३२ असार २०८३, बिहीबार

विविध

बर्दियाको मधुवनमा युवा दूतहरुसंग समिक्षा र योजना तर्जुमा बैठक सम्पन्न

बर्दियाको मधुवनमा युवा दूतहरुसंग समिक्षा र योजना तर्जुमा बैठक सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, बैशाख १५ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिकामा युवा दूतहरूसँग अभिभावक शिक्षा सत्र सहित समीक्षा र योजना तर्जुमा बैठक सम्पन्न गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत सो बैठक सम्पन्न गरेको हो । उक्त बैठकमा मधुबन नगरपालिकाका १६ जना युवा दूतहरूको सक्रिय सहभागिता रहेको थियो भने उनिहरुले मानव तथा बाल बेचबिखन विरुद्ध अभियान संचालन गर्न बिभिन्न कार्य योजना प्रस्तुत गरेका थिए । मधुवनका युवा दूतहरुले तयार गरेको योजनाहरुमा सामाजिक सञ्जालमार्फतको अभियान, ह्यासट्याग मानब बेचबिखन बिरुद्धको अभियान, सामाजिक ब्यबहार परिवर्तन संचार सम्बन्धि भिडियो र वृत्तचित्र प्रदर्शन गर्ने, साताको भेटमा बाल बेचबिखनका कुरा शीर्षकको छलफल, सडक नाटक र ¥यालीहरू मार्फत मानवबेचविखन रोक्ने बिषयलाई समावेश गरिएको बाँके युनेस्को क्लबले जनाएक...
बर्दिया मधुवनमा मानवबेचविखन तथा ओसारपसार नियन्त्रण समितिको बैठक सम्पन्न

बर्दिया मधुवनमा मानवबेचविखन तथा ओसारपसार नियन्त्रण समितिको बैठक सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, बैशाख १३ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय मानवबेचविखन तथा ओसारपसार नियन्त्रण समितिको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा मधुवन नगरपालिकामा सञ्चालन गरिएको सुरक्षा परियोजना अन्तर्गत सो बैठकको आयोजना गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरले बताउनुभयो । उहाँले मानवबेचविखन तथा ओसार पसार रोक्न समितिले बिभिन्न कार्यक्रम तथा योजना बनाउनका लागि यो बैठकको आयोजना गरेको बताउनुभयो । सो बैठकको अध्यक्षता गर्दै मधुबन नगरपालिकाका उपमेयर तथा सो समितिका सदस्य अनिता चौधरीले यो समितिले स्थानीय सरकारको उदेश्य र कार्यक्रमलाई सुदृढ पार्ने दिशामा महत्वपूर्ण कार्य गर्ने जनाउँदै मानवबेचविखन तथा ओसारपसार रोक्न सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यो महत्वपूर्ण बैठकले मधुवनको स्थानीय सरकारला...
राजापुरमा सुरक्षा परियोजनाको समीक्षा र योजनातर्जुमा बैठक सम्पन्न

राजापुरमा सुरक्षा परियोजनाको समीक्षा र योजनातर्जुमा बैठक सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, बैशाख १२ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियाको राजापुर नगरपालिकामा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत नगरपालिकाभित्रका युवा राजदूतहरूसँग समीक्षा र योजनातर्जुमा बैठक सम्पन्न गरेको छ । क्लबका अनुसार सो बैठकमा २० जना युवा राजदूतहरूको सक्रिय रूपमा सहभागिता रहेको थियो भने उहाँहरुले बाल बेचबिखन विरुद्ध संघर्ष गर्नका लागि तयार पार्नु भएको आफ्नो कार्य योजनाहरु प्रस्तुत गर्नु भएको थियो । युवा राजदूतहरुले प्रस्तुत गर्नु भएको योजनाहरु सामाजिक सञ्जाल अभियान, ह्यासट्याग अभियान, बेचविखन विरुद्ध सचेतना फैलाउने भिडियो र वृत्तचित्र प्रदर्शन, साताको भेटमा बाल बेचबिखनका कुरा सम्बन्धि शीर्षकको छलफल, सडक नाटक र चेतनामूलक ¥यालीहरूमार्फत बेचविखनको मुद्दालाई सम्बोधन गर्ने बिषयमा केन्द्रित रहेका थिए । सो बैठकमा ती योजनाहरुका बारेमा बिस्तृत रुपमा छलफ...
मस्जिद निर्माणका लागि राजा खानद्वारा १ लाख रुपियाँ सहयोग प्रदान

