३२ असार २०८३, बिहीबार

विविध

मन्त्री राईलाई समातेर जब प्रदेश सांसद नमुना केसी भावुक बन्नुभयो…

मन्त्री राईलाई समातेर जब प्रदेश सांसद नमुना केसी भावुक बन्नुभयो…

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
सिराज खान नेपालगञ्ज, भदौ ४ । नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राई शनिवार साँझ अँध्यारो हुनै लाग्दा सिधनिया घाटस्थित राप्ती नदीमा निर्माण गरिएको पुल छेउमा पुग्नुभयो । विहान ६ बजेदेखि निरन्तर कार्यक्रममा व्यस्त रहनु भएका उहाँलाई दुई कार्यक्रम बाँकी रहँदा त्यहाँ पुग्न अँध्यारो हुन लागि सकेको थियो । जबकी सो ठाउँमा पुग्ने निर्धारित समय भने साढे पाँच बजे अपरान्हको थियो । राप्ती नदीमा निर्माण गर्न लागिएको नयाँ पुलको शिलान्यास गर्न मन्त्री राईको टोली त्यहाँ पुगेको थियो । मन्त्री राई, प्रदेश सांसद कृष्णा केसी नमुना, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिवसहितको टोलीले पुगे लगत्तै अहिलेको पुल भन्दा दोब्बर फराकिलो र लामो पुल निर्माणको शिलान्यास गर्नुभयो । शिलान्यास गरेपछि त्यसमा लेखिएको ब्यहोरा पढेर सुनाउने जिम्मेवारी पाउनु भएकी प्रदेश सांसद केसीले सो पढे लगत...
तिजको अवसरमा अखिल नेपाल महिला संघ क्रान्तिकारीद्धारा रक्तदान सम्पन्न

तिजको अवसरमा अखिल नेपाल महिला संघ क्रान्तिकारीद्धारा रक्तदान सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, भदौ ४ । हिन्दू महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा शनिवार माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीले नेपालगन्जमा रक्तदान कार्यक्रमको आयोजना गर्यो । अखिल नेपाल महिला संघ क्रान्तिकारीको आयोजना र प्रादेशिक रक्त संचार केन्द्र नेपालगञ्जको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा माओवादी केन्द्र बाँकेका संयोजक डम्मर बिक तुफान, महिला नेतृ कस्मीरा खातुन सहित ४२ जनाले रक्तदान गरेको संघ कि सचिव इश्वरी रावतले बताउनुभयो । संघका अध्यक्ष मिना डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको अनेमसंघकी केन्द्रीय सदस्य एवं संबिधान सभा सदस्य अन्जना थारु प्रमुख अतिथि रहनु भएको थियो । जहिले पनि रक्तदान कार्यक्रममा महिलाको संख्या एकदमै न्युन हुने तर, रगत लिने महिलाहरुको संख्या एकदमै बढी हुने गरेकाले महिलालाई रक्तदानमा उत्प्रेरित गर्...
पाँच आकाशे पुल निर्माण र सडक कालोपत्रे योजनाको मन्त्री राईद्धारा शिलान्यास

पाँच आकाशे पुल निर्माण र सडक कालोपत्रे योजनाको मन्त्री राईद्धारा शिलान्यास

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, भदौ ४ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईले जमुनाहादेखि कोहलपुरसम्मको फोरलेन सडकमा निर्माण गरिने पाँच वटा आकाशे पुल र अस्फाल्ट सडक ओभरले आयोजनाको शनिवार नेपालगञ्जमा शिलान्यास गर्नु भएको छ । दुबै आयोजनाको शिलान्यास मन्त्री राईले नेपालगञ्जको धम्बोझी चोक र राँझा चोकमा छुट्टा छुट्टै कार्यक्रममा गर्नुभएको हो । सो अवसरमा बोल्दै उहाँले धर्म र जातिको नाममा जनतालाई विभाजित गरेर राजनिति गर्नेहरुसंग सावधान रहन बाँकेवासीलाई आग्रह गर्नुभयो । आफुले सधैं सबैको विकास र उन्नतीको राजनिति गरेको दावी गर्दै उहाँले सो बारेमा जो कोही संग पनि छलफल र बहस गर्न तयार रहेको बताउनुभयो । आफु दुई पटक बाँकेबाट सांसद भएको र तीन पटक मन्त्री भएको अवधीमा गरेका विकासका कामहरु उल्लेख गर्दै उहाँले यदि ती काम राम्रा र जनताका लागि थिए भने आगामी निर्वाचनमा भोट दिन आग्रह गर्...
शालिक नै बनाउने हो भने मंगलप्रसाद, फत्तेजंगशाह र औतार देईको बनाउँ–मन्त्री राई

