बिद्यालय पोशाक पनि सीमापारीबाट ल्याउँदा व्यवसाय धराशायी भयो – सिलाई व्यवसायी
सिराज खान
नेपालगन्ज, असार २६ गते । विद्यार्थिको पोशाक समेत भारतबाट ल्याउने कार्य भइरहेकोले आफुहरुको पेशामा ठुलो प्रभाव परेको जनाउँदै नेपाल कपडा तथा सिलाई व्यवसायी संघ बाँकेले सो तत्काल रोक्नुपर्ने माग गरेको छ ।
सीमापारीबाट कमिशन लिएर विद्यार्थिको पोशाक झिकाउने कार्य भइरहेकोले व्वयसायनै धराशायी भएकोले तत्काल सो कार्य रोक्नुपर्ने लगायतका माग गरेर जिल्ला प्रशासन कार्यालयमा ज्ञापन बुझाईएको नेपाल कपडा तथा सिलाई व्यवसायी संघ बाँकेका अध्यक्ष कल्पना पुनले बताउनुभयो ।
उहाँले विद्यालय पोशाक पनि भारतबाटै सिलाएर ल्याउने कार्य हुन थालेको जनाउँदै सो को बिरोधमा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई १४ बुँदे ज्ञापन पत्र बुझाएको बताउनुभयो ।
नेपाल कपडा तथा सिलाई व्यवसायी संघद्धारा बाँकेका प्रमुख जिल्ला अधिकारीलाई बुझाएको १४ बुँदे ज्ञापन पत्रमा बाँकेका सरकारी विद्यालय तथा क्याम्पस साथै निजी विद्य...









