२० जेष्ठ २०८३, बुधबार

ताजा-अपडेट

‘बाँकेका नारीस्रष्टा र सिर्जना’ कृतिको विमोचन तथा वरिष्ठ साहित्यकार तिमिल्सिना एवं ढकाल पुरस्कृत

‘बाँकेका नारीस्रष्टा र सिर्जना’ कृतिको विमोचन तथा वरिष्ठ साहित्यकार तिमिल्सिना एवं ढकाल पुरस्कृत

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
सिराज खान नेपालगन्ज, भदौ २१ गते । बाँके जिल्लामा रहेर साहित्य सिर्जनामा क्रियाशील २६ जना नारीस्रष्टाका ५४ वटा कृतिहरूको समालोचना गरिएको ‘बाँकेका नारीस्रष्टा र सिर्जना’ कृतिको नेपालगन्जमा शनिवार विमोचन गरिएको छ । कल्पना फाउन्डेसन नेपालद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ कथाकार सनत रेग्मीले समालोचक लेक प्रसाद प्याकुरेलको उक्त कृतिको बिमोचन गर्नुभयो । सो अवसरमा कृतिमा समेटिएका २६ वटै नारी स्रष्टाहरूलाई प्रमुख अतिथि रेग्मी र विशिष्ट अतिथि प्रा.डा.कृष्ण घिमिरेले नारी रत्न सम्मान प्रदान गर्नुभएको थियो । उक्त कृतिको समीक्षा समालोचक डा.पुष्कर रिजालले गर्नुभयो । सोही कार्यक्रममा साहित्यकार समालोचक डा.हरि प्रसाद तिमिल्सिनालाई कल्पना पौडेल जिज्ञासुद्वारा स्थापित मनिकर्ण टीकाराम स्मृति पुरस्कार र साहित्यकार महानन्द ढकाललाई ऋषिराम सापकोटाद्वारा स्थाप...
बाँस बेतको हस्तकला तालिमबाट फेरियो इन्दिरा र गीता चौधरीको जीवन

बाँस बेतको हस्तकला तालिमबाट फेरियो इन्दिरा र गीता चौधरीको जीवन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, समाज
सिराज खान नेपालगन्ज, भदौ १६ । बर्दियाको राजापुर नगरपालिकाकी इन्दिरा चौधरी र गीता चौधरी केही महिना पहिलेसम्म काम तथा रोजगारी नपाएर हैरान हुनुहुन्थ्यो, तर, आज उहाँहरु दुबैजना दृढ संकल्प, लगनशीलता र आत्मविश्वासका जीवित उदाहरण बनेर देखाउन सफल हुनु भएको छ । प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको ग्रीन इकोनोमी परियोजना अन्तर्गत बाँस बेतका सामाग्री बनाउने ३९० घण्टाको तालिम लिएपछि इन्दिरा र गीताको जीवन यात्रा परिवर्तन भएको हो । उहाँ दुबैजनाले अतिनै लगन र मिहिनेतका साथ सो कठिन र गहन तालिम सम्पन्न गरेपछि, अहिले उहाँहरूले बाँसका डाली, बाँसको फूल राख्ने भाँडो, टेबुल–कुर्सी लगायतका आकर्षक तथा बजारयोग्य सामग्री उत्पादन गरेर विक्रि समेत गर्न थाल्नु भएको छ । यसले उहाँहरू दुबैको जीवनमा सानो समयमै आर्थिक स्थिरता मात्र ल्याएको छैन, बरु उहाँहरूलाई आफ्नो भविष्य आफैं ...
बर्दियाको मधुवनमा मानब बेचबिखन तथा बालविवाह विरुद्ध अन्तर–पुस्ता सम्बाद

