८ माघ २०८२, बुधबार

मुख्य समाचार

जनसांस्कृतिक महासंघ बाँकेद्धारा विकृति, कुरीति एवम् कुसंस्कार विरुद्ध तीज विशेष कार्यक्रम

जनसांस्कृतिक महासंघ बाँकेद्धारा विकृति, कुरीति एवम् कुसंस्कार विरुद्ध तीज विशेष कार्यक्रम

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
समाचारदाता नेपालगन्ज, भदौ २७ । नेकपा माओवादी केन्द्र निकटको कलाकारहरुको संगठन जनसाँस्कृतिक महासंघ बाँकेले नेपालगन्जमा विकृति, कुरीति एवम् कुसंस्कार विरुद्ध सचेतना जगाउँदै तीज विशेष कार्यक्रम गरेको छ । कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दामा शर्माले तीजलाई भड्किलो खर्चिलो तथा रुढीबादी र परम्परागत ढंगले नभई सुशासनका पक्षमा रहेर प्रगतिशील, चेतनामूलक, भ्रष्टाचारविरुद्ध, महिला हिंसाविरुद्ध तथा समाजमा रहेका तमाम विकृति, कुरीति एवम् कुसंस्कारका विरुद्ध समाजलाई सुसूचित गराउदै चेतनामूलक गीत र नृत्यबाट समाजलाई परिवर्तन गर्नुपर्ने बताउनुभयो । उहाँले तीजलाई धार्मिक हिसाबले नभएर साँस्कृतिक चाडपर्वका रुपमा मनाउनु पर्नेमा जोड दिनुभयो । नेकपा माओवादी केन्द्रका बाँके संयोजक नरेन्द्र पाण्डे जेम्सले तीजलाई अरुको देखासिकी गरेर आधुनिकताका नाममा पाश्चात्य संस्कृति समाजमा फै...
बर्दियाको ठाकुरबाबामा असोज तीन गते रोजगार मेला संचालन गरिने

बर्दियाको ठाकुरबाबामा असोज तीन गते रोजगार मेला संचालन गरिने

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, भदौ २६ । बर्दियाको ठाकुरबाबा नगरपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा असोज ३ गते रोजगार मेला संचालन गरिने भएको छ । ठाकुरबाबा नगरपालिकाको आयोजना र बाँके युनेस्को क्लवको सहजिकरणमा संचालन गरिने सो मेलाको तयारीकालागि ठाकुरबाबा नगरपालिकाका उप—प्रमुख बिनाकुमारी भट्टराईको अध्यक्षता र जिल्ला समन्वय प्रमुख सुर्यबहादुर विष्टको प्रमुख आतिथ्यमा सरोकारवाला निकायहरुसंग छलफल कार्यक्रम सम्पन्न भएको छ । वेरोजगार युवाहरुलाई सीप, सेवा र रोजगारीमा पहँुच पुरयाउने उदेश्यले रोजगार मेला संचालन गर्न लागिएको कार्यक्रम संयोजक गोबिन्द प्रसाद लामिछानेले जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजाल, शिक्षा शाखा प्रमुख सीताकुमारी भण्डारी, महिला विकास अधिकृत गोगनसरा आचार्य, वडा अध्यक्षहरु, क्यान, नगरस्तरीय सहकारी सञ्जाल, प्रर्याप्रयटन विकास मञ्च, होटेल संघ न...
बर्दिया गुलरियाका युवा महिलालाई रोजगार प्रवद्र्धन तालिम

