९ माघ २०८२, बिहीबार

मुख्य समाचार

सरसफाईकर्मी र कृषकहरुको पेशागत स्वास्थ्यकालागि सुरक्षा र बीमामा बिशेष जोड

सरसफाईकर्मी र कृषकहरुको पेशागत स्वास्थ्यकालागि सुरक्षा र बीमामा बिशेष जोड

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, पुस ६ । भेरी वातावरणीय विशिष्टता समूह बी–ग्रुपले नेपालगन्जमा आयोजना गरेको सार्वजनिक निजी साझेदारी मञ्चको बैठकमा सरसफाईकर्मी र कृषकहरुको पेशागत स्वास्थ्यका लागि अपनाउनु पर्ने बिभिन्न उपायहरुका बारेमा बिस्तृत रुपमा छलफल गरिएको छ । एएफडी र एमडिएम फ्रान्सको सहयोगमा बी–ग्रुपले जिल्लाका तीनवटा पालिकामा सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ अन्तर्गत सो बैठकको आयोजना गरिएको हो । बैठकमा सरसफाईकर्मीहरुको स्वास्थ्य बीमा वा सामाजिक सुरक्षामा आवद्धता, सरसफाईकर्मी र कृषकहरुको पेशागत स्वास्थ्यका लागि व्यक्तिगत सुरक्षा सामाग्रीको व्यवस्था, नेपालगन्ज उपमहानगरको फोहोर व्यवस्थापनका लागि नगरभित्र डस्टबीनको व्यवस्था र स्थानीय स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई स्वास्थ्य बीमाको पहिलो सम्पर्क केन्द्र बनाउने बारेमा सहभागिहरुबिच छलफल भएको थियो । सो बैठकमा नेपालगन्...
सीमावासीसंग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत २८८ जनाको निशुल्क स्वास्थ्य परीक्षण

सीमावासीसंग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत २८८ जनाको निशुल्क स्वास्थ्य परीक्षण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगन्ज, पुस ६ गते । ‘सीमावासीसंग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत बाँकेमा सशस्त्र प्रहरीले निशुल्क स्वास्थ्य शिविर आयोजना गरेर २८८ जना सीमावासीको स्वाथ्य परीक्षणसंगै औषधी बितरण गरेको छ । शिविरमा १५२ महिला र १३६ जना पुरुषको उपचार गरिएको थियो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेले डुडुवा गाउँपालिकाको समन्वय तथा मध्यपश्चिम क्षेत्रीय सशत्र प्रहरी बल अस्पताल बाँकेको सहकार्यमा सीमाना नजिकको खडैचा पिप्रहवामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । सो शिविरमा २८८ जनाको निशुल्क उपचार गर्नुका साथै उनिहरुलाई बिभिन्न प्रकारका औषधीहरु पनि निशुल्क बितरण गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक बिमल डाँगीले बताउनुभयो । उहाँले सीमावासीको हरेक दुखसुखमा सहभागि हुने तथा उनिहरुसंग सम्बन्ध प्रग...
बर्दिया जिल्लास्तरीय कार्यक्रम सल्लाहकार समितिद्धारा कार्यक्रम अनुगमन

बर्दिया जिल्लास्तरीय कार्यक्रम सल्लाहकार समितिद्धारा कार्यक्रम अनुगमन

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, पुस ६ । बर्दिया जिल्लाको बिकास साझेदारका रुपमा कार्यरत बाँके युनेस्को क्लब, राधाकृष्ण थारु जनसेवा केन्द्र र बि ग्रुपद्धारा संचालित शसक्त बालिका परियोजना, बाल बिवाह न्युनिकरण परियोजना र ग्रीन इकोनोमी परियोजना अन्तर्गत संचालित बिभिन्न कार्यक्रम तथा सामाग्रीहरुको अनुगमन गरिएको छ । सो अनुगमन जिल्लास्तरीय कार्यक्रम सल्लाहकार समितिद्धारा गरिएको हो । अनुगमन कार्यक्रममा जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सुर्य बहादुर विष्ट, उपप्रमुख अमृता कुमारी यादव, शिक्षा विकास समन्वय ईकाई प्रमुख सूर्य बहादुर खत्री, राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठ, प्लान नेपालका कार्यक्रम व्यवस्थापक मानविर बिक, कार्यक्रम अधिकृत निर्मला महत, बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक गोविन्द प्रसाद लामिछाने, राधाकृष्ण थारु जनसेवा केन्द्रका कार्यक्रम संयोजक मनोज पौडेल, बि ग्र...
पेशागत स्वास्थ्य तथा सुरक्षासेवा सम्बन्धि दुई दिने पुनर्ताजगी तालिम सम्पन्न