बर्दियाको मधुवनमा मानब बेचबिखन तथा बालविवाह विरुद्ध अन्तर–पुस्ता सम्बाद

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, समाज
समाचारदाता नेपालगन्ज, १५ भदौ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिका–७ को वडा कार्यालयमा मानब बेचबिखन, लागु पदार्थ दुव्र्यसनी तथा बालविवाहविरुद्ध अन्तर–पुस्ता सम्बाद कार्यक्रम सम्पन्न गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा संचालित सुरक्षा परियोजना अन्तर्गत सो कार्यक्रम सम्पन्न गरेको हो । सो कार्यक्रम वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्र हमालको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा वडा सदस्यहरू, सशस्त्र प्रहरीका निरीक्षक, नेपाल प्रहरीका सह–निरीक्षक, विद्यालयका शिक्षक, वडा सचिव तथा कर्मचारी, सामुदायिक अगुवा, बडघर, बाल क्लबका सदस्यहरू, युवादूत तथा स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको थियो । सो अन्तरपुस्ता संवादले समुदायमा जागरूकता अभिवृद्धि गर्ने, सहकार्य मजबुत बनाउन तथा बालबालिकाको सुरक्षित भविष्यकालागि सामूहिक कदम चाल्न प्रेरणादायी भूमिका खेलेको...
बर्दियामा किशोरी सशक्तीकरणकालागि बाँके युनेस्को क्लबको पहल निरन्तर जारी

बर्दियामा किशोरी सशक्तीकरणकालागि बाँके युनेस्को क्लबको पहल निरन्तर जारी

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, भदौ १५ । किशोरी क्लबका सदस्यहरूलाई विभिन्न विषयमा सचेत र सक्षम बनाउन बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बालिका शसक्त परियोजना अन्तर्गत बर्दियामा नियमित स्टिक एण्ड स्टोन सेसन सञ्चालन गर्दै आएको छ । यी सेसनहरू बर्दियाको बढैयाताल गाउँपालिकाको वडा नम्बर ७, ८ र ९ तथा गुलरिया नगरपालिकाको वडा नम्बर ११ र १२ का किशोरी क्लबमा सञ्चालन भइरहेको क्लबले जनाएको छ । सो कार्यक्रमको मुख्य उद्देश्य किशोरी क्लबका सदस्यहरूलाई विभिन्न विषयमा सचेत र सक्षम बनाई उनीहरूलाई आफ्ना साथी, परिवार, समुदाय तथा सरोकारवालासँग ज्ञान र सीप बाँड्न सक्षम बनाउनु रहेको क्लबका उपनिर्देशक गोविन्द लामिछानेले बताउनुभयो । उहाँका अनुसार प्रत्येक क्लबमा २५ जना सदस्य सहभागी रहेकाछन् । क्लबहरूले छ महिनामा १८ वटा अन्तरक्रियात्मक सेसन पूरा गर्नेछन्, जसमा हानिकारक परम्परागत अभ्यासको अन्त्य,...
बी ग्रुपद्वारा मनिकापुर स्वास्थ्यचौकीलाई करिब आठ लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

बी ग्रुपद्वारा मनिकापुर स्वास्थ्यचौकीलाई करिब आठ लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, भदौ १४ । भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपले सरसफाईकर्मी र किसानलाई गाउँघरमै स्तरीय स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउन नेपालगन्ज २० मनिकापुर स्वास्थ्य चौकीलाई करिब आठ लाख रुपियाँको मेडिकल उपकरण हस्तान्तरण गरेको छ । एम.डी.एम.फ्रान्स र ए.एफ.डि.को आर्थीक सहयोगमा बी बी ग्रुपद्वारा संचालित ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ अन्तर्गत सो स्वास्थ्य चौकीलाई विभिन्न मेडिकल उपकरणसंगै स्वास्थ्य प्रयोगशालाका लागि आवश्यक पर्ने केमिकलसहित उपकरण हस्तान्तरण गरिएको हो । नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दीन राई र प्रमुख प्रशासकीय अधिकृत राम हरि शर्माले एक कार्यक्रमका बिच वडा अध्यक्षमार्फत मनिकापुर स्वास्थ्य चौकीलाई दुई लाख ३७ हजार ३२४ रुपियाँ बराबरको मेडिकल उपकरण र पाँच लाख ४४ हजार ९६० बराबरको प्रयोगशाला केमिकल, रि एजेन्ट तथा अन्य मेसिन उपकरणहरु हस्तान्त...
बी ग्रुपद्वारा नेपालगन्जमा सरसफाई तथा सचेतना अभियान कार्यक्रम सम्पन्न

