समाचारदाता
नेपालगन्ज, जेठ १९ । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिका वडा नम्बर आठमा बाल तथा मानवबेचविखनका सवालमा अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारी तथा राजापुर नगरपालिकाको समन्वयमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत बालबालिका तथा मानव बेचबिखनसम्बन्धी बढ्दो चिन्तालाई सम्बोधन गर्न सो अन्तरपुस्ता संवाद कार्यक्रम आयोजना गरेको हो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै राजापुर नगरपालिकाकी उपमेयर मनकला कुमारी चौधरीले बाल तथा मानवबेचविखन नियन्त्रणका लागि युनेस्को र प्लान नेपालले गरेका कार्यक्रम निकै प्रभावकारी रहेको जनाउँदै समुदायमा सचेतना आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा प्रहरी, स्थानीय सरकारी निकाय, समुदायका अगुवाहरू, युवा तथा नागरिक समाजका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता वार्ड अध्यक्षले गर्नु...
समाचारदाता
नेपालगन्ज, ४ जेठ । बाँके युनेस्को क्लबले बर्दिया जिल्लाको मधुवन र गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकाका किशोरीहरूलाई सशक्त बनाउन सञ्चालन गरेको दुई दिने “कला शक्ति हो” कार्यशाला सम्पन्न भएको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत मधुवनमा सो कार्यशाला सञ्चालन गरेको थियो ।
कार्यशालाको समापन गर्दै मधुवन नगरपालिकाका मेयर तेजबहादुर भाटले किशोरीहरुमा लुकेका विभिन्न प्रतिभालाई उजागर गरेर सोही माध्यमबाट उनिहरुलाई शसक्त बनाउने उदेश्यले आयोजना गरिएको यो कार्यशाला अतिनै सराहनीय रहेको बताउनुभयो ।
उहाँले यस्ता कार्यक्रमले बालिका तथा किशोरीहरुको भित्र लुकेका प्रतिभालाई बाहिर ल्याउन सहयोग गर्ने बताउनुभयो ।
सो अवसरमा मधुवन नगरपालिकाका उपमेयर अनिता चौधरीले यो कार्यशालाले किशोरीहरूलाई सक्रिय रहन र आत्मविश्वासका साथ अगाडि बढ्न प्रोत्...
समाचारदाता
नेपालगन्ज, २ जेठ । बर्दियाको राजापुर नगरपालिकामा सुरक्षाकर्मी र सरोकारवालाहरूकालागि मानव बेचबिखन नियन्त्रण गर्न सीमा नाकामा संयन्त्र निर्माण सम्बन्धी दुई दिने तालिम सञ्चालन गरिएको छ ।
प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारीमा सञ्चालित सुरक्षा परियोजना अन्तर्गत राजापुर नगरपालिकाले आयोजना गरेको सो तालिममा नगरपालिकाका उपमेयर, वडा सदस्यहरू, महिला तथा बालबालिका विभागका प्रमुख, कार्यकारी सदस्यहरू, सूचना प्रविधि अधिकृत, सहायक प्रहरी निरीक्षकहरू र अन्य सदस्यहरूको सक्रिय सहभागिता रहेको छ ।
तालिमको उद्देश्य मानव बेचबिखन नियन्त्रण र निषेधित मानव यातायात गतिविधिहरू नियन्त्रण गर्न सीमा नाकामा संयन्त्र निर्माण लगायत सरोकारवालाहरूको क्षमता अभिवृद्धि गर्नु रहेको क्लबले जनाएको छ ।
तालिमको उदघाटन समारोहमा बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर विकले तालिमको उद्देश्यमाथि प्र...
समाचारदाता
नेपालगन्ज, १ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरद्वारास्थित थारु होम रिसोर्टमा हरित फोटो र भिडियोग्राफी सम्बन्धी तीन दिने तालिम विहिबारबाट सुरु गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको ग्रिन इकोनोमि परियोजना अन्तर्गत सो तालिम शुरु गरिएको हो ।
शनिवारसम्म चल्ने सो तालिममा राजापुर र ठाकुरबाबा नगरपालिकाका १८ देखि २४ वर्ष उमेरका १० जना युवतीहरूले सहभागिता रहेको ग्रिन इकोनोमि परियोजनाका संयोजक राधेकृष्ण थारुले बताउनुभयो ।
उहाँका अनुसार सो तालिमको मुख्य उदेश्य वातावरणीय दिगोपन, हरित अर्थतन्त्र र जलवायु परिवर्तनमा केन्द्रित उच्च गुणस्तरका तस्बिर र भिडियोहरू खिच्ने क्षमता बढाएर युवा महिलाहरूलाई सशक्त बनाउनु हो ।
यसले उनीहरूलाई आफ्नो समुदाय भित्रका स्थानीय वातावरणीय मुद्दाहरू र हरित पहलहरूलाई दस्तावेजीकरण र हाइलाइट गर्न आवश्यक सीपहरू प्रदान गर्ने लक्...
