनासा समाधान गर्ने

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगन्ज, पुस १८ । नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको माओवादी बिशेष रुपान्तरण अभियानको बाँकेमा समिक्षा गरिएको छ । चार महिनासम्म सञ्चालन गरिएको सो अभियानबाट प्राप्त भएका उपलब्धी र गुनासासहित कमी कमजोरीका बारेमा बिस्तृत समिक्षा गरिएको नेकपा माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे जेम्सले बताउनुभयो । उहाँले अभियानका संयोजक, माओवादी केन्द्रका नेताहरु लगायत जिल्लाका विभिन्न तहका जिम्मेवार नेताहरुको सहभागिता रहेको सो समिक्षा कार्यक्रममा पालिकाका प्रमुखहरु लगायत जनवर्गिय संगठनका प्रमुखहरुले रिपोर्टिंग गर्नु भएको र सोही आधारमा समिक्षा गरिएको बताउनुभयो । सो कार्यक्रममा बोल्दै माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री कुलप्रसाद केसी सोनामले यो अभियानबाट जिल्लाका समस्या र समाधान बारे नयाँ संश्लेषण भएको बताउनुभयो । उहाँले चार महिनासम्म ...
माओवादीको प्रमुख मिसन समाजवाद हो–उपमहासचिव जनार्दन शर्मा

माओवादीको प्रमुख मिसन समाजवाद हो–उपमहासचिव जनार्दन शर्मा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, पुस १४ । नेकपा माओवादी केन्द्रका केन्द्रिय उपमहासचिव जनार्दन शर्मा प्रभाकरले माओवादी केन्द्रको प्रमुख मिसन समाजवाद भएको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाँकेद्धारा शनिवार यहाँस्थित त्रिभुवन चोकमा आयोजना गरिएको मधेसी, मुस्लिम र थारु मुक्ति मोर्चाको संयुक्त सभालाई सम्बोधन गर्दै उहाँले सो बताउनुभयो । पूर्व अर्थमन्त्री तथा माओवादी केन्द्रका उपमहाुसचव शर्माले माओवादीको अबको यात्रा भनेको समाजवाद, सुशासन, समृद्धि र देशको विकास रहेको जनाउँदै सो लक्ष्य प्राप्तीका लागि पार्टीलाई सशक्त र बलियो बनाउने उदेश्यले नै रुपान्तरण अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले माओवादी केन्द्रले देशका ६ हजार ७४३ वटा वडामा सञ्चालन गरेको जनजनमा माओवादी, घरघरमा माओवादी भन्ने विशेष रुपान्तरण अभियानले जनतामा माओवादीप्रति फेरी पनि आशा जगाएको र कार्यकर्तामा उत्साह थपेको बताउन...
शनिबार नेपालगन्जमा हुने कार्यक्रममा माओवादी नेता जनार्दन शर्माले सम्बोधन गर्ने

शनिबार नेपालगन्जमा हुने कार्यक्रममा माओवादी नेता जनार्दन शर्माले सम्बोधन गर्ने

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, पुस १३ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत शनिबार नेपालगन्जमा हुने कार्यक्रमलाई सम्बोधन गर्नु हुने भएको छ । पुस १४ गते शनिबार नेपालगन्जको त्रिभुवन चोकस्थित पूर्व लाईनमा आयोजना गरिने कार्यक्रमलाई उपमहासचिव शर्माले सम्बोधन गर्ने माओवादी बाँकेका सचिब डिल्ली बरालले जानकारी दिनुभयो । मुस्लिम मुक्ति मोर्चा, थारु मुक्ति मोर्चा तथा मधेसी मुक्ति मोर्चाको संयुक्त जिल्ला भेलाको उदघाटन कार्यक्रमलाई नेता शर्मासहित अन्य केन्द्रिय नेताहरुले पनि सम्बोधन गर्ने सचिब बरालले बताउनुभयो । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत शनिबार नेपालगन्जमा उक्त कार्यक्रमको आयोजना गरिएको माओवादी बाँकेका संयोजक नरेन्द्र पाण्डेले जनाउनु भएको छ । उहाँले माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत जिल्लाका आठवटै पालिकामा विभिन्न अभिय...
जब किशोरी बनिन् एकदिनको प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समितिको प्रमुख

जब किशोरी बनिन् एकदिनको प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समितिको प्रमुख

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, शिक्षा
समाचारदाता नेपालगञ्ज, मंसिर २७ । बाँके जिल्लाका पाँच जना किशोरीले एक दिनका लागि विभिन्न कार्यालयका प्रमुखको जिम्मेवारी सम्हालेर ती कार्यालयका गतिविधि बारे जानकारी लिएका छन् । प्लान ईन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लवको आयोजनामा सञ्चालन गरिएको किशोरी सशक्तिकरण कार्यक्रम अन्तरगत नेतृत्व क्षमताको विकास गर्ने उदेश्यले गल्र्स टेकओभर कार्यक्रम गरेर किशोरीहरुले एकदिनका लागि विभिन्न कार्यालयको जिम्मेवारीमा पद वहाली गरि उनीहरुलाई सो कार्यालयले दिने सेवा र सुविधाको बारेमा जानकारी गराईएको हो । बाँके कोहलपुरकी १७ वर्षिया प्रतिष्ठा गौतमले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको जिम्मेवारी बहन गरी जिल्ला प्रशासन कार्यलय बाँकेबाट दिईने सेवाप्रवाहको बारेमा जानकारी लिनुको साथै किशोरी मैत्री प्रशासन बनाउने कुरामा जोड दिईन । गौतमले बाँकेको प्रमुख जिल्ला अधिकारीले दैनिक बहन गर्नुपर्ने जिम्मेव...