२ माघ २०८२, बिहीबार

विविध

बयर टिप्न जाँदा राप्तीमा डुबेका दुई युवतीको शव भेटियो

बयर टिप्न जाँदा राप्तीमा डुबेका दुई युवतीको शव भेटियो

ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर १८ । शनिवार राप्ती नदीमा डुबेर बेपत्ता भएका राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुर डाँडा टेपरीका दुई जना युवतीको शव आइतवार विहान भेटिएको छ । शनिवार बयर टिप्न गएका राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुर डाँडा टेपरी निवासी २२ वर्षीया कञ्चन थारु र १३ वर्षीया अर्चना थारु फर्किने क्रममा राप्ती नदीमा डुबेर बेपत्ता भएका थिए । बेलुकासम्म पनि उनिहरुको खोजी गर्दा नभेटिएकोमा आइतवार विहान डुबेको ठाउँबाट डेढ किलोमिटर दक्षिणतर्फ नदीमा दुबै युवतीको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बयर टिप्न गाउँका ७ जना युवती गएका थिए । ति मध्ये नदीमा पाँच जना पौडी खेलेर बाँच्न सफल भएपनि दुई जना वेपत्ता भएका थिए । नदीमा डुबेर बेपत्ता भएका दुबै युवतीको शव प्रहरी र स्थानीय बासिन्दाले खोजी गर्दै जाँदा फेला पारेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृतक दुबै...
बाँके युनेस्कोद्धारा बर्दियाका १२० युवा महिलालाई सिप विकास तालिमको तयारी

बाँके युनेस्कोद्धारा बर्दियाका १२० युवा महिलालाई सिप विकास तालिमको तयारी

अर्थ, ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, विविध
समाचारदाता नेपालगञ्ज, मंसिर १७ गते । बर्दिया जिल्लाको गुलरिया र ठाकुरबाबा नगरपालिकाका १२० जना १८ वर्ष देखि २४ वर्षका युवा महिलाहरुको आर्थिक शसक्तिकरणका लागि सिप विकास तालिम सञ्चालन गर्ने तयारी गरिएको छ । प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लवले सञ्चालन गरेको युवा महिलाको आर्थिक शसक्तिकरण तथा रोजगार प्रवद्धन कार्यक्रम अन्तर्गत छनोटमा परेका १२० जना महिलालाई सिप विकास तालिम दिन लागिएको हो । बेरोजगार महिलालाई तालिम दिएर व्यवसाय संचालन गर्न तथा स्वरोजगार बनाउनका लागि क्लवले युवा महिलाको आर्थिक शसक्तिकरण तथा रोजगार प्रवद्धन कार्यक्रम संचालन गरिरहेको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । उहाँले छनोटमा परेका १२० जना महिलाले विभिन्न किसिमका व्यवसायहरु छनौट गरेकोले उनिहरुलाई सोही प्रकारको सिप विकास तालिम प्रदान गरिने बताउनुभयो । महिलाहरुले सेक्युरिटीगार्ड, ड्राईभ...
बिना बर्दिका नागरिकको शान्ति सुरक्षामा महत्वपूर्ण भुमिका–प्रहरी महानिरीक्षक सिंह

बिना बर्दिका नागरिकको शान्ति सुरक्षामा महत्वपूर्ण भुमिका–प्रहरी महानिरीक्षक सिंह

ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी डेस्क नेपालगञ्ज, मंसिर १६ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिना बर्दिका नागरिकहरुको पनि शान्ती सुरक्षा कायम गर्ने सवालमा महत्वपूर्ण भुमिका रहने बताउनु भएको छ । शुक्रवार जिल्ला प्रहरी कार्यालय दाङको निरीक्षण भ्रमण तथा निर्देशन कार्यक्रममा बोल्दै उहाँले नागरिक र प्रहरी मिलेर नै बलियो शान्ती सुरक्षा कायम गर्न सकिने बताउनुभयो । समाजमा अपराधका स्वरुपहरु फेरिदै गएकाले अपराध नियन्त्रण गर्न प्रहरीलाई आधुनिक प्रबिधी मैत्री बनाउनु पर्ने प्रहरी महानिरीक्षक सिंहको जोड छ । कानुन कार्यान्वयनले नै समाजमा दण्डहिनता अन्त्य हुने भन्दै उहाँले प्रहरीलाई कुनै पनि प्रलोभनमा नपरेर नागरिकलाई राज्य भएको महसुस हुने गरि न्याय निरुपण गर्नुपर्ने बिचार ब्यक्त गर्नुभयो । पछिल्लो समय साइबरबाट हुने अपराध बढेकाले यसलाई न्युनिकरण गर्न प्रहरी नयाँ प्रबिधी अपनाउनु पर्ने उहाँले बताउनुभयो ।...
बालबालिका र युवाको संरक्षणनीति बारे ठाकुरद्धारामा दुई दिने कार्यशाला

