३२ असार २०८३, बिहीबार

विविध

प्रेस काउन्सिलद्धारा प्रकाशित पत्रपत्रिका वर्गीकरणको नतिजा पूर्वाग्रही र तथ्यहीन–प्रेस सेन्टर नेपाल

प्रेस काउन्सिलद्धारा प्रकाशित पत्रपत्रिका वर्गीकरणको नतिजा पूर्वाग्रही र तथ्यहीन–प्रेस सेन्टर नेपाल

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
समाचारदाता नेपालगन्ज, साउन २२ । श्रमजिवि पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालले एक बिज्ञप्ती प्रकाशित गरेर प्रेस काउन्सिल नेपालले गरेको आर्थिक वर्ष २०७८–७९ को पत्रपत्रिका वर्गीकरण र मूल्याङ्कनको प्रारम्भिक नतिजाप्रति गम्भीर आपत्ती जनाएको छ । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहत रहेको पत्रपत्रिकाको नियमनकारी एक मात्र निकाय प्रेस काउन्सिल नेपालले २०८१ साउन १८ गते सार्वजनिक गरेको वर्गीकरणको नतिजा अध्ययन गर्दा पूर्वाग्रही र तथ्यहीन देखिएको भन्दै सेन्टरले त्यसलाई तत्काल सच्चयाउन माग गरेको छ । प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले जारी गरेको विज्ञप्तीमा विगतमा क र ख लगायत माथिल्ला वर्गमा परेका र निरन्तर सोही मापदण्ड अनुसार प्रकाशित जन पक्षीय पत्रिकालाई छानी–छानी तल्लो वर्गमा झार्ने काम भएको तथ्य देशभरबाट आइरहेका जनाईएको छ । त्यसै गरी उस्तै मापदण्ड भएका अन्य पत्रिकालाई ...
साहित्यकार सागर गैरेको चर्चित उपन्यास ‘मोहोर’ को बिमोचन

साहित्यकार सागर गैरेको चर्चित उपन्यास ‘मोहोर’ को बिमोचन

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, साउन १९ गते । कोहलपुरका साहित्यकार सागर गैरेको तेस्रो कृति उपन्यास ‘मोहोर’ को शनिवार बाँकेको कोहलपुरमा बिमोचन गरिएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले आयोजना गरेको एक कार्यक्रममा प्राध्यापक डा. कृष्ण प्रसाद घिमिरे, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष कपिल अन्जान, लेखकका पिता तथा उपन्यासका मुख्य पात्र घनश्याम गैरे, लेखककी पत्नि यशोदा गैरे र लेखक सागर गैरेले संयुक्त रुपमा उपन्यास ‘मोहोर’ को बिमोचन गर्नुभयो । सो अवसरमा उपन्यासका बारेमा चर्चा गर्दै प्राध्यापक डा. जनार्दन आचार्यले उपन्यासमा चौरासी वर्ष पार गरिसक्नुभएका आफ्ना बाको जीवन र कर्मका अनेकौं चित्र उतारिएको बताउनुभयो । उहाँले सामाजिक संघर्ष, पारिवारिक संघर्षका क्रममा एउटा आम मान्छकोे भोगाइजस्तै बाले भोगेका पीडा, अभाव र त्यसबाट प्राप्त गरेका तीता–मीठा अनुभूति उपन्यासमा समेटिएकोले यो क...
बाँके युनेस्को क्लबको ३५ औं साधारणसभा भव्य रुपमा सम्पन्न

