समाचारदाता
नेपालगन्ज, मंसिर १२ । बर्दियाको गुलरिया नगरपालिकाका तीन वडा वडालाई एकै पटक बालविवाहमुक्त वडा घोषणा गरिएको छ ।
प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बी ग्रुपको सहकार्यमा गुलरिया नगरपालिकाका वडा नम्बर ५, ६ र ७ लाई एक भव्य समारोहबीच औपचारिक रूपमा बालविवाहमुक्त वडा घोषणा गरिएको हो ।
गुलरिया नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सुदाम्शु प्रकाश शर्माको अध्यक्षतामा सम्पन्न भएको बालबिवाहमुक्त वडा घोषणा समारोहमा गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गुलरिया नगरपालिकाका सबै वडालाई बालविवाहमुक्त वडा घोषणा गरिने जनाउँदै सोही अभियान अन्तर्गत तीन वडा वडालाई घोषणा गरिएको बताउनुभयो ।
उहाँले सो घोषणामा प्लान नेपाल र अन्य विभिन्न संघसंस्थाहरुको सहयोग तथा भूमिका निकै सराहनीय रहेको बताउनुभयो । गुलरिया नगरपालिकालाई २०८१ साल भित्रै बालविवाहमुक्त पालिका बनाउने प्रतिवद्धता सो अवसरमा मेय...
डुडुवामा आयोजित शिविरमा ३५७ जनाले स्वास्थ्य परीक्षण गराए, ५१ जनाको पाठेघरको मुखको क्यान्सर परीक्षण
सिराज खान
नेपालगन्ज, मंसिर ११ गते । पश्चिम नेपालको स्वास्थ्य उपचारको हब बनेको नेपालगन्ज उपमहानगरपालिकाको छेउमै रहेको डुडुवा गाउँपालिकामा आयोजित एक स्वास्थ्य शिविरमा मधेशी र मुस्लिम महिलाहरु ठुलो संख्यामा उपचारका लागि पुगेका छन् ।
नेपालगन्जबाट करिब ७ किलोमिटरको मात्र दुरीमा रहेको डुडुवा ६ हिरमिनियामा रहेको स्वास्थ्य चौकीमा सञ्चालन गरिएको महिला यौन तथा प्रजनन् स्वास्थ्य निशुल्क शिविरमा थामिनसक्नु गरि स्थानीय महिलाहरु उपचारका लागि पुग्नुभयो ।
मधेशी र मुस्लिम समुदायको बाहुल्यता रहेको सो वडा र वरिपरिका वडाबाट धेरै ठुलो संख्यामा महिलाहरु शिविरमा आएर वरिष्ठ चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गराउनु भएको डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताउनुभयो ।
उहाँले सोचे भन्दा धेर...
समाचारदाता
नेपालगन्ज, कात्तिक ६ । नेपालगन्ज उपमहानगरको फोहर व्यवस्थापनमा नगरवासीको ध्यानाकर्षण गराउने उदेश्यले मंगलवार यहाँ एक बृहत्त जनचेतना र्याली तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
सरसफाई सम्बन्धि जनचेतना फैलाउने विभिन्न प्लेकार्ड बोकेर नगरपरिक्रमा गरेको सो र्यालीमा स्थानीय सरकारका प्रतिनिधिहरु, सरसफाईकर्मी, विभिन्न सरोकारवाला संघसंस्थाका प्रतिनिधि, बिद्यार्थि, स्थानीय उद्योगी व्यवसायी तथा सर्वसाधारणको उल्लेख्य संख्यामा सहभागिता रहेको थियो ।
भेरी वातावरणीय विशिष्टता समूह बी–ग्रुप ले एएफडी एवम् एमडिएम फ्रान्सको सहयोगमा सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ अन्तर्गत नेपालगन्ज उपमहानगरसंगको सहकार्यमा सो र्याली र अन्तरक्रिया आयोजना गरिएका होे ।
स्थानीय सेतु विक चोकबाट शुरु भएको र्यालीले आफ्नो सहर र क्षेत्र सफा राख्न तथा सरसफाईमा सहयोग गरेर सभ्य नागरि...
