समाचारदाता
नेपालगन्ज, भदौ ७ । बिरयानी, कवाब र शोर्मा लगायतका खाने कुरामा अखाद्य हानिकारक कोलटार रंग मिसाउने तथा फोहोर ठाउँमा मासु भण्डारण गर्ने नेपालगन्जका एक होटल व्यवसायीलाई जिल्ला अदालत बाँकेले एक लाख रुपियाँ जरिवाना र ६ महिनाको कैद सजाय सुनाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्ज, बाँकेले नेपालगन्ज उप–महानगरपालिका वडा नं. ११ स्थित बिसमिल्ला होटलका संचालक मोहम्मद उमर साइ विरुद्द दायर गरेको मुद्दामा बाँके जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै एक लाख रुपिया जरिवाना र ६ महिनाको कैद सजाय गरेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्ज, बाँकेका खाद्य निरिक्षक रामहरी लामिछानेले दायर गर्नु भएको सो मुद्दामा जिल्ला अदालत बाँकेका न्यायधिश केशवराज चपाईको ईजलाशले फैसला सुनाउँदै प्रतिवादीलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ४२ (१) (ख) बमोजिम ६ महिना कैद ...
सिराज खान
नेपालगन्ज, भदौ ७ । बर्दियाको राजापुर टपरा निवासी आकृति चौधरीको दिनचर्या अहिले पुरै फेरिएको छ । दिनभरी घर र खेतबारीको काम गरेर समय बिताउने चौधरी अहिले बिहानदेखि बेलुकासम्म सर्वसाधारणको दाँत उपचारका व्यस्त हुनुहुन्छ ।
विहान १० बजेदेखि बेलुका ६ बजेसम्म राजापुर–टपरामा रहेको टपरा डेन्टल क्लिनिकमा डा. दिपेश धमलासंगै दाँतका बिरामीको उपचार सहयोगमा अहिले चौधरीको समय बित्ने गरेको छ ।
बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालित पर्ल परियोजना अन्तर्गत आकृतिले तीन महिनाको डेन्टल चियर साइड सहायक तालिम लिएपछि उहाँको पेशागत जीवनको नयाँ अध्याय सुरु भएको हो ।
टपरा डेन्टल क्लिनिकमा सहायकका रूपमा ६ महिनाअघि मात्र काम सुरु गर्नु भएकी चौधरीले छोटो समयमै आफ्नो समर्पण, अनुशासन र आत्मविश्वासका कारण पेशागत दक्षता प्रदर्शन गर्न सक्षम भएको डा.धमलाले बताउनुभयो ।
आकृ...
समाचारदाता
नेपालगन्ज, भदौ ६ । बाँके युनेस्को क्लबले बर्दियाको राजापुरमा बिद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र बालक्लबका बालबालिकालाई मानवबेचविखन बिरुद्ध अभिमुखिकरण सम्पन्न गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत सो अभिमुखिकरण गरिएको हो ।
राजापुरको जनचेतना माध्यमिक विद्यालय मंगलपुरमा सम्पन्न भएको सो कार्यक्रममा सहभागिहरुलाई बाल अधिकार, बाल संरक्षण, समावेशी सिकाइ वातावरण तथा मानव बेचबिखन विरुद्ध अभिमुखीकरण गरिएको सुरक्षा परियोजनाले जनाएको छ ।
विद्यालय समुदायलाई बाल अधिकार र संरक्षणप्रति सचेत र संवेदनशील बनाउँदै बालमैत्री, सुरक्षित र समावेशी सिकाइ वातावरण निर्माणमा योगदान पु¥याउनुका साथै मानव बेचबिखनजस्ता अपराध रोकथाममा सामूहिक प्रतिबद्धता जगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद...
समाचारदाता
नेपालगन्ज, भदौ ५ । “बालबालिकाको सफलताका लागि अभिभावकको संलग्नता नै आधार हो” भन्ने नाराका साथ बर्दियाको गुलरियामा तीन पालिकाका शिक्षा सम्बद्ध सरोकारवालाहरुको सहभागितामा दुई दिने अभिमुखीकरण तथा प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो ।
सो अभिमुखीकरण तथा प्रेरणात्मक कार्यक्रममा बर्दियाको गुलरिया र मधुवन नगरपािलका तथा बढैयाताल गाउँपालिकाका १५ वटा विद्यालय तथा शिक्षा इकाईका प्रतिनिधिहरु गरेर २१ जनाको सहभागिता रहेको बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि कुमार तुलाधरले बताउनुभयो ।
उहाँका अनुसार कार्यक्रमको उदेश्य सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने, “एक घर एक अध्ययन कुनाको” अभियानलाई प्रवद्र्धन गर्ने तथा अभिभावक–शिक्षक–विद्यार्थीब...
समाचारदाता
नेपालगन्ज, भदौ ४ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिकामा बाल अधिकार, बाल संरक्षण, समावेशी सिकाइ वातावरण तथा मानव बेचबिखन विरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मधुबन–३, धनौरामा सो अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
सो कार्यक्रमको उदेश्य विद्यालय समुदायलाई बाल अधिकार र संरक्षणप्रति सचेत र संवेदनशील बनाउँदै बालमैत्री, सुरक्षित र समावेशी सिकाइ वातावरण निर्माणमा योगदान पु¥याउनुकासाथै मानव बेचबिखनजस्ता अपराध रोकथाममा सामूहिक प्रतिबद्धता जगाउने रहेको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
सो कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, बाल क्लब, प्रधानाध्यापक सहित सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो ।...
