१७ जेष्ठ २०८३, आईतवार

विविध

बर्दियाका बालअधिकार समितिहरुलाई घट्ना व्यवस्थापन तालिम प्रदान

बर्दियाका बालअधिकार समितिहरुलाई घट्ना व्यवस्थापन तालिम प्रदान

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगञ्ज, पुस १ । बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया र राजापुर नगरपालिकाका बालअधिकार समितिलाई स्थानीयस्तरमा बालअधिकार संरक्षण र कार्य प्रवाह सम्बन्धि तालिम प्रदान गरेको छ । बर्दियाको ठाकुरद्धारामा आयोजना गरिएको सो तीन दिने तालिम क्लबद्धारा प्लान नेपालको सहयोगमा सञ्चालन गरिएको बालविवाह, चाँडै विवाह र जबरजस्ती गरिने विवाह रोकथाम परियोजना अन्तर्गत गरिएको हो । बाल अधिकार समितिलाई दिईएको सो तालिम बिशेषगरि बाल अधिकार, बाल संरक्षण र लैंगिक हिंसा सम्बन्धि क्षमता अभिबृद्धि गर्नका लागि प्रदान गरिएको क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । उहाँले स्थानीय तहको निर्वाचनपछि पुनर्गठन गरिएका बालअधिकार समितिका पदाधिकारीलाई सो तालिम दिनु आवश्यक रहेकोले दिईएको बताउनुभयो । तालिममा बाल विवाह र लैंगिक हिंसाका घट्ना व्यवस्थापन कसरी गर्ने भन्ने बरेमा विशेष फोकस गरिएको र सोही कुरा सिकाईएक...
बहुमुल्य बुद्धको मुर्ति चोरसहित विभिन्न घट्नाका अभियुक्त प्रहरीद्धारा सार्वजनिक

बहुमुल्य बुद्धको मुर्ति चोरसहित विभिन्न घट्नाका अभियुक्त प्रहरीद्धारा सार्वजनिक

ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, मंसिर २९ । ईलाका प्रहरी कार्यालय कोहलपुरले बिभिन्न अपराधिक घटनामा संलग्न अभियुक्तहरु सार्वजनिक गरेको छ । बिहिबार ईलाका प्रहरी कार्यालय कोहलपुरमा आयोजित पत्रकार भेटघाटमा प्रहरीले चोरीको धनमाल सहित पक्राउ परेका चार जना, बहुमुल्य बुद्धको मुर्तिसहित पक्राउ परेका २ जना र चोरी गरि लिएको मोटरसाईल सहित एक जनालाई सार्वजनिक गरेको हो । गत मंसिर २२ गते कोहलपुर वडा नं २ बिकासनगरमा स्थानियको घर फोडि नगद, सुनचादिका गरगहना, ल्यापटप, मोबाईल चोरीगरि फरार रहेका ध्रुवसिंह ठकुरी, नबिन बि।क। सहित दुई नाबालकलाई पक्राउ गरि चोरी मुद्धा दर्ता गरि आबश्यक अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ । त्यसैगरी मंसिर २४ गते बाँकेको राप्तिसोनारी गाँउपालिका वडा नं २ अगैयाबाट बहुमुल्य बुद्धको मुर्ति सहित पक्राउ परेका पाँचथरका झर्मेन्द्र प्रसाद रेग्मि र गोरखाका देव बहादुर मग्रातीलाई सार्वजनिक ...
बर्दियामा लैंगिक सचेतिकरण कार्यक्रम सम्पन्न

