समाचारदाता
नेपालगन्ज, चैत ५ । सीमावर्ती क्षेत्रमा बढ्दो मानव बेचबिखन नियन्त्रण तथा रोकथाम गर्ने उद्देश्यले बर्दियाको गुलरिया नगरपालिकामा इन्डो–नेपाल समन्वय बैठक सम्पन्न भएको छ ।
बाँके यूनेस्को क्लबको आयोजना र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सो इन्डो–नेपाल समन्वय बैठक सम्पन्न भएको हो ।
नेपाल–भारत सीमाक्षेत्रमा सक्रिय मानव बेचबिखन सञ्जाललाई कमजोर पार्न तथा सरोकारवाला निकायबीच सहकार्य र समन्वय मजबुत बनाउने उद्देश्यका साथ उक्त बैठक आयोजना गरिएको हो ।
बाँके यूनेस्को क्लबका कार्यकारी निर्देशक रवि कुमार तुलाधरको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा मधुवन नगरपालिकाकी उपप्रमुख अनिता चौधरी, राजापुर नगरपालिकाकी उपप्रमुख मनकला कुमारी चौधरी, महिला तथा बालबालिका शाखाका प्रतिनिधिहरू, जिल्ला प्रहरी कार्यालय बर्दिया, इलाका प्रहरी कार्यालय राजापुरका अधिकारीहरू तथा मानव बेचबिखन विरुद्ध काम गर्ने वि...
समाचारदाता
नेपालगन्ज, चैत ४ । बर्दियाको मधुवन नगरपालिकाले “रियल प्लान रेमेडियल कक्षा–२०८२” सम्बन्धी एक दिने संयुक्त अनुगमन तथा स्थलगत भ्रमण सम्पन्न गरेको छ ।
बाँके यूनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरिएको गल्र्स स्ट्यान्डिङ स्ट्रङ परियोजना अन्तर्गत शिक्षा शाखा मधुवन नगरपालिकाको आयोजनामा उक्त अनुगमन भ्रमण सम्पन्न गरिएको हो ।
अनुगमनको उद्देश्य रियल प्लानको प्रभावकारी कार्यान्वयनको समीक्षा गर्नु, यसको प्रभाव तथा उपलब्धि मूल्याङ्कन गर्नुका साथै विद्यालयका विज्ञान प्रयोगशाला, प्रारम्भिक बाल विकास कक्षा तथा साङ्केतिक भाषाको अभ्यासजस्ता पक्षहरूको अवलोकन गर्नु रहेको मधुवन नगरपालिकाले जनाएको छ ।
यस पहलले नगरभित्रका सबै बालबालिकाको भर्ना र टिकाउ सुनिश्चित गर्दै समावेशी र गुणस्तरीय शिक्षाको प्रवद्र्धन गर्ने प्रतिबद्धतालाई अझ सुदृढ बनाएको पनि जनाईएको छ ।
सो अनुगम...
समाचारदाता
नेपालगन्ज, चैत ४ । बाँके यूनेस्को क्लबको सहयोगमा मानव बेचबिखनका घटनामा प्रभावकारी प्रतिकार्य सुदृढ गर्ने उद्देश्यले मानवबेचविखन नियन्त्रण स्थानीय समितिको बैठक सम्पन्न गरिएको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापुर नगरपालिकासँगको समन्वयमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत सो बैठक सम्पन्न गरिएको हो ।
बैठक राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा नगर प्रमुख थारुले मानवबेचविखन गम्भीर अपराध भएको जनाउँदै यो नियन्त्रणका लागि पालिकाले हरेक प्रकारको सहयोग गर्ने बताउनुभयो ।
उहाँले मानवबेचविखन नियन्त्रण स्थानीय समितिलाई सक्षम र सुदृढ बनाएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा राजापुर नगरपालिकाका उपप्रमुख मनकला कुमारी चौधरी, नेपाल प्रहरीका प्रतिनिधिहरू, स्थानीय समितिका सदस्यहरू तथा सम्बन्धित सरकारी निकायका ...
