सीमावासीसंग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत नरैनापुरमा २०० बालबालिकालाई शैक्षिक सामाग्री वितरण
समाचारदाता
नेपालगन्ज, पुस २५ । सशस्त्र प्रहरीले सीमावासीसंग सम्बन्ध बिस्तार गर्न सञ्चालन गरेको ‘सीमावासीसंग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत बाँकेको दुर्गम र कम विकसित क्षेत्र मानिने नरैनापुरको नाकामा रहेका विपन्न बालबालिकालाई शैक्षिक तथा खेलकुद सामाग्री बितरण गरिएको छ ।
नरैनापुर गाउँपालिकाको वडा नम्बर ४ स्थित नेपाल भारत नाकामा रहेको घोरदौडिया गाउँमा रहेको राष्टिय आधारभूत बिद्यालयमा अध्ययनरत २०० जना बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका प्रमुख एसपी बिमल डाँगीले बताउनुभयो ।
उहाँले ‘सीमावासीसंग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत नाका नजिकका नेपाली वासिन्दासंग छलफल, भेटघाट, अन्तरक्रिया र अन्य गतिविधी गरेर नागरिक र प्रहरीको सम्बन्ध सुदृढ पार्दै गएको जनाउँदै सोही अन्तर्गत शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको बताउन...