बी ग्रुपद्वारा नेपालगन्जमा सरसफाई तथा सचेतना अभियान कार्यक्रम सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, समाज, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, भदौ १४ । भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपद्वारा समुदायमा सरसफाई सम्बन्धि चेतना फैलाउने उदेश्यले नेपालगन्ज उपमहानगरपालिका २ बाल्मिकि टोलमा प्रवद्र्धनकालागि सरसफाई तथा सचेतना अभियान कार्यक्रम सम्पन्न गरिएको छ । एम.डी.एम.फ्रान्स र ए.एफ.डि.को आर्थीक सहयोगमा बी ग्रुपद्वारा संचालित ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ बाँकेले क्लिन नेपालगन्ज, ग्रीन नेपालगन्ज तथा बाल्मिकी समाजको सहकार्यमा ३ आर (कम उत्पादन, पुनः प्रयोग र पुनः चक्रण) प्रवद्र्धनका लागि सरसफाई तथा सचेतना अभियान कार्यक्रम आयोजना गरेको हो । बी ग्रुपका उपाध्यक्ष मीरा खनालको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले बाल्मिकी समाजले नेपालगन्जको सरसफाईमा आफ्नो स्वास्थ्यलाइ पनि जोखिममा राखी निरन्तर योगदान पुरयाई रहेको जनाउँदै यस परियोजनाले सरसफाईकर्...
भुकम्पपिडित बालिकालाई समाजसेवी बिकद्धारा शैक्षिक सामाग्री सहयोग

भुकम्पपिडित बालिकालाई समाजसेवी बिकद्धारा शैक्षिक सामाग्री सहयोग

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, भदौ ८ । २०८० सालमा आएको भुकम्पमा परेर अभिभावक गुमाएकी एक बालिकालाई बर्दिया बढैयाताल ३ पुष्पनगरका वरिष्ठ समाजसेवी एवं नेपाल प्रहरीका असई कुल बहादुर विकले शैक्षिक सामाग्री प्रदान गर्नु भएको छ । केही महिना पहिले मात्र असई बिकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पनि पुरस्कृत गरेको थियो । उहाँलाई दिईएको जिम्मेवारी कर्तव्यनिष्ट भइ संगठनको निति निर्देशन अनुसार कुशलताका साथ कार्य सम्पादन गरेकोमा नगद पुरस्कारसहित पुरस्कृत गरिएको थियो । २०८० साल कात्तिक १७ गते आएको भुकम्पमा परेर रुकुमको छेपारे रिम्नामा निधन भएको खडक बहादुर विकको छोरी भगवति सस्कृति सेकेन्डरी स्कुल तिलकाना बर्दियामा कक्षा २ अध्ययनरत बिद्यार्थी श्रीष्टि बिकलाई सहयोग स्वरुप समाजसेवी तथा असई विकले शैक्षिक सामाग्री प्रदान गर्नु भएको हो । हाल बढैयाताल गाउँपालिका ३ पुष्पनगरमा आफ्नो आमाका साथ बस्दै आएकी बिद्यार्थी...
बाँकेमा आज धुमधामका साथ अटवारी पर्व मनाईंदैछ

