समाचारदाता
नेपालगन्ज, भदौ ८ । रियालिटी सो एक्टिङ स्टार मार्फत आफ्नो प्रतिभा देशव्यापी रूपमा देखाएर टप १० भित्र पर्न सफल नेपालगन्जकी चेली नबिना रानाभाटलाई जिताउने अभियान बाँकेमा तिव्र पारिएको छ ।
चर्चित रियालिटी शो एक्टिङ स्टारमा टप १० भित्र प्रवेश गरेकी रानाभाटलाई जिताउन बाँकेका स्थानीय पत्रकार, जनप्रतिनिधि, व्यवसायी, कलाकार, विद्यार्थि, कर्मचारी लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरु क्रियाशिल हुनुहुन्छ ।
उहाँहरुले बाँकेकी स्टार चेली नबिनालाई भोट गरेर विजयी गराउन विभिन्न माध्यमबाट सबैसंग अनुरोध गरिरहनु भएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भिमबहादुर रानाभाट र निशा रानाभाटकी छोरी नबिनाको अभिनय शैलीले अहिले देश–विदेशमा चर्चा पाइरहेको छ ।
अडिसन राउन्डदेखि निरन्तर उत्कृष्ट अभिनय प्रस्तुत गर्दै टप १० मा पुग्न सफल नबिनाले आगामी चरणमा लुम्बिनी प्रदेश र बाँके जिल्लाको कथा आफ्ना प...
समाचारदाता
नेपालगन्ज, भदौ ७ । बिरयानी, कवाब र शोर्मा लगायतका खाने कुरामा अखाद्य हानिकारक कोलटार रंग मिसाउने तथा फोहोर ठाउँमा मासु भण्डारण गर्ने नेपालगन्जका एक होटल व्यवसायीलाई जिल्ला अदालत बाँकेले एक लाख रुपियाँ जरिवाना र ६ महिनाको कैद सजाय सुनाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्ज, बाँकेले नेपालगन्ज उप–महानगरपालिका वडा नं. ११ स्थित बिसमिल्ला होटलका संचालक मोहम्मद उमर साइ विरुद्द दायर गरेको मुद्दामा बाँके जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै एक लाख रुपिया जरिवाना र ६ महिनाको कैद सजाय गरेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्ज, बाँकेका खाद्य निरिक्षक रामहरी लामिछानेले दायर गर्नु भएको सो मुद्दामा जिल्ला अदालत बाँकेका न्यायधिश केशवराज चपाईको ईजलाशले फैसला सुनाउँदै प्रतिवादीलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ४२ (१) (ख) बमोजिम ६ महिना कैद ...
समाचारदाता
नेपालगन्ज, भदौ ४ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिकामा बाल अधिकार, बाल संरक्षण, समावेशी सिकाइ वातावरण तथा मानव बेचबिखन विरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मधुबन–३, धनौरामा सो अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
सो कार्यक्रमको उदेश्य विद्यालय समुदायलाई बाल अधिकार र संरक्षणप्रति सचेत र संवेदनशील बनाउँदै बालमैत्री, सुरक्षित र समावेशी सिकाइ वातावरण निर्माणमा योगदान पु¥याउनुकासाथै मानव बेचबिखनजस्ता अपराध रोकथाममा सामूहिक प्रतिबद्धता जगाउने रहेको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
सो कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, बाल क्लब, प्रधानाध्यापक सहित सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो ।...
