समाचारदाता
नेपालगन्ज, असार ४ । बर्दियाको गुलरिया नगरपालिकाका विद्यालयका विद्यार्थीहरुद्वारा निर्माण गरिएका विज्ञान प्रविधि इन्जिनियरिङ कला तथा गणित सम्बन्धी सामाग्रीहरु प्रदर्शनी गरिएको छ ।
प्लान इन्टरनेसनल नेपालसंगको सहकार्यमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको बालिका शसक्त परियोजना अन्तर्गत शिक्षा युवा तथा खेलकुद शाखा गुलरियाको आयोजनामा सो प्रदर्शनी गरिएको हो ।
गुलरियास्थित बंगलामुखी माविमा आयोजना गरिएको प्रदर्शनीमा गुलरिया नगरपालिका भित्रका १० वटा बिद्यालयका विद्यार्थीहरूले आफ्ना शैक्षिक सामग्रीहरू प्रदर्शन गरेका थिए ।
विद्यालयका बालवालिकाहरुले आफूभित्रका कला तथा क्षमतालाई प्रतिस्पर्धात्मक रुपमा बाहिर ल्याउन सकुन भन्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
सो प्रदर्शनीमा गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतमले आगाम...
समाचारदाता
नेपालगन्ज, जेठ २३ । बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको तातो हावा परियोजना अन्तर्गत बिद्यालयका बालबालिकालाई गर्मीबाट जोगाउने अत्यावश्यक सामग्री वितरण गरिएको छ ।
बिद्यालयका बालबालिकालाई अत्यधिक गर्मीबाट जोगाउन क्लबले युके एड स्टार्ट फण्डको सहयोग र कतार च्यारिटी नेपालसँगको सहकार्यमा सञ्चालन गरेको सो परियोजना अन्तर्गत बर्दियाको गुलरियास्थित श्री नेपाल राष्ट्रिय शम्भुशरण माबि र जानकी माबिका १२३० बालबालिकालाई छाता, पानी पिउने बोतल, जीवन जल (ओआरएस) र ग्लुकोज पाउडर जस्ता अत्यावश्यक सामग्री वितरण गरेको छ ।
वितरण कार्यक्रममा गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष, वडा अध्यक्ष, प्रधानाध्यापक र शिक्षकहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा बोल्दै गुलरिया नगरपालिकाका मेयर यादवले तराई क्षेत्रमा अत्याधिक गर्मीको समयमा जोखिममा परेका बालबालिकालाई राह...
समाचारदाता
नेपालगन्ज, जेठ १९ । बाँके युनेस्को क्लब र मधुवन नगरपालिका शिक्षा इकाईको आयोजनामा बर्दियाको मधुवन नगरपालिकामा स्थानीय एकीकृत पाठ्यक्रमबारे तीन दिने कार्यशाला आयोजना गरिएको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा सञ्चालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत सो कार्यशाला सञ्चालन गरिएको हो ।
एकीकृत पाठ्यक्रम र गुणस्तरीय शिक्षाको महत्व बारे आवश्यक सीप र ज्ञान प्रदान गर्ने उद्देश्यले संचालित सो कार्यशालामा बोल्दै मधुवन नगरपालिकाका उपमेयर अनिता चौधरीले विद्यालयमा गुणस्तरीय शिक्षा सुधार र एकीकृत पाठ्यक्रम लागू गर्न सबै शिक्षकलाई अनुरोध गर्नु भयो ।
कार्यक्रममा मधुवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले वर्तमान परिस्थितिमा शिक्षाको महत्वबारे प्रकाश पार्दै एकीकृत पाठ्यक्रम, शिक्षक निर्देशिका र पाठ्यक्रमलाई राम्रोसँग कार्यान्वयन गर्न शिक्षकलाई उत्प्रेरित गर्नु ...
समाचारदाता
नेपालगन्ज, बैशाख २७ । प्लान इन्टरनेसनल नेपालको साझेदारी र बाँके युनेस्को क्लबको आयोजनामा गुलरिया नगरपालिकालाई बालविवाहमुक्त पालिका घोषणा गर्नका लागि तयारी बैठक सम्पन्न भएको छ ।
स्थानीय बाल अधिकार समितिका संयोजक तथा नगर उप प्रमुख साबित्रा गौतमको अधक्ष्यतामा संचालित बैठकमा गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादव, प्रमुख प्रशासकिय अधिकृत ओमकार शाह, बरिष्ठ अधिकृत मुकुन्द अर्याल, १२ वटै वडाका वडा अधक्ष्य, महिला तथा बालबालिका शाखा प्रमुख सीला शाह, शिक्षा शाखा प्रमुख सतिश यादव र नगरकार्यपालिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
महिला बालबालिका शाखा प्रमुख सिला शाहले संचालन गरेको सो बैठकमा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक महेश नेपालीले बाल विवाहको ब्यापकता सर्भे प्रतिबेदन प्रस्तुति गर्नु भएको थियो ।
सो प्रतिबेदनका अनुसार गुलरियामा गरिएको सर्भे २०२३ का अनुसार अधिकांस ...
