२३ मंसिर २०८२, सोमबार

ताजा-अपडेट

बर्दिया मधुवनमा बालअधिकार, बालसंरक्षण तथा मानव बेचबिखनविरुद्ध अभिमुखीकरण

बर्दिया मधुवनमा बालअधिकार, बालसंरक्षण तथा मानव बेचबिखनविरुद्ध अभिमुखीकरण

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, भदौ ४ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिकामा बाल अधिकार, बाल संरक्षण, समावेशी सिकाइ वातावरण तथा मानव बेचबिखन विरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मधुबन–३, धनौरामा सो अभिमुखीकरण कार्यक्रम गरिएको हो । सो कार्यक्रमको उदेश्य विद्यालय समुदायलाई बाल अधिकार र संरक्षणप्रति सचेत र संवेदनशील बनाउँदै बालमैत्री, सुरक्षित र समावेशी सिकाइ वातावरण निर्माणमा योगदान पु¥याउनुकासाथै मानव बेचबिखनजस्ता अपराध रोकथाममा सामूहिक प्रतिबद्धता जगाउने रहेको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो । सो कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, बाल क्लब, प्रधानाध्यापक सहित सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो ।...
गुलरियामा युवा सशक्तिकरणसम्बन्धी अन्तरक्रिया र वार्षिक योजना तर्जुमा सम्पन्न

गुलरियामा युवा सशक्तिकरणसम्बन्धी अन्तरक्रिया र वार्षिक योजना तर्जुमा सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, समाज
समाचारदाता नेपालगन्ज, भदौ ३ । बर्दिया जिल्लाको गुलरिया नगरपालिकामा युवासम्बन्धी अन्तरक्रिया तथा वार्षिक कार्ययोजना तर्जुमा कार्यक्रम सम्पन्न गरिएको छ । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित बालिका शसक्त परियोजना अन्तर्गत सो अन्तरक्रिया तथा वार्षिक कार्ययोजना तर्जुमा कार्यक्रम गरिएको हो । बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले कार्यक्रमको प्रमुख उद्देश्य युवालाई सशक्त बनाउने, स्थानीय निर्णय प्रक्रियामा उनीहरूको सार्थक सहभागिता सुनिश्चित गर्ने, हानिकारक सामाजिक प्रथालाई चुनौती दिने तथा स्वस्थ एवं मर्यादित समाज निर्माणमा योगदान पुरयाउनु रहेको बताउनुभयो । कार्यक्रमको समापन गर्दै गुलरिया नगरपालिकाकी उप–प्रमुख सबित्रा गौतमले बालविवाहविरुद्ध निरन्तर वकालत गर्नुपर्नेमा जोड दिँदै युवा तथा किशोर क्लबहरूलाई परिणाममुखी कार्यमा सक्रिय हुन प्रेरित गर...
बीस वर्षअघि प्रहरीलाई लागेको गोलीको छर्रा बल्ल निकालियो

बीस वर्षअघि प्रहरीलाई लागेको गोलीको छर्रा बल्ल निकालियो

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
सिराज खान नेपालगन्ज, साउन ३० गते । बीस वर्षअघि सशस्त्र द्वन्द्वकालको समयमा तत्कालीन विद्रोही पक्षसँग भएको भिडन्तको क्रममा प्रहरी सहायक निरीक्षकको बायाँ खुट्टामा लागेको गोलीको छर्रा शल्यक्रिया गरेर निकालिएको छ । लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा शल्यक्रिया गरेर लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक ईन्द्रनाथ योगीको बाँया खुट्टाबाट विहिबार गोलीको छर्रा निकालिएको अस्पताल प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा दीपा न्हुच्छे प्रधानले बताउनुभयो । उहाँले सो अस्पतालमा कार्यरत हार्डजोर्नी नशा तथा बाथरोग विशेषज्ञ प्राविधिक प्रहरी नायव उपरीक्षक डा।श्याम कृष्ण लौडारी, प्राविधिक प्रहरी निरीक्षक बृन्दा चापागाई, प्राविधिक प्रहरी नायब निरीक्षक प्रगति खड्का र प्रहरी जवान शान्ति सुनारलगायतको टोलीले विहिबार शल्यक्रिया गरेर गोलीको छर्रा निकालेको बताउनुभयो । प्रहरी ...
बर्दियाको तीन पालिकामा अभिमुखीकरण, अन्तरक्रिया र सचेतना कार्यक्रम सम्पन्न

