१२ चैत्र २०८२, बिहीबार

ताजा-अपडेट

डुडुवा र खजुरामा परियोजना सल्लाहकार समितिको अनुगमन तथा बैठक सम्पन्न

डुडुवा र खजुरामा परियोजना सल्लाहकार समितिको अनुगमन तथा बैठक सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, पुस ४ । बाँकेको डुडुवा र खजुरा गाउँपालिकामा स्थानीय परियोजना सल्लाहकार समितिको स्थलगत अनुगमन तथा बैठक सम्पन्न गरिएको छ । एम.डी.एम.फ्रान्स र ए.एफ.डि.को आर्थीक सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपले सञ्चालन गरेको पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत दुबै पालिकामा छुट्टा छुट्टै सो अनुगमन तथा बैठक सम्पन्न गरिएको हो । जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको अनुगमन र बैठकमा डुडुुवा गाउँपालिकामा पालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी लगायत पालिकाको स्वास्थ्य, कृषि र योजना शाखाको सहभागिता रहेको थियो । सोही प्रकारले खजुरा गाउँपालिकामा सम्पन्न बैठक र अनुगमनमा खजुरा गाउँपालिकाका प्रवक्ता धनराम वली, प्रमुख प्रशासकीय अधिकृत, कृषि अनुसन्धान केन्द्र, कृषि ज्ञान केन्द्र लगायत स्थानीय गाउँपालिकाको वि...
बर्दियाको राजापुरमा मानव बेचबिखन विरुद्ध समन्वय र सहकार्यकालागि अन्तक्र्रिया

बर्दियाको राजापुरमा मानव बेचबिखन विरुद्ध समन्वय र सहकार्यकालागि अन्तक्र्रिया

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, पुस ३ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारी तथा राजापुर नगरपालिकाको समन्वयमा मानव बेचबिखनका घटनामा प्रभावकारी समन्वयकालागि सीमा क्षेत्रमा कार्यरत जिम्मेवार निकायहरुसंग अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । सुरक्षा परियोजना अन्तर्गत आयोजित सो कार्यक्रममा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, नीति निर्माण तहका प्रतिनिधि तथा स्थानीय सरोकारवालासँग अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिएको हो । राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उप–प्रमुख मनकला कुमारी चौधरी, नेपाल प्रहरीका प्रतिनिधि, वडा अध्यक्षहरू, स्थानीय मानवबेचविखन नियन्त्रण समितिका सदस्यहरू तथा विभिन्न सरकारी निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । नेपाल प्रहरी महिला तथा बालबालिका सेवा इकाइ राजापुरकी प्रमु...
बर्दियाका युवालाई डिजिटल मार्केटिङसम्बन्धी तीनदिने क्षमता अभिवृद्धि तालिम

बर्दियाका युवालाई डिजिटल मार्केटिङसम्बन्धी तीनदिने क्षमता अभिवृद्धि तालिम

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, पुस ३ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियाको ठाकुरद्वारामा युवाहरूकालागि तीनदिने डिजिटल मार्केटिङ सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । क्लबले ग्रीन इकोनोमी परियोजना अन्तर्गत सञ्चालन गरेको तालिममा राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिकाबाट समान रूपमा १५–१५ गरी जम्मा ३० जना युवाको सहभागिता रहेको थियो । तालिमको मुख्य उद्देश्य युवाहरूलाई डिजिटल प्लेटफर्म प्रयोग गरी आफ्ना उत्पादन तथा सेवाहरूको प्रवद्र्धन, व्यवसाय विस्तार, डिजिटल सामग्री निर्माण र अनलाइन बजार व्यवस्थापनसम्बन्धी व्यावहारिक सीप प्रदान गर्नु रहेको थियो । तालिमका सहजीकरणकर्ता प्रभात खड्काले डिजिटल मार्केटिङको आधारभूत अवधारणा, हरित व्यवसायमा यसको महत्व, साधारण व्यवसायिक वेबसाइट निर्माण, फेसबुक तथा इन्स्टाग्राम बिजनेस पेज सञ्चालन, मेसेन्जर मार्केटिङ, पोस्टर, ...
बाँके युनेस्कोको सहकार्यमा बर्दियाका दुई पालिकामा संयुक्त अनुगमन 

