३१ असार २०८३, बुधबार

विविध

मधुवनमा अपांगता पहिचान तथा प्रारम्भिक अवस्थासम्बन्धी तालिम सम्पन्न

मधुवनमा अपांगता पहिचान तथा प्रारम्भिक अवस्थासम्बन्धी तालिम सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, पुस १ । बर्दियाका माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूका लागि मधुवन नगरपालिकामा प्रारम्भिक अवस्था पहिचान क्षमता विकास सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय इकाई बर्दियाको समन्वयमा बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत सो तालिमको आयोजना गरिएको हो । ‎मधुवन नगरपालिका–१ मा सम्पन्न तालिममा मधुवन र गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकाका १५ वटा विद्यालयका प्रधानाध्यापकहरूको सहभागीता रहेको थियो । तालिममा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीका फोकल शिक्षक तथा पालिकाका शिक्षा शाखा प्रमुख एवं प्रतिनिधिसहित ३३ जनाको सहभागिता रहेको थियो । ‎तालिममा अपांगता भएका बालबालिकाको प्रारम्भिक अवस्था पहिचान, तथ्यांक व्यवस्थापन प्रणाली सुदृढीकरण तथा समावेशी शिक्षाको प्रभावकारी कार्यान्व...
बाँके युनेस्को क्लबद्वारा संस्थाको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला सम्पन्न

बाँके युनेस्को क्लबद्वारा संस्थाको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, २७ मंसिर । बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्देश्यसहित पाँचदिने संगठनात्मक रणनीति कार्यशाला सफलतापूर्वक सम्पन्न गरेको छ । बर्दियाको ठाकुरद्धारामा सम्पन्न भएको सो कार्यशालाको उदघाटन सत्रमा बोल्दै बाँके युनेस्को क्लबका अध्यक्ष परवेज अली सिद्दीकीले पाँच वर्षे रणनीतिक योजनाको महत्वबारे प्रकाश पार्नुभयो । उहाँले यो योजना केवल कागजी दस्तावेज मात्र नभई संस्थाको दीर्घकालीन दृष्टि, सामाजिक रूपान्तरण र समावेशी विकासको मार्गनिर्देशक दस्तावेज हुने प्रष्ट पार्नुभयो । क्लबका अनुसार सो कार्यशालाको मुख्य उद्देश्य प्रभावकारी सेवा प्रवाहलाई थप सुदृढ बनाउँदै विपन्न बालबालिका, सीमान्तकृत समुदाय, पिछडिएका तथा सामाजिक रूपमा उत्पीडित वर्ग, युवा महिला र युवाहरूको जीवनमा सकारात्मक र दिगो परिवर्तन ल्याउने दूरदर्शी पाँच वर्षे रणनीतिक योजना तयार गर्नु रह...
अपांगता–मैत्री समाज निर्माणमा जोड

अपांगता–मैत्री समाज निर्माणमा जोड

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, मंसिर १९ । “सामाजिक प्रगतिका लागि अपांगता–समावेशी समाज प्रवद्र्धन” भन्ने अन्तर्राष्ट्रिय नाराका साथ बर्दियाको गुलरिया नगरपालिकाद्वारा आयोजित ३४औँ अन्तर्राष्ट्रिय अपांगता दिवस विभिन्न कार्यक्रमसहित सम्पन्न गरिएको छ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपाल, बेस र आइएनएफ तथा अन्य सरोकारवालासँग साझेदारी गर्दै आयोजना गरिएको सो कार्यक्रममा अपांगता मैत्री समाज निर्माणमा जोड दिईएको थियो । गुलरिया नगरपालिकाकी उप–प्रमुख सबित्रा गौतमको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा गुलरिया नगरपालिकाका वरिष्ठ अधिकृत मुकुन्दा अर्यालले विशेष सम्बोधन गर्दै अपांगता भएका व्यक्तिहरू क्षमता र योगदानमा कुनै पनि रूपमा कमजोर नभएको बताउनुभयो । उहाँले अपांगता भएका व्यक्तिहरूको अधिकार, क्षमता विकास र सशक्तिकरणका लागि पालिकाभित्र काम गर्दै आएका विभिन्न संस्थाका गतिविधिबारे जानकारी पनि गराउनुभयो...
युनेस्को काठमाडौँका नेपाल प्रतिनिधिद्धारा बाँके, बर्दिया भ्रमण तथा अन्तरक्रिया

