२ माघ २०८२, बिहीबार

विविध

धनगढीका गर्मी प्रभावित अति विपन्न ५५ परिवारलाई खाद्यान्न बितरण

धनगढीका गर्मी प्रभावित अति विपन्न ५५ परिवारलाई खाद्यान्न बितरण

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, जेठ २७ । अत्यधिक गर्मीका कारण ज्याला मजदुरी गर्न नपाएर पिडित बनेका कैलालीको धनगढी उपमहानगरका ५५ अति विपन्न, गरिब र दलित मजदुर परिवारलाई राहातस्वरुप बाँके युनेस्को क्लबले खाद्य सामाग्री बितरण गरेको छ । स्टार्ट फण्ड युके एडको सहयोग र कतार च्यारिटि नेपालको साझेदारीमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको तातो हावा परियोजना अन्तर्गत धनगढीस्थित सिद्धनाथ र भवानी माविमा अध्ययनरत अति विपन्न, गरिब, दलित र पिछिडिएका बालबालिकाका ५५ परिवारलाई खाद्य सामाग्री बितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । उहाँले ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने अति विपन्न र गरिब र दलितहरुलाई चर्को गर्मीको बेला हुने स्वास्थ्य जोखिमबाट जोगाउन र केही दिन घरमै बस्न सहज होस भन्ने उदेश्यले खाद्यान्न बितरण गरिएको बताउनुभयो । बिद्यालयमा आयोजित कार्यक्रममा धनगढी उपमहानगरका प्रमुख...
धनगढीका ८६५ बालबालिकालाई गर्मीबाट जोगाउन छाता लगायतका सामग्री वितरण

धनगढीका ८६५ बालबालिकालाई गर्मीबाट जोगाउन छाता लगायतका सामग्री वितरण

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, जेठ २४ । बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको तातो हावा परियोजना अन्तर्गत कैलालीको धनगढीस्थित दुईवटा बिद्यालयका बिद्यार्थिहरुलाई गर्मीबाट जोगाउने अत्यावश्यक सामग्री वितरण गरिएको छ । बिद्यालयका बालबालिकालाई अत्यधिक गर्मीबाट जोगाउन क्लबले युके एड स्टार्ट फण्डको सहयोग र कतार च्यारिटी नेपालसँगको सहकार्यमा सञ्चालन गरेको सो परियोजना अन्तर्गत धनगढीको भवानी माबि र सिद्धनाथ माबिका ८६५ बालबालिकालाई छाता, पानी पिउने बोतल, जीवन जल (ओआरएस) र ग्लुकोज पाउडर जस्ता अत्यावश्यक सामग्री वितरण गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्षको अध्यक्षतामा वडा अध्यक्ष, प्रधानाध्यापक, शिक्षक तथा कतार च्यारिटी र बाँके युनेस्को क्लबका प्रतिनिधिहरुको उपस्थितिमा दुवै विद्यालयका विद्यार्थीहरुलाई अत्यावश्यक सामग्री वितरण गरिएको थियो । कतार च्यारिटीका परियोजना संयोजक केफस महर्जनले विद्यार्थीह...
गुुलरियाका १२३० बालबालिकालाई गर्मीबाट जोगाउन अत्यावश्यक सामग्री वितरण

