बि ग्रुपद्धारा बाँकेका स्वास्थ्यकर्मीलाई पेशागत स्वास्थ्य र सुरक्षा तालिम प्रदान
समाचारदाता
नेपालगञ्ज, पुस ८ । भेरी वातावरणीय विशिष्टता समूह वि–ग्रुप बाँकेले जिल्लाका स्वास्थ्यकर्मीहरुलाई पेशागत स्वास्थ्य र सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । एमडीएम फ्रान्ससँगको साझेदारीमा बि ग्रुपद्धारा बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका र डुडुवा गाउँपालिकामा सञ्चालित “पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना” अन्तर्गत स्वास्थ्यकर्मीलाई सो तालिम दिइएको हो ।
उक्त तालिममा नेपालगञ्ज उपमहानगर स्वास्थ्य महाशाखाबाट १ जना, मनिकापुर स्वास्थ्यचौकीबाट २ जना, शहरी स्वास्थ्य केन्द्र वडा नं २ बाट २ जना, खजुरा गाउँपालिकाको स्वास्थ्य शाखाबाट १ जना, सितापुर स्वास्थ्यचौकीबाट २ जना, डुडुवा गा।पा। स्वास्थ्य शाखाबाट १ जना र हिर्मिनिया स्वास्थ्यचौकीबाट २ जना गरी ११ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
पुस ५ गते द...