युनेस्को काठमाडौँका नेपाल प्रतिनिधिद्धारा बाँके, बर्दिया भ्रमण तथा अन्तरक्रिया

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, मंसिर १२ । युनेस्को काठमाडौँका नेपाल प्रतिनिधि जाको डु टोइत नेतृत्वको टोलीले बाँके युनेस्को क्लबको कार्यालय तथा विभिन्न कार्यक्रम क्षेत्रहरूको विस्तृत अनुगमन तथा अन्तरक्रिया भ्रमण सम्पन्न गरेको छ । भ्रमणको क्रममा टोलीले क्लबको व्यवस्थापन टोली, परियोजना कर्मचारी तथा समुदायस्तरका लाभग्राहीहरूसँग विस्तृत छलफल गरेको थियो । क्लबको कार्यालयमा भएको अन्तरक्रिया बैठकमा क्लबका टेक्निकल एड्भाइजर साजिद अली सिद्दीकीले संस्थाको इतिहास, संगठनात्मक संरचना, कार्यक्रमका मुख्य क्षेत्रहरू तथा चलिरहेका परियोजनाहरूको बारेमा जानकारी गराउनुभयो । उहाँले क्लबद्वारा सञ्चालित कार्यक्रमहरूले बालबालिका, युवा महिला, युवा र विपन्न समुदायको जीवनमा ल्याइरहेको सकारात्मक, दिगो र समावेशी परिवर्तनका बारेमा पनि बिस्तृत जानकारी गराउनुभयो । फिल्ड मिसनअन्तर्गत सो टोलीले नेपालगन्जस्थित बरकातीया मदरसा लगायत क...
गुलरियामा जलवायु परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सम्पन्न

गुलरियामा जलवायु परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, समाज
समाचारदाता नेपालगन्ज, मंसिर ८ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियाको गुलरियामा जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापन र मानवतावादी कार्यक्रम सम्बन्धी दुईदिने क्षमता विकास तालिम सफलतापूर्वक सम्पन्न गरेको छ । क्लबले सञ्चालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत आयोजना गरिएको सो तालिमको मुख्य उद्देश्य किशोरी तथा युवाहरूको जलवायु परिवर्तन र विपद् सम्बन्धी ज्ञान, नेतृत्व क्षमता र स्थानीय स्तरमा कार्यान्वयन क्षमतामा वृद्धि गर्नु रहेको क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँका अनुसार दुई दिनसम्म चलेको उक्त तालिममा सहभागीहरूलाई जलवायु परिवर्तनका आधारभूत अवधारणा, कारण तथा स्थानीय प्रभाव,अनुकूलन र न्युनिकरणका व्यावहारिक उपायबारे विस्तृत जानकारी प्रदान गरिएको थियो । तालिमका सहभागीहरूले आफ्नो समुदायमा देखापर्ने जलवायु तथा विपद् सम्बन्धी समस्याहरूका बारेमा...
मधुबनमा पनि मानव बेचबिखन विरुद्ध रणनीतिक योजना कार्यशाला

मधुबनमा पनि मानव बेचबिखन विरुद्ध रणनीतिक योजना कार्यशाला

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, मंसिर २ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा मधुबन नगरपालिकाको समन्वयमा मानव बेचबिखन विरुद्ध रणनीतिक योजना कार्यशाला सम्पन्न गरेको छ । “सुरक्षा परियोजना” अन्तर्गत सो कार्यशाला आयोजना गरिएको क्लबले जनाएको छ । कार्यक्रममा मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाट, वडा अध्यक्षहरू मेकबहादुर गुरुङ, राजेन्द्र हमाल र हर्कबहादुर बस्नेत लगायत महिला तथा बालबालिका शाखा, स्वास्थ्य इकाइ तथा अन्य स्थानीय सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यशालाको सहजीकरण केशवराज कोइरालाले गर्नुभयो भने सञ्चालन परियोजना संयोजक ईश्वर बि.केले गर्नुभयो । बाँके युनेस्को क्लबकी फील्ड सुपरभाइजर सबित्रा भाटले कार्यक्रममा महत्वपूर्ण प्राविधिक तथा व्यवस्थापकीय सहयोग पु¥याउनुभएको थियो । कार्यशालाले सहभागीहरूलाई चिन्तन, छलफल र संयुक्त योजना निर्माणका लागि प्रभावकारी वात...
मानव बेचबिखन विरुद्ध राजापुरमा रणनीतिक योजना कार्यशाला सम्पन्न

मानव बेचबिखन विरुद्ध राजापुरमा रणनीतिक योजना कार्यशाला सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, मंसिर २ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी एवं राजापुर नगरपालिकाको समन्वयमा मानव बेचबिखन विरुद्ध रणनीतिक योजना कार्यशाला सम्पन्न गरेको छ । क्लबद्धारा सञ्चालन गरिएको “सुरक्षा परियोजना” अन्तर्गत सो कार्यशाला कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको अध्यक्षता गर्दै राजापुर नगरपालिकाकी उप–प्रमुख मनकला कुमारी चौधरीले मानव बेचबिखन विरुद्ध समुदायको प्रतिरोधात्मक क्षमता बढाउन यस्ता कार्यशालाले अहम भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले मानव बेचबिखन रोकथाम तथा नियन्त्रणका लागि व्यवस्थित रणनीतिक योजना तयार पार्नु पर्ने आवश्यकता औंल्याउनुभयो । सो कार्यशालामा वडा प्रतिनिधिहरू, महिला तथा बालबालिका शाखा, स्वास्थ्य इकाइ, तथा विभिन्न स्थानीय सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमको मुख्य सहजीकरण केशवराज कोइरालाले गर्नुभयो भने सञ्चालन परियोजना...
युवा नेतृत्व र चेतना अभिवृद्धिकालागि मधुवनमा युथ मिटअप कार्यक्रम सम्पन्न