गुुलरियाका १२३० बालबालिकालाई गर्मीबाट जोगाउन अत्यावश्यक सामग्री वितरण

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, जेठ २३ । बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको तातो हावा परियोजना अन्तर्गत बिद्यालयका बालबालिकालाई गर्मीबाट जोगाउने अत्यावश्यक सामग्री वितरण गरिएको छ । बिद्यालयका बालबालिकालाई अत्यधिक गर्मीबाट जोगाउन क्लबले युके एड स्टार्ट फण्डको सहयोग र कतार च्यारिटी नेपालसँगको सहकार्यमा सञ्चालन गरेको सो परियोजना अन्तर्गत बर्दियाको गुलरियास्थित श्री नेपाल राष्ट्रिय शम्भुशरण माबि र जानकी माबिका १२३० बालबालिकालाई छाता, पानी पिउने बोतल, जीवन जल (ओआरएस) र ग्लुकोज पाउडर जस्ता अत्यावश्यक सामग्री वितरण गरेको छ । वितरण कार्यक्रममा गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष, वडा अध्यक्ष, प्रधानाध्यापक र शिक्षकहरुको सहभागिता रहेको थियो । सो अवसरमा बोल्दै गुलरिया नगरपालिकाका मेयर यादवले तराई क्षेत्रमा अत्याधिक गर्मीको समयमा जोखिममा परेका बालबालिकालाई राह...
बाँके, बर्दिया र कैलालीमा ‘तातो हावा परियोजना’ अन्तर्गत विभिन्न सामाग्री बितरण

बाँके, बर्दिया र कैलालीमा ‘तातो हावा परियोजना’ अन्तर्गत विभिन्न सामाग्री बितरण

ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, जेठ २२ । बाँके, बर्दिया र कैलालीका पाँच वटा पालिकामा सञ्चालन गरिएको ‘तातो हावा परियोजना’ अन्तर्गत विपन्नलाई गर्मी र लु बाट जोगाउन बिभिन्न कार्यहरु भइरहेका छन् । स्टार्ट फण्ड नेटवर्क युके एडको सहयोग र कतार च्यारिटिको साझेदारीमा बाँके युनेस्को क्लबले संचालन गरेको सो परियोजना अन्तर्गत कक्षाकोठामा गर्मी कम गर्न र आरामसँग शिक्षा प्राप्त गर्न तीन जिल्लाका दशवटा विद्यालयमा ३५० वटा सिलिङ्ग फ्यान जडान गरि विद्यालयका बालबालिकालाई गर्मीबाट बच्न छाता, खानेपानीको बोतल, ओआरएस र ग्लुकोज पाउडर वितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । उहाँले विद्यालय परिसरमा पानीको सहज पहुँचका लागि दसवटा विद्यालय परिसरमा १० वटा पानी कुलिङ वाटर सिस्टम जडान गरिएको र पाँच वटा सार्वजनिक स्थानमा पनि कुलिङ वाटर सिस्टम जडान गरिएको बताउनुभयो । सोही प्रकारले खाद्यान्नमा पहुचको ला...
किशोरीकालागि महिनावारी स्वच्छता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

किशोरीकालागि महिनावारी स्वच्छता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, जेठ १६ । १० औं महिनावारी स्वच्छता दिवसको अवसरमा महिनावारी मैत्री विश्वब्यापी हातेमालो भन्ने मुल नाराका साथ बर्दियामा किशोरीहरुकालागि महिनावारी स्वच्छता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । गुलरिया नगरपालिका भित्रका किशोरी क्लवका किशोरीहरुकालागि महिनावारी स्वच्छता सम्बन्धी एक दिने अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लवद्धारा सञ्चालित बालिका सशक्त परियोजना अन्तर्गत गुलरिया नगरपालिका र स्वास्थ्य कार्यालयको समन्वयमा किशोरीहरुलाई मर्यादित महिनावारीको अभियान संचालनकालागि सो कार्यक्रम संचालन गरिएको परियोजनाका संयोजक गोबिन्द प्रसाद लामिछानेले बताउनु भयो । उहाँले महिनावारीको विषयमा समुदायमा विद्यमान रहेको नकारात्मक धाराणाहरुलाई चिर्दै सकारात्मक सोचको विकास गर्न कार्यक्रम सञ्चालन गरिएको जन...
थारु समुदायमा बालविवाह अन्त्यका लागि बरघरहरुसंग साझेदारी

