९ माघ २०८२, बिहीबार

मुख्य समाचार

बर्दिया मधुवनको वडा नम्बर चार बालविवाहमुक्त वडा घोषणा

बर्दिया मधुवनको वडा नम्बर चार बालविवाहमुक्त वडा घोषणा

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, फागुन २५ । बर्दियाको मधुवन नगरपालिकाको वडा नम्बर ४ लाई एक भव्य समारोहकाविच बालविवाहमुक्त वडा घोषणा गरिएको छ । प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब, बी ग्रुप, दलित महिला उत्थान केन्द्र, गुड नेबर्स इन्टरनेसनल र सोनाहा विकास समाजको सहकार्यमा मधुवनको वडा नम्बर ४ लाई आधकिारिक रुपमा बालविवाहमुक्त वडा घोषणा गरिएको हो । मधुवन नगरपालिकाका उपमेयर अनिता चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले सो वडालाई बालविवाहमुक्त वडा घोषणा गर्नुभयो । सो अवसरमा बोल्दै मन्त्री तिमिल्सिनाले बालविवाह र महिला हिंसा रोक्नका लागि महिलाहरु आफै सक्रिय भएर अगाडी आउनुपर्ने बताउनुभयो । उहाँले सानै उमेरमा बालबालिकाको बिवाह गर्दा बालबालिकालाई पर्ने सामाजिक र मानसिक असरले उनीहरूको विकास हुन नसक्ने र स्वास्थ्यमा प्र...
अन्तर्राष्ट्रिय महिला दिवस, उपलब्धिहरूको सम्मान र लैंगिक समानताको लागि संघर्ष गर्ने दिन

अन्तर्राष्ट्रिय महिला दिवस, उपलब्धिहरूको सम्मान र लैंगिक समानताको लागि संघर्ष गर्ने दिन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
अधिवक्ता मीना पराजुली अन्तर्राष्ट्रिय महिला दिवस प्रत्येक वर्ष मार्च ८ मा मनाइन्छ, र यो दिन विशेष गरी महिलाका सामाजिक, आर्थिक, सांस्कृतिक, र राजनीतिक उपलब्धिहरूको सम्मान गर्ने अवसर हो। साथै, यो दिन लैंगिक समानता र महिला अधिकारका लागि जारी रहेको संघर्षलाई पनि उजागर गर्ने एक महत्वपूर्ण अभियान हो। यसले संसारभरका महिला र बालिकाहरूको समान अवसर र अधिकार प्राप्तिका लागि भएका प्रयासहरूलाई स्वीकार गर्दै, अझै धेरै सुधार र परिवर्तनका लागि प्रतिबद्धता जनाउँछ। यो अवसरले महिलाका हकको रक्षा, सशक्तिकरण, र सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा उनीहरूको सहभागिता सुनिश्चित गर्न महत्त्वपूर्ण कदम चाल्नका लागि विश्वभरका सरकारहरू, संघसंस्थाहरू, र समुदायहरूलाई प्रेरित गर्दछ। यो दिन केवल एक उत्सव मात्र होइन, लैंगिक आधारमा हुने भेदभाव, हिंसा र असमानताको विरुद्ध एक आह्वान र एकता पनि हो। अहिले पनि हाम्रो समाजमा ल...
गुलरियाको वडा नम्बर २ बालविवाहमुक्त वडा घोषणा

गुलरियाको वडा नम्बर २ बालविवाहमुक्त वडा घोषणा

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, फागुन २३ । बर्दियाको गुलरिया नगरपालिकाको थप एक वडालाई पनि बालविवाहमुक्त वडा घोषणा गरिएको छ । नगरपालिकाको वडा नम्बर २ लाई पनि बालविवाहमुक्त वडा घोषणा गरिएको हो । महिला बालबालिका शाखा र गुलरिया नगरपालिका वडा न २ को आयोजनामा बाँके युनेस्को क्लब, प्लान इन्टरनेसनल नेपाल र दलित महिला उत्थान केन्द्रसँगको सहकार्यमा गुलरिया नगरपालिका वडा नम्बर २ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ । गुलरिया नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष टंक प्रसाद अधिकारीको अध्यक्षतामा आयोजित भव्य समारोहमा उक्त घोषणा गरिएको हो । घोषणा कार्यक्रममा गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गुलरिया नगरपालिकालाई बालविवाहमुक्त पालिका बनाउने उदेश्यले वडाहरुलाई बालविवाहमुक्त घोषणा गरिएको बताउनुभयो । उहाँले सन् २०८१ भित्र गुलरिया नगरपालिकालाई बालविवाहमुक्त क्षेत्र बनाउने प्रतिबद्धता अनुसार नै बालविवाह...
प्रजिअ रिजालको चरित्र हत्या गरियो, आरोपमा कुनै सत्यता छैन– शिक्षा विकास तथा समन्वय इकाइ

प्रजिअ रिजालको चरित्र हत्या गरियो, आरोपमा कुनै सत्यता छैन– शिक्षा विकास तथा समन्वय इकाइ