शालिक नै बनाउने हो भने मंगलप्रसाद, फत्तेजंगशाह र औतार देईको बनाउँ–मन्त्री राई

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध, स्वस्थ्य
महेन्द्र पुस्तकालयको अमृत महोत्सव भव्य रुपमा शुरु नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, भदौ ३ । नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले यहाँ शालिकको राजनिति गरेर केहीले जनतालाई विकास निर्माणबाट बन्चित गराउन खोजेको दावी गर्नुभएको छ । उहाँले भन्नुभयो–सालिकनै बनाउने हो भने नेपालगञ्जको शिक्षा र स्वास्थ्यका लागि सबैभन्दा बढी योगदान गर्ने स्वर्गिय मंगल प्रसाद, फत्तेजंग शाह र औतार देईको सालिक बनाएर लगाउनुपर्छ । महेन्द्र पुस्तकालय ७५ वर्ष पुगेर ७६ औं वर्षमा लागेको अवसरमा मनाईएको अमृत महोत्सवको शुक्रवार नेपालगञ्जमा उदघाटन गर्दै मन्त्री राईले आफु पनि कसैको सालिकको विरोधी नभएको जनाउँदै तर सर्वदलीय सहमति गरेर मात्र लगाउनु पर्ने पक्षमा रहेको बताउनुभयो । उहाँले सालिककै कुरा गर्ने हो भने जसले बाँके र नेपालगञ्जको समग्र विकासको लागि बढी काम गरेको छ, जसले गर्दा जनतालाई धेरै ला...
बढैयातालमा परियोजना सम्बन्धी जानकारी तथा समन्वय बैठक सम्पन्न

बढैयातालमा परियोजना सम्बन्धी जानकारी तथा समन्वय बैठक सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचारदाता नेपालगञ्ज, भदौ १ । प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बढैयाताल गाउँपालिकामा आ.व. ०७८÷०७९ मा संचालन गरिएका परियोजनाहरुको प्रगती तथा आगामी कार्यक्रमको बारेमा जानकारी तथा समन्वय बैठक सम्पन्न भएको छ । बाँके युनेस्को क्लब, बीग्रुप, स्याक नेपाल, साथी संस्था र थारु महिला उत्थान केन्द्रको आयोजना र बढैयाताल गाउँपालिकाको समन्वयमा सो बैठक सम्पन्न भएको हो । खासगरी स्थानीयतहको निर्वाचन पश्चात निर्वाचित जनप्रतिनिधीहरुलाई परियोजनाका सन्दर्भमा जानकारी गराई स्थानीय सरकारसँगको सम्बन्ध प्रगाढ पार्दै परिणाममुखी कार्य गर्ने उध्येश्यका साथ आयोजना गरिएको उक्त बैठकको अध्यक्षता बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी अधिकारीले गर्नु भएको थियो भने अतिथीको रुपमा प्लान ईन्टरनेशनल नेपालका क्षेत्रीय प्रबन्धक मिना पराजुली र बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने रह...
नेपालगञ्ज र कोहलपुरका पाँच चोकमा आकाशे पुल निर्माणको टेण्डर आह्वान, १३ किलोमिटरमा स्ट्रीट लाइट जडान गरिने