बाँके युनेस्को क्लबको ३५ औं साधारणसभा भव्य रुपमा सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, साउन १७ । बाँके युनेस्को क्लबले आफ्नो ३५औँ साधारणसभा तथा स्थापना दिवस भव्य रुपमा मनाएको छ । क्लबका अध्यक्ष रवि कुमार तुलाधरको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाको उदघाटन युनेस्कोका लागि नेपाल राष्ट्रिय आयोगका सदस्य हरिबंश किराँतले गर्नु भएको थियो । उदघाटन समारोहमा बोल्दै आयोगका सदस्य किराँतले बाँके युनेस्को क्लबले आफ्नो ३५ वर्षको यात्रा सफलतापूर्वक पुरा गरेको जनाउँदै सो अवधीमा शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, सुरक्षा र मानवताको क्षेत्रमा प्रशंसनीय योगदान गरेको बताउनुभयो । उहाँले क्लबले राम्रो काम गरेकोले देश विदेशसंगै स्थानीय समुदायमा पनि छु्ट्टै पहिचान बनाउन सफल भएको जनाउँदै सो अवधिमा हजारौं सिमान्तकृत र पिछिडिएका मानिसहरु लाभान्वित भएको बताउनुभयो । कार्यक्रममा बोल्दै नेपालगञ्ज उप–महानगरका उपमेयर कमरुद्दीन राई, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफान, राध...
अबिरल बर्षाले नेपालगन्ज डुबानमा, सयौं घर र पसलमा पानी पस्दा स्थानीयलाई सास्ती

अबिरल बर्षाले नेपालगन्ज डुबानमा, सयौं घर र पसलमा पानी पस्दा स्थानीयलाई सास्ती

ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, साउन १६ । धेरैदिनपछि परेको भिषण वर्षाले गर्दा नेपालगन्जका अधिकांश भागहरु जलमग्न भएक छन् । वर्षाले विभिन्न ठाउँका सयौं घर र पसलमा पानी पसेर क्षति समेत गरेको स्थानीयले जनाएका छन् । वर्षाले उपमहानगरका अधिकांश भागमा पानी जमेपछि दर्जनौँ घरमा पानी पसेर डुबान भएको स्थानीयले पीडा सुनाएका हुन् । नगरको ईदगाह रोड, घरबारी टोल, न्यूरोडको सेतुविक चोकदेखि त्रिवेणी मोडसम्मको क्षेत्र, गणेशपुरको बस्ती, बसपार्क क्षेत्र, धम्बोझी, एकलैनी टोल, बिपी चोक, गुरुद्वारा रोड, बिलासपुर, कोरियनपुर र भृकुटीनगर तथा वडा २०, १४, २२ र २३ का धेरै क्षेत्रमा पानी भरिएर ती क्षेत्रहरु जलमग्न भएका छन् । इदगाहरोड, घरबारी टोल, न्यूरोड र एकलैनीका अधिकांश पसल र घरमा समेत पानी पसेको स्थानीय बासिन्दाले जनाएका छन् । अत्यधिक बर्षाले धेरैको घर र पसलमा पानी पसेर बेहाल बनाएको इदगाह रोड वडा –११ का जावेद सिद्दिकीले बता...
कोहलपुर डुडुवा खोलामा दाउरा खोज्न गएका एक जना बेपत्ता

कोहलपुर डुडुवा खोलामा दाउरा खोज्न गएका एक जना बेपत्ता

ताजा-अपडेट, मुख्य समाचार, विविध
सिराज खान नेपालगन्ज, साउन १६ गते । कोहलपुर नगरपालिका १० कालिकानगर बस्ने ६५ वर्षीय हरि बहादुरलाई डुडुवा खोलाले बगाएपछि बेपत्ता भएका छन् । कोहलपुर ११ क्रिकेट मैदान नजिकै डुडुवा खोलामा बुधबार दिउँसो दाउरा सङ्कलन गर्न गएका उहाँलाई खोलाले बगाउँदा बेपत्ता भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीले दिनुभएको जानकारी अनुसार जिल्ला जुम्ला कनका सुन्दरी गापा ७ गेकाबाडा घर भई हाल जिल्ला बाँके कोहलपुर १० कालिकानगर बस्ने वर्ष ६५ का हरि बहादुर डुडुवा खोलाबाट दाउरा निकाल्ने क्रममा बुधबार दिउँसो २ बजेर १४ मिनेटमा खोलाले बगाउँदा बेपत्ता हुनु भएको हो । उहाँले आफ्नो कमाण्डमा १५ जना प्रहरीको टोलीले बेपत्ता हुनुभएका हरि बहादुरको खोजतलास गरेपनि फेला नपारेको जनाउँदै सशस्त्र प्रहरी गण नेपाल राजश्व प्रहरी इकाई कोहलपुर बाँकेबाट सशस्त्र प्रहरी निर...
बसको ठक्करबाट पैदल यात्रु भाटको मृत्यु

