समाचारदाता
नेपालगन्ज, असार ६ । बजेटमा आफुले प्रतिनिधित्व गर्ने समुदायको सवालहरुलाई सम्बोधन गर्न जनप्रतिनिधिहरुले भूमिका निर्वाह गर्नुपर्ने शुक्रबार नेपालगन्जमा आयोजित एक कार्यक्रमका धारणा राखिएको छ ।
मधेश मानव अधिकार गृह (माहुरी होम) ले बाँकेका अल्पसंख्यक, सिमान्तकृत र दलित समुदायको अधिकारमा पहुँच अभिवृद्धिका लागि निर्वाचित कार्यपालिका सदस्यहरुलाई आयोजना दुई दिने क्षमता अभिवृद्धि तालिमका सहभागीहरुलाई संवैधानिक व्यवस्था अनुसार समुदायको प्रतिनिधित्व हुने गरेकाले बजेटमा पनि आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन सुझाव दिइएको हो ।
कार्यक्रमको अध्यक्षता गरेका माहुरी होमका निवर्तमान अध्यक्ष प्रेम चन्द जायसवालले संस्थाले उपेक्षित, सीमान्तकृत, दलित मधेशी, अल्पसंख्यक समुदायका लागि आवाज उठाउँदै उनीहरु केन्द्रित कार्यक्रम गर्दै आएका जानकारी दिएका थिए । उनले स्थानीय तह बजेट बनाउने प्रक्रियामा रहेकाले...
समाचारदाता
नेपालगन्ज, असार ५ । बर्दियाको बढैयाताल गाउँपालिकामा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणितसंग सम्बन्धि सृजनात्मक सामाग्री प्रदर्शनी सम्पन्न भएको छ ।
बांके युनेस्को क्लबले प्लान नेपालसँगक्षाे साझेदारी तथा बढैयाताल गाउँपालिकाको शिक्षा शाखाको समन्वय र सहकार्यमा साे प्रदर्शनी सम्पन्न गरेको हाे।
कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा प्रयोगात्मक शिक्षा, सिर्जनशीलता र नवप्रवर्तनको प्रवर्द्धन गर्नु रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरले बताउनुभयो ।
कार्यक्रममा १५ वटा सामुदायिक विद्यालयहरू सहभागी भएका थिए । प्रदर्शनीमा विद्यार्थीहरूले तयार पारेका नविनतम सामग्रीहरू प्रदर्शन गरिएका थिए।
बढैयातालका शिक्षा शाखा प्रमुख विश्वप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी अधिकारी प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा सामाजिक विकास ...
समाचारदाता
नेपालगन्ज, ४ असार । बर्दिया जिल्लाकाे मधुबन नगरपालिकाका तीन विद्यालयलाई बिज्ञान विषयको ल्याब सामग्री उपलव्ध गराइएको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा संचालित सशक्त बालिका परियोजना अन्तर्गत विद्यालयहरुलाई बिज्ञान विषयको सामग्री उपलव्ध गराइएको हो ।
परियोजना संयोजक तथा बाँके युनेस्को क्लबका उपनिर्देशक गोविन्द लामिछानेका अनुसार, बर्दिया मधुवन नगरपालिका वडा नं. ६ सानोश्रीको गुराँस नमूना विद्यालय, वडा नं. ४ ढोढरीको नेपाल राष्ट्रिय नमूना विद्यालय र वडा नं. १ सूर्यपटवाको त्रिभुवन माध्यमिक विद्यालयलाई प्रति बिद्यालय दुई लाख ९३ हजार बढी मूल्यका सामग्री उपलव्ध गराइएको छ ।
मधुबन नगरपालिकास्थित गुराँस माविमा भएको पहिलो औपचारिक कार्यक्रममा प्रमुख अतिथि मधुवन नगरपालिकाका मेयर तेजबहादुर भाटले प्रधान अध्यापक केशव पौडेललाई ल्याब सामग्री हस्तान्तरण गर्नुभयाे ।
कार...
