प्रांगारिक तरकारी उत्पादन र उपभोग प्रवर्धनकालागि नेपालगन्जमा ६ दिने अभियान
एअरपोर्ट रोड राँझामा अर्गानिक तरकारी बिक्रि गरिंदैछ
समाचारदाता
नेपालगन्ज, मङ्सिर ८ । पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत प्रांगारिक तरकारी उत्पादन र उपभोग प्रबर्धनकालागि नेपालगन्जमा ६ दिने अभियान संचालन गरिएको छ ।
एम.डी.एम.फ्रान्स र ए.एफ.डि.को आर्थीक सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपले सञ्चालन गरेको पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत उक्त अभियान संचालन गरिएको हो ।
सो अभियान अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकाको राँझा एयरपोर्ट रोडस्थित एकीकृत प्रांगारिक तरकारी संकलन तथा बिक्रि केन्द्रमा ६ दिनदेखि विषादीरहित, ताजा र प्रयोगशालामा परीक्षण गरिएका प्रांगारिक तरकारी बिहान ८ देखि बेलुका ६ बजेसम्म उचित मुल्यमा बिक्रि भइरहेको छ ।
उक्त तरकारी बजारलाई निरन्तरता दिन श्री साथि स्वावलम्बन बहुउद्धेश्यीय कृषि सहकरीलाई जिम्मा दिईएको जनाईएको छ ...