बर्दिया गुलरियाका युवा महिलालाई रोजगार प्रवद्र्धन तालिम

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, भदौ २६ । बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया नगरपालिकाका युवा महिलाहरुको रोजगार प्रवद्र्धनका लागि उनिहरुको क्षमता बढाउन तालिमको आयोजना गरेको छ । प्लान ईन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारीमा बर्दिया जिल्लामा सञ्चालित पर्ल परियोजना अन्तर्गत युवा महिलालाई रोजगारीमा लाग्न सहज होस भन्ने उदेश्यले सो क्षमता विकास तालिम प्रदान गरिएको हो । रोजगारीको तलाशमा रहेका युवा महिलालाई रोजगारीका लागि बायोडाटा सिर्जना गर्न, रोजगारीका बारेमा विस्तृत जानकारी गराउन र अन्तर्वार्ता मोडलको अभ्यास गर्न मद्दत गर्ने उदेश्यले तालिमको आयोजना गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँले यस्ता तालिमबाट युवा महिलाको रोजगारी खोज्ने क्षमताको विकास हुने र रोजगारीमा लाग्न मद्दत मिल्ने बताउनुभयो । बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले य...
रोजगार प्रवद्र्धनकालागि युवा महिलालाई क्षमता विकास तालिम

रोजगार प्रवद्र्धनकालागि युवा महिलालाई क्षमता विकास तालिम

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, भदौ २४ । बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा नगरपालिकाका युवा महिलाहरुलाई रोजगार पर्वद्धन गर्न एक दिने क्षमता अभिबृद्धि तालिम प्रदान गरेको छ । प्लान ईन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारीमा बर्दिया जिल्लामा सञ्चालित पर्ल परियोजना अन्तर्गत युवा महिलालाई रोजगारीमा लाग्न सहज होस भन्ने उदेश्यले सो क्षमता विकास तालिम प्रदान गरिएको हो । बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले युवा महिलाका लागि प्रदान गरिएको सो रोजगार सम्बन्धि क्षमता अभिबृद्धि तालिमबाट उनिहरुलाई रोजगार सम्बन्धि कार्यहरुमा ठुलो सहयोग पुग्ने बताउनुभयो । ठाकुरबाबा नगरपालिकाका २५ जना युवा महिलाहरुको सहभागिता रहेको सो क्षमता विकास तालिमका प्रशिक्षक बसन्त कुमार विसी रहनु भएको छ भने पर्ल परियोजनाका संयोजक गोविन्द प्रसाद लामिछाने र फिल्ड सहजकर्ता कञ्चन दहितले पनि सहजिकरण र व्यवस्थापनमा सह...
आत्महत्याको रोकथाम कसरी गर्ने ?

आत्महत्याको रोकथाम कसरी गर्ने ?

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
डा मो.ऐनुद्दीन बागबान सेप्टेम्बर १०तारीखका दिन संसारभरी विश्व आत्महत्या रोकथाम दिवस मनाउने गरिन्छ। यसको मुख्य उद्देश्य विश्वमा आत्महत्या बारे जनचेतना एवं जागरुकता फैलाउनु तथा यस सम्बन्धि समाजमा विद्यमान भ्रमहरुलाई निर्मूल पारी यसको रोकथाम तथा न्यूनीकरण गर्नु हो। यसवर्ष पनि “कार्यमार्फत आशाको सिर्जना” भन्ने नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस २०२३ मनाइंदैछ।आत्महत्या विश्वकै एउटा जटिल मनोसामाजिक समस्या हो। यो शारीरिक, मनोवैज्ञानिक, सामाजिक, आर्थिक तथा पारिवारिक कारणहरुको समिश्रणले हुने गर्दछ। विश्वमा बर्षेनी करीब ७ लाखभन्दा बढी व्यक्तिहरुको मृत्यु आत्महत्याबाट हुने गर्दछ।नेपालमा हरेक दिन १९ जनाभन्दा बढी व्यक्तिहरुले आत्महत्या गरेर आफ्नो ज्यान गुमाईरहेका छन्। कोरोना महामारीपश्चात आत्महत्या गर्ने युवाहरुको संख्या असामान्यरुपमा बढीरहेकोछ। समयमै सतर्कता अपनाउने हो भने धेरै हदसम्म आत्महत्याक...
पुर्णतारा फाउन्डेसनद्धारा तीजको अवसरमा सीप विकास र नेतृत्व विकास तालिम प्रदान

