२ माघ २०८२, बिहीबार

अर्थ

डेन्टल चियर साइड सहायक तालिम लिएर क्लिनिकमा व्यस्त राजापुरकी आकृति चौधरी

डेन्टल चियर साइड सहायक तालिम लिएर क्लिनिकमा व्यस्त राजापुरकी आकृति चौधरी

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगन्ज, भदौ ७ । बर्दियाको राजापुर टपरा निवासी आकृति चौधरीको दिनचर्या अहिले पुरै फेरिएको छ ।  दिनभरी घर र खेतबारीको काम गरेर समय बिताउने चौधरी अहिले बिहानदेखि बेलुकासम्म सर्वसाधारणको दाँत उपचारका व्यस्त हुनुहुन्छ । विहान १० बजेदेखि बेलुका ६ बजेसम्म राजापुर–टपरामा रहेको टपरा डेन्टल क्लिनिकमा डा. दिपेश धमलासंगै दाँतका बिरामीको उपचार सहयोगमा अहिले चौधरीको समय बित्ने गरेको छ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालित पर्ल परियोजना अन्तर्गत आकृतिले तीन महिनाको डेन्टल चियर साइड सहायक तालिम लिएपछि उहाँको पेशागत जीवनको नयाँ अध्याय सुरु भएको हो । टपरा डेन्टल क्लिनिकमा सहायकका रूपमा ६ महिनाअघि मात्र काम सुरु गर्नु भएकी चौधरीले छोटो समयमै आफ्नो समर्पण, अनुशासन र आत्मविश्वासका कारण पेशागत दक्षता प्रदर्शन गर्न सक्षम भएको डा.धमलाले बताउनुभयो । आकृ...
कर्णाली बैंक घोटाला ः वडाअध्यक्षदेखि चिकित्सक र अडिटर गरेर १०३ फरार

कर्णाली बैंक घोटाला ः वडाअध्यक्षदेखि चिकित्सक र अडिटर गरेर १०३ फरार

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, साउन २३ गते । कर्णाली डेभलपमेन्ट बैंकको घोटालामा फरार सूचिमा रहेका १०३ जना मध्ये बैंकका उच्च कर्मचारी, सञ्चालक, राजनितक दलका नेताहरु, चिकित्सक र लेखा परिक्षकहरु समेत रहेका छन् । फरार सूचिमा रहेकाहर मध्ये बैंकका अध्यक्ष डा. ओम प्रकाश मिश्र, पूर्व प्रमुख कार्यकारी अधिकृतहरु दिनेश कुमार रावत, निरज बिक्रम शाह र बिष्णु प्रसाद कक्षपति, बैंकका पूर्व नेपालगन्ज शाखा प्रमुख दिपा थापा रहेका छन् । सोही प्रकारले डुडुवा गाउँपालिका वडा नम्बर ६ का बहालवाला वडा अध्यक्ष मोहनराम मिश्र, वरिष्ठ चिकित्सक डा. उषा राणा शाह, राजनितिक दलका नेताहरु ओम प्रकाश आजाद र ओम प्रताप राणा पनि फरार सूचिमा रहेको जनाईएको छ । यसैगरि लेखापरिक्षकहरु विनम कुमार श्रेष्ठ, भुवन प्रसाद गैरे, तुलाराम कुर्मी, केशव प्रसाद न्यौपाने र शुरेशचन्द्र श्रेष्ठ पनि सो बैंक घोटालामा फरार सुचिमा रहेका छन् । बैंकमा घोटा...
कर्णाली बैंक घोटालामा राय, मिश्र र ठकुरीलाई जेल पठाईयो, राष्ट बैंकका पूर्व कर्मचारी बस्नेतलाई धरौटीमा छोड्न आदेश

कर्णाली बैंक घोटालामा राय, मिश्र र ठकुरीलाई जेल पठाईयो, राष्ट बैंकका पूर्व कर्मचारी बस्नेतलाई धरौटीमा छोड्न आदेश