थारु समुदायमा बालविवाह अन्त्यका लागि बरघरहरुसंग साझेदारी

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, जेठ १० । थारु समुदायमा बाल विवाह न्यूनिकरण अभियानलाई प्रभावकारी बनाउन बरघरहरुसंग साझेदारी गरेर अगाडी बढ्नुपर्नेमा बिशेष जोड दिईएको छ । थारु आयोगले नेपालगन्जमा प्लान इन्टरनेशल नेपालसँगको सहकार्यमा आयोजना गरेको ‘बाल विवाह न्यूनीकरणमा बरघरको भूमिका विषयक’ प्रादेशिक गोष्ठीमा सहभागि बाँके, बर्दिया, सुर्खेत र दाङका बरघर थारु लगायतले समुदायमा व्याप्त रहेको बालविवाह, भागी विवाह, चाँडो विवाह अन्त्यका लागि बरघरको भुमिका महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो । उहाँहरूले बालविवाह न्यूनीकरण गर्नका लागि बनेका ऐन, कानुनहरू प्रभावकारी नहुँदा समाजका कुसंस्कार, कुरीतिको रूपमा रहेको बालविवाहको अन्त्य हुन नसकेको औल्याए । कार्यक्रममा आफ्ना धारणा राख्दै थारु आयोगका अध्यक्ष बिष्णु प्रसाद चौधरीले बाल विवाह न्यूनीकरण गर्न बरघर ऐन आवश्यक रहेको बताउनुभयो । थारु समुदायमा व्याप्त रहेको बालविव...
स्वास्थ्य बीमा गराएका बिरामीका भेरी अस्पतालप्रति गुनासै गुनासा

स्वास्थ्य बीमा गराएका बिरामीका भेरी अस्पतालप्रति गुनासै गुनासा

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
बिग्रुपद्धारा स्वास्थ्य बीमाको अवस्था बारे भेरी अस्पतालमा अनुगमन सिराज खान नेपालगन्ज, जेठ १० । स्वास्थ्य उपचारमा सहजता र सरलताकालागि स्वास्थ्य बीमा गराएर यहाँस्थित भेरी अस्पतालमा उपचार गराउन पुगेका यस क्षेत्रका अधिकांश बिरामीहरुले सेवा प्रवाह बारे गुनासै गुनासा गरेका छन् । भेरी अस्पतालको बीमा काउण्टर र औषधी वितरण काउण्टरमा भेटिएका अधिकांश बिरामीले कर्मचारीको व्यवहार रुखो भएको, अस्पताल भित्रै रहेका विभिन्न परिक्षणका लागि बाहिर पठाउने गरिएको, निशुल्क पाउने अधिकांश औषधी नदिने गरिएको, बीमा गराएका बिरामीको पालो पछि पार्ने गरिएको र जेष्ठनागरीक, अपाङ्गता भएका लगायतका लागि छुट्टै व्यवस्था नरहेको गुनासो गरेका छन् । एमडीएम फ्रान्सको आर्थिक सहयोगमा भेरी वातावरणीय विशिष्टता समुह बि ग्रुपद्धारा बाँकेका तीनवटा पालिकामा सञ्चालन गरिएको पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत अनुगमन गर्न...
बर्दियामा एकिकृत पाठ्यक्रम बिकास तथा स्टीम शिक्षाबारे कार्यशाला गोष्ठि सम्पन्न

बर्दियामा एकिकृत पाठ्यक्रम बिकास तथा स्टीम शिक्षाबारे कार्यशाला गोष्ठि सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, जेठ ४ । बाँके युनेस्को क्लबले बर्दियाको गुलरियामा एकीकृत पाठ्यक्रम बिकास तथा विज्ञान, प्रविधि, इन्जिनियरिङ्, कला र गणित (स्टीम) शिक्षा सम्बन्धी ३ दिने कार्यशाला गोष्ठि सम्पन्न गरेको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत क्लबले सो कार्यशालाको आयोजना गरेको हो । उक्त कार्यशालामा गुलरिया, मधुवन नगरपालिका र बढैयाताल गाउँ पालिकाका नौ वटा बिद्यालयका प्रधानाध्यापक, शिक्षक र बिद्यालय व्यवस्थापन समितीका अध्यक्षहरु गरेर २० जनाको सहभागिता रहेको थियो । सहभागिलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ्, कला र गणित बिषयको शिक्षामा नयाँ नयाँ तरिकाले पढाउने कुरामा केन्द्रित भएर ती बिषयलाई समेटेर एकिृकत पाठ्यक्रमको बिकास गर्ने बारेमा प्रशिक्षण दिईएको थियो । कार्यशाला गोष्ठिको उदेश्य विज्ञान, प्रविधि, इन्जिनियरिङ्, कला र गणित बिषयमा पर...
नासाका बैज्ञानिक डा. जिग्लरले नेपालगन्जमा बिज्ञानका बिद्यार्थिसंग सम्वाद गर्ने