पुर्णतारा फाउन्डेसनद्धारा तीजको अवसरमा सीप विकास र नेतृत्व विकास तालिम प्रदान

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, भदौ २० । पूर्णतारा फाउन्डेसनले नयाँ ढंगले तीज कार्यक्रम गरेको छ । दिदीबहिनीहरु जम्मा भएर परम्परागत शैलीमा मनाउने गरिएको तीज कार्यक्रम फाउन्डेसनले भने दिदीबहिनीहरुलाई सीप विकास र नेतृत्व विकास सम्बन्धी तालिम प्रदान गरेर मनाएको हो । ुहरितालिका तीजको अवसर, उद्घोषण तालिमको बहार भन्ने मूल नाराका साथ फाउन्डेसनले तीजको उपलक्ष्यमा नेतृत्व विकास सम्बन्धी दुई दिने उद्घोषण तालिमको आयोजना गरेर दिदीबहिनीहरुलाई उद्घोषण कला सम्बधी सीप र ज्ञान प्रदान गरेर मनाएको हो । फाउन्डेसनका अध्यक्ष तारा रोकायले तीजको अवसरमा दिदीबहिनी जम्मा पनि हुन पाइने सीप पनि सिक्न र सिकाउन पाइने भएको हुँदा उद्घोषण तालिमको आयोजना गरि तीज मनाइएको बताइन । तालिमको समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य कुलप्रसाद केस...
नेपालगन्जको त्रिभुवन चोकस्थित कपडा पसलमा आगलागी हुँदा करोडको क्षति

नेपालगन्जको त्रिभुवन चोकस्थित कपडा पसलमा आगलागी हुँदा करोडको क्षति

ताजा-अपडेट, मुख्य समाचार, विविध
सिराज खान नेपालगन्ज, भदौ १८ गते । नेपालगन्जको त्रिभुवन चोकमा रहेको नेपाल कलेक्शन नामक कपडा पसलमा सोमवार विहान आगलागी भएको छ । सो आगलागीबाट करिब एक करोडको क्षति भएको प्रहरीेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले सोमवार विहान करिब २ बजेतिर नेपालगन्जको त्रिभुवन चोकमै रहेको अख्तरअलि अन्सारीको नेपाल कलेक्शन नामक फेन्सी कपडा पसलमा आगलागी भएको बताउनुभयो । उहाँले आगलागीको सुचना प्राप्त हुनसाथ प्रहरीले घटनास्थलमा पुगेर वारुणयन्त्रको सहयोगमा करिब २ घण्टापछि आगोमा नियन्त्रण पाएको बताउनुभयो । सो आगलागी विद्युत शर्ट भएर भएको अनुमान गरिएको प्रहरीले जनाएको छ । आगलागीबाट एक करोडको क्षति भएको नेपाल कलेक्शनका सञ्चालक अन्सारीले बताउनुभयो । उहाँले पसलमा लेडिज फैन्सी कपडासहित अन्य रेडिमेड कपडा ठुलो परिमाणमा रहेकोमा सबै जलेर नष्ट भएको बताउनुभयो । विद्युतको भो...
बाँकेमा मोओवादी रुपान्तरण अभियानको उत्साहजनक शुरुवात, पहिलो दिननै दुईसय बढी पार्टी प्रवेश

बाँकेमा मोओवादी रुपान्तरण अभियानको उत्साहजनक शुरुवात, पहिलो दिननै दुईसय बढी पार्टी प्रवेश