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, साउन २२ । नेपालगञ्जमा प्रधान कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैँक लिमिटेडमा भएको आर्थिक घोटालामा पक्राउ परेका पूर्ब सञ्चालक र कर्मचारी तीन जनालाई उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलाशले पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर रायसहित पूर्ब अध्यक्ष पशुपतिदयाल मिश्रा र वित्त शाखा प्रमुख बेदप्रकाशसिंह ठकुरीलाई उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलाशले बुधबार पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका सूचना अधिकारी बलबहादुर बिष्टले जानकारी दिनुभयो । न्यायाधीश चन्द्रबहादुर सारु र पुनमसिंह चन्दको संयुक्त ईजलाशले बुधबार राती यस्तो आदेश गरेको हो । यसैगरी आर्थिक घोटालामा पक्राउ परेका विज्ञको रुपमा बैङ्कको सुपरिबेक्षणमा खटिएका नेपाल राष्ट्र बैङ्कका पूर्ब कर्मचारी भुवन बस्नेतलाई भने दुई लाख रुपियाँ धरौटीमा छाड्ने आदे...
बिद्यालय पोशाक पनि सीमापारीबाट ल्याउँदा व्यवसाय धराशायी भयो – सिलाई व्यवसायी

बिद्यालय पोशाक पनि सीमापारीबाट ल्याउँदा व्यवसाय धराशायी भयो – सिलाई व्यवसायी

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगन्ज, असार २६ गते । विद्यार्थिको पोशाक समेत भारतबाट ल्याउने कार्य भइरहेकोले आफुहरुको पेशामा ठुलो प्रभाव परेको जनाउँदै नेपाल कपडा तथा सिलाई व्यवसायी संघ बाँकेले सो तत्काल रोक्नुपर्ने माग गरेको छ । सीमापारीबाट कमिशन लिएर विद्यार्थिको पोशाक झिकाउने कार्य भइरहेकोले व्वयसायनै धराशायी भएकोले तत्काल सो कार्य रोक्नुपर्ने लगायतका माग गरेर जिल्ला प्रशासन कार्यालयमा ज्ञापन बुझाईएको नेपाल कपडा तथा सिलाई व्यवसायी संघ बाँकेका अध्यक्ष कल्पना पुनले बताउनुभयो । उहाँले विद्यालय पोशाक पनि भारतबाटै सिलाएर ल्याउने कार्य हुन थालेको जनाउँदै सो को बिरोधमा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई १४ बुँदे ज्ञापन पत्र बुझाएको बताउनुभयो । नेपाल कपडा तथा सिलाई व्यवसायी संघद्धारा बाँकेका प्रमुख जिल्ला अधिकारीलाई बुझाएको १४ बुँदे ज्ञापन पत्रमा बाँकेका सरकारी विद्यालय तथा क्याम्पस साथै निजी विद्य...
तस्करी घट्दा नेपालगन्ज नाकाबाट चिनी र चामलको आयातमा अत्यधिक बृद्धि

तस्करी घट्दा नेपालगन्ज नाकाबाट चिनी र चामलको आयातमा अत्यधिक बृद्धि

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगन्ज, असार २३ गते । लामो समयदेखि चिनी र चामलको अवैध आयात र तस्करी ठुलो परिमाणमा हुँदै आएको यहाँस्थित जमुनाहा नाकाबाट पछिल्लो समयमा सो तस्करी केही हदसम्म घटेको पाईएको छ । सोही कारणले गत केही वर्ष यता यो नाकाबाट घट्दै गएको चिनी र चामलको आयात चालु आर्थिक वर्षबाट फेरी ठुलो परिमाणमा बृद्धि भएको हो । चिनी र चामलको आयात यसरी अत्यधिक बढ्नुमा अवैध आयात र तस्करी कम हुनुनै मुख्य कारण रहेको व्यवसायीहरुलेनै बताएका छन् । चालु आवमा तस्करी र अवैध आयातमा कडाई गरिएकोले नै वैध आयात बृद्धि भएको नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले अवैध आयात बढेपछि वैध आयात घट्ने गरेको जनाउँदै अहिले चिनी र चामलको वैध आयात बढ्नुको अर्थ अवैध आयात घटेको नै मान्नुपर्ने बताउनुभयो । उहाँले त्यसका साथसाथै माग र खपत बढ्दा पनि आयात बृद्धि हुने गरेको बताउनुभयो । ...
कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र नेपालगन्जबाट पक्राउ

कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र नेपालगन्जबाट पक्राउ

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, असार १८ । कर्णाली विकास बैंकको घोटाला प्रकरणमा प्रहरीले सो बैंकका तत्कालिन अध्यक्ष पशुपति दयाल मिश्रलाई नेपालगन्जबाट पक्राउ गरेको छ । उहाँ विसं २०६६ सालदेखि २०७५ सालसम्म कर्णाली विकास बैंकको अध्यक्ष हुनुहुन्थ्यो । बैंकका पूर्व अध्यक्ष मिश्रलाई नेपालगन्जबाट बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीले पुष्टि गर्नुभयो । उहाँले मिश्रलाई सीआईबीको टोलीले पक्राउ गरेको जनाउँदै सोही टोलीले अनुसन्धान गर्ने बताउनुभयो । मिश्रसँगै यो ठगी प्रकरणमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ । यसअघि बैंकका तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई पनि पक्राउ गरेर अनुसन्धान अघि बढाईएको छ । पक्राउ परेकाहरुलाई बाँकेमा नै राखेर सीआईबीको टोलीले अनुसन्धान गरिरहेको छ । सीआईबीबाट डीएसपी दान बहादुर थापाको ...
बाँकेका सुनचाँदी व्यवसायीद्धारा पसल व्यवसाय बन्द गरेर नेपालगन्जमा रिले अनसन शुरु

बाँकेका सुनचाँदी व्यवसायीद्धारा पसल व्यवसाय बन्द गरेर नेपालगन्जमा रिले अनसन शुरु

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, असार १८ । सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमुल्य पत्थर जडित गहनामा लगाईएको १३ प्रतिशत भ्याट हटाउने माग गर्दै आन्दोलनमा रहेका बाँकेका सुनचाँदी व्यवसायीहरुले बुधवारदेखि नेपालगन्जमा रिले अनसन शुरु गरेका छन् । नेपालगन्ज सुनचाँदी व्यवसायी संघ बाँकेको अगुवाईमा नेपालगन्जको सदरलाइनमा व्यवसायीहरुले सो रिले अनसन शुरु गरेको  नेपालगन्ज सुनचाँदी व्यवसायी संघ बाँकेका अध्यक्ष सलाहुद्दीन जसगढले बताउनुभयो । उहाँले सरकारद्धारा लगाईएको अनावश्यक कर विरुद्ध व्यवसायीहरुले अनिश्चितकालीन रुपमा पसल, व्यवसाय बन्द गरेर रिले अनशन समेत शुरु गरेको बताउनुभयो । अनसनको क्रममा पाँच जना व्यवसायी एक पटक अनसनमा बस्ने र सोही प्रकारले पालैपालो गरि अनसनलाई जारी राख्ने जनाईएको छ । नेपालगन्ज सुनचाँदी व्यवसायी संघ बाँकेका महासचिव सुखनारायण सोनारले बन्दको समयमा सुनचाँदीको गहनाको कारोबार गरेको पा...
नरैनापुरको ५१ करोड ६३ लाखको बजेट र निति तथा कार्यक्रम पारित

