आर्थिक वर्ष शुरु भएको पाँच महिनापछि डुडुवाको बजेट र कार्यक्रम सार्वजनिक
नेपालगन्जपाटी समाचार
नेपालगन्ज, पुस ४ । डुडुवा गाउँपालिकाको चालू आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । गाउँपालिकाको सोमवार बसेको १२औं गाउँसभाले एउटा विधियेक, नीति तथा कार्यक्रम र ६५ करोड ३१ लाख ९३ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, वन तथा बातावरण, विकास निर्माण लगायतका १८ बुँदे महत्वपूर्ण नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । कन्या मुद्दती शिक्षा योजना, संस्कृत भाषा, अवधि भाषा र उर्दु भाषाको संरक्षण र संवर्द्धनको लागि मातृभाषाका गुरु शिक्षक र सहजकर्तामार्फत मातृभाषाको संरक्षण र विकासमा जोड, एसइई उत्तीर्ण डुडुवा गाउँपालिकाका सबै छात्राहरुलाई प्रति छात्रा एउटा साइकल प्रदान गरी थप अध्ययनको लागि प्रोत्साहित, बाल उद्यानको स्थापना, तलाउ तथा पोखरीको संरक्षण, पिकनिक स...