बसको ठक्करबाट पैदल यात्रु भाटको मृत्यु

ताजा-अपडेट, मुख्य समाचार, विविध
सिराज खान नेपालगन्ज, साउन ४ गते । बाँकेको नेपालगन्ज(कोहलपुर सडक खण्डमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । नेपालगन्जबाट कोहलपुरतर्फ जाँदै गरेको लु २ ख ४६ नम्बरको मिनी बसको ठक्करबाट शुक्रवार दिउँसो जानकी गाउँपालिका ६ की ६५ वर्षीया कलावती भाटको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार बसको अगाडिको पट्टा एक्कासि भाँचिएर गनापुरमा पैदलयात्रु भाटलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते भाटको नेपालगन्ज नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । भाटको शवलाई नेपालगन्ज नर्सिङ होममा राखिएको छ । मृतक महिलाका आफन्तहरुले बसले ठक्कर दिएपछि ब्याक गरेर मारेको आरोप लगाएका छन् । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । गोरखापत्र अनलाइनबाट  ...
निवर्तमान प्रदेश कृषि मन्त्री यादवद्धारा विभिन्न योजनाहरुको अनुगमन

निवर्तमान प्रदेश कृषि मन्त्री यादवद्धारा विभिन्न योजनाहरुको अनुगमन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, असार ३१ । लुम्विनी प्रदेशका निवर्तमान कृषि तथा भूमि ब्यवस्था मन्त्री भण्डारीलाल अहिरले बाँके क्षेत्र नं. २ प्रदेश क मा लुम्विनी प्रदेश सरकारको बजेटबाट सम्पन्न भएका योजनाहरुको अनुगमन गर्नु भएको छ । आर्थिक वर्ष ०८०÷८१ मा संचालन भएका योजनाको अवस्थाको जानकारी लिन निवर्तमान मन्त्री यादवले अनुगमन गर्नु भएको हो । अनुगमनका क्रममा निर्माण कार्यहरु सन्तोषजनक पाईएको उहाँले बताउनुभयो । निवर्तमान मन्त्री यादवले डुडुवा गाउँपालिका २ बेतहनी बजारदेखि छोटी भन्सार जोड्ने एक किलोमिटर सडक एक करोडको लागतमा कालोपत्रे गरिएको जनाउँदै डुडुवा गाउँपालिका २ बिनय लोनियाको घरदेखि नौरीगौढीसम्म नालासहित पिसीसी निर्माण भएको बताउनुभयो । क्रमागत योजना अन्तरगत उक्त नाला र पिसिसिका लागि २० लाख बजेट विनियोजन भएको थियो । त्यसैगरी, डुडुवा गाउँपालिका ३ हलवलडोली गाउँमा २० लाख रुपियाँमा पिसीसी गरिएको छ ...
एक घर पाँच बिरुवा कार्यक्रम अन्तर्गत माओवादीद्धारा कोहलपुरमा २०० बिरुवा रोपियो