समाचारदाता
नेपालगन्ज, फागुन ३० । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियाको मधुवनस्थित भृकुटी माध्यमिक विद्यालयमा बालअधिकार, बाल संरक्षण, समावेशी सिकाइ वातावरण तथा मानव बेचबिखन नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रमको उद्देश्य विद्यालय समुदायमा बालअधिकार र बाल संरक्षणबारे सचेतना अभिवृद्धि गर्नु, बालमैत्री, सुरक्षित र समावेशी सिकाइ वातावरण निर्माणका लागि प्रोत्साहन गर्नु तथा मानव बेचबिखन जस्ता अपराध नियन्त्रणका लागि सामूहिक प्रतिबद्धता सुदृढ गर्नु रहेको क्लबले जनाएको छ ।
सो कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, बाल क्लबका सदस्यहरू, प्रधानाध्यापक तथा अन्य सरोकारवाला व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो ।
सुरक्षा परियोजनाका कार्यक्रम संयोजक ईश्वर बीकेले अभिमुखिकरणमा सहजीकरण गर्दै बालबालिकाका मौलिक अधिकार, विद...
समाचारदाता
नेपालगन्ज, फागुन २९ । बर्दियाको बढैयाताल गाउँपालिकामा विद्यालयबाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने उद्देश्यले “विद्यालय बाहिर रहेका बालबालिकाको समावेश सुनिश्चित गर्ने निर्देशिका २०८२” सम्बन्धी दुई दिने कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ ।
कार्यक्रम बढैयाताल गाउँपालिकाको शिक्षा इकाइको आयोजनामा, बाँके युनेस्को क्लबसँग समन्वय गर्दै गल्र्स स्ट्यान्डिङ स्ट्रङ परियोजना अन्तर्गत प्लान इन्टरनेशनल नेपालको सहकार्यमा सञ्चालन गरिएको थियो ।
निर्देशिकाको मुख्य उद्देश्य गाउँपालिकाभित्रका सबै बालबालिकालाई शिक्षामा समान पहुँच सुनिश्चित गर्नु, सीमान्तकृत समुदायबीच देखिएको असमानता घटाउनु तथा विद्यालयबाहिर रहेका बालबालिकाको पहिचान, भर्ना र निरन्तरता सुनिश्चित गर्न स्थानीय सरकारको जिम्मेवारीलाई अझ प्रभावकारी बनाउनु रहेको क्लबले जनाएको छ ।
कार्यक्रम गाउँपालिकाकी उपाध्यक्ष लक्ष्...
समाचारदाता
नेपालगन्ज, फागुन २८ । बाँके यूनेस्को क्लबले बर्दिया जिल्लाको राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिकामा बाख्रा, बङ्गुर तथा स्थानीय कुखुरा पालन सम्बन्धी ३० दिने व्यवसायिक तालिम सञ्चालन गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालसँगको सहकार्यमा सञ्चालन गरेको ग्रीन इकोनोमी परियोजना अन्तर्गत सो तालिम सञ्चालन गरिएको हो ।
तालिममा मुख्यतः युवतीहरू सहित ३० जना सहभागी रहेका छन् । उनीहरूको सीप अभिवृद्धि गर्दै हरित व्यापार र सूक्ष्म उद्यममार्फत आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको क्लबले जनाएको छ ।
ठाकुरबाबा नगरपालिकामा आयोजित तालिम उद्घाटन कार्यक्रम वडा नम्बर २ का वडा अध्यक्ष कमल चपाईको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा वडा अध्यक्ष अमिन थारु, रोजगार सेवा केन्द्र प्रमुख रविन्द्र अर्याल, एमआईएस अधिकृत पुष्कर न्यौपाने लगायत स्थानीय प्रतिनिधिहरूको उपस्थिति रह...
समाचारदाता
नेपालगन्ज, फागुन १७ । निर्वाचन हुन तीन दिन मात्र बाँकी रहेको अवस्थालाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी बाँके क्षेत्र नं २ ले बृहत मोटरसाइकल र्याली प्रदर्शन गरेको छ। चुनावी सरगर्मी उत्कर्षमा पुगेका बेला गरिएको यो शक्तिप्रदर्शनले नेपालगन्जको मुख्य सडक र गल्लीहरू उत्साहले भरिएका थिए।
र्यालीमा बाँके क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार युवा नेता दिपेन्द्र बिष्टलाई गाडीको पछाडिको डालामा उभ्याइएको थियो। सयौंको संख्यामा मोटरसाइकलसहित समर्थकहरूले नेपालगन्ज परिक्रमा गर्दै नाराबाजी र अभिवादनमार्फत समर्थन व्यक्त गरेका थिए।
नेपाली कम्युनिस्ट पार्टी बाँकेको पार्टी कार्यालय नेपालगन्ज बसपार्क रोडबाट सुरु भएको र्यालीले शहरका प्रमुख चोक, बजार र आवासीय क्षेत्र परिक्रमा गरेको निर्वाचन परिचालन समितिकी संयोजक पुर्णा कुमारी सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार, र्याल...