बर्दियाको तीन पालिकामा अभिमुखीकरण, अन्तरक्रिया र सचेतना कार्यक्रम सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, समाज
समाचारदाता बर्दिया, साउन २८ । २६औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बर्दियाको मधुवन र गुलरिया नगरपालिका एवं बढैयाताल गाउँपालिकामा अभिमुखीकरण, अन्तरक्रिया एवं सचेतना कार्यक्रम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको शसक्त बालिका परियोजना अन्तर्गत सो कार्यक्रम सम्पन्न गरिएको हो । युवाहरूले विश्वभर सामना गरिरहेका चुनौती र अवसरबारे सचेतना फैलाउने, सामाजिक समावेशितामा उनीहरूको सक्रिय सहभागिता बढाउने तथा उज्वल भविष्य निर्माणमा उनीहरूको महत्वपूर्ण भूमिकालाई उजागर गर्ने उदेश्यले हरेक वर्ष बिश्वभरि अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो । गुलरिया र मधुवन नगरपालिकामा आयोजित कार्यक्रममा उपप्रमुख, वडा अध्यक्ष, महिला तथा बालबालिका शाखा, स्थानीय ट्राफिक प्रहरी तथा युवाहरूको उल्ल...
मधुवन र राजापुरमा अन्तर्राष्ट्रिय युवा दिवसमा लागुपदार्थ र मानव बेचबिखनविरुद्ध सचेतना

मधुवन र राजापुरमा अन्तर्राष्ट्रिय युवा दिवसमा लागुपदार्थ र मानव बेचबिखनविरुद्ध सचेतना

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, साउन २८ । २६औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा वडा कार्यालय, महिला तथा बालबालिका शाखा र नेपाल प्रहरीको समन्वयमा मधुवन र राजापुर नगरपालिकामा एकसाथ सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा लागुपदार्थ सेवन र मानव बेचबिखनका कारण, जोखिम र रोकथामका उपायहरूबारे विद्यार्थीहरूलाई जानकारी दिइएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो । मधुवन–७ स्थित शुक्र माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा ईलाका प्रहरी कार्यालय ढोढरीका प्रमुख प्रहरी निरीक्षक महेन्द्र सेन, महिला तथा बालबालिका इकाई प्रमुख इन्द्रा चुनारा र परियोजना संयोजक ईश्वर बिकेले मानवबेचविखन र त्यसबाट जोगिने उपायहरुका बारेमा सचेत पार्नुभयो । सो अवसरमा उहाँहरुले विद्यार्थीहरूले आफुले जानेका कुरा समाजका अन्य वर्गलाई पनि ...
नेपालगन्ज दिल्ली सिधा उडानका लागि पहल गर्छु – परराष्ट मन्त्री राणा

नेपालगन्ज दिल्ली सिधा उडानका लागि पहल गर्छु – परराष्ट मन्त्री राणा

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, साउन २६ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालगञ्ज र नयाँ दिल्लीबीच सिधा उडानका लागि आफूले पहल गर्ने बबताउनु भएको छ। सोमबार मन्त्रालयमा बाँकेका प्रमुख राजनीतिक दलका नेता, संघीय संसदमा प्रतिनिधित्व गर्ने बाँके र बर्दियाका सांसद, उद्योगी व्यवसायी, नागरिक समाजका प्रतिनिधि लगायतको टोलीले नेपालगन्ज दिल्लीको उडान शुर गराउन पहल गर्न आग्रह गर्दा उहाँले यस विषयलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो । मन्त्री राणाका अनुसार, यो उडानले नेपाल र भारतबीच कनेक्टिभिटी बढाएर पर्यटन, व्यापार र जनसम्पर्कमा वृद्धि गराउनेछ। यसले पश्चिम नेपालको अर्थतन्त्रमा ठूलो योगदान पु¥याउने छ। नेपालगञ्जमा पर्यटन पूर्वाधार तयार भइसकेकाले पनि यो उडान महत्वपूर्ण हुने उहाँले बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा यो विषयलाई प्राथमिकता बनाउन टोलीले अनुरोध गरेको छ। नेपालगन्ज द...
कर्णाली बैंक घोटाला ः वडाअध्यक्षदेखि चिकित्सक र अडिटर गरेर १०३ फरार

कर्णाली बैंक घोटाला ः वडाअध्यक्षदेखि चिकित्सक र अडिटर गरेर १०३ फरार

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, साउन २३ गते । कर्णाली डेभलपमेन्ट बैंकको घोटालामा फरार सूचिमा रहेका १०३ जना मध्ये बैंकका उच्च कर्मचारी, सञ्चालक, राजनितक दलका नेताहरु, चिकित्सक र लेखा परिक्षकहरु समेत रहेका छन् । फरार सूचिमा रहेकाहर मध्ये बैंकका अध्यक्ष डा. ओम प्रकाश मिश्र, पूर्व प्रमुख कार्यकारी अधिकृतहरु दिनेश कुमार रावत, निरज बिक्रम शाह र बिष्णु प्रसाद कक्षपति, बैंकका पूर्व नेपालगन्ज शाखा प्रमुख दिपा थापा रहेका छन् । सोही प्रकारले डुडुवा गाउँपालिका वडा नम्बर ६ का बहालवाला वडा अध्यक्ष मोहनराम मिश्र, वरिष्ठ चिकित्सक डा. उषा राणा शाह, राजनितिक दलका नेताहरु ओम प्रकाश आजाद र ओम प्रताप राणा पनि फरार सूचिमा रहेको जनाईएको छ । यसैगरि लेखापरिक्षकहरु विनम कुमार श्रेष्ठ, भुवन प्रसाद गैरे, तुलाराम कुर्मी, केशव प्रसाद न्यौपाने र शुरेशचन्द्र श्रेष्ठ पनि सो बैंक घोटालामा फरार सुचिमा रहेका छन् । बैंकमा घोटा...
सीमापारी भारतको रुपैडिहामा मृत भेटिएका नेपाली युवक कोहलपुरका अरुण वर्नवाल रहेको पुष्टि

