सिराज खान
नेपालगञ्ज, कात्तिक १५ गते । कोरोना कहरका कारण डेढ वर्षदेखि बन्द रहेका नेपालगञ्जका अधिकांश क्यासिनो पुनः संचालनमा आएका छन् । भारतीय पर्यटकको आवागमन सहज भएसँगै नेपालगञ्ज लगायतका सीमावर्ति सहरहरुमा क्यासिनोमा व्यवसाय पुनः बढ्न थालेको हो ।
नेपालगञ्जमा सञ्चालनमा ल्याईएका क्यासिनो व्यवसायका लागि प्रमुख बजार मानिएको भारतमा कोरोना संक्रमित भेटिने दर निकै कम हुँदै गएपछि अहिले फेरी क्यासिनो खेल्नका लागि भारतको लखनउ, गोण्डा, बहराईच, बाराबंकी, सितापुर र लखिमपुरबाट भारतीयहरु आउन थालेका छन् ।
्भारतको केन्द्रिय राजधानी दिल्लीबाट समेत केही भारतीय क्यासिनो खेल्न नेपालगञ्ज आउने गरेको जनाईएको छ ।
सरकारले सीमा क्षेत्र पहिलेकै जस्तै गरेर खुला गरिदिएसँगै यहाँ सञ्चालित चारतारे र पाँचतारे होटलमा रहेका क्यासिनोले आफ्नो सेवा पुनः सुरु गरेका हुन् ।
पछिल्लो समय नेपालगञ्जमा सञ्चालित क्यासिनोमा भारतीय ना...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १५ कात्तिक । पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले शिक्षाको पुर्वाधार विकासलाई प्राथमिकता दिएर आफुले निरन्तर काम गरिरहेको बताउनु भएको छ ।
नेपालगञ्ज १ स्थित धम्बोझी उच्च माविको निरिक्षण र अवलोकनका लागि सोमवार विद्यालयमा पुग्नु भएका पुर्वमन्त्री राईले धम्बोझी उच्च माविले सरकारी विद्यालयहरुको शान बढाउने काम गरेको जनाउँदै यस्ता विद्यालयलाई भरपुर सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
यसअघि संसदीय विकास कोषबाट विद्यालयको पुर्वाधार विकासका लागि ५० लाख रुपियाँ दिएको स्मरण गराउँदै उहाँले आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
यस्ता विद्यालयलाई स्थानीय र प्रदेश सरकारले पनि विभिन्न सहयोग गर्नु पर्ने बताउँदै पुर्वमन्त्री राईले त्यसका लागि समेत आफुले पहल गर्ने जनाउनुभयो ।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिक...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १५ कात्तिक । लुम्बिीनी प्रदेशको शान्ति सुरक्षा, अपराधजन्य घटना न्युनिकरण र चोरी तस्करी नियन्त्रणकाालागि सुरक्षा व्यवस्था कडा बनाइने भएको छ ।
बर्दियाबाट निर्वाचित प्रदेशसभा सदस्य तिलक शर्मा हिमाल प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रीमा नियुक्त भएलगत्तै प्रदेशको सुरक्षा व्यवस्था कडा पार्न विशेष रणनिति र योजना तयार पार्न उहाँले प्रदेश सुरक्षा समन्वय समीतिलाई निर्देशन दिनुभएको छ ।
उहाँले सो निर्देशन प्रदेश सुरक्षा समन्वय समीतिको वैठकमा दिनु भएको हो । मन्त्री शर्माको अध्यक्षतामा बसेको सो बैठकले प्रदेशको शान्ति सुरक्षा अपराध नियन्त्रण लागु औषध नियन्त्रण मानव वेच विखन र विपद वयस्थापनका विषयमा सुचना संकलन विश्लेषण तथा सम्प्रेषण सम्वन्धमा आपसी सहकार्य गरी थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।
समीतिले उक्त बैठकबाट आउदै गरेको तिहार, छठ लगायतका चाडपर्वको अव...