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगन्ज, फागुन १७ । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल विरुद्ध सामाजिक सञ्जाल मार्फत लगाईएको आरोपमा कुनै सत्यता नभएको र सो आरोप चरित्र हत्या गर्न लगाईएको शिक्षा विकास तथा समन्वय इकाइ बाँकेले प्रष्ट पारेको छ । कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले बाँकेका प्रमुख जिल्ला अधिकारी रिजालले कक्षा १० को एसइइको परिक्षा केन्द्र निर्धारण गर्दा केही संस्थागत विद्यालयसँग सौदावाजी गरेको आरोप लगाउँदै सामाजिक सञ्जाल फेसबुकमा लेखेपछि शिक्षा विकास तथा समन्वय इकाइ बाँकेले शनिवार एक प्रेस विज्ञप्ती निकालेर सो आरोपमा कुनै पनि सत्यता नभएको जनाएको छ । शिक्षा विकास तथा समन्वय इकाइ बाँकेले प्रकाशित गरेको बिज्ञप्तीमा बिना आधार प्रमाण केही व्यक्तिद्धारा प्रमुख जिल्ला अधिकारीको चरित्र हत्या गरिएको जनाउँदै त्यस्तो कार्यविरुद्ध खेद प्रकट गरेको छ । बिज्ञप्तीमा भनिएको छ–‘सामाजिक ...
बर्दियामा प्रजनन स्वास्थ्य अधिकार र अपाङ्गता मैत्री स्वास्थ्य सेवा सम्बन्धी तालिम सम्पन्न

बर्दियामा प्रजनन स्वास्थ्य अधिकार र अपाङ्गता मैत्री स्वास्थ्य सेवा सम्बन्धी तालिम सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, फागुन १५ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिका स्वास्थ्य शाखासंगको संयुक्त आयोजनामा मधुवन नगरपालिकामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार र अपाङ्गता मैत्री स्वास्थ्य सेवा सम्बन्धी स्वास्थ्य सेवा प्रदायकहरूलाई तालिम प्रदान गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरिरहेको सशक्त बालिका परियोजना अन्तर्गत सो तालिम सम्पन्न गरेको हो । सो तालिममा मधुवनका स्वास्थ्य इकाइ, स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्रका गरी जम्मा १९ जना सहभागीहरूले सक्रिय सहभागिता जनाएका थिए । अपाङ्गता, किशोरीमैत्री सेवा, बालिकाको यौन तथा प्रजनन स्वास्थ्य अधिकार, यौन तथा प्रजनन स्वास्थ्य सेवामा पहुँचका साथै सेवा लिन आएका बिरामीले सुरक्षित, भयरहित वातावरणमा बालस्वास्थ्य सेवा लिन पाउने बारेमा जानकारी गराउने उदेश्यले सो तालिम सञ्चालन गरिएको बाँके युनेस्को क्लबका ...
बर्दिया मधुवनमा मानसिक स्वास्थ्य र मनो–सामाजिक मनोपरामर्श तालिम सम्पन्न

बर्दिया मधुवनमा मानसिक स्वास्थ्य र मनो–सामाजिक मनोपरामर्श तालिम सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, फागुन १४ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिकामा किशोरीहरुकालागि मानसिक स्वास्थ्य र मनो–सामाजिक मनोपरामर्श तालिम सम्पन्न गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत सो तालिम सम्पन्न गरिएको हो । बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले किशोरीहरूलाई व्यक्तिगत, सामाजिक र मनोवैज्ञानिक चुनौतीहरू सामना गर्न आवश्यक सीप, ज्ञान र भावनात्मक सहनशीलता प्रदान गर्दै उनीहरूमा आत्म–विश्वास र आत्म–सम्मान निर्माण गर्ने उदेश्यले सो तालिम सञ्चालन गरिएको बताउनुभयो । तालिममा किशोरीहरुको आत्म–मूल्यलाई प्रोत्साहन दिने, सचेत निर्णय लिन सशक्त बनाउने, सामना गर्ने रणनीतिहरू, सञ्चार र अन्तरव्यक्तिगत सीपहरू विकास गर्ने, मानसिक स्वास्थ्यको चेतना फैलाउने, समस्या समाधान र निर्णय लिने क्षमता विकास गर्ने गरि ...
सोफिया रेजिडेन्सियल स्कुलको १८ औं खेलकुद दिवस भव्य रुपमा सम्पन्न

सोफिया रेजिडेन्सियल स्कुलको १८ औं खेलकुद दिवस भव्य रुपमा सम्पन्न

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
ब्लु हाउस बन्यो च्याम्पियन, अभिावकहरुले पनि खेल खेलेर रमाए समाचारदाता नेपालगन्ज, फागुन १३ । पचास भन्दा बढी खेलकुद प्रतियोगिताको आयोजना गरेर बिद्यालयका बालबालिकादेखि अभिभावक माता पिता समेतलाई खेलमा सहभागि गराई सोफिया रेजिडेन्सियल ईंगलिस स्कुलले मंगलवार १८ औँ खेलकुद दिवस भव्यताका साथ सम्पन्न गरेको छ । स्कुलको सुविधासम्पन्न खेल मैदानमा सम्पन्न गरिएको खेलकुद दिवसमा विभिन्न विधामा खेलाइएका ५० भन्दा बढी खेलकुद प्रतियोगिताका विजेतालाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरियो । विभिन्न प्रतियोगितामा सबैभन्दा बढी पदक र अंक प्राप्त गरेर ब्लु हाउसले खेलकुद दिवसको उपाधी जित्न सफल भई च्याम्पियन बन्न सफल भयो । विभिन्न खेलहरुमा पहिलो, दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका आन्तरिक मामिलामा तथा कानुन मन्त्री आदेश अग्रवाल, स्कुलका अध्यक्ष...
बर्दियामा बाल बेचबिखन विरुद्ध सचेतनामूलक र घट्ना रिपोर्टिङ तालिम शुरु

