२१ जेष्ठ २०८३, बिहीबार

ताजा-अपडेट

गुलरियामा विज्ञान, प्रविधि, कला र गणितसँग सम्बन्धित सिर्जनात्मक सामग्री प्रदर्शन

गुलरियामा विज्ञान, प्रविधि, कला र गणितसँग सम्बन्धित सिर्जनात्मक सामग्री प्रदर्शन

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, जेठ २५ । बर्दियाको गुलरिया नगरपालिकामा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणितसंग सम्बन्धि सृजनात्मक सामाग्री प्रर्दशनी सम्पन्न भएको छ । गुलरिया नगरपालिका वडा नम्बर ६ को आयोजनामा शिक्षा, युवा तथा खेलकुद शाखा, गुलरियाको समन्वय तथा बाँके युनेस्को क्लब र प्लान ईन्टरनेशनल नेपालको साझेदारीमा सो प्रर्दशनी सम्पन्न भएको हो । प्रर्दशनीमा गुलरिया नगरपालिकाका १० वटा विद्यालयहरुको सहभागिता रहेको थियो । सहभागि विद्यालयहरुका विद्यार्थीहरुले विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणितसँग सम्बन्धित आफ्ना सिर्जनात्मक सामग्रीहरूको प्रदर्शन गरेको थिए । प्रर्दशनी कार्यक्रमलाई सम्बोधन गर्दै गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले यो प्रर्दशनी हेर्दा बिद्यार्थिहरुको क्षमता उजागर भएको र उनिहरुले भविष्यमा अतिनै राम्रा कामहर गर्न सक्ने देखिएको बताउनुभयो । ‘भारतमा एपिजे एब...
राजापुरमा बाढी कृत्रिम घटना अभ्यास र बृक्षारोपण गरेर विश्व बाताबरण दिवस मनाइयो

राजापुरमा बाढी कृत्रिम घटना अभ्यास र बृक्षारोपण गरेर विश्व बाताबरण दिवस मनाइयो

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, जेठ २३ । बर्दियाको राजापुरमा विश्व वातावरण दिवसको अवसरमा बाढी कृत्रिम घटना अभ्यास गर्नुका साथै बृक्षारोपण समेत गरिएको छ । राजापुर नगरपालिकाको आयोजना, प्लान इन्टरनेसनल नेपाल, प्राक्टिकल एक्शन एक्शन एड, बि ग्रुप, बाँके युनेस्को क्लब, कमैया महिला जागरण संघ र थारु महिला उत्थान संघको सहकार्यमा आयोजित कार्यक्रममा जलवायु परिवर्तनका प्रभावलाइ कम गर्न कृत्रिम घटना अभ्यास र बृक्षारोपण गरिएको हो । राजापुर नगरपालिकाको रंगशालामा बृक्षारोपण र संघर्षनगरमा बाढीबाट बच्न कृत्रिम घटना अभ्यास गरिएको बाँके युनेस्को क्लबले जनाएको छ । बाढी पूर्व र बाढी पश्चात मानवीय तथा भौतिक क्षतिलाई कसरी कम गर्ने तथा बाढी लगायत अन्य विपदलाई सामुहिक रुपमा कसरी सामना गर्ने भन्ने बिषयमा कृत्रिम घटना अभ्यास गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । सो कार्यक्रम...
वातावरण संरक्षण गर्न प्लाष्टिक प्रदुषण न्युनिकरण अभियान अन्तर्गत ठाकुरबाबामा बृक्षारोपण

वातावरण संरक्षण गर्न प्लाष्टिक प्रदुषण न्युनिकरण अभियान अन्तर्गत ठाकुरबाबामा बृक्षारोपण