नासाका बैज्ञानिक डा. जिग्लरले नेपालगन्जमा बिज्ञानका बिद्यार्थिसंग सम्वाद गर्ने

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, जेठ ३ गते । अमेरिकास्थित नासाका बैज्ञानिक डा. रियान जिग्लर पहिलो पटक नेपालगन्जको भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँले नासामा चन्द्रमाका उल्कापिण्ड र त्यहाँ भेटिएका काँचका टुक्राहरुको अध्ययन गरिरहनु भएको छ । स्काइमिस्ट प्लानेटेरियम नेपालगन्जले आयोजना गरेको पत्रकार भेटघाटमा बैज्ञानिक डा. जिग्लर नेपालगन्ज र धनगढीमा आउने र दुबै ठाउँका विभिन्न विद्यालयका छात्र छात्राहरु माझ कार्यक्रम गर्ने स्काइमिस्ट प्लानेटेरियमका प्रमुख निरज श्रेष्ठले बताउनुभयो । उहाँले पहिलो पटक नासाका कुनै बैज्ञानिक पश्चिम नेपालमा आउनु बिज्ञानमा रुचि राख्ने सबैका लागि सुखद खबर भएको जनाउँदै धनगढीमा जेठ ७ गते र नेपालगन्जमा जेठ ८ गते विद्यार्थिहरुसंग उहाँको प्रस्तुती राखिएको बताउनुभयो । नेपालगन्जमा आयोजना गरिने कार्यक्रममा एक हजार ५०० देखि दुई हजारसम्म कक्षा ८, ९ र १० का बिद्यार्थिहरु सहभागि रहने जनाउँदै आ...
नेतृत्व विकास र स्थानीय तहमा सहभागिताका लागि ठाकुरद्धारामा जिल्लास्तरीय युवा भेला शुरु

नेतृत्व विकास र स्थानीय तहमा सहभागिताका लागि ठाकुरद्धारामा जिल्लास्तरीय युवा भेला शुरु

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, जेठ २ । प्लान इन्टरनेशनल नेपालको साझेदारी र बाँके युनेस्को क्लब लगायतका विभिन्न गैर सरकारी संघसंस्थाको आयोजनामा बर्दियाको ठाकुरद्धारामा जिल्लास्तरीय युवा भेला शुरु भएको छ । बर्दियामा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत बाँके युनेस्को क्लब, राधाकृष्ण थारु जनसेवा केन्द्र, बिग्रुप र स्थानीय पालिकाहरुको समन्वयमा युवा लक्षित नेतृत्व विकास र स्थानीय तहमा युवा सहभागिता सम्बन्धि युवा भेला सञ्चालन गरिएको हो । तीन दिनसम्म चल्ने सो भेलामा बर्दिया जिल्लाका सबै स्थानीय निकायवाट युवाहरूको प्रतिनिधित्व हुने गरी किशोरी क्लव, युवा क्लव र परिवर्तनका संवाहक समुहका सदस्यबाट ३६ जना किशोर किशोरी तथा युवाहरूको सहभागिता रहेको बाँके युनेस्को क्लव, सशक्त बालिका परयोजनाका संयोजक गोबिन्द प्रसाद लामिछानेले जानकारी दिनुभयो । उहाँले युवा भेला कार्यक्रममा शसक्त बालिका परियोजनाको सहयोगमा स्था...