मस्जिद निर्माणका लागि राजा खानद्वारा १ लाख रुपियाँ सहयोग प्रदान

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
समाचारदाता नेपालगन्ज, चैत ८ । नेपालगन्जको महेन्द्र पार्क स्थित अन्सारियान मस्जिद निर्माणमा टाइल्स मार्बल आवस्यक परेकोले सोका लागि राजा खान ह्युमन बिईंग नामक संस्थाद्धारा एक लाख रुपियाँ नगद बराबरको सहयोग गरिएको छ। स्थानीय मस्जिद निर्माणको लागि युवा समाजसेवी राजा खानले आफ्नो संस्थामार्फत नगद एक लाख रुपैयाँ सहयोग प्रदानगर्नु भएको हो। धार्मिक सहिष्णुता र सामाजिक सेवामा सक्रिय खानले यो आर्थिक सहायता प्रदान गर्दै समुदायमा मेलमिलाप र सहकार्यको सन्देश दिनु भएको छ । मस्जिद निर्माण समितिका पदाधिकारीहरूले खानलाई सहयोग गरे वापत धन्यवाद ज्ञापन गर्दै उहाँको योगदानले धार्मिक गतिविधिहरू सहज बनाउने विश्वास व्यक्त गरेका छन्। स्थानीयबासीले पनि उहाँको सहयोगप्रति आभार प्रकट गर्दै यसले समाजमा सकारात्मक प्रभाव पार्ने बताएका छन्। सहयोग हस्तान्तरण कार्यक्रममा स्थानीय नेताहरू, धर्मगुरुहरू तथा समाजसेवीहरूको उपस्थि...
बर्दियामा सञ्चालित ‘सुरक्षा परियोजना’ सम्बन्धी जानकारी तथा समन्वय बैठक सम्पन्न

बर्दियामा सञ्चालित ‘सुरक्षा परियोजना’ सम्बन्धी जानकारी तथा समन्वय बैठक सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, फागुन २९ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दिया जिल्लामा सञ्चालित ‘सुरक्षा परियोजना’ सम्बन्धी जानकारी तथा समन्वय बैठक राजापुर नगरपालिकामा सम्पन्न गरेको छ । परियोजनाका लक्ष्य, उद्देश्य, प्रतिफल, बजेट र कार्यपद्धति सम्बन्धी जानकारी स्थानीय सरकार तथा प्रमुख सरोकारवालाहरूलाई दिनका लागि सो बैठकको आयोजना गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरले बताउनुभयो । राजापुर नगरपालिकाका उपमेयर मनकला कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको बैठकमा प्लान इन्टरनेशनल नेपालका कार्यक्रम विशेषज्ञ दुर्गा कुमारी क्षेत्रीले संस्थाको कार्यपद्धति, विषयगत क्षेत्रहरू, राजापुर नगरपालिकामा सञ्चालित समग्र कार्यक्रमहरू र लक्षित बालबालिकाहरूको अवस्था सम्बन्धी विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो । साथै, उहाँले ‘सुरक्षा परियोजना’ का उद्देश्य, गतिविधि र प...
युवा समाजसेवी राजा खानद्धारा कारागारका कैदीबन्दीलाई रोजा इफ्तार सामाग्री सहयोग