समाचारदाता
नेपालगन्ज, बैशाख ३० । बर्दियाको मधुवन नगरपालिकामा मानव बेचविखन नियन्त्रण समितिका सदस्य तथा सरोकारवालाहरुकालागि बाल संरक्षण तथा मानव बेचबिखनका घटना ब्यबस्थापन सम्बन्धि तीन दिने तालिम सुरु भएको छ ।
मधुबन नगरपालिकाको आयोजना, प्लान इन्टरनेसनल नेपाल र बाँके युनेस्को क्लबको आर्थिक तथा प्राबिधिक सहयोगमा सुरक्षा परियोजना अन्तर्गत सो तालिम संचालन गरिएको हो ।
उक्त तालिममा पालिकाका उपप्रमुख, नगरप्रवक्ता, वडा अध्यक्षहरु, महिला बालबालिका शाखा प्रमुख, कार्यपालिका सदस्यहरु, प्रधानाध्यापकहरु, बरिष्ठ सहायक प्रहरी निरीक्षक लगायतको सक्रिय सहभागिता रहेको छ ।
मानब बेचबिखन तथा ओसारपसारका घटना नियन्त्रण समितिका सदस्यहरुको क्षमता विकास गर्ने उदेश्यले संचालित सो तालिमको उदघाटन सत्रको संचालन गर्दै बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक ईश्वर बिकले तालिमको उदेश्य बारे जानकारी गराउनुभयो ।
मधुबन नगरपालिका...
अधिवक्ता मीना पराजुली
प्रारम्भ
कर्णालीको मेरो पहिलो साक्षात्कार जन्मले होइन, अनुभूति र अपनत्वले कर्णालीसँग मेरो सम्बन्ध गहिरिएको हो । म कर्णालीमा जन्मिएकी होइन । सन् २००९ को एउटा उज्यालो बिहान, जब म नेपालगञ्जबाट कर्णालीतर्फको यात्रा सुरु गरे, म केबल नयाँ ठाउँ जानलागेकी थिइन, आफ्नो सोच, दृष्टिकोण र जीवनको दिशा बदल्ने यात्रामा लागेकी रहेछु ।
राकमको एक सानो होटेलको छतबाट जब मैले पहिलो चोटि यहाँको कठोर यथार्थ नियालेँ विद्यालय नपुगेका बालबालिका, किशोरीहरूको चुपचाप गरिएको विवाह र महिलाहरूको अदृश्य संघर्ष, म अवाक् भएँ । हरियाली पहाडको अँगालोमा लुकेको त्यो मौन पीडा मेरो मनमा एउटा गहिरो प्रश्न बनेर उब्जियो यी हरियाली पहाड र नदीहरूको पछाडि किन यति पीडा ।
सुरुवातको साहस सानो कदम, गहिरो प्रभाव
मेरो पहिलो पहल अत्यन्त सामान्य थियो । एक गाउँमा बाल संरक्षणबारे संवाद गर्नु । तर जब एउटी आमाले भावुक हुँदै ...
समाचारदाता
नेपालगन्ज, बैशाख २६ । बदियाको राजापुर नगरपालिकामा रहेको स्थानीय मानव बेचबिखन विरुद्धको समितिको एक कार्यक्रमका विच पुनर्गठन गरिएको छ ।
बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारी र राजापुर नगरपालिकाको सहकार्यमा संचालन गरेको सुरक्षा परियोजना अन्तर्गत मानव बेचबिखन विरुद्धको समितिको एक कार्यक्रमका विच पुनर्गठन गरिएको हो ।
राजापुर नगरपालिकाका मेयर दिपेश थारूको अध्यक्षतामा सम्पन्न भएको बैठकमा मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति गठन तथा परिचालन निर्देशिका २०७८ अनुसार १९ सदस्यीय समिति पुनर्गठन गरिएको परियोजना संयोजक ईश्वर बिकले बताउनुभयो ।
सो कार्यक्रममा बोल्दै नगरपालिकाका मेयर थारुले स्थानीय सरकारले मानव बेचबिखन विरुद्ध प्रभावकारी कदम चाल्नका लागि सबै निकायसंग समन्वय र सहकार्य गर्दै अगाढी बढ्ने कुरा बताउनु भयो । उहाँले समितिले पनि क्रियाशिल भएर काम गर्नु पर्नेमा...