बर्दियामा लैंगिक सचेतिकरण कार्यक्रम सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगञ्ज, मंसिर २९ । बाँके युनेस्को क्लबले बर्दियामा रोजगारदाता तथा कामदारहरुविच मर्यादित कार्यको लागि लैंगिक सचेतिकरण कार्यक्रम सम्पन्न गरेको छ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्लबले संचालन गरेको पर्ल परियोजना अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो । रोजगारदाता तथा महिला र पुरुष कामदारवीच मर्यादित कार्य र लैगिंक समानताको साथै सुरक्षित वातावरण निर्माणका लागि सो सचेतिकरण कार्यक्रम सम्पन्न गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँले लैंगिक समानता नहुँदा विशेषगरि महिलालाई विभिन्न समस्या आउने गरेकोले त्यस्ता समस्या नआउन भन्ने उदेश्य सो कार्यक्रमको रहेको बताउनुभयो । बर्दिया जिल्लाका विभिन्न पालिकामा यस्ता सचेतिकरण कार्यक्रमहरु भैरहेको क्लबका अध्यक्ष रवि कुमार तुलाधरले बताउनुभयो । रोजगगारस्थलमा कार्यरत महिला पुरुष कामदारहरु बिच समान व्यवहार र सम...
किशोर किशोरीको सक्रियताले बर्दियामा ५५ वटा बालविवाह रोकिए

किशोर किशोरीको सक्रियताले बर्दियामा ५५ वटा बालविवाह रोकिए

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
सिराज खान बर्दिया, मंसिर २४ । बर्दिया मधुवन नगरपालिका २ की सन्जु चौधरी ( नाम परिवर्तन ) को १४ वर्षकै उमेरमा हुन लागेको विवाह किशोरी सञ्जालमा आवद्ध किशोरीहरुले प्रहरी बोलाएरै रोक्न लगाए । उनिहरुले आफ्नै गाउँमा एक बालिकाको विवाह हुन थालेको सुचना पाएपछि प्रहरीको सहयोग लिएर सो विवाह रोक्न लगाएका हुन् । १४ वर्षिया चौधरीको विवाह रोकिएपछि अहिले उनि खुशी छन् । उनले आफ्नो अध्ययनलाई निरन्तरता दिएकी छन् । ‘पढेर केही बन्ने सपना बोकेकी थिए, तर घरकाले नै सानै उमेरमा विवाह गर्न खोजेकोमा विरोध गर्दा पनि केही लागेन । गाउँका अन्य किशोरीले थाहा पाएर मलाई जोगाए’– चौधरीले भनिन् । लुम्बिनी प्रदेशमै धेरै बालविवाह हुने जिल्ला मध्ये एक बर्दियामा सचेतना बढेपछि बालविवाह रोकिन थालेका छन् । सरकारी र गैर सरकारी विभिन्न निकायको सहकार्यमा सबै पालिकामा किशोर किशोरी सञ्जाल, संयुक्त सञ्जाल, प्रहरी र न्यायीक समिति सक्रिय ...
बर्दियाको ठाकुरबाबामा युनेस्को क्लबद्धारा अभिमुखिकरण सम्पन्न

बर्दियाको ठाकुरबाबामा युनेस्को क्लबद्धारा अभिमुखिकरण सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, मंसिर २४ । बाँके युनेस्को क्लबले मर्यादित कार्यका लागि नेपाल सरकारको श्रम कानुनको प्रभावकारी कार्यान्वयनका लागि सेवा प्रदायक संस्थाहरुलाई बर्दियामा अभिमुखिकरण कार्यक्रम गरेको छ । बर्दियाको ठाकुरबाबा नगरपालिकामा आयोजना गरिएको सो अभिमुखिकरण कार्यक्रम प्लान नेपालको सहयोगमा सञ्चालित पर्ल परियोजना अन्तर्गत सम्पन्न गरिएको क्लबले जनाएको छ । अधिवक्ता राम कुमार चौधरीले सहजीकरण गर्नु भएको सो अभिमुखिकरणमा श्रम ऐन २०७४ का विविध प्रावधान र कार्यान्वयनका अवस्थाका बारेमा व्यापक छलफल भएको क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । कार्यक्रममा छलफल गर्दै सहभागिहरुले ऐनमा उल्लेख भएका कतिपय कुराहरु हाल कार्यान्वयनमा रहेको र कतिपय कुराहरु कार्यान्वयनमा नरहेकोले कार्यान्वयनका लागि पहल गर्नु पर्ने निष्कर्श निकालेका थिए । कार्यक्रममा उठेका विभिन्न जिज्ञासा र प्रश्नहरुको जवाफ सहजकर्ता ...
बर्दियामा बालविवाह विरुद्धको सचेतना बढ्यो, घटे बालविवाह

बर्दियामा बालविवाह विरुद्धको सचेतना बढ्यो, घटे बालविवाह

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
सिराज खान बर्दिया, मंसिर २४ । ‘मैले लहलहमै लागेर बालविवाह गर्न लागेको थिए, तर मलाई मेरा केही साथी र गाउँका अन्य महिलाले त्यस्तो गर्न दिनु भएन । रोक्नु भयो । मन पराएको केटासंग विवाह गर्न नपाउँदा शुरुमा त धेरै रिस उठेको थियो । उनिहरुलाई तथानाम गाली गरे । अहिले आएर बल्ल थाहा पाए, त्यो त गैर कानुनी पो रहेछ । उमेर पुगेपछि मात्रै विवाह गर्नु पर्ने रहेछ । अहिले म आफै उमेर नपुगेको विवाह न गर्न अरु साथिहरुलाई सम्झाउँदै हिडेको छु ।’– यो भनाई हो बर्दिया गुलरिया नगरपाकिा ६ निवासी १४ वर्षिया बालिका निरु चौधरी ( नाम परिवर्तन ) को । ‘मेरो विवाह घर परिवारकै सहमतिमा २१ वर्षिय केटासंग हुन लागेको थियो । सबै तयारी भैसकेको थियो । विवाहको मिति भन्दा दुई दिन अघि घरमा नजिकका दिदिहरु आएर उमेर नपुगेकोले विवाह नगर्न परिवारलाई दवाव दिए । परिवारले नमानेपछि प्रहरीलाई घरमा ल्याएर उनिहरुले सो विवाह रोकिदिए ।’– यो भनाई ...
समाज कल्याण परिषदद्धारा बाँकेमा कतार च्यारिटिका कार्यक्रम अनुगमन

समाज कल्याण परिषदद्धारा बाँकेमा कतार च्यारिटिका कार्यक्रम अनुगमन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, मंसिर २२ । समाज कल्याण परिषद्को एक टोलीले बाँकेका विभिन्न स्थानमा कतार च्यारेटिको सहयोगमा बाँके युनेस्को क्लबले सञ्चालन गरेका कार्यक्रमहरुको स्थलगत अनुगमन गरेको छ । समाज कल्याण परिषदका वरिष्ठ अधिकारी धनपति खरेलको नेतृत्वमा रहेको खानेपानी तथा सरसफाई मन्त्रालयका डिलमान शाक्यसहितको सो टोलीले जिल्लाको नरैनापुर, नेपालगञ्ज र खजुरामा पुगेर विभिन्न कार्यक्रमको अनुगमन गरेको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । कतार च्यारिटि नेपालका निर्देशक इरशाद अली शेख, कार्यक्रम संयोजक केफास महर्जन र पत्रकारहरु समेत संलग्न परिषदको सो अनुगमन टोलीले सबैभन्दा पहिले नरैनापुर गाउँपालिकाको प्राथमिक स्वास्थ्य सेवा (पीएचसी) मा पुगेर कतार च्यारिटीले त्यहाँ दिएको स्वास्थ्य उपकरणको प्रयोग र त्यसको परिणाम बारे छलफल गर्नुका साथै अस्पतालको अनुगमन गरेको थियो । सो अवसरमा नरैनापुरको स...
बयर टिप्न जाँदा राप्तीमा डुबेका दुई युवतीको शव भेटियो

बयर टिप्न जाँदा राप्तीमा डुबेका दुई युवतीको शव भेटियो

ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर १८ । शनिवार राप्ती नदीमा डुबेर बेपत्ता भएका राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुर डाँडा टेपरीका दुई जना युवतीको शव आइतवार विहान भेटिएको छ । शनिवार बयर टिप्न गएका राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुर डाँडा टेपरी निवासी २२ वर्षीया कञ्चन थारु र १३ वर्षीया अर्चना थारु फर्किने क्रममा राप्ती नदीमा डुबेर बेपत्ता भएका थिए । बेलुकासम्म पनि उनिहरुको खोजी गर्दा नभेटिएकोमा आइतवार विहान डुबेको ठाउँबाट डेढ किलोमिटर दक्षिणतर्फ नदीमा दुबै युवतीको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बयर टिप्न गाउँका ७ जना युवती गएका थिए । ति मध्ये नदीमा पाँच जना पौडी खेलेर बाँच्न सफल भएपनि दुई जना वेपत्ता भएका थिए । नदीमा डुबेर बेपत्ता भएका दुबै युवतीको शव प्रहरी र स्थानीय बासिन्दाले खोजी गर्दै जाँदा फेला पारेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृतक दुबै...
बाँके युनेस्कोद्धारा बर्दियाका १२० युवा महिलालाई सिप विकास तालिमको तयारी

बाँके युनेस्कोद्धारा बर्दियाका १२० युवा महिलालाई सिप विकास तालिमको तयारी

अर्थ, ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, विविध
समाचारदाता नेपालगञ्ज, मंसिर १७ गते । बर्दिया जिल्लाको गुलरिया र ठाकुरबाबा नगरपालिकाका १२० जना १८ वर्ष देखि २४ वर्षका युवा महिलाहरुको आर्थिक शसक्तिकरणका लागि सिप विकास तालिम सञ्चालन गर्ने तयारी गरिएको छ । प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लवले सञ्चालन गरेको युवा महिलाको आर्थिक शसक्तिकरण तथा रोजगार प्रवद्धन कार्यक्रम अन्तर्गत छनोटमा परेका १२० जना महिलालाई सिप विकास तालिम दिन लागिएको हो । बेरोजगार महिलालाई तालिम दिएर व्यवसाय संचालन गर्न तथा स्वरोजगार बनाउनका लागि क्लवले युवा महिलाको आर्थिक शसक्तिकरण तथा रोजगार प्रवद्धन कार्यक्रम संचालन गरिरहेको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । उहाँले छनोटमा परेका १२० जना महिलाले विभिन्न किसिमका व्यवसायहरु छनौट गरेकोले उनिहरुलाई सोही प्रकारको सिप विकास तालिम प्रदान गरिने बताउनुभयो । महिलाहरुले सेक्युरिटीगार्ड, ड्राईभ...
बिना बर्दिका नागरिकको शान्ति सुरक्षामा महत्वपूर्ण भुमिका–प्रहरी महानिरीक्षक सिंह

बिना बर्दिका नागरिकको शान्ति सुरक्षामा महत्वपूर्ण भुमिका–प्रहरी महानिरीक्षक सिंह

ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी डेस्क नेपालगञ्ज, मंसिर १६ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिना बर्दिका नागरिकहरुको पनि शान्ती सुरक्षा कायम गर्ने सवालमा महत्वपूर्ण भुमिका रहने बताउनु भएको छ । शुक्रवार जिल्ला प्रहरी कार्यालय दाङको निरीक्षण भ्रमण तथा निर्देशन कार्यक्रममा बोल्दै उहाँले नागरिक र प्रहरी मिलेर नै बलियो शान्ती सुरक्षा कायम गर्न सकिने बताउनुभयो । समाजमा अपराधका स्वरुपहरु फेरिदै गएकाले अपराध नियन्त्रण गर्न प्रहरीलाई आधुनिक प्रबिधी मैत्री बनाउनु पर्ने प्रहरी महानिरीक्षक सिंहको जोड छ । कानुन कार्यान्वयनले नै समाजमा दण्डहिनता अन्त्य हुने भन्दै उहाँले प्रहरीलाई कुनै पनि प्रलोभनमा नपरेर नागरिकलाई राज्य भएको महसुस हुने गरि न्याय निरुपण गर्नुपर्ने बिचार ब्यक्त गर्नुभयो । पछिल्लो समय साइबरबाट हुने अपराध बढेकाले यसलाई न्युनिकरण गर्न प्रहरी नयाँ प्रबिधी अपनाउनु पर्ने उहाँले बताउनुभयो ।...