बाँके युनेस्कोको सहकार्यमा बर्दियाका दुई पालिकामा संयुक्त अनुगमन 

ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, पुस ३ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा राधाकृष्ण थारु जनसेवा केन्द्र र बिग्रुपसँग सहकार्य गर्दै बर्दियाको मधुवन नगरपालिका तथा ठाकुरबाबा नगरपालिकामा संयुक्त अनुगमन सम्पन्न गरेको छ । अनुगमन भ्रमणको मुख्य उद्देश्य कार्यक्रम अन्तर्गत सञ्चालन भएका गतिविधिहरूको गुणस्तर र प्रभावकारिता मूल्याङ्कन गर्नु, लाभग्राहीहरूको सन्तुष्टि बुझ्नु तथा स्रोत साधनको सही उपयोगको अवस्था अध्ययन गर्नु रहेको थियो । अनुगमनका क्रममा मधुवन नगरपालिकास्थित नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयमा श्रवण अपाङ्गता भएका विद्यार्थीहरूकालागि उपलब्ध गराइएका नेपाली सांकेतिक भाषा सामग्रीको प्रयोग अवस्था अवलोकन गरिएको थियो । त्यस्तै, ठाकुरबाबा नगरपालिका–बगनाहास्थित चुरे माध्यमिक विद्यालयमा प्रदान गरिएका विज्ञान प्रयोगशाला सामग्रीको अनुगमन गर्दै विद्यालयका शिक्षक, विद्यालय...
मधुवनमा अपांगता पहिचान तथा प्रारम्भिक अवस्थासम्बन्धी तालिम सम्पन्न

मधुवनमा अपांगता पहिचान तथा प्रारम्भिक अवस्थासम्बन्धी तालिम सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, पुस १ । बर्दियाका माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूका लागि मधुवन नगरपालिकामा प्रारम्भिक अवस्था पहिचान क्षमता विकास सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय इकाई बर्दियाको समन्वयमा बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत सो तालिमको आयोजना गरिएको हो । ‎मधुवन नगरपालिका–१ मा सम्पन्न तालिममा मधुवन र गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकाका १५ वटा विद्यालयका प्रधानाध्यापकहरूको सहभागीता रहेको थियो । तालिममा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीका फोकल शिक्षक तथा पालिकाका शिक्षा शाखा प्रमुख एवं प्रतिनिधिसहित ३३ जनाको सहभागिता रहेको थियो । ‎तालिममा अपांगता भएका बालबालिकाको प्रारम्भिक अवस्था पहिचान, तथ्यांक व्यवस्थापन प्रणाली सुदृढीकरण तथा समावेशी शिक्षाको प्रभावकारी कार...
हरित अर्थतन्त्रको महत्वबारे ठाकुरबाबा र राजापुरमा अभिमुखीकरण

हरित अर्थतन्त्रको महत्वबारे ठाकुरबाबा र राजापुरमा अभिमुखीकरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, पुस १ । बाँके युनेस्को क्लबद्वारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन भइरहेको ग्रिन एकोनोमी परियोजना अन्तर्गत हरित अर्थतन्त्रको महत्व विषयक अभिमुखीकरण कार्यक्रम बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकामा सम्पन्न भएको छ । दुबै नगरपालिकामा आयोजित कार्यक्रममा २५–२५ जना सहभागी रहेका थिए । कार्यक्रममा निर्वाचित जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी तथा निजी क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रमको मुख्य उद्देश्य स्थानीय सरकार तथा निजी क्षेत्रका प्रतिनिधिहरूलाई हरित अर्थतन्त्रको अवधारणा, यसको महत्व र स्थानीय तहमा प्रयोगात्मक कार्यान्वयन बारे स्पष्ट बुझाइ प्रदान गर्नु रहेको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो । अभिमुखीकरणमा हरित अर्थतन्त्रका उत्कृष्ट अभ्यासहरू, नेपाल सरकारका विद्यमान कानुनी व्यवस्था तथा नीतिहरू, साथै नग...
बाँके युनेस्को क्लबद्वारा संस्थाको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला सम्पन्न

बाँके युनेस्को क्लबद्वारा संस्थाको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, २७ मंसिर । बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्देश्यसहित पाँचदिने संगठनात्मक रणनीति कार्यशाला सफलतापूर्वक सम्पन्न गरेको छ । बर्दियाको ठाकुरद्धारामा सम्पन्न भएको सो कार्यशालाको उदघाटन सत्रमा बोल्दै बाँके युनेस्को क्लबका अध्यक्ष परवेज अली सिद्दीकीले पाँच वर्षे रणनीतिक योजनाको महत्वबारे प्रकाश पार्नुभयो । उहाँले यो योजना केवल कागजी दस्तावेज मात्र नभई संस्थाको दीर्घकालीन दृष्टि, सामाजिक रूपान्तरण र समावेशी विकासको मार्गनिर्देशक दस्तावेज हुने प्रष्ट पार्नुभयो । क्लबका अनुसार सो कार्यशालाको मुख्य उद्देश्य प्रभावकारी सेवा प्रवाहलाई थप सुदृढ बनाउँदै विपन्न बालबालिका, सीमान्तकृत समुदाय, पिछडिएका तथा सामाजिक रूपमा उत्पीडित वर्ग, युवा महिला र युवाहरूको जीवनमा सकारात्मक र दिगो परिवर्तन ल्याउने दूरदर्शी पाँच वर्षे रणनीतिक योजना तयार गर्...
यौन तथा प्रजनन् निशुल्क स्वास्थ्य शिविरमा १४१ महिलाको स्वास्थ्य परीक्षण