बालबालिका र युवाको संरक्षणनीति बारे ठाकुरद्धारामा दुई दिने कार्यशाला

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, मंसिर १५ । बालबालिका र युवाको संरक्षणनिति बारे छलफल गर्न र जानकारी गराउन बर्दियाको ठाकुरद्धारामा दुई दिने कार्याशाला सम्पन्न गरिएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल र बाल संरक्षण परियोजना अन्तर्गत बालबालिका तथा युवाको संरक्षण नीति सम्बन्धी दुई दिने कार्यशाला ठाकुरद्वारामा सम्पन्न गरिएको हो । बाँके युनेस्को क्लबको व्यवस्थापन समितिलाई दिइएको सो दुईदिने तालिममा क्लबको बोर्डका पदाधिकारी र सदस्य तथा बालसंरक्षण कार्यक्रम एवं पर्ल परियोजना अन्तर्गतका कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यशालामा विभिन्न संरक्षण सम्बन्धी बिषय जस्तै सुरक्षा नीति, बालबालिकाको दृष्टिकोण, बाल दुव्र्यवहारको समस्या, व्यक्तिगत मूल्य र मनोवृत्ति लगायतका बारेमा गहन छलफल भएको र जानकारी गराईएको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्...
मानव बेचविखन रोक्न नेपाल र भारतविच सहकार्य र समन्वय गरिने

मानव बेचविखन रोक्न नेपाल र भारतविच सहकार्य र समन्वय गरिने

ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर १४ । यहाँस्थित नेपाल भारत नाकाको प्रयोग गरेर लामो समयदेखि भैरहेको मानवबेचविखन रोक्न दुबै देशका सम्बन्धित अधिकारी र संघसंस्थाविच सहमति बनेको छ । प्लान नेपालको आर्थिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकासंगको सहकार्यमा बाँके युनेस्को क्लवले नेपालगञ्जमा आयोजना गरेको बेचविखनका बिरुद्ध क्रशबोर्डर अन्तरक्रिया तथा अनुभव आदानप्रदान बैठकमा सो सहमति बनेको हो । मानव बेचखिनकाबिरुद्ध सक्रिय नेपाल–भारतका सुरक्षा अधिकारी र सामाजिक संघसंस्थाहरुले बेचविखनको जोखिममा परेकालाई उद्दार गर्न र जोखिमबाट जोगाउनको लागि संयुक्त पहलका साथै सहकार्यका साथ काम गर्ने सहमति बनेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । उहाँले दुबै देशका प्रहरी, विभिन्न संघसंस्थाका प्रतिनिधि र स्थानीय सरकारका प्रतिनिधिविच मानवबेचविखन रोक्न सहकार्य र सहयोग आदान प्रदान गरेर...
बाँके युनेस्कोद्धारा मानवबेचविखन रोकथामका लागि समन्वय बैठक र छलफलको आयोजना

बाँके युनेस्कोद्धारा मानवबेचविखन रोकथामका लागि समन्वय बैठक र छलफलको आयोजना

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर ११ । बाँके युनेस्को क्लबले नेपालगञ्जमा आइतवार मानवबेचविखन रोकथामका लागि विभिन्न सरोकारवाला निकायको उपस्थितिमा समन्वय तथा छलफल कार्यक्रमको आयोजना गरेको छ । प्लान इन्टरनेसनल नेपालको सहकार्यमा क्बलले सञ्चालन गरेको रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण परियोजना अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो । बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीका अनुसार सो समन्वय तथा छलफल कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद रिजाल, महिला बालबालिका शाखाका छैटौं तहका अधिकृत आशा शाही, सुरक्षा निकायका प्रतिनिधि र नागरिक समाजका संस्थाहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजालले मानवबेचविखन रोकथामका लागि छुट्टै बजेट विनियोजन आवश्यक रहेकोमा जोड दिनुभयो । महिला बालबा...
बम बनाउने क्रममा विष्फोट हुँदा विप्लवका दुई कार्यकर्ता घाइते

बम बनाउने क्रममा विष्फोट हुँदा विप्लवका दुई कार्यकर्ता घाइते

ताजा-अपडेट, मुख्य समाचार, विविध
जनतामा त्रास फैलाएर निर्वाचन विथोल्ने उदेश्यले बम बनाईएको आशंका नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, कात्तिक ३० । निर्वाचनमा केही दिन मात्र बाँकी रहँदा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरस्थित दिवाकर बिक्रम मल्लको घरमा बम बनाउने क्रममा प्रेसर कुकर बम बिस्फोट भएको छ । बुधबार राती करिब साढे आठ बजेतिर मल्लको घरमा विद्यार्थिले भाडामा लिएको कोठामा बम बिस्फोट भएको थियो । नेत्र बिक्रम चन्द नेतृत्वको विप्लप समुहका कार्यकर्ताले सो कोठामा बम बनाउने क्रममा बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उक्त बिस्फोटमा परेर विप्लव समुहका विद्यार्थी संगठनका जिल्ला अध्यक्ष सल्यान निवासी डिल्ली बहादुर डिसी क्षेत्री र उक्त संगठनका कार्यकर्ता कैलाली निवासी धर्मराज बडुवाल घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिनुभयो । प्रहरीका अनुसार ...
भारतको बहराईच र श्रावस्तीका  डीएम र एसपी लगायत एसएसबीका अधिकारी नेपालगञ्जमा, सुरक्षा बैठक जारी