नेपालगञ्ज र कोहलपुरका पाँच चोकमा आकाशे पुल निर्माणको टेण्डर आह्वान, १३ किलोमिटरमा स्ट्रीट लाइट जडान गरिने

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
सिराज खान नेपालगञ्ज, साउन ३१ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईको निर्देशनमा नेपालगञ्जमा चार र कोहलपुरमा एक गरि पाँच वटा आकाशे पुल निर्माण गरिने भएको छ । नेपालगञ्ज र कोहलपुरका सडकमा अत्याधिक सवारी साधन गुड्न थालेका कारण विभिन्न महत्वपुर्ण चोकमा सर्वसाधारणलाई सडक पार गर्न समस्या भएको दुर्घटनाको जोखिम बढेका कारण आकाशे पुल निर्माण गर्ने निर्णय गरिएको मन्त्री राईले बताउनुभयो । उहाँले रत्नराजमार्गको जमहुनाहा कोहलपुर सडकखण्डको नेपालगञ्जस्थित गणेशमान चोक, धम्बोझी चोक, कारकाँदो चोक, राँझा चोक र कोहलपुरको हाइस्कुल चोकमा आकाशे पुल निर्माण गर्ने निर्णय गरिएको बताउनुभयो । यसका साथै जमुनाहादेखि राँझासम्मको राजमार्गमा स्ट्रीट लाइटको अभाव देखिएकोले सो सडकमा दुबैतिर मुख फर्काईएका स्ट्रीट लाइटहरु जडान गर्ने निर्णय पनि गरिएको मन्त्री राईले बताउनुभयो । उहाँले यसअघि उपमहानगरपालिका...
दुबै खुट्टा काटिएको दस वर्षपछि तिन पांग्रे साइकल पाउँदाको खुशी…

दुबै खुट्टा काटिएको दस वर्षपछि तिन पांग्रे साइकल पाउँदाको खुशी…

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
सिराज खान नेपालगञ्ज, साउन ३१ । बाँकेको कोहलपुर ६ सृजना चोक निवासी डिल्लीराम पोखरेल नेपालगञ्जबाट महेन्द्रनगरसम्म चल्ने बसको खलाशी हुनुहुन्थ्यो । बसमा खलाशीको काम गरेर उहाँको परिवारको गुजारा चल्ने गरेको थियो । तर २०६८ साल असोज २४ गते उहाँले नसोचेको घट्ना घट्यो । सो दिन महेन्द्रनगर नजिक उहाँले काम गर्ने बस पल्टिंदा बसमा सवार तीन जना यात्रीको मृत्यु भयो भने पाँच जना घाइते भए । गम्भीर घाइते भएकाहरु मध्ये एकजना पोखरेल पनि हुनुहुन्थ्यो । उहाँको दुबै खुट्टा च्यापिएर निकै चोट लागेको थियो । गम्भीर अवस्था भएकोले नेपालगञ्जमा सामान्य उपचारपछि उहाँलाई काठमाण्डौको सहीद मेमोरियल अस्पतालमा रेफर गरियो । काठमाण्डौको सहीद मेमोरियल अस्पतालमा दोस्रो दिननै पोखरेलको दायाँ खुट्टा काट्नु पर्यो । त्यसको ठीक एक वर्षपछि अर्को खुट्टाको घाउ पनि पाक्दै गएपछि सो खुट्टा पनि सोही अस्पतालमा काट्नु परेको पोखरेलले बताउनुभय...
कतार च्यारिटीका निर्देशकलाई बर्दिया युनेस्को संघद्धारा भव्य स्वागत र सम्मान