सिराज खान
नेपालगन्ज, साउन ३० गते । बीस वर्षअघि सशस्त्र द्वन्द्वकालको समयमा तत्कालीन विद्रोही पक्षसँग भएको भिडन्तको क्रममा प्रहरी सहायक निरीक्षकको बायाँ खुट्टामा लागेको गोलीको छर्रा शल्यक्रिया गरेर निकालिएको छ ।
लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा शल्यक्रिया गरेर लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक ईन्द्रनाथ योगीको बाँया खुट्टाबाट विहिबार गोलीको छर्रा निकालिएको अस्पताल प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा दीपा न्हुच्छे प्रधानले बताउनुभयो ।
उहाँले सो अस्पतालमा कार्यरत हार्डजोर्नी नशा तथा बाथरोग विशेषज्ञ प्राविधिक प्रहरी नायव उपरीक्षक डा।श्याम कृष्ण लौडारी, प्राविधिक प्रहरी निरीक्षक बृन्दा चापागाई, प्राविधिक प्रहरी नायब निरीक्षक प्रगति खड्का र प्रहरी जवान शान्ति सुनारलगायतको टोलीले विहिबार शल्यक्रिया गरेर गोलीको छर्रा निकालेको बताउनुभयो ।
प्रहरी ...
समाचारदाता
बर्दिया, साउन २८ । २६औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बर्दियाको मधुवन र गुलरिया नगरपालिका एवं बढैयाताल गाउँपालिकामा अभिमुखीकरण, अन्तरक्रिया एवं सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको शसक्त बालिका परियोजना अन्तर्गत सो कार्यक्रम सम्पन्न गरिएको हो ।
युवाहरूले विश्वभर सामना गरिरहेका चुनौती र अवसरबारे सचेतना फैलाउने, सामाजिक समावेशितामा उनीहरूको सक्रिय सहभागिता बढाउने तथा उज्वल भविष्य निर्माणमा उनीहरूको महत्वपूर्ण भूमिकालाई उजागर गर्ने उदेश्यले हरेक वर्ष बिश्वभरि अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
गुलरिया र मधुवन नगरपालिकामा आयोजित कार्यक्रममा उपप्रमुख, वडा अध्यक्ष, महिला तथा बालबालिका शाखा, स्थानीय ट्राफिक प्रहरी तथा युवाहरूको उल्ल...
समाचारदाता
नेपालगन्ज, साउन २८ । २६औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा वडा कार्यालय, महिला तथा बालबालिका शाखा र नेपाल प्रहरीको समन्वयमा मधुवन र राजापुर नगरपालिकामा एकसाथ सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा लागुपदार्थ सेवन र मानव बेचबिखनका कारण, जोखिम र रोकथामका उपायहरूबारे विद्यार्थीहरूलाई जानकारी दिइएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
मधुवन–७ स्थित शुक्र माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा ईलाका प्रहरी कार्यालय ढोढरीका प्रमुख प्रहरी निरीक्षक महेन्द्र सेन, महिला तथा बालबालिका इकाई प्रमुख इन्द्रा चुनारा र परियोजना संयोजक ईश्वर बिकेले मानवबेचविखन र त्यसबाट जोगिने उपायहरुका बारेमा सचेत पार्नुभयो ।
सो अवसरमा उहाँहरुले विद्यार्थीहरूले आफुले जानेका कुरा समाजका अन्य वर्गलाई पनि ...
समाचारदाता
नेपालगन्ज, साउन २६ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालगञ्ज र नयाँ दिल्लीबीच सिधा उडानका लागि आफूले पहल गर्ने बबताउनु भएको छ। सोमबार मन्त्रालयमा बाँकेका प्रमुख राजनीतिक दलका नेता, संघीय संसदमा प्रतिनिधित्व गर्ने बाँके र बर्दियाका सांसद, उद्योगी व्यवसायी, नागरिक समाजका प्रतिनिधि लगायतको टोलीले नेपालगन्ज दिल्लीको उडान शुर गराउन पहल गर्न आग्रह गर्दा उहाँले यस विषयलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो ।
मन्त्री राणाका अनुसार, यो उडानले नेपाल र भारतबीच कनेक्टिभिटी बढाएर पर्यटन, व्यापार र जनसम्पर्कमा वृद्धि गराउनेछ। यसले पश्चिम नेपालको अर्थतन्त्रमा ठूलो योगदान पु¥याउने छ। नेपालगञ्जमा पर्यटन पूर्वाधार तयार भइसकेकाले पनि यो उडान महत्वपूर्ण हुने उहाँले बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा यो विषयलाई प्राथमिकता बनाउन टोलीले अनुरोध गरेको छ।
नेपालगन्ज द...
