साहित्यकार तिमिल्सिनालाई ५१ हजारको प्रेमप्रकाश मल्ल ‘मधुकर’ स्मृति पुरस्कार प्रदान
सिराज खान
नेपालगन्ज, साउन ११ । स्वर्गिय गायक तथा साहित्यकार प्रेमप्रकाश मल्ल “मधुकर“ को ९० औं जन्मजयन्तीको अवसरमा शनिवार प्रेमप्रकाश मल्ल “मधुकर“ स्मृति पुरस्कारबाट वरिष्ठ साहित्यकार डा हरिप्रसाद तिमिल्सिनालाई पुरस्कृत गरिएको छ ।
भेरी साहित्य समाज केन्द्रिय समितिको आयोजनामा शनिवार नेपालगन्जमा आयोजना गरिएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ कथाकार सनत कुमार रेग्मीले साहित्यकार तिमिल्सिनालाई ५१ हजार १११ रुपियाँ राशीको पुरस्कारबाट पुरस्कृत गर्नुभयो । रकमसंगै तिमिल्सिनालाई सम्मान पत्र पनि प्रदान गरिएको थियो ।
स्वर्गिय प्रेमप्रकाश मल्लको पहिलो शोधकर्ताको रुपमा तथा उहाँको कृति र कृतित्वहरुलाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्नु भएकोमा वरिष्ठ साहित्यकार उपप्रध्यापक तिमिल्सिनालाई पुरस्कृत गरिएको भेरी साहित्य समाजले जनाएको छ ।
सो अवसरमा नेपाल प्रज्ञा प्रतिष...