समाचारदाता
नेपालगन्ज, २३ बैशाख । यस वर्ष नेपालगन्जबाट साउदी अरबको मक्का मदिनामा हज गर्न जान लाग्नु भएका हजयात्रीहरुकालागि नेकपा माओवादी केन्द्रको वडा नम्बर ५ को वडा कमिटिले सम्मान तथा शुभकामना कार्यक्रम गरेको छ ।
नेकपा माओवादी केन्द्र बाँकेका जिल्ला सदस्य वरिष्ठ समाजसेवी कल्पना शर्माको संयोजकत्वमा मंगलवार आयोजना गरिएको हजयात्रीहरुको सम्मान तथा शुभकामना कार्यक्रममा हजयात्रीहरुलाई सम्मान गर्नुका साथै उनिहरुको हजयात्रा सफलताको शुभकामना व्यक्त गरियो ।
सो अवसरमा कार्यक्रम संयोजक शर्माले हजयात्रीहरुलाई माला लगाएर सम्मान गर्नुभयो भने अन्य अतिथिहरुले टोपी लगाएर शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरका अध्यक्ष प्रेम शाहले हजयात्रामा जाने नेपालगन्जवासीलाई सम्मान गर्न पाउँदा खुशी लागेको जनाउँदै हजयात्राको सफलताको कामना गर्नुभयो ।
कार्यक्रममा बोल...
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्रीद्धारा प्रमाणपत्र बितरण
समाचारदाता
नेपालगन्ज, बैशाख २१ । बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नम्बर आठलाई पनि वालविवाह मुक्त वडा घोषणा गरिएको छ ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमितिसनाले एक भव्य समारोहका विच मधुवन नगरपालिकाको वडा नम्बर आठ वडालाई वालविवाह मुक्त वडा घोषणा गर्नुभयो । सो अवसरमा मन्त्री तिमिल्सेनाले वडा नम्बर आठका वडा अध्यक्ष मेक बहादुर गुरुङलाई बाल विवाहमुक्त घोषणाको प्रमाणपत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सेनाले बालविवाह रोक्न संघसंस्थाले गरेको सहयोग निकै सराहनीय रहेको उल्लेख गर्दै सरकारले बाल विवाहलाई कडा रुपमा रोक्न सम्बिन्धत निकायलाई निर्देशन दिएको बताउनुभयो ।
बालविवाह विरुद्धको राष्ट्रिय रणनीतिक योजना अनुसार वडामा बालविवाहको दर १५ प्रतिशतभन्दा कम रहेमा बालविवाह मुक्त घोषणा गर्न सकिने प्रावध...
समाचारदाता
नेपालगन्ज, बैशाख १६ । बर्दिया जिल्लाको मधुबनमा सिमा क्षेत्रका सुरक्षाकर्मी तथा सरोकारवालाकालागि मानव बेचबिखन तथा ओसारपसार रोक्न दुई दिने तालिम सम्पन्न भएको छ ।
मानब बेचबिखन तथा ओसारपसारका घटना नियन्त्रणबारे सिमा क्षेत्रका सुरक्षाकर्मी तथा सरोकारवालाहरुको क्षमता विकास गर्ने उदेश्यले सो तालिम संचालन गरिएको हो ।
मधुबन नगरपालिकाको आयोजना, प्लान इन्टरनेसनल नेपाल र बाँके युनेस्को क्लबको आर्थिक तथा प्राबिधिक सहयोगमा सुरक्षा परियोजना अन्तर्गत संचालित सो तालिममा पालिकाका उपमेयर, वडा अध्यक्ष, बरिष्ठ प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख, महिला बालबालिका शाखा प्रमुख, शसस्त्र प्रहरी निरीक्षक, सहायक प्रहरी निरीक्षक लगायत २३ जनाको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमको समापन समारोहमा बोल्दै मधुवन नगरपालिकाका उपमेयर अनिता चौधरीले मानव बेचबिखन तथा ओसारपसारका घटना नियन्त्रण गर्न स्थानीय सरक...