समाचारदाता
नेपालगन्ज, साउन २३ गते । यहाँस्थित नेपाल भारत सीमानाको भारतीय क्षेत्र रूपैडीहाको वार्ड नम्बर १०, रामजानकीस्थित खाली घरको बगैंचामा बिहिबार मृत अवस्थामा भेटिएका एक नेपाली युवकको पहिचान भएको छ ।
रुपैडिहामा शव भेटिएको ती नेपाली युवक बाँके कोहलपुर ९ पिपरी झण्डहवा निवासी अरण वर्नवाल रहेको भनि परिवारका सदस्यले पहिचान गरेको भारतीय प्रहरीले जनाएको छ ।
रुपैडिहा प्रहरी चौकीका सब–इन्स्पेक्टर राहुल सरोजले दिनु भएको जानकारी अनुसार रुपैडिहास्थित एउटा खाली घरको बगैंचामा भेटिएको नेपाली युवकको बायाँ हातमा “अरुण” लेखिएको ट्याटु रहेकोमा उनकी बहिनी प्रभा वर्नवालले आफ्नो दाई भनि पहिचान गर्नु भएको हो ।
सब–इन्स्पेक्टर सरोजले मृतकको अनुहारमा गहिरो चोटको निशान देखिएको र मृत्यु दुई तीनदिनअघि नै भएको अनुमान गरिएको बताउनुभयो ।
मृत भेटिएका युवक सीमापारी लागु औषधको सेवनका लागि गएको हुनसक्ने अनुमान भा...
समाचारदाता
नेपालगन्ज, साउन २१ । नेपाल प्रहरी श्रीमती संघको ४१ औं वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेशले सुर्खेतको मानव सेवा आश्रममा रहनु भएका ९४ जनालाई खाना खुवाएको छ ।
नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशका अध्यक्ष सुमन श्रेष्ठको प्रमुख आतिथ्यतामा वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १२ निमारे सुर्खेतको मानव सेवा आश्रममा रहनु भएका ९४ जना महिला तथा पुरुषहरुलाई खाना खुवाउने कार्यक्रम सम्पन्न गरिएको संघले जनाएको छ ।
संघको वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएकोमा यस पटक मानव सेवा आश्रममा रहनु भएकाहरुलाई खाना खुवाईएको नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेशका अध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो ।
सो कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशका अध्यक्ष श्रेष्ठ लगायत कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक माधव प्रसाद श्...
समाचारदाता
नेपालगन्ज, साउन १७ । बाँके युनेस्को क्लबको शनिवार यहाँ सम्पन्न ११ औ अधिवेशन तथा ३६ औं बार्षिक साधारणसभाबाट क्लबका संस्थापक अध्यक्ष प्रवेज अलि सिद्दिकी पुनः अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
सिद्दिकीको अध्यक्षतामा निर्विरोध निर्वाचित भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा पन्चम गुरुंग, महासचिवमा बुधेश जयसवाल, सचिवमा फिरदौस जहाँ खान, कोषाध्यक्षमा जावेद सिद्दिकी र सदस्यहरुमा मिना भुषाल, भावुकजंग थापा, मिना चौधरी, सोबिया सिद्दिकी, श्वेता गुरुंग र सपना परियार निर्वाचित हुनु भएको छ ।
यसअघि क्लबको ११ औ अधिवेशन तथा ३६ औं बार्षिक साधारणसभाको उद्घाटन गर्दै युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरातले ३६ वर्षको अवधीमा क्लबले गरेका उल्लेखनीय तथा उदाहरणीय कार्यहरुको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य दिंदै नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद ...