बाँकेको बैजनाथमा माहुरी होमको संरक्षण परियोजनासम्बन्धी परिचयात्मक कार्यक्रम सम्पन्न
समाचारदाता
नेपालगन्ज, जेठ ३० । मधेस मानव अधिकार गृह (माहुरी होम) र पिबिआई नेपालको संयुक्त साझेदारीमा सञ्चालित “संरक्षण परियोजना” अन्तर्गत पालिकाको सरोकारवालाहरुसंग परियोजनाको परिचयात्मक कार्यक्रम बैजनाथ गाउँपालिकामा सम्पन्न भएको छ ।
बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकायको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाही प्रमुख अतिथि रहनु भएको थियो ।
प्रमुख अतिथि अध्यक्ष शाहीले लक्षित वर्गका लागि ११ वटा सञ्जाल निर्माण गरेर आवश्यक सहयोग गर्दै आइरहेको जानकारी दिनुभयो । साथै, उहाँले आगामी दिनहरूमा पनि निरन्तर सहयोग गरिरहने प्रतिबद्धता समेत सो अवसरमा व्यक्त गर्नुभयो ।
सो अवसरमा उपाध्यक्ष रोकायले महिला, अल्पसंख्यक तथा पछाडि पारिएका समुदायका बालबालिकालाई शिक्षा, स्वास्थ्य लगायत आत्मनिर्भर बनाउने विभिन्न तालिम तथा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिँदै सब...