समाचारदाता
नेपालगन्ज, बैशाख २६ । बर्दियाको बढैयाताल गाउँपालिकामा जलवायु परिवर्तन, विपद जोखिम व्यवस्थापन तथा आधारभूत मानवीय मापदण्ड सहायता सम्बन्धि पाँच दिने क्षमता विकास तालिम सम्पन्न भएको छ ।
बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालन गरिएको बालिका शसक्त परियोजना अन्तर्गत बढैयाताल गाउँपालिकाका युवाहरुलाई विपदको बेला मानवीय सहायतामा लाग्न सहज होस भनेर सो तालिम सञ्चालन गरिएको हो ।
बढैयाताल गाउँपालिकाको मैनापोखरमा सञ्चालन गरिएको सो तालिममा किशोरी क्लबका प्रतिनिधि, युवा क्लबका प्रतिनिधि र परिवर्तनका संवाहकहरु गरेर २४ जना युवायुवतिको सहभागिता रहेको थियो ।
तालिमको समापन समारोहमा प्रशिक्षार्थिहरुलाई प्रमाणपत्र वितरण गर्दै बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले यो तालिम निकै महत्वपुर्ण र आवश्यक रहेको जनाउँदै यसबाट पालिका भित्र २४ जना उत्कृष्ट विपद...
समाचारदाता
नेपालगन्ज, फागुन २२ । प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशले बाँकेको कोहलपुरमा फागुन २४ र २५ गते ‘लुम्बिनी प्रदेश स्तरीय मिडिया सम्मेलन २०८०’ आयोजना गरिने जनाएको छ । ‘शान्ति, समृद्धि, स्थायित्व र अग्रगमनका लागि जनपक्षीय पत्रकारिता श्रम अधिकार, समृद्धि र सुशासन जनपक्षीय पत्रकारिताको लागि हाम्रो अभियान’ भन्ने मुल नाराका साथ उक्त सम्मेलन हुन लागेको हो ।
सम्मेलनका बारेमा सुझाव संकलन गर्न मंगलवार नेपालगन्जमा आयोजना गरिएको कार्यक्रममा कोहलपुरस्थित शहिद स्मृति भवनमा सो सम्मेलन आयोजना गरिने प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष एवम् सम्मेलन तयारी समितिका संयोजक मानसिंह विश्वकर्माले जानकारी दिनुभयो । उक्त सम्मेलनको उदघाटन प्रमुख अतिथी एवम नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रचार विभाग इन्चार्ज अग्निप्रसाद सापकोटाले गर्ने कार्यक्रम तय भएको उहाँले बताउनुभयो ।
सम्मेलनको उद्घ...
सिराज खान
नेपालगन्ज, पुस १२ । पछिल्लो समयमा श्रोताहरुद्धारा निकै रुचाइएका चर्चित गायक प्रकाश दूतराज नेपालगन्जमा गुन्जिने भएका छन् ।
चारतारे होटल सिद्धार्थ भ्यु मा अंग्रेजी वर्ष २०२४ को स्वागतार्थ आयोजना गरिने ‘न्यू इअर इभ’ मा गायक दूतराज गुन्जिने छन्् । उहाँका ‘रिमै’, ‘चोली मैलो भो’, ‘बैनी झ्यालैमा’, ‘घर कता हो बैनीको’, ‘लाहुर जाने रेलैमा’ लगायत गितहरु निकै चर्चामा रहेका छन् ।
सिद्धार्थ ग्रुप अफ हष्पिटालिटीका निर्देशक केशव न्यौपानेले प्रकाशले हालैमात्र मध्यपश्चिमको परिरवेशलाई समेटेर ल्याएको नयाँ गीत ‘रिमै’ लाई यस क्षेत्रका स्रोता–दर्शकले अत्यधिक रुचाएका कारण ‘न्यू इअर इभ’ मा उहाँलाई ल्याउन लागेको बताउनुभयो ।
उहाँले एक दशक यता नेपालगन्जमा विभिन्न साँस्कृतिक कार्यक्रम सहित अंग्रेजी नयाँ बर्ष र नेपाली विक्रम सम्बतलाई स्वागत गर्न न्यु इअर इभ कार्यक्रमको आयोजना गर्दै आएको जनाउँदै यस वर्ष ६ ...
