गुलरिया नगरपालिकालाई बालविवाहमुक्त पालिका घोषणा गर्न तयारी बैठक सम्पन्न
समाचारदाता
नेपालगन्ज, बैशाख २७ । प्लान इन्टरनेसनल नेपालको साझेदारी र बाँके युनेस्को क्लबको आयोजनामा गुलरिया नगरपालिकालाई बालविवाहमुक्त पालिका घोषणा गर्नका लागि तयारी बैठक सम्पन्न भएको छ ।
स्थानीय बाल अधिकार समितिका संयोजक तथा नगर उप प्रमुख साबित्रा गौतमको अधक्ष्यतामा संचालित बैठकमा गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादव, प्रमुख प्रशासकिय अधिकृत ओमकार शाह, बरिष्ठ अधिकृत मुकुन्द अर्याल, १२ वटै वडाका वडा अधक्ष्य, महिला तथा बालबालिका शाखा प्रमुख सीला शाह, शिक्षा शाखा प्रमुख सतिश यादव र नगरकार्यपालिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
महिला बालबालिका शाखा प्रमुख सिला शाहले संचालन गरेको सो बैठकमा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक महेश नेपालीले बाल विवाहको ब्यापकता सर्भे प्रतिबेदन प्रस्तुति गर्नु भएको थियो ।
सो प्रतिबेदनका अनुसार गुलरियामा गरिएको सर्भे २०२३ का अनुसार अधिकांस ...