बर्दियामा बाल बेचबिखन विरुद्ध सचेतनामूलक र घट्ना रिपोर्टिङ तालिम शुरु

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, फागुन १३ । बाँके युनेस्को क्लबले बर्दिया मधुवन नगरपालिकाका युवालाई लक्षित गरेर ठाकुरद्धारामा तीन दिने बाल बेचबिखन विरुद्धको सचेतनामूलक र घट्ना रिपोर्टिङ तालिम सुरु गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत मधुवन नगरपालिकाका युवा स्वयंसेवक र युवा दूतहरुकालागि बाल बेचबिखन विरुद्धको सो तालिम सुरु गरेको हो । उक्त तालिम तीन दिनसम्म चल्नेछ । तालिमको मुख्य उद्देश्य युवा दूतहरूलाई बाल बेचबिखन लगायत बाल संरक्षणको ज्ञान दिनुका साथै सशक्त बनाउनु र उनीहरूलाई उपयुक्त प्रतिवेदन संरचना र संयन्त्रहरू मार्फत बाल बेचबिखन लगायत सुरक्षा उलंघनका घटनाहरू विश्वस्त रूपमा रिपोर्ट गर्न सक्षम पार्नु रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । उहाँले सो तालिममा ५ जना पुरुष र १५ जना महिला गरी जम्मा २० जना युवा दूतहरुको...
बर्दियाको ठाकुरबाबा र राजापुरमा ३९० घण्टाको सीप विकास तालिम शुरु

बर्दियाको ठाकुरबाबा र राजापुरमा ३९० घण्टाको सीप विकास तालिम शुरु

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, फागुन १२ । बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकामा बाँके युनेस्को क्लबले सीप विकास तालिम सञ्चालन गरेको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा सञ्चालित ग्रिन इकोनोमि परियोजना अन्तर्गत दुबै नगरपालिकामा एकै पटक सीप विकास तालिम शुरु गरिएको क्लबका अध्यक्ष रवि कुमार तुलाधरले बताउनुभयो । ठाकुरबाबा नगरपालिकामा तालिमको उदघाटन ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्साल र उपमेयर बिना कुमारी भट्टराईले गर्नुभयो । तालिमको शुभारम्भ गर्दै ठाकुरबाबा नगरपालिकाका मेयर लम्साल र उपमेयर भट्टराइले तरकारी र अन्य उत्पादनमा अत्याधिक रासायनिक विषादीको प्रयोगले हुने हानिकारक असरलाई ध्यानमा दिएर विषादीरहित उत्पादन गर्नुपर्ने बताउनुभयो । उहाँहरुले हरित व्यापार प्रवद्र्धनका लागि स्थानीय सरकारबाट हरेक प्रकारको सहयोग गर्ने प्रतिबद्धता पनि सो अवसरमा व्यक्त गर्नुभयो...
बर्दिया बढैयातालका स्वास्थ्य सेवा प्रदायकलाई दुई दिने प्रशिक्षण

बर्दिया बढैयातालका स्वास्थ्य सेवा प्रदायकलाई दुई दिने प्रशिक्षण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, फागुन ९ । बर्दियाको बढैयाताल गाउँपालिका अन्तर्गत नौ वटै वडाका स्वास्थ्य चौकी प्रमुख, प्रतिनीधी तथा स्वास्थ्य सेवा प्रदायककालागि दुई दिने प्रशिक्षण सम्पन्न भएको छ । स्वास्थ्य सेवालाई सरल र व्यवस्थ्यित बनाउनकालागी प्लान इन्टरनेसनल नेपाल र बाँके यूनेस्को क्लबको साझेदारीमा शसक्त बालिका परियोजना अन्तर्गत सो प्रशिक्षण सञ्चालन गरिएको हो । स्वास्थ्य सेवा प्रदान गर्दा अपाङ्गमैत्री, किशोरकिशोरी मैत्री सेवा, किशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका साथै यौन तथा प्रजनन स्वास्थ्य सेवामा पहुच, नीती निर्देशिका बारे जानकारी गराउने उद्देश्यले संचालित सो तालिममा स्वास्थ्य शाखा, स्वास्थ्य चौकि तथा आधारभूत स्वास्थ केन्द्रका २० जनाको सहभागिता रहेको थियो । प्रशिक्षण कार्यक्रममा कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस, सेवा लिन आएका विरामीहरुले सुरक्षीत र भयरहीत बाता...