सीमापारी भारतको रुपैडिहामा मृत भेटिएका नेपाली युवक कोहलपुरका अरुण वर्नवाल रहेको पुष्टि

ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, साउन २३ गते । यहाँस्थित नेपाल भारत सीमानाको भारतीय क्षेत्र रूपैडीहाको वार्ड नम्बर १०, रामजानकीस्थित खाली घरको बगैंचामा बिहिबार मृत अवस्थामा भेटिएका एक नेपाली युवकको पहिचान भएको छ । रुपैडिहामा शव भेटिएको ती नेपाली युवक बाँके कोहलपुर ९ पिपरी झण्डहवा निवासी अरण वर्नवाल रहेको भनि परिवारका सदस्यले पहिचान गरेको भारतीय प्रहरीले जनाएको छ । रुपैडिहा प्रहरी चौकीका सब–इन्स्पेक्टर राहुल सरोजले दिनु भएको जानकारी अनुसार रुपैडिहास्थित एउटा खाली घरको बगैंचामा भेटिएको नेपाली युवकको बायाँ हातमा “अरुण” लेखिएको ट्याटु रहेकोमा उनकी बहिनी प्रभा वर्नवालले आफ्नो दाई भनि पहिचान गर्नु भएको हो । सब–इन्स्पेक्टर सरोजले मृतकको अनुहारमा गहिरो चोटको निशान देखिएको र मृत्यु दुई तीनदिनअघि नै भएको अनुमान गरिएको बताउनुभयो । मृत भेटिएका युवक सीमापारी लागु औषधको सेवनका लागि गएको हुनसक्ने अनुमान भा...
कर्णाली बैंक घोटालामा राय, मिश्र र ठकुरीलाई जेल पठाईयो, राष्ट बैंकका पूर्व कर्मचारी बस्नेतलाई धरौटीमा छोड्न आदेश

कर्णाली बैंक घोटालामा राय, मिश्र र ठकुरीलाई जेल पठाईयो, राष्ट बैंकका पूर्व कर्मचारी बस्नेतलाई धरौटीमा छोड्न आदेश

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, साउन २२ । नेपालगञ्जमा प्रधान कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैँक लिमिटेडमा भएको आर्थिक घोटालामा पक्राउ परेका पूर्ब सञ्चालक र कर्मचारी तीन जनालाई उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलाशले पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर रायसहित पूर्ब अध्यक्ष पशुपतिदयाल मिश्रा र वित्त शाखा प्रमुख बेदप्रकाशसिंह ठकुरीलाई उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलाशले बुधबार पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका सूचना अधिकारी बलबहादुर बिष्टले जानकारी दिनुभयो । न्यायाधीश चन्द्रबहादुर सारु र पुनमसिंह चन्दको संयुक्त ईजलाशले बुधबार राती यस्तो आदेश गरेको हो । यसैगरी आर्थिक घोटालामा पक्राउ परेका विज्ञको रुपमा बैङ्कको सुपरिबेक्षणमा खटिएका नेपाल राष्ट्र बैङ्कका पूर्ब कर्मचारी भुवन बस्नेतलाई भने दुई लाख रुपियाँ धरौटीमा छाड्ने आदे...
नेपाल प्रहरी श्रीमती संघ कर्णालीद्धारा मानवसेवा आश्रमका ९४ जनालाई खाना खुवाईयो

नेपाल प्रहरी श्रीमती संघ कर्णालीद्धारा मानवसेवा आश्रमका ९४ जनालाई खाना खुवाईयो

ताजा-अपडेट, मुख्य समाचार, विविध, समाज
समाचारदाता नेपालगन्ज, साउन २१ । नेपाल प्रहरी श्रीमती संघको ४१ औं वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेशले सुर्खेतको मानव सेवा आश्रममा रहनु भएका ९४ जनालाई खाना खुवाएको छ । नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशका अध्यक्ष सुमन श्रेष्ठको प्रमुख आतिथ्यतामा वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १२ निमारे सुर्खेतको मानव सेवा आश्रममा रहनु भएका ९४ जना महिला तथा पुरुषहरुलाई खाना खुवाउने कार्यक्रम सम्पन्न गरिएको संघले जनाएको छ । संघको वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएकोमा यस पटक मानव सेवा आश्रममा रहनु भएकाहरुलाई खाना खुवाईएको नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेशका अध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो । सो कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशका अध्यक्ष श्रेष्ठ लगायत कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक माधव प्रसाद श्...