समाचारदाता
नेपालगन्ज, ४ असार । प्लान इन्टरनेशन नेपालको सहयोग, गुलरिया नगरपालिकाको सहकार्य र बाँके युनेस्को क्लबको आयोजनामा बर्दियामा सञ्चालित सशक्त बालिका परियोजना कार्यक्रमका सहभागि किशोरी तथा युवतीहरुबीच दुई दिने तालिममुखी सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
तालिम तथा सिकाई आदानप्रदान कार्यक्रममा गुलरिया नगरपालिका, मधुवन नगरपालिका र बढैयाताल गाउँपालिकाका किशोरी तथा युवा क्लबहरु, धार्मिक गुरु, नागरिक समाजका अगुवा, स्थानीय जनप्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।
तालिममुखी सिकाई आदानप्रदान कार्यक्रममा कृष्ण पाण्डेले सहजीकरण गर्नुभएको थियो ।
साे कार्यक्रमकाे समापन समारोहमा सहभागिहरु सविना खान, भूमिका थारु, रत्ना सुनार र विष्णु गौतमले आआफ्नो अनुभव सुनाउँदै सिकाई आदानप्रदान निकै प्रभावकारी भएको बताउनुभएको थियो ।
कार्यक्रममा बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेजअलि स...
समाचारदाता
नेपालगन्ज, असार ३ । बर्दियाकाे ठाकुरबाबा नगरपालिका वडा नं. ९, मा स्थानीय कुखुरापालन व्यवसायका लागि युवतीहरुलाई विभिन्न सामाग्री सहयोग गरिएको छ।
बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको ग्रीन इकोनोमी परियोजनाअन्तर्गत साे सहयोग बितरण गरिएको हाे ।
३९० घण्टा स्थानीय कुखुरापालन सम्बन्धी व्यावसायिक सीप विकास तालिम सफलतापूर्वक सम्पन्न गरेका ठाकुरबाबाका १६ जना युवतीहरूलाई उक्त सहयोग प्रदान गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रबि कुमार तुलाधरले बताउनुभयो ।
उहाँका अनुसार कुखुरा पालन व्यवसाय तालिममा सहभागी प्रत्येक युवतीलाई नगद भौचर सहायता मार्फत २३ हजार ७३० रुपियाँ बराबरको सामग्री वितरण गरिएको थियो।
स्थानीय जातका कुखुरा पालनका लागि युवतीहुरुलाई स्थानीय कुखुराको चल्ला, फिडर, ड्रिंङ्गकर, डिजिटल तौल मेसिन, एप्रोन, पँजा, दाना, ब्रुडर, कुखुरे जाली, जस्ता...
समाचारदाता
नेपालगन्ज,, असार २। बाँके युनेस्को क्लबद्वारा प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरिएको ‘ग्रीन इकोनोमी परियोजना’ अन्तर्गत राजापुर नगरपालिका–४, बर्दियामा विषादी रहित तरकारी खेती व्यवसायका लागि स्टार्ट-अप अनुदान वितरण गरिएको छ।
३९० घण्टे व्यवसायिक सीप विकास तालिम सफलतापूर्वक सम्पन्न गरेका ११ जना युवतीहरूलाई क्यास भौचर असिस्टेन्स प्रणालीमार्फत जनही २३,७३० रुपैयाँ बराबरको सामग्री प्रदान गरिएको हो।
साे कार्यक्रमको मुख्य उद्देश्य युवतीहरूलाई हरियाली व्यवसायमा स्थापित गराउँदै आत्मरोजगारी र आर्थिक स्वतन्त्रता हासिल गराउने तथा सामाजिक असमानता, हिंसा र बाल विवाह न्यूनीकरणमा योगदान पुर्याउने रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरले बताउनुभयो ।
साे सहयोग वितरण कार्यक्रम क्लबका अध्यक्ष तुलाधारको अध्यक्षतामा सम्पन्न भएकाे थियो ।
कार्यक्रमका प्रमुख अतिथि राजापुर...
समाचारदाता
नेपालगन्ज, असार २ । बाँके युनेस्को क्लबद्वारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालित ‘ग्रीन इकोनोमी परियोजना’ अन्तर्गत राजापुर नगरपालिका–४ मा बेतबाँस हस्तकला व्यवसाय सञ्चालन गर्ने १४ जना युवतीलाई स्टार्ट-अप अनुदान वितरण गरिएको छ।
३९० घण्टाको व्यवसायिक सीप विकास तालिम सफलतापूर्वक सम्पन्न गरेका ती युवतीलाई क्यास भौचर असिस्टेन्स प्रणालीमार्फत जनही २३,७३० रुपैयाँ बराबरको सामग्री प्रदान गरिएको हो। बितरण कार्यक्रममा सहभागी युवतीहरूले आत्मनिर्भर बन्ने आत्मविश्वासका साथ ग्रीन व्यवसायमा संलग्न हुने उत्साह व्यक्त गरेका थिए।
कार्यक्रमको उद्देश्य आर्थिक समानता, हिंसा र बाल विवाह न्यूनीकरण गर्दै युवतीहरूलाई आत्मनिर्भर र आर्थिक रूपले सक्षम बनाउने रहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दीकीले बताउनुभयो ।
उक्त वितरण कार्यक्रम बाँके युनेस्को क्लबका अध्यक्ष ...