कतार च्यारिटीका निर्देशकलाई बर्दिया युनेस्को संघद्धारा भव्य स्वागत र सम्मान

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
समाचारदाता नेपालगञ्ज, साउन ३० । कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक इरशाद अली शेखलाई बर्दिया युनेस्को संघले भव्य स्वागत र सम्मान गरेको छ । बर्दियाको राजापुर नगरपालिकाको मानपुर टपरामा आयोजना गरिएको एक बृहत्त कार्यक्रमकाविच संघले कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक शेखलाई सो स्वागत सम्मान गरेको हो । बर्दियाको भ्रमणमा रहनुभएको बेला बाँके युनेस्को क्लबको टोलीसंगै राजापुरको मानपुर टपरा पुग्नु भएका कार्यवाहक निर्देशक शेषलाई फुलमालासहित भव्य स्वागत सम्मान गर्दै औपचारिक कार्यक्रम आयोजना गरेर मायाको चिनो समेत प्रदान गरिएको थियो । बर्दिया युनेस्को संघका अध्यक्ष भिमसेन चौधरीले शेषलाई स्वागत सम्मान गर्दै थारु समुदायको पहिचान झल्काउने आकर्षक र सुन्दर ढकरीलाई मायाको चिनोको रुपमा प्रदान गर्नुभयो । सो अवसरमा बोल्दै कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक शेषले संघले गरेको स्वागत र सम्म...
जमुनाहा–राँझा फोरलेन सडक अस्फाल्ट कालोपत्रे गर्न टेण्डर आह्वान

जमुनाहा–राँझा फोरलेन सडक अस्फाल्ट कालोपत्रे गर्न टेण्डर आह्वान

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, साउन २९ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई मन्त्री भएको २ महिना नपुग्दै उहाँको मन्त्रालयसंग सम्बद्ध विकास निर्माणका योजनाहरु बाँके जिल्लामा शुरु हुन थालेका छन् । बाँके क्षेत्र नम्बर २ का संघीय सांसद समेत रहनुभएका मन्त्री राईको निर्देशनमा यसअघि साउन १५ गते नेपालगञ्जको पुष्पलाल चोकदेखि कम्दीस्थित सिधनिया घाटको राप्तीनदीको पुलसम्मको सडकलाई फराकिलो पार्ने योजनाको टेण्डर आह्वान गरिएको थियो । सोही प्रकारले मन्त्री राईकै निर्देशनमा आइतवार पनि बाँकेको जमुनाहादेखि राँझासम्मको १० किलो मिटर ८०० मिटर फोरलेन सडकलाई स्तरोन्नती गरेर असफाल्ट कालोपत्रे सडक निर्माण गर्न टेण्डर आह्वान गरिएको छ । त्यसका साथै महेन्द्रराजमार्गको किरननाला–बनकटवा सेक्सनको सडकलाई पनि अस्फाल्ट ओभरले गर्ने योजनाको समेत टेण्डर आइतवारनै आह्वान गरिएको छ । रत्नराजमार्गको ज...
प्लान नेपालको कर्णाली प्रदेशस्तरीय वार्षिक प्रगति समिक्षा तथा योजना प्रस्तुती बैठक सम्पन्न

प्लान नेपालको कर्णाली प्रदेशस्तरीय वार्षिक प्रगति समिक्षा तथा योजना प्रस्तुती बैठक सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, साउन २८ । प्लान इन्टरनेशनल नेपालको क्षेत्रीय कार्यालय सुर्खेतले प्रदेश–स्तरीय वार्षिक प्रगती समिक्षा तथा योजना प्रस्तुती बैठक कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीको प्रमुख आतित्थ्यमा सम्पन्न गरेको छ । कार्यक्रममा प्लान इन्टरनेशनल नेपालले कर्णाली प्रदेशमा विभिन्न साझेदार संस्थाहरु मार्फत आर्थिक वर्ष २०७८÷७९ मा सम्पन्न गरेका मूख्य क्रियाकलाप तथा उपलब्धिहरु र आर्थिक वर्ष २०७९÷८० को योजनाका बारेमा कर्णाली प्रदेश सरकारलाई जानकारी गराईएको थियो । प्रदेश सामाजिक मन्त्री बुढा क्षेत्रीले प्लान इन्टरनेशनल नेपालको कार्यक्रमको प्रशंसा गर्दै यसले कर्णालीका दुरदराजमा रहेका मानिसको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको भन्दै धन्यवाद ज्ञापन गरे । त्यसैगरी कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रिले सरकार र गैर सरकारी संस्थाक...