युवा समाजसेवी राजा खानद्धारा कारागारका कैदीबन्दीलाई रोजा इफ्तार सामाग्री सहयोग

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, फागुन २६ । नेपालगन्जका चर्चित युवा समाजसेवी राजा खानले बाँके कारागारमा कैदी बन्दी जीवन बिताइरहेका मुस्लिम कैदी बन्दीहरुका लागि रमजानको रोजा इफ्तारीका लागि विभिन्न खाद्य सामाग्रीसहित फलफूल सहयोग प्रदान गर्नु भएको छ । अहिले मुस्लिम समुदायको सबैभन्दा पवित्र महिना रमजान पर्व चलिरहेकोले कारागारमा रहेका कैदी बन्दीहरुलाई रोजा इफ्तार गर्न सहयोग पुगोस भनेर आफुले थोडै भएपनि इफ्तारका लागि खाद्यान्नसहित फलफूल सहयोग प्रदान गरेको समाजसेवी खानले बताउनुभयो । उहाँले रमजानको बेला धनि, गरिब र मध्यम सबै बर्गले राम्रोसंग रोजा खोल्न पाउन भन्ने उदेश्यका साथ आफुले सहयोग गर्दै आएको जनाउँदै कैदी बन्दीहरुलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । सोमवार दिउँसो समाजसेवी खानसहितको युवाहरुको एक टोलीले नेपालगन्ज कारागारमा पुगेर सो खाद्य सामाग्री कारागार प्रशासनमार्फत कैदीहरुलाई प्रदान गर्नु भए...
बर्दियामा बाल बेचबिखन विरुद्ध सचेतनामूलक र घट्ना रिपोर्टिङ तालिम शुरु

बर्दियामा बाल बेचबिखन विरुद्ध सचेतनामूलक र घट्ना रिपोर्टिङ तालिम शुरु

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, फागुन १३ । बाँके युनेस्को क्लबले बर्दिया मधुवन नगरपालिकाका युवालाई लक्षित गरेर ठाकुरद्धारामा तीन दिने बाल बेचबिखन विरुद्धको सचेतनामूलक र घट्ना रिपोर्टिङ तालिम सुरु गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत मधुवन नगरपालिकाका युवा स्वयंसेवक र युवा दूतहरुकालागि बाल बेचबिखन विरुद्धको सो तालिम सुरु गरेको हो । उक्त तालिम तीन दिनसम्म चल्नेछ । तालिमको मुख्य उद्देश्य युवा दूतहरूलाई बाल बेचबिखन लगायत बाल संरक्षणको ज्ञान दिनुका साथै सशक्त बनाउनु र उनीहरूलाई उपयुक्त प्रतिवेदन संरचना र संयन्त्रहरू मार्फत बाल बेचबिखन लगायत सुरक्षा उलंघनका घटनाहरू विश्वस्त रूपमा रिपोर्ट गर्न सक्षम पार्नु रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । उहाँले सो तालिममा ५ जना पुरुष र १५ जना महिला गरी जम्मा २० जना युवा दूतहरुको सक्रि...
निशा चौधरी बनिन् शिक्षा विकास तथा समन्वय ईकाइ बर्दियाको नमुना प्रमुख