नरैनापुरको ५१ करोड ६३ लाखको बजेट र निति तथा कार्यक्रम पारित

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, असार ११ । बाँकेको नरैनापुर गाउँपालिकाको १८ औं गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले १८ औं गाउँसभामा आगामी आर्थिक वर्ष २०८२र ०८३ को नीति तथा कार्यक्रम पेश गर्नुभएको छ । कार्यक्रममा सभाका सदस्य एवं वडा नं ६ का वडा अध्यक्ष प्रेम मौर्यले ५१ करोड ६३ लाख ३८ हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गर्नु भएको थियो भने सभाले सर्वसम्मत रुपमा निति कार्यक्रम तथा बजेट पारित गरेको नरैनापुरका प्रेस बिज्ञ आलम खानले जानकारी दिनु भयो । नीति कार्यक्रममा कृषितर्फ ‘कृषि उपज बजारसम्म( मुनाफा किसानको खल्तिसम्म’ पुग्नेगरी मूर्त र वस्तुवादी कार्यक्रम बनाउने नीति गाउँपालिकाले ल्याएको छ । कृषि पकेट क्षेत्रको विकास र विस्तार गर्दै एक टोल एक उत्पादन कार्यक्रम तर्जुमा गर्ने, किसान सूचिकरण तथा परिचय पत्र वितरणको कामलाई यथाशिघ्र लागु गर्ने, कृषि सहकारीलाई आवद्...
बाँकेको डुडुवा गाउँपालिकाले ल्यायो ५६ करोडको बजेट, निति तथा कार्यक्रम पारित

बाँकेको डुडुवा गाउँपालिकाले ल्यायो ५६ करोडको बजेट, निति तथा कार्यक्रम पारित

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, असार १० । बाँकेको डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम र बजेट मंगलवार प्रस्तुत गरेको छ । गाउँपालिकाको १८औं गाउँसभाले दुई वटा विधियेक, निति तथा कार्यक्रम र ५६ करोड १६ लाख ८ हजार रुपियाँको प्रस्तावित बजेट सार्वजनिक गरेको हो । गाउँसभामा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बातावरण, सूचना तथा सञ्चार, लघुउद्यम विकास कार्यक्रम, विकास निमार्ण, संस्थागात विकास लगायतका क्षेत्रलाई समेटी नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । अध्यक्ष चौधरीले प्रस्तुत गर्नु भएको बेजटमा संघिय सशर्त अनुदान चालुतर्फ २४ करोड २५ लाख, संघिय समपुरक अनुदानतर्फ १ करोड, विशेष अनुदान (प्रदेश) तर्फ १८ लाख, समपुरक अनुदान प्रदेशतर्फ ७५ लाख, प्रदेश ससर्त अनुदान १ करोड २० लाख र आन्तरिक आयतर्फ ५ करोड ८७ लाख रुपियाँ ...
कुखुरापालन व्यवसायकालागि ठाकुरबाबाका युवतीहरुलाई विभिन्न सामाग्री सहयोग

कुखुरापालन व्यवसायकालागि ठाकुरबाबाका युवतीहरुलाई विभिन्न सामाग्री सहयोग

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, असार ३ । बर्दियाकाे ठाकुरबाबा नगरपालिका वडा नं. ९, मा स्थानीय कुखुरापालन व्यवसायका लागि युवतीहरुलाई विभिन्न सामाग्री सहयोग गरिएको छ। बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको ग्रीन इकोनोमी परियोजनाअन्तर्गत साे सहयोग बितरण गरिएको हाे । ३९० घण्टा स्थानीय कुखुरापालन सम्बन्धी व्यावसायिक सीप विकास तालिम सफलतापूर्वक सम्पन्न गरेका ठाकुरबाबाका १६ जना युवतीहरूलाई उक्त सहयोग प्रदान गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रबि कुमार तुलाधरले बताउनुभयो । उहाँका अनुसार कुखुरा पालन व्यवसाय तालिममा सहभागी प्रत्येक युवतीलाई नगद भौचर सहायता मार्फत २३ हजार ७३० रुपियाँ बराबरको सामग्री वितरण गरिएको थियो। स्थानीय जातका कुखुरा पालनका लागि युवतीहुरुलाई स्थानीय कुखुराको चल्ला, फिडर, ड्रिंङ्गकर, डिजिटल तौल मेसिन, एप्रोन, पँजा, दाना, ब्रुडर, कुखुरे जाली, जस्ता...