यौन तथा प्रजनन् निशुल्क स्वास्थ्य शिविरमा १४१ महिलाको स्वास्थ्य परीक्षण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
११२ जनाको पाठेघरको क्यान्सर परीक्षण गर्दा २८ जनामा पोजेटिभ समाचारदाता नेपालगन्ज, मंसिर २३ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ स्थित सहरी स्वास्थ्य प्रर्वद्धन केन्द्रमा मंगलवार सञ्चालन गरिएको पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धि यौन तथा प्रजनन् स्वास्थ्य शिविरमा १४१ जना महिलाको स्वास्थ्य परीक्षण गरेर औषधी बितरण समेत गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा भेरी वातावरणीय विशिष्टता समूह बीग्रुप, ए.एफ.डी. र एम.डि.एम.फ्रान्सको सहयोगमा सोे निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । सो शिविरमा स्वास्थ्य परीक्षणकालागि आएका १४१ जना महिलामध्ये अधिकांशमा पाठेघर सम्बन्धि विभिन्न प्रकारका संक्रमण देखिनुका साथै २८ जनामा पाठेघरको मुखको क्यान्सरको शंकास्पद अवस्था देखिएको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ का संयोजक समद सिद्दिकीले बताउनुभयो । उहाँले उक्त शिविरमा ४३ जन...
अपांगता–मैत्री समाज निर्माणमा जोड

अपांगता–मैत्री समाज निर्माणमा जोड

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, मंसिर १९ । “सामाजिक प्रगतिका लागि अपांगता–समावेशी समाज प्रवद्र्धन” भन्ने अन्तर्राष्ट्रिय नाराका साथ बर्दियाको गुलरिया नगरपालिकाद्वारा आयोजित ३४औँ अन्तर्राष्ट्रिय अपांगता दिवस विभिन्न कार्यक्रमसहित सम्पन्न गरिएको छ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपाल, बेस र आइएनएफ तथा अन्य सरोकारवालासँग साझेदारी गर्दै आयोजना गरिएको सो कार्यक्रममा अपांगता मैत्री समाज निर्माणमा जोड दिईएको थियो । गुलरिया नगरपालिकाकी उप–प्रमुख सबित्रा गौतमको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा गुलरिया नगरपालिकाका वरिष्ठ अधिकृत मुकुन्दा अर्यालले विशेष सम्बोधन गर्दै अपांगता भएका व्यक्तिहरू क्षमता र योगदानमा कुनै पनि रूपमा कमजोर नभएको बताउनुभयो । उहाँले अपांगता भएका व्यक्तिहरूको अधिकार, क्षमता विकास र सशक्तिकरणका लागि पालिकाभित्र काम गर्दै आएका विभिन्न संस्थाका गतिविधिबारे जानकारी पनि ग...
बाँसगढीमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानअन्तर्गत व्यापक जनचेतना

बाँसगढीमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानअन्तर्गत व्यापक जनचेतना

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, मंसिर १३ । बाँके युनेस्को क्लबले बर्दियाको बाँसगढीमा “१६ दिने लैङ्गिक हिंसा विरुद्धको अन्तर्राष्ट्रिय अभियान” अन्तर्गत विद्यालय–आधारित विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सम्पन्न गरेको छ । क्लबले बाँसगढी नगरपालिकाको शिक्षा शाखा तथा युनेस्को नेपाल काठमाडौं कार्यालयसँगको सहकार्यमा बाँसगढी नगरपालिकाका विभिन्न विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि, सुरक्षा निकाय, विकास साझेदार तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो । बाँसगढी नगरपालिकाकी उपप्रमुख इन्दिरा चौधरीले कार्यक्रमको अध्यक्षता गर्नु भएको सो कार्यक्रममा नगर प्रमुख खड्कबहादुर खड्का प्रमुख अतिथि र नेपालका लागि युनेस्कोका प्रतिनिधि जाको डु टोइट बिशेष अतिथि रहनु भएको थियो । सो कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका सूर्यबहादुर खत्री, नगरपालिकाका प्रशासन अधिकृत नेत्रबह...