सिराज खान
नेपालगन्ज, मंसिर २२ । बाँके जिल्लामा धेरै निजि विद्यालयहरु छन् । तर, सयौं निजि विद्यालयहरुविच एउटा छुट्टै पहिचान बनाउन सफल भइ आफुलाई सबैभन्दा अव्वल सावित गर्न सफल भएको छ, सोफिया रेसिडेन्सियल इङलिस स्कुल । यो विद्यालय जिल्लामा शैक्षिक गतिविधिसहित अतिरिक्त क्रियाक्लापमा त अव्वल छदैछ, विद्यालयले बालबालिकाको हेरचाह र उनिहरुको पढाईका लागि सबैभन्दा राम्रो माहोल र वातावरण दिन पनि सबैभन्दा छुट्टै पहिचान बनाउन सफल भएको छ ।
नेपालगन्ज र सो वरिपरिका अधिकांश उच्च पदस्थ सरकारी कर्मचारी, ठुला ठुला उद्योगी व्यवसायी, चिकित्सक, कानुन व्यवसायी र विभिन्न संघसंस्थाका अगुवाहरुका बालबालिकाले अध्ययन गरिरहेको सो विद्यालयले भव्य रुपमा आफ्नो १७औं बार्षिकउत्सव सम्पन्न गरेको छ ।
राष्ट्रिय गानसँगै सुरु भएको सो कार्यक्रममा विद्यार्थीसहित अभिभावकको बाक्लो उपस्थिति रहेको थियो । सो अवसरमा विद्यार्थीहरुले विभिन...
समाचारदाता
नेपालगन्ज, मंसिर १४ । स्थानीय सरकारले पारित गरेर लागु गर्न सिफारिस गर्ने गरि तयार पारिएको ‘सार्वजनिक नीजि साझेदारी मन्च सन्चालन तथा ब्यवस्थापन निर्देशिका २०८०’ को मस्यौदामाथि नेपालगन्जमा सरोकारवालाहरुविच ब्यापक छलफल गरिएको छ ।
निर्देशकिाको मस्यौदामाथि छलफल गरेर सुझाव संकलन गर्ने उदेश्यले भेरी वातावरणीय विशिष्ठता समूह (बी–ग्रुप) ले आयोजना गरेको कार्यक्रममा सहभागि अधिकांशले सो निर्देशिका अति आवश्यक रहेको जनाउँदै स्थानीय सरकारले पास गर्नु पर्नेमा जोड दिएका थिए ।
बी–ग्रुपले बाँकेमा सञ्चालन गरिरहेको पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तरगत स्वास्थ्यजन्य फोहर व्यवस्थापनमा संलग्न सरसफाईकर्मीको हक अधिकार तथा पेशाप्रति आत्मसम्मानसंगै स्थानीय तहको सरसफाईका लागि सो निर्देशिका प्रभावकारी हुने सरोकारवाला विभिन्न निकायका प्रतिनिधिहरुले जनाएका थिए ।
सार्वजनिक नीजि साझेदारी मन्...
समाचारदाता
नेपालगन्ज, मंसिर १३ । प्लान ईन्टरनेशनल नर्वेको एक उच्चस्तरीय टोलीले प्लान नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लब र भेरी बाताबरणीय बिशिष्ट समुहद्धारा बर्दिया जिल्लामा संचालन गरिएको परियोजनाको अनुगमन गरेको छ ।
प्लान नेपालसंगको साझेदारीमा बर्दियामा सञ्चालन गरिएको बाल बिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना र टेलिथोन परियोजनाका बिभिन्न गतिबिधीहरुको नर्वेको सो टोलीले अनुगमन गरेको हो ।
सो उच्चस्तरीय अनुगमन टोलीमा प्लान ईन्टरनेशनल नर्वेका बरिष्ठ कार्यक्रम सल्लाहकार केजेल सिगार्ड रोइसली, युवा कार्यक्रम तथा वकालत बिभागका सल्लाहकार क्रिस्टिन फलान्टनेस र खाद्य सुरक्षा, जीविका, जलबायु कार्यक्रम र वकालत बिभिागका बरिष्ठ सल्लाहकार जोहने वाल्लेको सहभागिता रहेको थियो ।
सोही प्रकारले उक्त अनुगमन टोलीमा प्लान ईन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालयका प्रबन्धक मिना पराजुली, कार...