मुना हमाल
सुर्खेत, कात्तिक १५ गते । कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीहरु आज पदमुक्त हुनु हुने भएको छ । उहाँहरु तीनै जना गैर सांसद भएकाले आजदेखि पदमुक्त हुन लाग्नु भएको हो ।
समाजबादी पार्टीका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अमर बहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही, र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा आज पदमुक्त हुँन लाग्नु भएको हो । उहाँहरु एमालेमै रहँदा फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिए पछि सांसद पदबाट पदमुक्त हुनु भएको थियो ।
गैरसांसद छ महिना भन्दा बढी मन्त्री बन्न नपाउने कानुनी व्यवस्थाका अनुसार तीनै जना मन्त्रीहरु आज पदमुक्त हुन लाग्नु भएको हो । एमाले विभाजन भए पछि तीनै जना नेकपा ९एकिकृत समाजबादी० मा हुनुहुन्छ ।
समाजबादीकी सांसद देवी ओलिले रिक्त रहेको आफ्ना पार्टीका तीन जना मन्त्रीको पदमुक्...
सिराज खान
नेपालगञ्ज, १४ कात्तिक । पश्चिम नेपालकै प्रमुख सहर नेपालगञ्ज अहिले देशमै धार्मिक र सामाजिक सदभावको नमुना मानिन्छ । केही वर्ष पहिले यस्तो अवस्था थिएन ।
तर, अहिले आएर यो सहरको धार्मिक, सामाजिक सदभाव धेरै ठाउँका लागि उदाहरण बन्ने गरेको छ । यो यस्तै र आफै भएको होइन । यसका लागि हिन्दु मुस्लिम दुबै धर्मका धर्मगुरु, अगुवा र राजनितिज्ञहरुले ठुलो मिहिनेत गरेका छन् ।
त्यसैले त अहिले यहाँ हरेक चाडपर्व र धार्मिक कार्यक्रमहरुमा सबै धर्मावलम्बी र समुदायको उल्लेख्य सहभागिता र सहयोग हुने गरेको छ ।
हरेक चाडपर्व आउनु भन्दा पहिले अन्तरधार्मिक सदभाव समितिको बैठकले स्थानीय प्रशासन र प्रहरीसंग संयुक्त रुपमा बसेर पर्वलाई सभ्य तथा भव्य बनाउन निर्णय गर्दै आएको छ ।
सो कार्यमा बागेश्वरी मन्दिरका मुल महन्त चन्दननाथ योगी, मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरी, दुबै धर्म समुदायका अगुवाहरु मोहम्मद ई...
सिराज खान
नेपालगञ्ज, कात्तिक १४ गते । मुस्लिम समुदायद्धारा सउदी अरबको मक्का मदिनामा हरेक वर्ष गरिने अनिवार्य धार्मिक कार्य हज को व्यवस्थापनका सम्पुर्ण प्रक्रियाहरुलाई विद्युतीय प्रणाली मार्फत गरिने भएको छ ।
सो का लागि केन्द्रिय नेपाल हज समितिले तयार गरेको ‘हज व्यवस्थापन सुचना प्रणाली’का बारेमा अहिले देशका विभिन्न जिल्लामा पुगेर सम्बन्धितलाई जानकारी गराउने कार्य गरिरहेको छ ।
सोही क्रममा नेपाल सरकारको गृहमन्त्रालय अन्तर्गतको नेपाल हज समितिको सचिवालयले आइतवार नेपालगञ्जमा एक दिने क्षमता विकास कार्यक्रमको आयोजना गर्यो ।
कार्यक्रममा बाँके, बर्दिया, सुर्खेत, कैलाली, कन्चनपुर, दांग र सल्यान जिल्लाका जिल्ला प्रशासन कार्यालय तथा ईलाका प्रशासन कार्यालयका फोकल पर्सन र कम्प्युटर अपरेटरको सहभागिता रहेको थियो ।
हजयात्रीको यात्रा व्यवस्थापनका सम्पुर्ण प्रक्रिया र कार्यलाई पुर्णत विद्युतीय प्रणाली...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १४ कात्तिक । धार्मिक सामाजिक एकता मन्च नेपालले आइतवार जिल्ला प्रशासन कार्यालय बाँके मार्फत सरकारलाई ज्ञापनपत्र पठाउँदै पाकिस्तान, अफगानिस्तान र बंगलादेशका अल्पसंख्यक समुदायमाथि भैरहेको अत्याचार र विभेदको कडा निन्दा गरेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीलाई आइतवार बुझाईएको ज्ञापन पत्रमा विभिन्न देशमा भैरहेको अल्पसंख्यक माथिको अत्याचार विभेदको भत्र्सना गर्दै भारतको त्रिपुरा राज्य लगायतका ठाउहरूमा जाति धर्मको नामबाट मुस्लिम र दलीत लगायत अल्पसंख्यक समुदायमाथि भै रहेको आक्रमणलाई आतंकवादी हमलाको संज्ञा दिंदै निन्दा गरिएको छ ।