बाँकेमा आज धुमधामका साथ अटवारी पर्व मनाईंदैछ

ताजा-अपडेट, मुख्य समाचार, विविध, समाज
समाचारदाता नेपालगन्ज, भदौ ८ गते । बाँकेका थारु बाहुल्य गाउँबस्तीमा आइतवार अट्वारी पर्व धुमधामका साथ मनाईंदै छ । यो पर्वलाई भव्य रुपमा मनाउन गत केही दिनदेखि थारु समुदायमा तयारी तिव्र पारिएको थियो । महाभारतका प्रमुख पात्र पाँच पाण्डवमध्येका माइलो भाइ भीमको श्रद्धापूर्वक पूजा गर्ने सबै तयारी पुरा गरिएको र आइतवार आफन्तजनसंग मिलेर पूजा गर्ने राप्ती सोनारीका हेमन्त चौधरीले बताउनुभयो । उहाँले आइतवार अधिकांश थारु समुदायका पुरुषहरु दिदीबहिनीका लागि ब्रत बसेको पनि बताउनुभयो । यस्तै नेपालगन्जका अर्का थारु अगुवा भगतराम थारुले अटवारी विशेषगरी दुई दिन मनाउने जनाउँदै आइतवार दिनभरि व्रत बसेर फलफूल र रोटीका परिकार बनाउने तथा सोमवार बिजोडी थरिथरिका तरकारीलगायत खानेकुरा पकाइने बताउनुभयो । सोही प्रकारले बाँके बिनौनाका थारु अगुवा बिमला चौधरीले दाइभाइले दिदीबहिनीप्रतिको स्नेह दर्शाउने विशेष अवसर नै अटव...
राजापुरमा बालबेचविखन नियन्त्रणका सवालमा अन्तरपुस्ता संवाद

राजापुरमा बालबेचविखन नियन्त्रणका सवालमा अन्तरपुस्ता संवाद

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, समाज
समाचारदाता नेपालगन्ज, भदौ ८ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालित सुरक्षा परियोजना अन्तर्गत बर्दियाको राजापुर नगरपालिकामा बाल बेचबिखन विरुद्धको प्रभावकारी संवाद कार्यक्रम सम्पन्न गरेको छ । बालबेचविखन नियन्त्रणको सवालमा सो अन्तरपुस्ता संवाद कार्यक्रम राजापुर नगरपालिका– वडा नं. ६ मा सम्पन्न गरिएको क्लबले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि राजापुर नगरपालिकाकी उपप्रमुख मनकला कुमारी चौधरीले यस्ता संवाद र चेतनामूलक कार्यक्रमले समुदायभित्र सचेतना अभिवृद्धि गर्न, सहकार्य सुदृढ बनाउन र बालबालिकाको सुरक्षित भविष्यकालागि मार्गचित्र कोर्ने बताउनुभयो । उहाँले यो कार्यक्रमले सहभागि सबै सरोकारवालाबिच सामूहिक प्रतिबद्धता जगाउन प्रेरणादायी भूमिका खेलेको जनाउँदै एकता र दृढ संकल्पकासाथ सबैले मिलेर बाल बेचबिखन जस्तो गम्भीर समस्याको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । ...
बाँकेमा नबिना रानाभाट जिताउ अभियान तिव्र

बाँकेमा नबिना रानाभाट जिताउ अभियान तिव्र

ताजा-अपडेट, मनोरञ्जन, मुख्य समाचार, विविध, समाज
समाचारदाता नेपालगन्ज, भदौ ८ । रियालिटी सो एक्टिङ स्टार मार्फत आफ्नो प्रतिभा देशव्यापी रूपमा देखाएर टप १० भित्र पर्न सफल नेपालगन्जकी चेली नबिना रानाभाटलाई जिताउने अभियान बाँकेमा तिव्र पारिएको छ । चर्चित रियालिटी शो एक्टिङ स्टारमा टप १० भित्र प्रवेश गरेकी रानाभाटलाई जिताउन बाँकेका स्थानीय पत्रकार, जनप्रतिनिधि, व्यवसायी, कलाकार, विद्यार्थि, कर्मचारी लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरु क्रियाशिल हुनुहुन्छ । उहाँहरुले बाँकेकी स्टार चेली नबिनालाई भोट गरेर विजयी गराउन विभिन्न माध्यमबाट सबैसंग अनुरोध गरिरहनु भएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भिमबहादुर रानाभाट र निशा रानाभाटकी छोरी नबिनाको अभिनय शैलीले अहिले देश–विदेशमा चर्चा पाइरहेको छ । अडिसन राउन्डदेखि निरन्तर उत्कृष्ट अभिनय प्रस्तुत गर्दै टप १० मा पुग्न सफल नबिनाले आगामी चरणमा लुम्बिनी प्रदेश र बाँके जिल्लाको कथा आफ्ना प...