पेशागत स्वास्थ्य तथा सुरक्षासेवा सम्बन्धि दुई दिने पुनर्ताजगी तालिम सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदता नेपालगन्ज, पुस ६ । भेरी वातावरणीय विशिष्टता समूह बी–ग्रुपले स्वास्थ्यकर्मीहरुका लागि पेशागत स्वास्थ्य तथा सुरक्षा सेवा सम्बन्धि दुई दिने पुनर्ताजगी तालिम नेपालगन्जमा सम्पन्न गरेको छ । संस्थाले एएफडी एवम् एमडिएम फ्रान्सको सहयोगमा बाँकेका तीनवटा पालिकामा सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ अन्तर्गत सो तालिम आयोजना गरिएको हो । परियोजनामा संलग्न रहनु भएका नेपालगन्ज उपमहानगर, खजुरा र डुडुवा गाउँपालिकाका १५ सय किसान तथा ५ सय सरसफाईकर्मीको पेशागत जोखिम न्युनिकरण र स्वास्थ्य सुनिश्चितताका लागि परामर्श तथा जाँचहरु सम्बन्धित स्वास्थ्य संस्थाहरुमा नियमित हुने गरेको छ । सोही सेवालाई थप प्रभावकारी बनाउन पुनर्ताजगी तालिम संचालन गरिएको परियोजनाका संयोजक समद सिद्दिकीले बताउनुभयो । सो तालिमको प्रमुख प्रशिक्षकमा एमडीएम फ्रान्सका मेडिकल कोअर्डिनेटर सन्ध्या सुवेदी ...
सोफिया रेजिडेन्सियल ईंगलिस स्कुलले १८ औं बार्षिकोत्सव भव्य रुपमा मनायो

सोफिया रेजिडेन्सियल ईंगलिस स्कुलले १८ औं बार्षिकोत्सव भव्य रुपमा मनायो

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, पुस ४ । बिहिबार दिउँसो जब सयौं बिद्यार्थिहरु एकै पटक बिभिन्न रंगविरंगी लुगा लगाएर आकर्षक नृत्य गर्दै मैदानमा उत्रिए, ठुलो संख्यामा त्यहाँ उपस्थित अभिभावक र अतिथिहरु सो दृष्य कैद गर्न आआफ्नो मोबाइलमा निकै बेरसम्म व्यस्त दखिए । यो दृष्य थियो, बाँके जिल्लाकै उत्कृष्ट बिद्यालयहरुमध्येको एक सोफिया रेजिडेन्सियल ईंगलिस स्कुल नेपालगन्जको बिद्यालय परिसर भित्रको खुला मैदानको । जहाँ भव्य कार्यक्रमको आयोजना गरी बिद्यालयले आफ्नो १८ औँ वार्षिकोत्सव तथा क्रिसमस सेलिब्रेसन मनाउँदै थियो । सो अवसरमा नर्सरीदेखि कक्षा १० सम्मका बिद्यार्थिहरुले प्रस्तुत गरेको सामुहिक नृत्य, नाटक र लोपोन्मुख नृत्यमा करिब ५ घण्टासम्म सबै मंत्रमुग्ध भए । सो बिद्यालयका बालबालिकाले प्रस्तुत गरेको प्रस्तुती अतिनै सराहनीय र उत्कृष्ठ रहेको अधिकांशको प्रतिक्रिया थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क...
नाजिया बनिन् एक दिनका लागि गुलरिया नगरपालिकाकी उपमेयर

नाजिया बनिन् एक दिनका लागि गुलरिया नगरपालिकाकी उपमेयर

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, पुस ३ । बर्दियाको गुलरिया नगरपालिकामा रहेको प्रगति किशोरी क्लबकी सदस्य नाजिया खानले एक दिनका लागि उपमेयर सावित्रा गौतमको पदभार ग्रहण गरेपछि आफुमा समाजका लागि केही गर्ने आत्मविश्वास बृद्धि भएको बताउनुभयो । उहाँले यो कार्यक्रमले किशोरीहरुको क्षमता विकासमा पनि ठुलो योगदान गरेको बताउनुभयो । प्लान नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लबले संचालन गरेको शसक्त बालिका परियोजनाको गल्र्स टेकओभर कार्यक्रम अन्तर्गत नाजिया खान गुलरिया नगरपालिकाको एक दिनको उपमेयर बन्नु भएको हो । सो कार्यक्रमको उदेश्य किशोरीहरूलाई उनीहरूको रोल मोडेल बन्न सक्ने क्षमतालाई महसुस गर्न र भविष्यमा नेतृत्वदायी भूमिका खेल्न थप प्रोत्साहित गरेर उनीहरूलाई सशक्त बनाउनु रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । सो अवसरमा बोल्दै गुलरियाका उपमेयर सावित्रा गौतमले गल्र्स टेकओभर कार्यक्रम...
बाँकेको डुडुवा गाउँपालिकामा पोषण लेखाजोखा सम्बन्धि अभिमुखिकरण सम्पन्न