समाचारदाता
नेपालगन्ज , असार १ । बाँके युनेस्को क्लब र बढैयाताल गाउँपालिकाको स्वास्थ्य शाखाले प्लान इन्टरनेशनल नेपालसंगको साझेदारी तथा बढैयाताल गाउँपालिका–८ स्थित कालिका स्वास्थ्य संस्थाको समन्वयमा शसक्त बालिका परियोजनाअन्तर्गत एक दिवसीय यौन तथा प्रजनन स्वास्थ्य सेवा शिविर सम्पन्न गरिएको छ ।
किशोर–किशोरी र युवा समुहलाई लक्षित गरी आयोजित उक्त शिविरको उद्देश्य पहुँचबाट टाढा रहेका, सीमान्तकृत र जोखिममा रहेका किशोर–किशोरीहरूलाई यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श र सेवा प्रदान गर्नु रहेको थियो।
शिविरमा विशेषगरी विद्यालय बाहिर रहेका तथा संवेदनशील अवस्थाका युवाहरूलाई मानसिक स्वास्थ्य र समग्र जीवनशैलीबारे जानकारी दिइएको थियो।
कार्यक्रमको उद्घाटन बढैयाताल गाउँपालिका वडा नं. ८ का अध्यक्ष तेजनाथ पौडेलको अध्यक्षतामा सम्पन्न भयो। प्रमुख अतिथिका रूपमा गाउँ पालिकाका उपाध्यक्ष लक्ष्मी अधिकारी हुन...
समाचारदाता
नेपालगन्ज, जेठ ३१ । नेपालगन्जमा आयोजित प्रथम नगर मावि स्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फ आदर्श मा बि र पुरुषतर्फ धम्बोजी मा बि प्रथम भएका छन।
शुक्रवार नेपालगन्ज रंगशालास्थित कबर्ड हलमा सम्पन्न महिलातर्फको फाईनल खेलमा आदर्श मा.बि. ले युनाईटेड एजुकेशनल एकेडेमीलाई २५-१६, २५-१३ ले पराजित गर्दै प्रथम हुन सफल भयो। युनाईटेडले दोस्रो मै चित्त बुझायो । जय बागेश्वरी मा बि ले सगरमाथा मा. बि. लाई २५-१९, २५-१६ ले पराजित गर्दै तेस्रो भयो ।
त्यस्तै पुरुषतर्फ धम्बोजी मा. बि. ले जय जनता मा. बि. थपुवालाई २५-१६, २५-१६ ले पराजित गर्दै प्रथम भयो ।
मंगल प्रसाद मा. बि. ले युनाईटेडलाई २५-१८, २४-२६ र २५- २२ ले पराजित गर्दै तेस्रो भयो ।
दुबै इभेन्टमा प्रथम हुने टीमले नगद २० हजार, दोस्रो हुने टिमले नगद १५ हजार र तेस्रो हुने टिमले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणप...
समाचारदाता
नेपालगन्ज, जेठ ३० । ‘युवा नेतृत्व विकास र स्थानीय तहमा युवा सहभागिता ः सबैको मानव अधिकारको सुनिश्चितता’ भन्ने मुल नाराका साथ बर्दिया जिल्लामा युवा भेला सम्पन्न भएको छ ।
बाँके युनेस्को क्लबद्धारा प्लान ईन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालन गरिएको शसक्त बालिका परियोजना अन्र्तगत आयोजित सो भेलामा युवाहरुको स्थानीय तहमा बस्तीस्तरबाट योजना छनौट प्रकृया, योजनातर्जुमा प्रकृयाको सातवटा चरणहरुमा सहभागिता, भुमिका, युवा लक्षित कार्यक्रमको प्राथमिकता, स्थानयि तहमा युवाको अर्थपुर्ण सहभागिताका लागि वकालत तथा पैरवी गर्नेबारे बृहत्त छलफल भएको थियो ।
सोही प्रकारले सो भेलामा युवा क्लव र किशोरी क्लवहरुको सामुदायिक जवाफदेहिता र सामुदायिक सहभागिता, स्थानीय सरकारलाई युवामैत्री सेवा, वातावरण र कार्यढाँचा र उत्तरदायित्व र नीतिगत व्यवस्था प्रभावकारी कार्यान्वयनकालागि क्षमताअभिबृद्धि समेत गरिएको बा...