युवा नेतृत्व र चेतना अभिवृद्धिकालागि मधुवनमा युथ मिटअप कार्यक्रम सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, मंसिर १ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियाको मधुवन १ मा दुई–दिने युवा भेटघाट÷परामर्श कार्यक्रम सम्पन्न गरेको छ । बालिका शसक्त परियोजनाअन्तर्गत सम्पन्न गरिएको सो कार्यक्रमको उद्देश्य युवाको विकासमा प्रभाव पार्ने प्रमुख मुद्दाहरू पहिचान गर्ने, समाधानमुखी संवाद प्रोत्साहन गर्ने तथा समुदायमा आधारित सामूहिक कार्यनीति निर्माण गर्ने रहेको थियो बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले बताउनुभयो । उहाँले साथै, कार्यक्रममा युवाहरूलाई उनका अधिकार, जिम्मेवारी, स्थानीय सरकारका सेवा तथा पहुँच बारे जानकारी गराउँदै, समुदायमा प्रचलित हानिकारक सामाजिक प्रथाहरू तथा लागुऔषध दुरुपयोग घटाउनेतर्फ सक्रिय सहभागिता बढाउने रहेको पनि बताउनुभयो । कार्यक्रममा मधुवन नगरपालिकाका मेयर तेज बहादुर भाटले युवाहरू तथा किशोरी क्लबका सदस्यहरूबीच सहयोग, समन्वय र ...
‘बाँकेका नारीस्रष्टा र सिर्जना’ कृतिको विमोचन तथा वरिष्ठ साहित्यकार तिमिल्सिना एवं ढकाल पुरस्कृत

‘बाँकेका नारीस्रष्टा र सिर्जना’ कृतिको विमोचन तथा वरिष्ठ साहित्यकार तिमिल्सिना एवं ढकाल पुरस्कृत

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
सिराज खान नेपालगन्ज, भदौ २१ गते । बाँके जिल्लामा रहेर साहित्य सिर्जनामा क्रियाशील २६ जना नारीस्रष्टाका ५४ वटा कृतिहरूको समालोचना गरिएको ‘बाँकेका नारीस्रष्टा र सिर्जना’ कृतिको नेपालगन्जमा शनिवार विमोचन गरिएको छ । कल्पना फाउन्डेसन नेपालद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ कथाकार सनत रेग्मीले समालोचक लेक प्रसाद प्याकुरेलको उक्त कृतिको बिमोचन गर्नुभयो । सो अवसरमा कृतिमा समेटिएका २६ वटै नारी स्रष्टाहरूलाई प्रमुख अतिथि रेग्मी र विशिष्ट अतिथि प्रा.डा.कृष्ण घिमिरेले नारी रत्न सम्मान प्रदान गर्नुभएको थियो । उक्त कृतिको समीक्षा समालोचक डा.पुष्कर रिजालले गर्नुभयो । सोही कार्यक्रममा साहित्यकार समालोचक डा.हरि प्रसाद तिमिल्सिनालाई कल्पना पौडेल जिज्ञासुद्वारा स्थापित मनिकर्ण टीकाराम स्मृति पुरस्कार र साहित्यकार महानन्द ढकाललाई ऋषिराम सापकोटाद्वारा स्थापित देउ...
बाँस बेतको हस्तकला तालिमबाट फेरियो इन्दिरा र गीता चौधरीको जीवन

बाँस बेतको हस्तकला तालिमबाट फेरियो इन्दिरा र गीता चौधरीको जीवन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, समाज
सिराज खान नेपालगन्ज, भदौ १६ । बर्दियाको राजापुर नगरपालिकाकी इन्दिरा चौधरी र गीता चौधरी केही महिना पहिलेसम्म काम तथा रोजगारी नपाएर हैरान हुनुहुन्थ्यो, तर, आज उहाँहरु दुबैजना दृढ संकल्प, लगनशीलता र आत्मविश्वासका जीवित उदाहरण बनेर देखाउन सफल हुनु भएको छ । प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको ग्रीन इकोनोमी परियोजना अन्तर्गत बाँस बेतका सामाग्री बनाउने ३९० घण्टाको तालिम लिएपछि इन्दिरा र गीताको जीवन यात्रा परिवर्तन भएको हो । उहाँ दुबैजनाले अतिनै लगन र मिहिनेतका साथ सो कठिन र गहन तालिम सम्पन्न गरेपछि, अहिले उहाँहरूले बाँसका डाली, बाँसको फूल राख्ने भाँडो, टेबुल–कुर्सी लगायतका आकर्षक तथा बजारयोग्य सामग्री उत्पादन गरेर विक्रि समेत गर्न थाल्नु भएको छ । यसले उहाँहरू दुबैको जीवनमा सानो समयमै आर्थिक स्थिरता मात्र ल्याएको छैन, बरु उहाँहरूलाई आफ्नो भविष्य आफैं लेख्ने...