बाँकेका पाँच गाउँपालिकामा ‘पोषण’ परियोजना सञ्चालन
समाचारदाता
नेपालगन्ज, साउन ४ । बाँके जिल्लाका पाँचवटा गाउँपालिकामा सिमान्तकृत समुदायका आमा र बच्चाको स्वास्थ्यमा सुधारकालागि पोषण परियोजना सञ्चालन गरिएको छ ।
केयर नेपाल र आइडीइ नेपालको सहकार्यमा भेरी वातावरणीय बिशिष्टता समुह बि ग्रुपद्धारा सञ्चालन गरिएको सो परियोजनाको बारेमा स्थानीय सरकार लगायत बिभिन्न सरोकारवालाहरुलाई जानकारी गराउन शुक्रवार नेपालगन्जमा शुभारम्भ बैठकको आयोजना गरियो ।
बैठकको सहजीकरण गर्दै बि ग्रुपका कार्यकारी निर्देशक डम्मर सुनारले बाँकेका राप्ती सोनारी, बैजनाथ, खजुरा, डुडुवा र जानकी गाउँपालिकामा सो परियोजना सञ्चालन गरिएको जनाउँदै परियोजनाबाट ती पालिकाका सिमान्तकृत समुदायका आमा र बालबालिकाको स्वास्थ्यमा सुधार हुने बिश्वास व्यक्त गर्नुभयो ।
बि ग्रुपका अध्यक्ष टेक बहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको बैठकमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र बहादुर चौधरील...