भारतको बहराईच र श्रावस्तीका डीएम र एसपी लगायत एसएसबीका अधिकारी नेपालगञ्जमा, सुरक्षा बैठक जारी

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
सिराज खान नेपालगन्ज, कात्तिक २३ । मंसिर ४ गते नेपालमा हुने आम निर्बाचनलाई लिएर भारतीय सीमाबर्ति क्षेत्रको सुरक्षा ब्यबस्थालाई प्रभाबकारी बनाउने बिषयमा छलफल गर्न नेपाल र भारतका सीमाबर्ति जिल्लाका सुरक्षा अधिकारीहरुको समन्बय बैठक नेपालगन्जको पाँच तारे होटल सोल्टी वेस्टर्न प्रिमियरमा चलिरहेको छ । बैठकमा नेपाल तर्फबाट बाके र बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी , शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान बिभागका जिल्ला प्रमुखहरु र भारतिय सीमाबर्ति जिल्ला बहराइच र श्राबस्ती जिल्लाका प्रमुख जिल्ला अधिकारी अर्थात डिएम, प्रहरी प्रमुख अर्थात कप्तान सहित एसएसबीका उच्च अधिकारीहरु सहभागी हुनुहुन्छ । आम निर्बाचनका बेला सीमा क्षेत्रको सुरक्षा ब्यबस्था प्रभाबकारी बनाउने र निर्बाचनको मतदानका बेला सिमा नाका बन्द गर्ने लगायत लागुऔषध नियन्त्ररण, साना हतियार र बिस्फोटक पदार्थको ओसारपसार, अपर...
पुर्वमन्त्री ईश्तियाक राईले शिलान्यास गरेका दुई योजनाको काम शुरु

पुर्वमन्त्री ईश्तियाक राईले शिलान्यास गरेका दुई योजनाको काम शुरु

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
अन्य योजनाको पनि केही दिनमै काम शुरु हुने जानकारी नेपालगञ्जपाटी विशेष समाचार नेपालगञ्ज, कात्तिक २० । पछिल्लो पटक निकै कम समयका लागि मन्त्री बन्ने अवसर पाएका बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले एकपछि अर्कोगरि युद्धस्तरमा आफ्नो क्षेत्रका लागि दर्जन बढी बिकासका योजनाहरु तयार पार्नुभयो । विभिन्न योजनाहरु तयार भै बजेट पारित भैसकेपछि मन्त्री बन्ने अवसर पाएपनि पुर्वमन्त्री राईले रातदिन नभनि निरन्तर खटिएर आफ्नो क्षेत्रका लागि के के र कसरी गर्न सकिन्छ भन्ने गहिरिएर अध्ययन गर्नुभयो । भौतिक पुर्वाधार मन्त्रालयद्धारा तयार गरिएका विभिन्न योजनाहरुको सुक्ष्म तरिकाले अध्यन गर्दै बाँके क्षेत्र नम्बर २ का लागि के के गर्न सकिन्छ भन्ने छलफल मन्त्रालयका वरिष्ठ कर्मचारीहरुसंग चलाउनुभयो । जसको फलस्वरुप मन्त्रीले चलाउन सक्ने र स्थानान्तरण गर्न सक्ने विभिन्न बजेट बारे पत्ता लगाएर सो बज...
त्रिभुवन चोकमा केही युवकले हवाई फायर गरेर भागे, पहिचान भैसकेको र पक्राउ गरिने प्रहरीको भनाई

त्रिभुवन चोकमा केही युवकले हवाई फायर गरेर भागे, पहिचान भैसकेको र पक्राउ गरिने प्रहरीको भनाई

ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगञ्ज, कात्तिक ७ । नेपालगञ्जमा दुई पक्षविच वादविवाद भएपछि केही युवाले हवाई फायर गरेर भागेको जनाईएको छ । स्थानीय त्रिभुवन चोकको पुर्व लाइनमा आइतवार राती करिब १२ बजेको समयमा एकजना युवकसंग चार पाँच जनाको विवाद भएको र सो बढ्दै गएपछि विवाद गर्ने युवालाई स्थानीयले घेराउ गर्दा उनिहरुले पेस्तोल झिकेर हवाई फायर गरेर भागेको जनाईएको छ । निर्वाचनको बेलामा यसरी युवाहरुले पेस्तोल बोकेर हिंडदा सुरक्षामा ठुलो चुनौती उत्पन्न भएको छ । त्यसैपनि निकै संवेदनशिल मानिने बाँकेको निर्वाचन अघि यस्ता अपराधिक घट्ना हुनुले सुरक्षा व्यवस्थामा कडाई हुनुपर्ने आवश्यकताको बोध गराएको छ । बाँके प्रहरीका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगरले घट्नाको पुष्टि गर्दै हवाई फायर गर्नेहरुको पहिचान भैसकेकोले छिटै पक्राउ पर्ने बताउनुभयो । उहाँले सो घट्ना बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाउँदै यसरी हतियार बोकेर हिड्ने...