समाचारदाता
नेपालगन्ज, भदौ ३० । प्लान इन्टरनेशनल हङकङका प्रतिनिधिहरूको एक उच्चस्तरीय टोलीले बाँके र बर्दियाको भ्रमण गरेर दुबै जिल्लामा सञ्चालित परियोजना र ती परियोजनाले पारेको प्रभावका बारेमा बिस्तृत जानकारी लिएको छ ।
प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा दुबै जिल्लामा सञ्चालन गरिएका परियोजनाले समाजमा पारेको प्रभावसंगै देखिएका समस्याका बारेमा पनि सो टोलीले छलफल गरेको बाँके युनेस्को क्लबले जनाएको छ ।
सो उच्च्स्तरीय टोलीमा प्लान इन्टरनेशनल हङकङका डा कानिए सियु, टेलिभिजन अभिनेत्री एवं सेलिब्रिटी एम्बेसडर म्यान्डी वोंग, फन्ड रेजिङ म्यानेजर चेर्ब, कम्युनिकेसन म्यानेजर जान, म्यान्डीका सहायक तथा फोटोग्राफर ड्यानियल, भिडियोग्राफर एमी र रेमन्ड रहनु भएको थियो । उहाँहरुसंगै प्लान नेपालका व्यवसाय विकास निर्देशक उपेन्द्र श्रेष्ठ, कम्युनिकेसन म्यानेजर श्रीजना बज्राचार्य र स्...
समाचारदाता
नेपालगन्ज, भदौ ११ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालद्वारा बाँकेको राप्तीसोनारी गाउँपालिकामा मनोसामाजिक प्राथमिक उपचार सम्बन्धि अभिमुखीकरण सम्पन्न गरिएको छ ।
तराइका जिल्लाहरूमा हुने भीषण वर्षा र स्थानिय जलमग्नता सम्बन्धी एन–२३ नेपाल प्रत्याशा परियोजना अन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको सहकार्य र यूके एड र स्टार्ट फण्ड नेपालको सहयोगमा राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ९ मा मनोसामाजिक प्राथमिक उपचार (पीएफए) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।
सो अभिमुखिकरण कार्यक्रममा राप्तीसोनारी गाउँपालिका वडा नम्बर १, २, ४, ५ र ६ का जम्मा १७ जना स्वयंसेवकहरू (१४ महिला र ३ पुरुष) ले सहभागिता जनाई अभिमुखीकरण लिनुभयो ।
प्रशिक्षणले मनोसामाजिक प्राथमिक उपचारको आधारभूत सिद्धान्त र सिद्दान्तहरू, स्थिरीकरण विधिहरू र हस्तक्षेपका लागि लक्षित समू...
सिराज खान
नेपालगन्ज, भदौ ९ गते । स्वास्थ्य उपचारका लागि पश्चिम नेपालकै हब मानिने नेपालगन्जमा १०६ बर्षिय एक बृद्धको जटिल खालको शल्यक्रिया सफलतापूर्वक समपन्न गरिएको छ ।
नेशनल अर्थोपेडिक अस्पताल नेपालगन्जमा सल्यान वनगाड कुपिण्डे नगरपालिका–७ साँग्रेका १०६ वर्षीय पदम बहादुर शाहको भाँचिएको हिपको हड्डीको शल्यक्रिया सफलतापूर्वक गरिएको हो ।
हिपको हड्डी भाँचिएको शल्यक्रिया जटिल नभएपनि १०६ बर्षका बृद्धको हिपको हड्डी भाँचिएको शल्यक्रिया गर्नु परेकोले उमेरका हिसाबले सो शल्यक्रिया निकै जटिल बनेको नेशनल अर्थोपेडिक अस्पतालका सञ्चालक अर्थोपेडिक सर्जन डा.सैयद सद्दामले बताउनुभयो ।
उहाँले थप्नुभयो–‘उमेरका हिसावले यो एकदमै जोखिमपूर्ण अवस्थाको शल्यक्रिया हो, हाम्रो टिमले अत्यन्तै सावधानीपूर्ण तरिकाले सफलतापूर्वक शल्यक्रिया गरयो । एकदमै खुसी लागेको छ ।’
डा. सद्दामले उमेरका कारण खाटबाट खस्दा शाहको हिपको ...
समाचारदाता
नेपालगन्ज, भदौ ७ । प्लान इन्टरनेशनल नेपालको एक उच्चस्तरीय टोलीले बर्दियाको भ्रमण गरेर गुलरिया नगरपालिकाका जनप्रतिनिधिहरुसंग विभिन्न परियोजनाका बारेमा अन्तरक्रिया र छलफल गरेको छ ।
प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर रामकिशनको नेतृत्वमा रहेको सो टोली र बाँके युनेस्को क्लबको टोलीले संयुक्त रुपमा गुलरिया नगरपालिकामा पुगेर मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत लगायतसंग बैठक गरेर विभिन्न बिषयमा छलफल गरेको हो ।
प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर रामकिशनसंगै प्लान इन्टरनेशनल नेपाल सुर्खेतका दुर्गा क्षेत्री र जनक गिरीको टोलीले गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, उपमेयर सावित्रा गौतम प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, महिला तथा बालबालिका प्रमुख शीला शाह, शिक्षा शाखा प्रमुख सतीश यादव र विपद फोकल पर्सन मुकुन्द अर्यालसँग अन्तरक्रिया तथा छलफल गरेको थियो ।
प्लान इन...