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, जेठ २३ । विश्व वातावरण दिवस २०२५ को अवसरमा “प्लास्टिक प्रदूषणलाई पराजित गरौं” भन्ने नाराका साथ बर्दिया जिल्लामा प्लाष्टिक प्रदुषण न्युनिकरण अभियान अन्तर्गत बृक्षारोपण र सरसफाई गरिएको छ । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेसानल नेपालको साझेदारीमा सञ्चालित ग्रीन इकोनोमी परियोजना अन्तर्गत ठाकुरबाबा नगरपालिका वडा नम्बर ८ मा बृक्षारोपण तथा सरसफाई गरिएको हो । ठाकुरबाबा नगरपालिकाको आयोजनामा सम्पन्न भएको सो कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्साल, उपमेयर बिनाकुमारी भट्टराई, प्रमुख प्रशासकीय अधिकृत नारायण पौडेल, वडा अध्यक्ष टेकबहादुर बडुवाल, वडा सदस्यहरू, नगरपालिका कर्मचारी, पर्यटन व्यवसायी, शिक्षक, विद्यार्थी तथा स्थानिय समुदायद्धारा बृक्षारोपण गरिएको थियो । सो अवसरमा बोल्दै ठाकुरबाबाका मेयर लम्सालले प्लाष्टिक प्रदूषणलाई यस युगको एक प्रमुख चुनौतीको र...
बर्दियामा जलवायु परिवर्तन बिरुद्धको एक्येबध्यता अभियान भव्यरुपमा सुरु

बर्दियामा जलवायु परिवर्तन बिरुद्धको एक्येबध्यता अभियान भव्यरुपमा सुरु

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, जेठ २३ । विश्व वातावरण दिवसको अवसरमा जलवायु परिवर्तन बिरुद्धको एक्येवध्यता अभियानको औपचारिक शुभारम्भसंगै किशोरीहरुको क्षमता अभिबृद्धि कार्यक्रम बर्दिया जिल्लामा सम्पन्न गरिएको छ । बाँके युनेस्को क्लबले राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दिया र युवा संस्थासँगको समन्वयमा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित बालिका शसक्त परियोजना र वाईस्पार्क परियोजना अन्तर्गत सो अभियानको शुभारम्भ र क्षमता अभिबृद्धि कार्यक्रम गरिएको हो । सो कार्यक्रम जलवायु परिवर्तन र युवाको नेतृत्वमा केन्द्रित संवादका साथ सम्पन्न भएको जनाउँदै बाँके युनेस्को क्लबका उपनिर्देशक गोबिन्द प्रसाद लामिछानेले सो अभियानले युवालाई जलवायु परिवर्तनको चुनौतीलाई प्रभावकारी रूपमा सम्बोधन गर्न, समुदायमा जलवायु सहनशीलताको पक्षमा वकालत गर्न र दिगो भविष्य निर्माणमा नेतृत्व गर्न सशक्त बनाउने बताउनुभयो । उक...
मधुवनमा पनि बालबालिका तथा मानवबेचबिखन सम्बन्धी अन्तरपुस्ता सम्वाद

मधुवनमा पनि बालबालिका तथा मानवबेचबिखन सम्बन्धी अन्तरपुस्ता सम्वाद

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, जेठ १९ । बाँके युनेस्को क्लबद्धारा बर्दियाको मधुवन नगरपालिकामा बालबालिका तथा मानव बेचबिखन सम्बन्धी बढ्दो चिन्तालाई सम्बोधन गर्न अन्तरपुस्ता संवाद कार्यक्रम आयोजना गरिएको छ । क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरिरहेको सुरक्षा परियोजना अन्तर्गत सो अन्तरपुस्ता संवाद आयोजना गरिएको हो । संवाद कार्यक्रममा प्रहरी, स्थानीय सरकारका प्रतिनिधिहरू, समुदायका अगुवा, युवाहरू तथा नागरिक समाजका संस्थाहरूका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सो संवाद कार्यक्रमको सहजीकरण इन्द्र चुनाराले गर्नुभएको थियो । कार्यक्रमले पुस्ताबीचको अन्तरलाई कम गर्न र बालबालिका तथा संवेदनशील समूहहरूको सुरक्षा गर्न विभिन्न समाधानहरू खोज्न सहयोग गरेको बाँके युनेस्को क्लबले जनाएको छ । अन्तरपुस्ता संवादमा सहभागीहरूले आफ्ना अनुभवहरू खुलस्त रूपमा साझा गर्नुका साथै समस्याका मूल कारणहरूबार...
बर्दियाको राजापुरमा मानवबेचविखन रोक्न अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न

