रवि तुलाधरको नेतृत्वमा बाँके युनेस्को क्लबको नयाँ कार्यसमिति निर्वाचित
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, ७ साउन । बाँके युनेस्को क्लबको शनिवार सम्पन्न दशौं अधिवेशनले रवि तुलाधरको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
तुलाधरको अध्यक्षतामा निर्वाचित भएको कार्यसमितिको उपाध्यक्षमा ललिता चौधरी, महासचिवमा बुद्धेश जैसवाल, कोषाध्यक्षमा फिरदौस जहाँ खान, सचिवमा सोबिया सिद्दिकी शाह निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत साजिद अली सिद्दिकीले बताउनुभयो ।
उहाँका अनुसार कार्यसमितिको सदस्यहरुमा भाबुक जंग थापा, फरमान अली सिद्दिकी, मीना भुसाल, जावेद सिद्दिकी, मीना चौधरी र शाहिल अन्सारी निर्वाचित हुनु भएको छ ।
सोही अधिवेसनले नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरात र नफुकनका मानार्थ उपाध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य दिपक सरकारलाई आजिवन मानार्थ संरक्षकमा मनोनित गरेको छ भने निवर्तमान अध्...