समाचारदाता
नेपालगन्ज, भदौ ६ । प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर रामकिशनको नेतृत्वमा आएको एक उच्चस्तरीय टोलीले बर्दियामा सञ्चालन गरिएको बाढी सम्बन्धि परियोजनाको स्थलगत अनुगमन गरेको छ ।
युके एड र स्टार्ट फण्ड नेपालको सहयोगमा प्लान इन्टरनेशनल नेपाल तथा बाँके युनेस्को क्लबको साझेदारीमा बर्दियाको गुलरियामा सञ्चालन गरिएको ‘एन २३ एन्टिसिपेसन हैभी रैन फल एण्ड लोकल इनुन्डेसन परियोजना’ को सो टोलीले अनुगमन गरेको हो ।
गुलरिया नगरपालिकाको वडा नम्बर १२ को तडुवा र वडा नम्बर ५ को बालापुर पुगेर सो उच्चस्तरीय टोलीले अनुगमन गर्नुका साथै स्थानीय समुदायसंग छलफल र अन्तरक्रिया समेत गरेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
उक्त टोलीले वडा नम्बर १२ र ५ मा रहेका सुरक्षित आश्रयस्थलको मर्मत सम्भारको निरिक्षण गर्नुका साथै व्यवस्थापन समितिसंग पनि छलफल र अन्तरक्रिया गरेको उहाँले बताउ...
महमूद आलम खान
बाँके, साउन २९ । बाँकेको नेपालगन्जमा रहेको भेरी अस्पतालले सेवा सुधारको सुरुवात गरेको छ । सेवा सुविधा प्रभावकारी बनाउन र अस्पतालमा हुने भिडभाडलाई कम गर्न सेवामा सुधारको सुरुवात गरेको भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले बताउनु भयो ।
अस्पतालको भिड व्यवस्थापन गर्न तथा सेवाग्राहीलाई सहज र सुलभ सेवा प्रवाहका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले ९ बुँदे निर्णय गरी कार्यान्वयनका लागि पत्राचार गर्नुभएको थियो । उक्त निर्णय अनुसार भेरी अस्पतालमा ७ बुँदे निर्देशन लागु भएको मेडिकल सुपरिटेन्डेन्ट डा।प्रकाश थापाले बताउनु भयो । उहाँले अन्य दुई बुँदाका विषयमा अस्पतालमा छलफल भइरहेकोले कहिले कार्यान्वयन हुने अझै भन्न सक्ने अवस्था नरहेको जिकिर गर्नु भयो ।
भेरी अस्पतालमा भिड नियन्त्रणका लागि अपनाएका उपायहरूमा विस्तारित स्वास्थ्य सेवाको सुरुवात र व्यवस्थापन,...
समाचारदाता
नेपालगन्ज, साउन १७ । बाँके युनेस्को क्लबले आफ्नो ३५औँ साधारणसभा तथा स्थापना दिवस भव्य रुपमा मनाएको छ ।
क्लबका अध्यक्ष रवि कुमार तुलाधरको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाको उदघाटन युनेस्कोका लागि नेपाल राष्ट्रिय आयोगका सदस्य हरिबंश किराँतले गर्नु भएको थियो ।
उदघाटन समारोहमा बोल्दै आयोगका सदस्य किराँतले बाँके युनेस्को क्लबले आफ्नो ३५ वर्षको यात्रा सफलतापूर्वक पुरा गरेको जनाउँदै सो अवधीमा शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, सुरक्षा र मानवताको क्षेत्रमा प्रशंसनीय योगदान गरेको बताउनुभयो ।
उहाँले क्लबले राम्रो काम गरेकोले देश विदेशसंगै स्थानीय समुदायमा पनि छु्ट्टै पहिचान बनाउन सफल भएको जनाउँदै सो अवधिमा हजारौं सिमान्तकृत र पिछिडिएका मानिसहरु लाभान्वित भएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपालगञ्ज उप–महानगरका उपमेयर कमरुद्दीन राई, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफान, राध...