बाँकेको डुडुवा गाउँपालिकामा पोषण लेखाजोखा सम्बन्धि अभिमुखिकरण सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, पुस ३ । बाँकेको डुडुवा गाउँपालिकामा पालिकास्तरीय पोषण लेखाजोखा तथा व्यवस्थापन सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ । केयर नेपाल, आइडि नेपालसंगको साझेदारीमा बी–ग्रुपद्धारा बाँकेमा संचालित पोषण परियोजनाको आर्थीक सहयोग र डुडुवागाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सो अभिमुखिकरण मंगलवार सम्पन्न भएको हो । गाउँपालिकामा रहेका ६ देखि ५९ महिनाका बालबालिकाहरुको पोषण लेखाजोखा तथा व्यवस्थापनको सम्बन्धमा आयोजना गरिएको सो कार्यक्रम गाउँपालिकाका उपाध्यक्ष साहिदा बानोको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष बानोले अशिक्षा र जनचेतनाको अभावले गाउँमा बालबालिकाहरु कुपोषणको शिकार हुने गरेको जनाउँदै यो परियोजनाले सो समस्या समाधान गर्न सहयोग गर्ने बताउनुभयो । आजका बालबालिका भोलीका कर्णधार भएको जनाउँदै उहाँले पोषण परियोजनालाई सफल पार्न सिंगो गाउँपालि...
बालबालिकाको पोषण लेखाजोखा तथा व्यवस्थापन सम्बन्धि अभिमुखिरण सम्पन्न

बालबालिकाको पोषण लेखाजोखा तथा व्यवस्थापन सम्बन्धि अभिमुखिरण सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, पुस २ । बाँकेको जानकी गाउँपालिकामा ६ देखि ५९ महिनाका ५९ जना बालबालिकामा कुपोषणको समस्या देखिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । केयर नेपाल र आइडी नेपालको सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह बी–ग्रुपले बाँकेमा सञ्चालन गरेको पोषण परियोजना अन्तर्गत नेपालगन्जमा आयोजना गरिएको एक कार्यक्रममा सो जानकारी गराईएको हो । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पोषण लेखाजोखा तथा व्यवस्थापन सम्बन्धि पालिकास्तरीय जानकी गाउँपालिकाको एक दिने अभिमुखिरण कार्यक्रम नेपालगन्जमा मंगलवार सम्पन्न गरिएको छ । सो कार्यक्रममा बोल्दै जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले अशिक्षा, गरिबी र चेतनाको अभावले गर्दा पोषण सम्बन्धि समस्या रहेको जनाउँदै यस्ता परियोजनाबाट सो समस्या समाधान हुने बिश्वास व्यक्त गर्नुभयो । उहाँले परियोजनालाई सफल पार्न पालिकाले हरेक प्रकारको सहयोग, समन्वय र सहक...
बढैयाताल गाउँपालिकाको वडा नम्बर ८ वालविवाहमुक्त वडा घोषणा

बढैयाताल गाउँपालिकाको वडा नम्बर ८ वालविवाहमुक्त वडा घोषणा

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, मंसिर १८ । बर्दियामा सञ्चालन गरिएको बालविवाह विरुद्धको अभियान अन्तर्गत बढैयाताल गाउँपालिकाको वडा नम्बर ८ लाई औपचारिक रुपमा बालविवाहमुक्त वडा घोषणा गरिएको छ । प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बी ग्रुपको अथक प्रयास र संयुक्त सहकार्यबाट यो उपलब्धि सम्भव भएको वडा नम्बर ८ का अध्यक्ष तेजनाथ पौडेलले बताउनुभयो । वडा नं ८ का वडा अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न भएको वालविाहमुक्त वडा घोषणा कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुमेश्वर ढकालले बर्दियालाई वालविवाहमुक्त जिल्ला बनाउन सबैले लाग्नु पर्ने बताउनुभयो । उहाँले सो कार्यमा संलग्न सबै सरोकारवालालाई उक्त अवसरमा धन्यवाद पनि दिनुभयो । सो अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका मुख्य सल्लाहकार लक्ष्मण ज्ञवाली, बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी र गाउँपालिकाक...
असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्रको निशुल्क स्वास्थ्य शिविरमा ११५ जनाको उपचार

असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्रको निशुल्क स्वास्थ्य शिविरमा ११५ जनाको उपचार

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, मंसिर १६ । बाँकेको राप्तिसोनारी गाउपालिका वडा नम्बर ६ को सुकमैया प्राथमिक विद्यालय नयाँबस्तीमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिवार भएको शिविरमा ११५ जनाको निशुल्क चेकजाँच र उपचार गरिएको हो । नेपालगन्जस्थित असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्रको सहयोग र वडा नं. ६ को संयोजनमा निशुल्क स्वस्थ्य शिविर भएको स्वास्थ्य केन्द्रका प्रमुख डा. प्रकाश बसेलले बताउनु भयो । शिविरमा उपस्थित लक्षित समुहलाई सम्बोधन गर्दै वडा अध्यक्ष लवराज खरेलले विभिन्न स्वस्थ्य शिविर भएपनि आजसम्म नाक, कान, घाँटीको स्वस्थ्य शिविर नभएको बताउनु भयो । उहाँले भनुभयो–गाउपालिकाले पहिला एकपटक शिविरको आयोजना गरेको थियो । तर त्यसपछि यसप्रकारको स्वस्थ्य शिविर हुन सकेको थिएन । तपाईहरुले यस्तो महत्वपूर्ण स्वस्थ्य शिविर ल्याएर आउनुभएको लागि धन्यवाद व्यक्त गर्दछु । वडाबासीलाई निशुल्क स्व...