समाचारदाता
नेपालगन्ज, भदौ ३ । बर्दिया जिल्लाको गुलरिया नगरपालिकामा युवासम्बन्धी अन्तरक्रिया तथा वार्षिक कार्ययोजना तर्जुमा कार्यक्रम सम्पन्न गरिएको छ ।
बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित बालिका शसक्त परियोजना अन्तर्गत सो अन्तरक्रिया तथा वार्षिक कार्ययोजना तर्जुमा कार्यक्रम गरिएको हो ।
बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले कार्यक्रमको प्रमुख उद्देश्य युवालाई सशक्त बनाउने, स्थानीय निर्णय प्रक्रियामा उनीहरूको सार्थक सहभागिता सुनिश्चित गर्ने, हानिकारक सामाजिक प्रथालाई चुनौती दिने तथा स्वस्थ एवं मर्यादित समाज निर्माणमा योगदान पुरयाउनु रहेको बताउनुभयो ।
कार्यक्रमको समापन गर्दै गुलरिया नगरपालिकाकी उप–प्रमुख सबित्रा गौतमले बालविवाहविरुद्ध निरन्तर वकालत गर्नुपर्नेमा जोड दिँदै युवा तथा किशोर क्लबहरूलाई परिणाममुखी कार्यमा सक्रिय हुन प्रेरित गर...
सिराज खान
नेपालगन्ज, साउन ३० गते । बीस वर्षअघि सशस्त्र द्वन्द्वकालको समयमा तत्कालीन विद्रोही पक्षसँग भएको भिडन्तको क्रममा प्रहरी सहायक निरीक्षकको बायाँ खुट्टामा लागेको गोलीको छर्रा शल्यक्रिया गरेर निकालिएको छ ।
लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा शल्यक्रिया गरेर लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक ईन्द्रनाथ योगीको बाँया खुट्टाबाट विहिबार गोलीको छर्रा निकालिएको अस्पताल प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा दीपा न्हुच्छे प्रधानले बताउनुभयो ।
उहाँले सो अस्पतालमा कार्यरत हार्डजोर्नी नशा तथा बाथरोग विशेषज्ञ प्राविधिक प्रहरी नायव उपरीक्षक डा।श्याम कृष्ण लौडारी, प्राविधिक प्रहरी निरीक्षक बृन्दा चापागाई, प्राविधिक प्रहरी नायब निरीक्षक प्रगति खड्का र प्रहरी जवान शान्ति सुनारलगायतको टोलीले विहिबार शल्यक्रिया गरेर गोलीको छर्रा निकालेको बताउनुभयो ।
प्रहरी ...
समाचारदाता
बर्दिया, साउन २८ । २६औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बर्दियाको मधुवन र गुलरिया नगरपालिका एवं बढैयाताल गाउँपालिकामा अभिमुखीकरण, अन्तरक्रिया एवं सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको शसक्त बालिका परियोजना अन्तर्गत सो कार्यक्रम सम्पन्न गरिएको हो ।
युवाहरूले विश्वभर सामना गरिरहेका चुनौती र अवसरबारे सचेतना फैलाउने, सामाजिक समावेशितामा उनीहरूको सक्रिय सहभागिता बढाउने तथा उज्वल भविष्य निर्माणमा उनीहरूको महत्वपूर्ण भूमिकालाई उजागर गर्ने उदेश्यले हरेक वर्ष बिश्वभरि अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
गुलरिया र मधुवन नगरपालिकामा आयोजित कार्यक्रममा उपप्रमुख, वडा अध्यक्ष, महिला तथा बालबालिका शाखा, स्थानीय ट्राफिक प्रहरी तथा युवाहरूको उल्ल...
समाचारदाता
नेपालगन्ज, साउन २८ । २६औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा वडा कार्यालय, महिला तथा बालबालिका शाखा र नेपाल प्रहरीको समन्वयमा मधुवन र राजापुर नगरपालिकामा एकसाथ सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा लागुपदार्थ सेवन र मानव बेचबिखनका कारण, जोखिम र रोकथामका उपायहरूबारे विद्यार्थीहरूलाई जानकारी दिइएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
मधुवन–७ स्थित शुक्र माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा ईलाका प्रहरी कार्यालय ढोढरीका प्रमुख प्रहरी निरीक्षक महेन्द्र सेन, महिला तथा बालबालिका इकाई प्रमुख इन्द्रा चुनारा र परियोजना संयोजक ईश्वर बिकेले मानवबेचविखन र त्यसबाट जोगिने उपायहरुका बारेमा सचेत पार्नुभयो ।
सो अवसरमा उहाँहरुले विद्यार्थीहरूले आफुले जानेका कुरा समाजका अन्य वर्गलाई पनि ...
समाचारदाता
नेपालगन्ज, साउन २६ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालगञ्ज र नयाँ दिल्लीबीच सिधा उडानका लागि आफूले पहल गर्ने बबताउनु भएको छ। सोमबार मन्त्रालयमा बाँकेका प्रमुख राजनीतिक दलका नेता, संघीय संसदमा प्रतिनिधित्व गर्ने बाँके र बर्दियाका सांसद, उद्योगी व्यवसायी, नागरिक समाजका प्रतिनिधि लगायतको टोलीले नेपालगन्ज दिल्लीको उडान शुर गराउन पहल गर्न आग्रह गर्दा उहाँले यस विषयलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो ।
मन्त्री राणाका अनुसार, यो उडानले नेपाल र भारतबीच कनेक्टिभिटी बढाएर पर्यटन, व्यापार र जनसम्पर्कमा वृद्धि गराउनेछ। यसले पश्चिम नेपालको अर्थतन्त्रमा ठूलो योगदान पु¥याउने छ। नेपालगञ्जमा पर्यटन पूर्वाधार तयार भइसकेकाले पनि यो उडान महत्वपूर्ण हुने उहाँले बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा यो विषयलाई प्राथमिकता बनाउन टोलीले अनुरोध गरेको छ।
नेपालगन्ज द...