एक घर पाँच बिरुवा कार्यक्रम अन्तर्गत माओवादीद्धारा कोहलपुरमा २०० बिरुवा रोपियो

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, असार २५ । पर्यावरणको रक्षा गर्ने उदेश्यका साथ एक घर ५ बिरुवा वृक्षारोपण कार्यक्रम अन्तरगत मंगलवार सहिद स्मृती भवन कोहलपुर परिसरमा वृक्षारोपण गरिएको छ । नेकपा माओवादी केन्द्रको निर्णय अनुसार एक घर ५ बिरुवा वृक्षारोपण गर्ने भन्ने नितीका साथ कोहलपुरमा २०० भन्दा बढि बिरुवा रोपिएको हो । अखिल नेपाल बिद्यार्थी संघ र वाईसीएल नेपालको सहजिकरणमा निम, वेलपत्ता, लगाएतका विभिन्न प्रजातीका विरुवा रोपिएको माओवादी केन्द्र बाँकेले जनाएको छ । सो बृक्षारोपण कार्यक्रममा नेकपा माओवादी केन्द्र बाँकेका अध्यक्ष नरेन्द्र पाण्डे जेम्स, अखिल नेपाल बिद्यार्थी संघ जिल्ला अध्यक्ष महेश बस्नेत, वाईसीएल जिला सह संयोजक लाल बहादुर खड्का, पार्टी, वाईसिएल एवं बिधार्थि नेता असोक पोखरेल, चन्द्र जिसि, युबराज भण्डारी, बिज्ञान केसि, दान बहादुर वलि, बिधान केसि, मनोज क्षेत्री केन्द्रिय सदस्य लक्ष्मन मानब,...
बाँकेका पत्रकार डा. धिताल भारतको नयाँ दिल्लीमा सम्मानित

बाँकेका पत्रकार डा. धिताल भारतको नयाँ दिल्लीमा सम्मानित

ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, असार १७ । बाँकेका वरिष्ठ पत्रकार डा. डक्ट प्रसाद धिताल भारतको नयाँ दिल्लीमा सम्मानित हुनुभएको छ । आइतबार दिल्लीस्थित क्राउन प्लाजामा आयोजना गरिएको एक कार्यक्रममा डा.धिताललाई अन्तर्राष्ट्रिय उत्कृष्ट आइकन अवार्ड २०२४ बाट सम्मानित गरिएको हो । प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य, बाँके इन्चार्ज, भेरी अस्पताल विकास समितिका सदस्य तथा गुड न्युज राष्ट्रिय साप्ताहिकका प्रधान सम्पादक डा. धिताललाई कार्यक्रमका प्रमुख अतिथि प्यालेस्टाइनका राजुदुत सन्दिप महरुवा र विशेष अतिथि भारतीय मुख्य डिजाइनर आस्मा गुल्जार र पदम श्री सुन्त्याले संयुंक्त रुपमा सम्मान गर्नु भएको थियो । ब्राण्डम्यान नामक संस्थाले आयोजना गरेको सो कार्यक्रममा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण भुमिका खेलेको भन्दै बायोटाको आधारमा छनोट गरेर नेपालबाट डा. धिताललाई सम्मान गरिएको संस्थाका अध्यक्ष अंकित कौशिकले बताउनु...
प्लान इन्टरनेसनल नेपालका साझेदार संस्थाहरुको बार्षिक समिक्षा गोष्ठि सुर्खेतमा सम्पन्न

प्लान इन्टरनेसनल नेपालका साझेदार संस्थाहरुको बार्षिक समिक्षा गोष्ठि सुर्खेतमा सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, असार १३ । प्लान ईन्टरनेसनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतले आर्थिक वर्ष ०८०÷०८१ को दुई दिने बार्षिक समिक्षा गोष्ठि सम्पन्न गरेको छ । प्लान ईन्टरनेसनल नेपाल, क्षेत्रीय कार्यालय सुर्खेतको कार्यक्षेत्र भित्रका कर्णाली र लुम्बिनी प्रदेशका साझेदार संस्थाहरुद्धारा ंसंचालित कार्यक्रमहरुको पुनरावलोकन र आगामी कार्यक्रमको रुपरेखा तयार गर्ने उद्येश्यका साथ सोे गोष्ठि आयोजना गरिएको थियो । सो गोष्ठिमा साझेदार संस्थाहरुले बर्षभरीमा गरेका मुख्य उपलब्धीहरु, सिकाई, चुनौंतीहरु, असल अभ्यासहरु र नवीनतम कार्यहरुको समिक्षा गरी आगामी बर्षको प्राथमिताहरुको पहिंचान र योजना तयारीको खाका निर्माण गरिएको जनाईएको छ । प्लान क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख मिना पराजुलीले सो समिक्षा गोष्ठिको उध्येश्य, प्लान ईन्टरनेशनल नेपालको आगामी प्राथमिकताका क्षेत्रहरुमा प्रकाश पार्दै गोष्ठिको शुरुवात ...