निशा चौधरी बनिन् शिक्षा विकास तथा समन्वय ईकाइ बर्दियाको नमुना प्रमुख

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, फागुन ७ । किशोरीहरुको नेत्तृव विकास, क्षमता अभिबृद्धि तथा उत्प्रेरणाकालागि गुलरिया नगरपालिका वडा नम्बर ५ सफलता किशोरी क्लवकी अध्यक्ष निशा चौधरीले शिक्षा विकास तथा समन्वय इकाइ बर्दियाको नमुना प्रमुखको जिम्मेवारी एक दिनका लागि सम्हाल्नु भयो । प्लान ईन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लवद्धारा सञ्चालित शसक्त बालिका परियोजनाले शिक्षा विकास तथा समन्वय इकाइ बर्दियाको सहकार्यमा गल्र्स टेक ओभर अन्तर्गत समन्वय प्रमुख सुर्य बहादुर खत्रीको अध्यक्षतामा सो कार्यक्रम संचालन भएको थियो । उक्त गल्र्स टेकओभर कार्यक्रममा गुलरिया नगरपालिका भित्रका ६ वटा किशोरी क्लवका किशोरीहरुको उपस्थिती रहेको थियो । सो गल्र्स टेकओभर कार्यक्रममा किशोरीहरुले नमुना समन्वय प्रमुखलाई शिक्षा संग सम्बन्धित जिज्ञाशाहरु राखेका थिए । समन्वय ईकाइले अपागंता भएका बालबालिकाहरुको शिक्षण सिकाईमा कसरी सहयोग...
प्रहरीको पहल र सक्रियतामा त्रिभुवन चोकको सरसफाई र ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार

प्रहरीको पहल र सक्रियतामा त्रिभुवन चोकको सरसफाई र ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, माघ २५ । केही दिन पहिलेसम्म ठाउँ ठाउँमा फोहोरको थुप्रो देखिने र जहाँ पायो त्यही फोहोर फालेको पाइने नेपालगन्जको मुटु मानिने त्रिभुवन चोक अहिले निकै सफा र व्यवस्थित देखिन्छ । नगर भवन अस्थायी प्रहरी पोष्टमा असई कुल बहादुर बिक आएपछि उहाँको पहल र अग्रसरतामा त्रिभुवन चोक सफा मात्र नभई चोकको ट्राफिक व्यवस्थापन समेत चुस्त दुरुस्त भएको स्थानीयले जनाएका छन् । असई बिकको पहल र अग्रसरतामा त्रिभुवन चोक र सो वरिपरिको क्षेत्रमा सरसफाईको निकै राम्रो व्यवस्था भएको जनाउँदै चोकमै पसल भएका राकेश कुमार गुप्ताले उहाँले आफै फोहोर हटाई अरुलाई पनि फोहोर जथाभावि नफाल्न र सफाई राख्न आग्रह गर्नु भएकोले नै अहिले चोक निकै सफा देखिएको बताउनुभयो । गुप्ताले असई बिक त्रिभुवन चोकमा आएयता सरसफाईको राम्रो व्यवस्था हुनुका साथै चोकको ट्राफिक व्यवस्थापन समेत राम्रो भएको र जहाँ पाए त्यहाँ पार्किंग गर्ने कार्य...
‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम बाँकेमा प्रभावकारी बन्दै

‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम बाँकेमा प्रभावकारी बन्दै

ताजा-अपडेट, मुख्य समाचार, विविध
सीमा क्षेत्रमा शौचालय, खानेपानी ट्यांकी र प्रतीक्षालय निर्माण सिराज खान नेपालगन्ज, माघ ३ गते । ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सञ्चालन गरिरहेको सशस्त्र प्रहरीले बाँकेको पूर्वि सीमा क्षेत्रमा आवागमन गर्नेहरुको सुविधाका लागि शौचालय, खाने पानी ट्यांकी र प्रतीक्षालय निर्माण गरेकोे छ । सो कार्यक्रम अन्तर्गत सीमा क्षेत्रमा आवागमन गर्ने दुबै देशका नागरिकको सहुलियतका लागि नरैनापुर र डुडुवा गाउँपालिकासंगको संयुक्त सहकार्यमा नाकामा शौचालय, खानेपानी ट्यांकी र सार्वजनिक चौतारोको निर्माण गरिएको जानकारी सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरीका प्रमुख प्रहरी उपरिक्षक बिमल डाँगीले बताउनुभयो । भारतसँग सीमा जोडिएको बाँकेको नरैनापुर १ सुईया बगौडा नाकामा निर्माण गरिएको शौचालय र खानेपानी ट्यांकी तथा डुडुवा गाउँपालिका १ खडैचा नाकामा निर्माण गरिएको प्रतीक्षालय र खानेपानी ट्यांकीको छुट्टा छुट्टै कार...