समाचारदाता
नेपालगन्ज, फागुन १७ । विभिन्न राजनीतिक दल परित्याग गरी साढे तीन सयभन्दा बढी जेनजी युवाहरु जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेकाृ सो पार्टीको नेपालगन्ज उपमहानगर कमिटिले जनाएको छ। नेपालगन्ज उपमहानगरपालिका–५ मा आयोजित एक कार्यक्रममा उनीहरुलाई पार्टीमा स्वागत गरिएको जसपा नेपालका युवा नेता अब्दुल अजिज हलवाइले बताएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट उम्मेदवारी दिएका कमरुद्दिन राईलाई समर्थन जनाउँदै युवाहरु जसपामा आबद्ध भएको उनले जनाए। जसपाका बुथ कमिटी अध्यक्ष हल्वाईको नेतृत्वमा आयोजित कार्यक्रममा राईले नवप्रवेशी युवाहरुलाई खादा ओढाएर पार्टी प्रवेश गराए।कार्यक्रमलाई सम्बोधन गर्दै राईले पछिल्लो समय युवाहरुको आकर्षण जसपातर्फ बढ्दै गएको दाबी गरे।
उनले नेपालगन्ज उपमहानगरपालिकाको नगर उपप्रमुखको जिम्मेवारी सम्हाल्दा विभिन्न कारणले अपेक्षित विकास...
समाचारदाता
नेपालगन्ज, फागुन १४ । जनता समाजवादी पार्टी नेपालका बाँके २ का उम्मेदवार तथा नेपालगन्जका निवर्तमान उपमेयर कमरुद्दीन राइले पार्टीका केन्द्रिय अध्यक्ष मधेशीमा मसिहा उपेन्द्र यादवको नेपालगन्ज भ्रमणपछि जनताको समर्थन बृद्धि हुन गइ आफु जित नजिक पुगेको बताउनुभएको छ । उहाँले मेधश आन्दोलनका कमाण्डर नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री नेपालगन्ज र डुडुवा पुगेर चुनावी सभामा सहभागि भइ विभिन्न मतदातासंग भेटघाट गरेर गएपछि जनता समाजवादी पार्टीको लहर फेरी फर्किएको र जताततै मधेशी समुदायमा समर्थन बढेको दावी गर्नुभयो ।
मधेश आन्दोलनमा सहीद हुने भूमिका रुपमा परिचित डुडुवाले उपेन्द्र यादवकै नेतृतवमा पुन एक पटक विश्वास व्यक्त गरेकोले यस पटक पुन यो क्षेत्रमा जसपा नेपालको जित हुने निश्चित देखिएको उम्ेदवार राईको भनाई थियो । उहाँले यादवको आमसभामा सहभागि सयौं महिला पुरुषले मधेशीको अधिकार अझैपनि प्राप्त...
समाचारदाता
नेपालगन्ज, फागुन १४ । नेपाली कम्युनिष्ट पार्टीबाट बाँके २ का उम्मेदवार दिपेन्द्र विष्टको मतदाता भेटघाट र घरदैलो तिव्र रुपमा जारी छ । विहिबार उहाँले नेपालगन्ज २२ किंगरियन पुरवा पुगेर त्यहाँका विपन्न र आर्थिक रुपमा निकै पछाडी परेको समुदाय किंगरियनहरुको घरमा बसेर उनिहरुको दुख पिडा र समस्या बुझ्ने प्रयास गर्नु भएको छ । उहाँ अतिनै पिछडिएको सो बस्तीमा पुग्दा मतदातामा एउटा अनौठो उत्साह उत्पन्न भएको थियो ।
बर्षौदेखि शिक्षा र स्वास्थ्यसंगै विकास र आर्थिक रुपमा पनि पछाडी परेका किंगरियनपुरवाका स्थानीयले निर्वाचनको बेला मत माग्न आउने तर जितेर गएपछि फेरी फर्केर नआउने प्रवृतिका कारण आफुहरु सधैं पछाडी परेको गुनासो गरे । उनिहरुले गाउँबस्तीको अवस्था घर परिवारको अवस्था र बालबालिकाको अवस्था बारे स्थलगत रुपमै विष्टलाई लगेर देखाए अनि बुझाए ।
गाउँलेहरुको कुरा सुनेर उम्मेदवार विष्टले आफु अर...