अबिरल बर्षाले नेपालगन्ज डुबानमा, सयौं घर र पसलमा पानी पस्दा स्थानीयलाई सास्ती
समाचारदाता
नेपालगन्ज, साउन १६ । धेरैदिनपछि परेको भिषण वर्षाले गर्दा नेपालगन्जका अधिकांश भागहरु जलमग्न भएक छन् । वर्षाले विभिन्न ठाउँका सयौं घर र पसलमा पानी पसेर क्षति समेत गरेको स्थानीयले जनाएका छन् ।
वर्षाले उपमहानगरका अधिकांश भागमा पानी जमेपछि दर्जनौँ घरमा पानी पसेर डुबान भएको स्थानीयले पीडा सुनाएका हुन् । नगरको ईदगाह रोड, घरबारी टोल, न्यूरोडको सेतुविक चोकदेखि त्रिवेणी मोडसम्मको क्षेत्र, गणेशपुरको बस्ती, बसपार्क क्षेत्र, धम्बोझी, एकलैनी टोल, बिपी चोक, गुरुद्वारा रोड, बिलासपुर, कोरियनपुर र भृकुटीनगर तथा वडा २०, १४, २२ र २३ का धेरै क्षेत्रमा पानी भरिएर ती क्षेत्रहरु जलमग्न भएका छन् ।
इदगाहरोड, घरबारी टोल, न्यूरोड र एकलैनीका अधिकांश पसल र घरमा समेत पानी पसेको स्थानीय बासिन्दाले जनाएका छन् । अत्यधिक बर्षाले धेरैको घर र पसलमा पानी पसेर बेहाल बनाएको इदगाह रोड वडा –११ का जावेद सिद्दिकीले बता...