बर्दियाको राजापुरमा मानवबेचविखन रोक्न अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, जेठ १९ । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिका वडा नम्बर आठमा बाल तथा मानवबेचविखनका सवालमा अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारी तथा राजापुर नगरपालिकाको समन्वयमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत बालबालिका तथा मानव बेचबिखनसम्बन्धी बढ्दो चिन्तालाई सम्बोधन गर्न सो अन्तरपुस्ता संवाद कार्यक्रम आयोजना गरेको हो । सो कार्यक्रमलाई सम्बोधन गर्दै राजापुर नगरपालिकाकी उपमेयर मनकला कुमारी चौधरीले बाल तथा मानवबेचविखन नियन्त्रणका लागि युनेस्को र प्लान नेपालले गरेका कार्यक्रम निकै प्रभावकारी रहेको जनाउँदै समुदायमा सचेतना आवश्यक भएको बताउनुभयो । कार्यक्रममा प्रहरी, स्थानीय सरकारी निकाय, समुदायका अगुवाहरू, युवा तथा नागरिक समाजका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता वार्ड अध्यक्षले...
युनेस्को र प्लानद्धारा बर्दियाको तीन पालिकाका शिक्षक,अभिभावक र समुदायको अभिमूखिकरण

युनेस्को र प्लानद्धारा बर्दियाको तीन पालिकाका शिक्षक,अभिभावक र समुदायको अभिमूखिकरण

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, जेठ १९ । बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया र मधुवन नगरपालिका तथा बढैयाताल गाउपालिकामा अभिभावक, शिक्षक तथा समुदायको सहभागिता सम्बन्धी एकदिने अभिमुखीकरण सम्पन्न गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियामा सञ्चालित बालिका सशक्त परियोजना अन्तर्गत सो अभिमूखिकरण सम्पन्न गरेको हो । सो कार्यक्रममा मावि तथा आधारभुत विद्यालयका प्रधानाध्यापक, शिक्षक र शिक्षक अभिभावक संघका पदाधिकारीहरुको सहभगीता रहेको थियो । कार्यक्रमको अध्यक्षता गर्दै गुलरिया नगरपालिकाका उपप्रमुख साबित्रा गौतमले प्रत्येक शिक्षकले आफ्नो विद्यालयमा ज्ञान र बुझाइको प्रभावकारी कार्यान्वयन गरेमा गुणस्तरीय शिक्षा हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । उहाँले शिक्षाको गुणस्तरका लागि शिक्षक, अभिभावक र बिद्यार्थिबिच समन्वय आवश्यक रहेको पनि बताउनुभयो । अभिमूखिकरणमा सहभागी यादवप्रस...
बर्दिया मधुवनमा बालिकाहरुको शिक्षामा पहुँच बढाउन साइकल बितरण