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगन्ज, भदौ १७ । नेकपा माओवादी केन्द्रले सुरु गरेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान शनिबारबाट देशभरि जस्तै बाँकेका पनि ८१ वटै वडामा एकै पटक निकै उत्साहजनक रुपमा शुरु गरीएको छ । अभियान शुरुवातको पहिलो दिननै बाँकेमा माओवादी प्रति आम नागरीकको अपार आकर्षण र लगाव देखिएको छ । अभियानको शुरुवातका लागि आयोजना गरिएका सबै जसो कार्यक्रममा जनता र कार्यकर्ताको उत्साहजनजक सहभागिता रहेको पाईएको नेकपा माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डेले बताउनुभयो । उहाँले अभियानको पहिलो दिननै बाँकेका ८१ वटै वडालाई एकैपटक माओवादीमय बनाईएको जनाउनुभयो । नेकपा माओवादी केन्द्र बाँकेका संयोजक पाण्डेका अनुसार अभियानको पहिलो दिन बिभिन्न पार्टी परीत्याग गरी २०० बढि नेता कार्यकर्ताहरु माओवादी पार्टीमा प्रवेश गरेका छन । जिल्लाका ८ वटै पालिकामा संचालन गरीएका बिभिन्न कार्यक्रममा २०० बढीले पार्टी प्रव...
नेपालगन्जवासीलाई शान्ति सुरक्षा अनुभूति गराउने वडा प्रहरी प्रमुख बिसीको प्रतिवद्धता

नेपालगन्जवासीलाई शान्ति सुरक्षा अनुभूति गराउने वडा प्रहरी प्रमुख बिसीको प्रतिवद्धता

ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, भदौ १३ । वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख तथा प्रहरी निरिक्षक हरि बहादुर बिसीले नेपालगन्जवासीले प्रहरीको उपस्थिति महसुस गर्नेगरि शान्ति सुरक्षा लगायत अपराध नियन्त्रणमा विशेष काम गर्ने बताउनु भएको छ । नेपालगन्जस्थित वडा प्रहरी कार्यालयमा सरुवा भएर आउनुभएका प्रहरी निरिक्षक बिसीले पत्रकारहरुसंगको पहिलो भेटमा सो प्रतिवद्धता व्यक्त गर्दै यो उपमहामनगरपालिकामा लागु औषध लगायत अन्य केही विशेष चुनौती देखिएपनि ती सबैलाई समाधान गर्नेतर्फ अहोरात्र खटिने बताउनुभयो । उहाँले विगत लामो समय प्रहरी फोर्समा विताएको अनुभवलाई नेपालगन्जवासीको लागि शान्ति सुरक्षा महसुस गराउने गरि भुमिका निभाउने जनाउँदै नेपालगन्जमा लागु औषधको ठुलो मात्रामा ओसारपसार तथा सेवन हुने भएको हुनाले यसलाई निस्तेज पार्न आफु सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उपमहानगरका हरेक वडामा सुरक्षाको अनुभुत ग...
बि ग्रुपद्धारा बाल्मिकी समाजलाई १३ लाखको सक्सन टैंक र ट्रली हस्तान्तरण

बि ग्रुपद्धारा बाल्मिकी समाजलाई १३ लाखको सक्सन टैंक र ट्रली हस्तान्तरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, भदौ १२ । भेरी वातावरणीय विशिष्टता समूह वि–ग्रुप बाँकेले बाल्मिकी समाज बाँकेलाई व्यवसायीक प्रयोजन र सरसफाईमा सहयोगका लागि १३ लाख रुपियाँ भन्दा बढीको एउटा सक्सन टैंक र एक थान ट्रली हस्तान्तरण गरेको छ । एमडीएम फ्रान्ससँगको साझेदारीमा बि ग्रुपद्धारा बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका, खजुरा र डुडुवा गाउँपालिकामा सञ्चालित “पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना” अन्तर्गत सो टैंक र ट्रली हस्तान्तरण गरिएको हो । मंगलवार यहाँ आयोजना गरिएको एक कार्यक्रममा नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्ट, एमडिएम फ्रान्सको फ्रान्सस्थित मुख्य कार्यालयका डेस्क अफिसर हुगो, एमडिएम फ्रान्सका नेपाल प्रमुख अब्दुल सबुर खान र वि–ग्रुपका अध्यक्ष टेक बहादुर पुनले संयुक्त रुपमा सो टैंक र ट्रलीलाई बाल्मिकी समाज बाँकेका अध्यक्ष जगदिश बाल्मिकीलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा बोल्दै न...