ज्ञापनपत्रमा भनिएको छ – त्यस्ता दुष्ट आतंकवादी मानसिकताको हामी नेपाली कडा भर्त्सना गर्दछौ । यस्ता मानवता विरोधी दूषित मानसिकताका आतंकवादी संघ संगठनहरूलाई कडा सजाय दिलाउन पहलको लागि नेपाल सरकारसंग अपील गर्दछौं ।
सो ज्ञा...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १४ कात्तिक । बाँकेमा तीन दिनदेखि जारी जिल्लाव्यापी पालिका स्तरीय महिला भलिवल खेल प्रतियोगिताको उपाधि नेपालगन्जले उचालेको छ ।
खजुरा गाउँपलिका २, गौघाटस्थित शुक्र भलिबल स्टेडियममा गत शुक्रबारदेखी जारी उक्त प्रतियोगिताको फाइनल खेलमा कोहलपुरलाई हराउँदै नेपालगन्जले उपाधि जितेको हो ।
नेपालगन्जले कोहलपुरलाई १९(२५, २५(१६ र २५(२२ सेटमा हरायो । कोहलपुर उपबिजेता बन्यो ।
बिजेता बनेको नेपालगन्जले नगद रु ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो भने उपबिजेता बनेको कोहलपुरले नगद रु ३० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो ।
त्यसैगरी तेश्रो स्थानमा राप्तीसोनारी र सान्त्वना बैजनाथ भएका छन । उनिहरुले क्रमशः रु २० हजार र १० हजार नगदका साथ ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा बाँके जिल्लाका सबै ८ वटै पालिकाले सहभागिता जनाएको जिल्ला खेलकुद बिकास समितिका अध...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, कात्तिक १४ । नेकपा माओवादी केन्द्रका नतो तथा प्रतिनिधिसभाका पुर्व सभामुख कृष्ण बहादुर महराले एमसिसि पास गर्न नपाएको झोकमा एमालेका अध्यक्ष केपी वलीले नेकपा बिभाजन गराएको बताउनु भएको छ ।
आईतवार कोहलपुरमा वाईसिएल नेपालद्धारा आयोजीत शुभकामना आदान प्रदान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै महराले वलीले नेकपा बिभाजन गरेर भएपनि एमसिसि पास गराउन खोजेको आरोप लगाउनुभयो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अडानका कारण एमसिसि पास हुन नसकेको बताउँदै पुर्व सभामुख महराले माओवादी पार्टीले कहिल्यै राष्ट्रघात गर्न नसक्ने दाबि गर्नुभयो । उहाँले सहिदका सपना र रगतका कारण आफ्नो पार्टीले राष्ट्रघात नगर्ने बताउनुभयो ।
एमसिसि पास गर्न नदिएका कारण अगामी निर्बाचनमा माओवादीलाई हराउन देशी बिदेशी प्रतिक्रियावादिको चलखेल हुनसक्ने नेता महराको भनाई छ ।
उहाँले आगामी निर्वाचनसम्म वर्तम...
काठमाण्डौ, १४ कात्तिक । ‘मिस युनिभर्स नेपाल २०२१’ को ताज सुजिता बस्नेतले जितेकी छन् । १५ प्रतियोगीलाई पछि पार्दै उनले मिस युनिभर्स नेपालको ताज पहिरिन सफल भएकी हुन् ।
उनलाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहिर्याएकी थिइन् । विजेता बस्नेतले आगामी १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्न पाउने छिन् ।
शनिबार साँझ आयोजित ग्राण्ड फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्तमा विजेता घोषणा गरिएको हो । कार्यक्रममा फस्ट रनरअप निनाकान्ता मण्डल, सेकेन्ड रनरअप रक्षा उप्रेती, थर्ड रनरअप प्रतिक्षा महरा क्षेत्री र फोर्थ रनरअप डा। केशु खड्का घोषित भए ।
उमङ्ग क्रियशनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको प्रतियोगिताका निर्णायकमा गायिका इन्दिरा जोशी, मानषी अग्रवाल, सरिता ज्ञवालीलगायत थिए ।(साभार)...