बर्दिया मधुवनमा बालिकाहरुको शिक्षामा पहुँच बढाउन साइकल बितरण

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, जेठ १९ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिकाका बालिकाहरुलाई नियमित विद्यालयमा उपस्थिति गराउन तथा पछाडी पारिएका समुदाय एवं जोखिममा रहेका बालिकाहरूको शिक्षामा पहुच बढाउन उनिहरुलाई साइकल वितरण गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत बालिका तथा किशोरीहरुलाई बिद्यालयमा टिकाइराख्ने उदेश्यले मधुवन नगरपालिकाको समन्वयमा साइकल बितरण गरिएको हो । बालिकाहरुलाई साइकल वितरण गर्दै मधुवन नगरपालिकाका मेयर तेज बहादुर भाटले साइकल वितरणले बालिकाहरूको दैनिक यात्रा सहज मात्र बनाउने होइन, उनीहरूलाई आत्मविश्वास, मर्यादा र आशाका साथ निरन्तर पढ्न प्रोत्साहन पनि गर्ने बताउनुभयो । उहाँले यो अभियान समावेशी, शिक्षित र सशक्त भविष्य निर्माणतर्फको एक महत्वपूर्ण कदम भएको जनाउँदै यसले शिक्षाको विकासमा ठुलो योगदान गर्ने बताउनुभयो...
बर्दियाको मधुवनमा शैक्षिक सामाग्री निर्माण तथा कक्षा कोठा व्यवस्थापन तालिम सम्पन्न

बर्दियाको मधुवनमा शैक्षिक सामाग्री निर्माण तथा कक्षा कोठा व्यवस्थापन तालिम सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, जेठ १८ । बर्दिया जिल्लाको राजापुर र मधुवन नगरपालिकाका प्रारम्भिक बालविकास (ईसीडी) र कक्षा १ का शिक्षकहरूकालागि सञ्चालन गरिएको चारदिने तालिम सम्पन्न भएको छ । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा सञ्चालित ‘सुरक्षा परियोजना’ अन्तर्गत मधुवन नगरपालिकाको आयोजना र राजापुर नगरपालिकाको सहकार्यमा मधुवन नगरपालिकाको डल्लामा ‘स्थानीय शैक्षिक सामाग्री निर्माण तथा कक्षा कोठा व्यवस्थापन’ तालिम सञ्चालन गरिएको थियो । तालिमको समापन गर्दै मधुबन नगर पालिकाका नगर उपप्रमुख अनिता चौधरीले स्थानीय सरकार र संघ सस्थाहरुको सहकार्यमा गरिएका यस्ता कार्यक्रमले शिक्षाको विकासमा बिशेष योगदान पुराउने बताउनुभयो । उहाँले यस्ता तालिमले शिक्षालाई गुणस्तरीय र व्यवहारिक बनाउन पनि ठुलो सहयोग गर्ने बताउनुभयो । बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले युनेस...
मानवबेचविखन नियन्त्रण समितिका सदस्यहरुको क्षमता बृद्धि तालिम सम्पन्न

मानवबेचविखन नियन्त्रण समितिका सदस्यहरुको क्षमता बृद्धि तालिम सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, जेठ १६ । बर्दियाको राजापुर नगरपालिकामा मानब बेचबिखन नियन्त्रण समितिका सदस्य तथा सरोकारवालाहरुका लागि सञ्चालन गरिएको बालसंरक्षण तथा मानबबेचबिखनका घटना ब्यबस्थापन सम्बन्धि तीन दिने तालिम सम्पन्न भएको छ । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा सञ्चालन गरिएको सुरक्षा परियोजना अन्तर्गत राजापुर नगरपालिकाको आयोजनामा सो तालिम सञ्चालन गरिएको थियो । तालिमको समापन गर्दै राजापुर नगरपालिकाका उपप्रमुख मनकला कुमारी चौधरीले मानब बेचबिखन तथा ओसारपसारका घटना दिनदिनै बढ्दै गएको र यसलाई नियन्त्रण गर्न चुनौती देखिएकाले यसका बिरुद्ध लड्न स्थानीय सरकार, प्रहरी, संघसंस्था तथा स्थानीय निगरानी समूहहरु सक्रिय भएर अभियान संचालन गर्नुपर्ने बताउनुभयो । उहाँले बाल संरक्षण र मानब बेचबिखन नियन्त्रणकालागि पालिकाले योजना बनाएर बजेट बिनियोजन गर्ने प्रतिवद्धता जनाउनुभयो ।...